विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/मारूनी नाच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मारूनी नाच[सम्पादन गर्नुहोस्]

मारूनी नाचको दृष्य

मारूनी नाच नेपालको परम्परागत नृत्य हो । भर्खरका कलिला केटा मान्छेलाई केटीका परम्परागत लुगाहरू लगाएर मारूनी बनाई मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, कुमाल, गुरुङ, तामाङ, लिम्बू जातीहरूको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ। परम्परागत रुपमा नाचिने यो नाच प्रायः दशैं, तिहारमा नाच्ने नाच हो । धान काटेर थन्काइ सके पछि मारूनी नाच फुकाउने परम्परागत प्रचलन रहेको छ । कुनै ठाउँमा मारूनी नाच तीजको दिनमा सुरु गरिन्छ भने कुनै ठाउँमा दशैंको कालरात्रीको दिन सुरु गरिन्छ । मारूनी नाच सुरु गर्नुलाई नाच बाँध्ने भनिन्छ । नाच बन्द गर्नुलाई नाच फुकाउने भनिन्छ । वर्षमा करिब तीन महिनाको अवधी भित्र मात्र कुनै कुनै दिन नाचिने यस परम्परागत नृत्यमा रामायण, महाभारत आदी धार्मिक ग्रन्थहरूका कथालाई लोक गाथामा मिलाएर गाउने गरिन्छ । मादलको तालमा मारूनी र मादले नाच्ने यस नाचमा ताल पनि परम्परागत नै हुन्छ । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८६८, अक्षर: ४३१.५, स्पेस: १४४
  • मुख्य सम्पादक: Ram Prasad Joshi, Janak BhattaGanesh Paudel
  • आवेदनकाे कारणहरू: लोपोन्मुख नेपालको परम्परागत नृत्य भएकोले
२०१९ अप्रिल २५, ००:५३:११ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
मतदानको आधारमा
- Nirjal stha (कुरा गर्ने) ०३:५७, १ मे २०१९ (युटिसी(UTC))
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर  वार्ता  ०१:०३, ११ अप्रिल २०१९ (युटिसी(UTC))

मे महिनाको प्रमुख लेखका लागि आवेदन गरिएका सबै लेखहरूमा व्याकरणिय त्रुटी सहित अन्य धेरै कमी कमजोरी देखिएकाले अयोग्य ठहरिए । अतः मे महिनाको लागि प्रमुख लेख बनाउन अर्को लेखलाई सुधारेर राखिएको छ । यसको अवलोकन गरेर निर्णय लिन सबै विकिपिडियन मित्रहरूराई आग्रह गरिन्छ ।  वार्ता  ०१:१४, ११ अप्रिल २०१९ (युटिसी(UTC))