एक सर्को माया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एक सर्को माया
एक सर्को माया उपन्यासको अधिल्लो आवरण पृष्ठ
लेखकजिएस पौडेल
देश नेपाल
भाषानेपाली
संस्करणपहिलो
विषयउपन्यास
प्रकारप्रेम, जीवन र दर्शन
प्रकाशकबुलबुल प्रकाशन
प्रकाशित मिति
वि.स. २०७५, वैशाख २९[१]
पृष्ठ४५० पृष्ठ
आइएसबिएन9789937918893

एक सर्को माया जिएस पौडेलद्वारा लिखित[२] नेपाली भाषाको एक उपन्यास हो। यो उपन्यास रोजगारीका लागि माल्दिभ्स पुगेका एक जना नेपाली युवकको कथा हो, जो अञ्जानमै कुलतमा फस्दछ र आफू कुलतमा फसेको थाहा पाएर पनि बाहिर आउन सक्दैन्। कुलतकै बीच त्यहीँकी एउटी सुन्दरी मोडलसँगको (राउदा आतिफ) उसको प्रेम, प्रेम र नसाबीचको उसको मानसिक सङ्घर्ष र अन्त्यमा उसले र पाठकले एकसाथ अनुभूत गर्ने मृग मरिचिका नै “एक सर्को माया” को सार हो। वि.सं. २०७५ साल वैशाख २९ गतेका दिन बुलबुल प्रकाशनद्वारा प्रकाशित यो उपन्यास जिएस पौडेलको पहिलो उपन्यास हो[३][४][५]। यस उपन्यासको विमोचन वि.सं. २०७५ वैशाख ०८ गते काठमाडौँमा भएको थियो भने लेखक जिएस पौडेलको गृह स्थल नवलपुरमा वि.सं. २०७५ वैशाख १९ गते गैंडाकोट नगरपालिकाको सुनगाभा बुक हाउसमा एक विशेष कार्यक्रमको आयोजनाको बीच गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, साहित्यकार धनराज गिरी, पत्रकार लेखराम सापकोटा र लेखक पौडेलले संयुक्तरूपमा विमोचन गरेका थिए।[६][७]

कथा परिवेश[सम्पादन गर्नुहोस्]

पछिल्लो समय नेपाली साहित्यमा प्रकाशित भइरहेका एकै खालका उपन्यासहरू भन्दा पृथक कथावस्तु र लेखनशैली रहेको यस उपन्यासमा हेलुसिनेसनको डरलाग्दो उदाहरण प्रस्तुत गरिएको छ। यसमा धुवाँको लामो सर्को मात्रै नभई प्रेमको सर्कोसँगै अघि बढेको कथामा केही उपकथाहरू आएर जोडिएका छन् र पुस्तकलाई थप रोमाञ्चक बनाएका छन्।

जागिरको खोजीमा माल्दिभ्स पुगेका उपन्यासका प्रमुख पात्र आलोक शर्माको भेट त्यहाँ रहेका नारायण चालिसेसँग हुन्छ। चालिसेको माज्दा भन्ने युवतीसँग उनको प्रेम हुन्छ र तिनिहरूको सम्पूर्ण कुराकानीहरू फेसबुकबाटै सुरु भएको हुन्छ। नेपालबाट चालिसेकी छोरीले ल्यापटप मगाउँदा उनले आफैँले प्रयोग गरेको ल्यापटप पठाएका कारण उनीहरू बीच सम्बन्ध रहेको घरपरिवारले थाह पाउँछन् र आलोक र चालिसेको मित्रतामा टाढिन पुग्छ र पछि चालिसे नेपाल पुग्छन्। चालिसेका मित्र अहमदको चिनजान हुन्छ। गाँजालाई सामान उपनाम दिएर पौडेलले कथाभरी नै गाँजाको शब्दको प्रयोग गरेका छैनन्। कथामा राउधा भन्ने पात्रको आगमन हुन्छ। उनीहरूको प्रेम सम्बन्ध कसिलो हुँदै जान्छ। चालिसेकी प्रेमिका माज्दाकी बहिनी राउधा हो भन्ने उनले थाह पाउँछन्। आलोकको व्यापारिक सम्झौताको क्रममा उनको जैरोल्ड पात्रसँग भेट हुन्छ। कुराकानीको क्रममा जैरोल्डले आफ्नो कहानी सुनाउँछ। जेरोल्डले नेपाल घुम्न आएको देखि लिएर दुर्घटनामा परि उनकी प्रेमिकाको निघन भएको कुरा बताउँछन्।

जेडीका बा (होमे) र आमा (फूलमाया) को कहानी उप कथाको रूपमा प्रस्तुत हुन्छ। पहिला प्रेम सम्बन्धमा रहेका उनीहरूका बीच, फूलमायाको परिवार घर फर्किए लगत्तै पुनर्मिलन र पुन: गहिरो सम्बन्ध देखा पर्छ। होमे बाहुन हो भने फूलमाया कामी जातिकी महिला हो जसले गर्दा समुदायसँग भागेर उनिहरूले विवाह गर्छन् र उनको जन्म हुँदा उनकी आमा फूलमायाको मृत्यु हुन्छ। [८]

त्यसपछि कथामा अन्तिम तिरको रमाइलो प्रस्तुति देखा पर्छ। राउघाले गाँजामा कुलतमा फसेको आलोकलाई रङेहात भेटेपछि उनीहरूको सम्बन्धमा दरार उत्पन्न हुन्छ। घटनाको केही दिन पश्चात् मध्यरातमा देखा परेकी राउधाले आफ्नो मोबाइलबाट उनीहरूको कुराकानीको सम्पूर्ण प्रमाण मेटाएको उनले भोलिपल्ट थाह पाउँछन्। प्रहरीले आलोकको कोठामा छापा मार्दा गाँजा भेटिन्छ तर जुन गाँजा आलोकको हुँदैन। प्रहरीले आलोकलाई हिरासतमा लिएर लैजादै गर्दा राउधा बाटोमा मुसुमुसु हाँसिरहेकी भेटिन्छे।

माल्दिभ्स सरकारले उनलाई देश निकाला गर्छ। उनलाई उनका काकाकाकीले उनलाई सानो उमेर देखि हुर्काएका हुन्छन्। काकाकाकीबाट विवाहको दबाब सृजना हुन्छ र उनले राउधाको निस्सार प्रेमलाई सम्झन पुग्छन्। माल्दिभ्समा रहँदा राधाले आफ्नी नेपाली साथी तृष्णा रहेको कुरा बताएको उनले सम्झन पुग्छन्। आलोकले नेपालमै तृष्णालाई भेट्टाउँछन् र उनले राउधाले किन उनलाई यस्तो धोका दिएको भनेर सोध्न थाल्छन्। तृष्णाले माल्दिभ्समा आलोकलाई मन पराएकी हुन्छे र यो कुरा सुन्दा आलोक चकित पर्छन्। चालिसे र माज्दाको सम्भोगका कारण गर्भवती भएकी माज्दालाई राउधाले धेरै सहायता गरेको कुरा तृष्णाले आलोकलाई बताउँछिन्। आलोकको हाकिम स्माइलले विवाह गर्ने मनसायले राउधालाई प्रस्ताव राख्छ। तृष्णाको बयान सुनेपछि राउधालाई आलोकले सम्मान गर्दछ। घरमा बिहेको कुरा उठेपछि केटी हेर्न जाँदा उनले राउधाले दिएको पाइन्ट लगाउँछन् र पाइन्टमा रहेको लाइटर राउधाले मागेर फिर्ता गर्दा पानीमा खसेको थियोे। तर , त्यही लाइटर गोजीमा कसरी आयो ? आलोक चकित पर्छन्। तृष्णाले दिएको ठेगानामा पुग्दा त्यहाँ तृष्णा नाम गरेकी बुहारी नै उनले भेटाउँदैनन्। यो सबै घटना भएपछि उनी रनभुल्लमा पर्छन्। जेरोल्डले सुनाएको कहानी, जेडीको बाको कथा माज्दा र माज्दाकी बहिनी राउधाको कहानी सबैमा सत्यता नभएको उनले पछि स्वीकार गर्न पुग्छन् र यी सबै उनको नशाका कारण उत्पन्न भएको भ्रम हुन्छ जुन उनले अन्तिममा थहा पाउँछन् र यसरी उपन्यासको अन्त्य हुन्छ। [९]

पात्रहरू[सम्पादन गर्नुहोस्]

यस उपन्यासका मुख्य पात्रहरू

आलोक शर्मा[सम्पादन गर्नुहोस्]

आलोक शर्मा यस उपन्यासको प्रमुख पात्र हो। उपन्यासको सुरुदेखि अन्त्यसम्म यहीँ पात्रमा आधारित रहेको छ। आलोक शर्मा उपन्यासको म पात्र हुन्। यस पात्र मलेसियाबाट जागिरका सिलसिलामा माल्दिभ्स पुगेको हुन्छ। उनी एक स्माइल सेल्स कम्पनीका सेल्स सर्भीस म्यानेजरका रूपमा माल्दिभ्समा काम गर्ने गर्दछन्[१०]

नारायण चालिसे[सम्पादन गर्नुहोस्]

आलोक शर्माको माल्दिभ्सको सबैभन्दा नजिकको साथी, अर्थात आलोकले दाई भनी सम्बोधन गर्ने पात्र हो। यस उपन्यासमा उपन्यासका मुख्य पात्र आलोक शर्मा दुबईबाट माल्दिभ्स आउदा विमानस्थलमा लिनका लागि आउँदा यस पात्रको उपन्यासमा आगमन हुन्छ। यस पात्रलाई उपन्यासमा चालिसे नामबाट पनि आफ्नो कम्पनी तथा साथीहरूले चिन्ने गर्दछन्। चालिसेले उपन्यासमा मुख्य पात्र आलोक शर्मालाई माल्दिभ्समा आउँदा र शर्मालाई नयाँ परिवेशमा घुलमिल हुनका लागि निकै सहयोग गर्दछन्।

माज्दा[सम्पादन गर्नुहोस्]

माज्दा उपन्यासमा नारायण चालिसेकि प्रेमीका हुन्छिन्। माज्दा र नारायण चालिसेको माल्दिभ्समा कार्य सिलसिलाकै क्रममा प्रेम सम्बन्ध बसेको हुन्छ। माज्दा माल्दिभ्सकै नागरिक हुन्छिन्। नारायण चालिएको माज्दासँगको प्रेम सम्बन्धका कारणले गर्दा चालिसेको पारिवारिक समस्या सृजना हुन्छ र उनी घर फर्किन्छन् र पछि उपन्यासमा उनको थप चर्चा हुँदैन।

अहमद[सम्पादन गर्नुहोस्]

अहमद नारायण चालिसेका साथी हुन् र नारायण चालिसेले अहमद र आलोक शर्मालाई भेट गराउँछन् र पछि नारायण चलिसे घर फर्किएपछि उनी आलोकको आत्मीय साथी बन्न पुग्छन्। यस पात्र मुस्लिम धर्मावलम्बी हुन् र उनले नेपाली बुझ्दैनन् र बोल्न पनि जान्दैनन्। उनीहरू बीच संवाद अङ्ग्रेजीमा हुने गर्दछ। अहमदले आलोक र आफ्नो लागि लागूऔषधको जुगाड गर्ने काम गर्दछन्।

राउधा आतिफ[सम्पादन गर्नुहोस्]

राउधा मुख्य पात्र आलोक शर्माकी प्रेमीका हुन्छिन्। उनीहरूको भेट राउधाले चुरोट सल्काउनको लागि लाइटर माग्ने क्रममा समुन्द्र किनारमा हुन्छ। उनलाई यस उपन्यासमा एक सुन्दर युवतीको रूपमा प्रस्तुत गरिएको छ। उनी मुस्लिम धर्मावलम्बी हुन्छिन्। पछि उनीहरूको सम्बन्ध बिच्छेदन हुन्छ।

तृष्णा[सम्पादन गर्नुहोस्]

राधा[सम्पादन गर्नुहोस्]

यस उपन्यासको सुरूवातमा आलोक शर्माले राधालाई आफ्नो भ्रमात्मक घटनाहरू सुनाएर सुरू हुन्छ भने उपन्यास अन्त्य पनि राधा मै पुगेर अन्त्य भएको छ। वास्तवमा राधा आलोक शर्माले विवाह गर्न तयार भएकि युवती हुन्छिन्। साथै उपन्यासकै अर्का मुल पात्र नारायण चालिसेकी छोरी हुन्छिन्। जुन तथ्य उपन्यासको अन्तिममा मात्र पाठकहरूलाई जानकारी हुन्छ। एवम् उपन्यासको कथामा आलोकलाई पनि यस घटना अन्तमा गएर जानकारी हुने गर्दछ। अन्ततः उपन्यासको जालोहरू यसै राधा पात्रमा आएर गासिएको हुन्छ।

अन्य पात्रहरू[सम्पादन गर्नुहोस्]

उपन्यासका केही गौण पात्रहरू यस प्रकार रहेका छन्:

  • फुलमाया
  • आरने कामी
  • होम ढकाल
  • जेडी
  • लुसी
  • जेरोल्ड
  • जिमवाल हजुरबुबा

श्रव्य वाचन[सम्पादन गर्नुहोस्]

यस एक सर्को माया उपन्यास उज्यालो रेडियो एफएममा समेत वाचन भएको थियो। उज्यालो एफएममा हरेक हप्ताको मंगलबार र शुक्रबार प्रसारण हुने श्रुति संवेग नामक कार्यक्रममा कृति वाचन कार्यक्रमममा अच्युत घिमिरेद्वारा यस उपन्यास वाचन भएको थियोे। उक्त कार्यक्रममा यस उपन्यसका कुल २४ पूर्ण श्रृङ्खलाहरूमा वाचन भएको थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "एक सर्को माया उपन्यासको समिक्षा", इप्रदेश टुडे डटकम, अन्तिम पहुँच वैशाख २९ २०७५ 
  2. जीवन युगीन, "एक सर्को माया पुस्तकको जानकारी", उज्यालो अनलाइन डटकम, अन्तिम पहुँच २६ साउन २०७५ 
  3. "एक सर्को माया उपन्यास", उज्यालो अनलाइन डटकम, अन्तिम पहुँच शनिबार, अप्रिल २१, २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०६ मिति
  4. "एक सर्को माया पुस्तकको पूर्ण विवरण", गुड रिड्स डटकम, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१८ 
  5. "एक सर्को माया", अन्तिम पहुँच १६ फागुन २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-२८ मिति
  6. "एक सर्को मायाको गृह विमोचन", सङ्कल्प पोष्ठ, अन्तिम पहुँच ५ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१२ मिति
  7. "एक सर्को मायाको गैडाकोटमा गृह बिमोचन", विजय एफएम, अन्तिम पहुँच ५ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-०७ मिति
  8. "एक सर्को मायाको एक सर्को", किरकुर, अन्तिम पहुँच १६ फागुन २०७६ 
  9. निरज दाहाल (३ फागुन २०७६), "पाठक बाँध्ने ज्यानमारा आख्यानः “एक सर्को माया”", एभरेस्ट टक, अन्तिम पहुँच १६ फागुन २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-२८ मिति
  10. "एक सर्को माया", बाह्र खरी डटकम, अन्तिम पहुँच बैशाख ८, २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०८ मिति

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]