पुण्य मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुण्य मल्लखस राज्यका राजा थिए। राजा आदित्य मल्लकि सकुनमाला नाम गरेकी छोरी थिइन् । उनको विवाह जुम्ला लेकगेलाका पुण्य पालसँग भएको थियो । त्यही नाताले पुण्य पालले सिञ्जाको राजगद्दी मा बस्न पाए । राजगद्दी मा बसेपछी उनले आफ्नो पाल थर त्याग गरी मल्ल भए । त्यसकारण कर्णाली प्रदेशको मल्लराजवंशमा अब उप्रान्त पालहरूको प्रवेश भएर उनीहरू नै मल्ल कहिन थाले । त्यति भएर शासन पाएकाले उनले नागराज को वंश र गेलाका पालहरूको वंश को प्रतिनिधित्व गरेको स्पष्ट हुन्छ । त्यो कुरालाई उनले आफ्नो अभिलेख हरूमा उल्लेख गरेको पनि पाइन्छ ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  • नेपालका मल्ल राजाहरूको सूची

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. नेपालको तथ्य इतिहास पृष्ठ ९१, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१