रेसलमेनिया

पृष्ठ अर्द्ध-सुरक्षित
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रेसलमेनिया
The official WrestleMania logo
रेसलमेनियाको आधिकारिक लोगो
उपनाम(हरू)"द ग्रान्डेस्ट स्टेज अफ देम अल"
"द सोकेस अफ द इमोर्टल्स"
"द सो अफ सो"
"द ग्रेटेस्ट स्पोकल इन स्पोर्ट्स इन्टरटेन्मेन्ट"

"द सुपर बोल अफ स्पोर्ट्स इन्टरटेन्मेन्ट"
"द ग्रान्ड ड्याडी अफ देम अल"
द्वरा निर्मितभिन्स म्याकमेन
पदोन्नति(हरू)डब्ल्युडब्ल्युई
ब्राण्ड(हरू)
(सन् २००३–२०११, सन् २०१७–हाल)
स्म्याकडाउन
(सन् २००३–२०११, सन् २०१७–हाल)
२०५ लाइभ
(सन् २०१८–हाल)
इसिडब्ल्यु
(सन् २००७–२००९)
पहिलो कार्यक्रमरेसलमेनिया १

रेसलमेनिया अमेरिकाको स्ट्याम्फोर्डस्थित व्यावसायिक कुस्ती आयोजन हो, जुन मध्य मार्च देखि मध्य अप्रिलको बीचमा डब्ल्युडब्ल्युईद्वारा आयोजना गरिन्छ। डब्ल्युडब्ल्युईले यस कार्यक्रमलाई पहिलो पटक सन् १९८५ मा आयोजना गरेको थियो। सन् २०२० सम्म यस कार्यक्रमको ३६ वटा संस्करणको आयोजन भइसकेको छ। यस कार्यक्रमको सबैभन्दा हालसालैको संस्करण फ्लोरिडाको ओर्लान्डोमा सन् २०२० मार्च २५-२६ मा आयोजना गरिएको थियो। रेसलमेनिया कार्यक्रम डब्ल्युडब्ल्युईको इतिहासमै सबैभन्दा लामो र सफल कार्यक्रमको रूपमा परिचित छ। यस कार्यक्रमले डब्ल्युडब्ल्युईलाई विश्वव्यापी रूपमा सफलतापूर्वक कुस्ती खेल, मिडिया र कुस्ती सम्बन्धित सामग्रीहरूद्वारा योगदान गर्दै आएको छ। यस कार्यक्रमलाई पहिलोपटक डब्ल्युडब्ल्युईका संस्थापक भिन्स म्याकमेन र डब्ल्युडब्ल्युईबाट अवकाश लिएका खेलाडी हवोर्ड फिङ्केलले सन् १९८४ मा स्थापना गरेका थिए।

रेसलमेनियाले विश्वव्यापी सफलता पाएका कारण यसले डब्ल्युडब्ल्युईमा कुस्ती खेलाडीहरूलाई पदोन्नति गर्न सहयोग गर्छ। यस कार्यक्रममा चर्चित व्यक्तित्वहरू जस्तै मोहम्मद अली, मिस्टर टी, एलिस कोपर, लरेन्स टेलर, माइक टाइसन, पामेला एन्डरसन, डोनाल्ड ट्रम्प, फ्योल्ड मेवेदर, पिटी रोज, स्नुप डग, किड रक, रोन्डा राउजी, रब ग्रोन्सकी, सिन्डी लुपर, सकिल ओ'निल आदिले यस कार्यक्रममा विषेश सहभागिता जनाउँदै आएका छन्।

पहिलो रेसलमेनिया न्युयोर्क स्थित म्याडिसन स्क्वायर गार्डेनमा आयोजना गरिएको थियो भने यस कार्यक्रमको १०औँ र २०औँ संस्करण पनि त्यहीँ आयोजना गरिएको थियो। रेसलमेनियाको तेस्रो संकरणलाई खुला आयोजना गरिएकोमा उक्त कार्यक्रम हेर्न ९३,१७३ प्रत्यक्षदर्शी पुगेका थिए। रङ्गशाला बाहिर आयोजना भएको यो कार्यक्रमलाई सबैभन्दा बढी दर्शक हेर्ने नयाँ कीर्तिमान बनाएको थियो। उक्त कीर्तिमानलाई सन् २०१० मा एनबिएले तोडेको थियो, उक्त खेल हेर्न १,०८,७१३ मानिसहरू पुगेका थिए।[१] सन् २०१६ मा एटी एन्ड टी रङ्गशालामा आयोजना गरिएको रेसलमेनियाको ३२औँ संस्करणले रेसलमेनिया तेस्रो संस्करणले राखेको कीर्तिमान तोडेको थियो, उक्त कार्यक्रम १,११,७६३ जना मानिसहरूले हेरेको थियो। यस कार्यक्रमको सबै संस्करणहरू उत्तर अमेरिकी सहरहरूमा अयोजना गरिएको छ जसमा क्यानडामा २ र अमेरिकामा ३४ कार्यक्रमहरू आयोजना गरिएको छ।

संस्था

रेसलमेनियाको सबैजसो शृङ्खलाहरू ठूला सहरको खेलकुद रङ्गशाला र खेलकुद केन्द्रमा गरिँदै आएको छ। यस कार्यक्रममा थुप्रै प्रत्यक्षदर्शीले सहभागिता जनाउने गर्दछन् जसमा: पोन्टिकमा आयोजना गरिएको रेसलमेनिया ३ (९३,१७३), टोरन्टोमा आयोजना गरिएको रेसलमेनिया ६ (६७,६७८), इन्डियानापोलिसमा आयोजना गरिएको रेसलमेनिया ९ (६२,१६७), ह्युस्टनमा आयोजना गरिएको रेसलमेनिया १७ (६७,९२५), टोरन्टोमै आयोजना भएको रेसलमेनिया १८ (६८,२३७), सिएटलमा आयोजना गरिएको रेसलमेनिया १९ (५४,०९७), डिट्रोइटमा आयोजना गरिएको रेसलमेनिया २३ (८०,१०३), ओर्लान्डोमा आयोजना गरिएको रेसलमेनिया २४ (७४,६३५), ह्युस्टनमा आयोजना गरिएको रेसलमेनिया २५ (७२,७४४), फिनेक्समा आयोजना गरिएको रेसलमेनिमा २६ (७२,२१९), एट्लान्टामा आयोजना गरिएको रेसलमेनिया २७ (७१,६१७), मयामीमा आयोजना गरिएको रेसलमेनिया २८ (७८,३६३), पूर्वी रदरफोर्डमा आयोजना गरिएको रेसलमेनिया २९ (८०,६७६), न्यु ओर्लिन्समा आयोजना गरिएको रेसलमेनिया ३० (७५,१६७), सान्ता क्लारामा आयोजना गरिएको रेसलमेनिया ३१ (७६,९७६) र ड्यालसमा आयोजना गरिएको रेसलमेनिया ३२ (१,०१,७६३) समावेश छन्। [२][३]

रेसलमेनिया कार्यक्रमलाई थप रोचक बनाउनका लागि यसको अन्तिम खेलमा विभिन्न उपाधि जस्तै डब्ल्युडब्ल्युई च्याम्पियनसिप, डब्ल्युडब्ल्युई विश्व ह्यावेट च्याम्पियनसिप (सन् २००३-२०१३) र युनिभर्सल च्याम्पियनसिपका लागि खेल आयोजना गरिँदै आएको र यसक‍ो साथसाथै अन्तिम खेलमा विभिन्न चर्चित कलाकार र अभिनेताहरू पनि खेलमा सामेल हुने गरेका छन्। यस कार्यक्रममा डब्ल्युडब्ल्युई महिला च्याम्पियनसिप, अन्तरमहादेशीय च्याम्पियनसिप, ट्याग टिम च्याम्पियनसिप आदि उपाधिका लागि पनि खेल हुने गरेको छ। [४][५][६][७]

सन् १९९३ देखि रोयल रम्बल खेलको विजेताले सोही वर्ष आयोजना हुने रेसलमेनियामा विजेताको छनोटमा रहेको डब्ल्युडब्ल्युई उपाधिका लागि उक्त उपाधिको विजेतासँग खेल खेल्न पाउने निश्चित गरिएको थियो। सन् २००२ मा डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधिको आगमनसँगै रोयल रम्बलको विजेताको छनोटमा उक्त दुई उपाधिका लागि पनि खेल खेल्न पाउने निश्चित भएको थियो। डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र इसिडब्ल्यूको सन् २००६ मा स्थापना भएदेखि रोयल रम्बल विजेताले उक्त उपाधिका लागि खेल छनोट गरेमा खेल्न पाउने नियम बनाइएको थियो। यो उपाधि रोयल रम्बल विजेताको तेस्रो विकल्पको रूपमा सन् २००७ देखि स्थापना गरिएको थियो तर सन् २०१० मा इसिडब्ल्युलाई बन्द गरिएको थियो। सन् २०१३ मा डब्ल्युडब्ल्युईको दुई ब्रान्ड टुक्रिएपछि डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिप र डब्ल्युडब्ल्युई च्याम्पियनसिप लागि एकीकृत गरेर एक उपाधि बनाएपछि डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधिलाई निष्क्रिय गरिएको थियो भने सन् २०१६ मा स्म्याकडाउन र को विघटन पश्चात् डब्ल्युडब्ल्युई युनिभर्सल उपाधि मा भित्रिएको थियो र उक्त उपाधि पनि रोजाइमा आउन सुरु भएको थियो। सन् २०१८ मा महिला रोयल रम्बल खेलको पनि स्थापनासँगै उक्त खेलको विजेताले स्म्याकडाउन अथवा महिला च्याम्पियनसिपका लागि रेसलमेनियामा खेल खेल्न पाउने निश्चित भएको थियो।[८]

सन् २००५ को रेसलमेनियादेखि डब्ल्युडब्ल्युईले मनी इन द बेङ्कको अवधारणा ल्याएको थियो। यस प्रकारको खेल ६ देखि १० प्रतिस्पर्धीको बीच हुन्छ भने यो खेल एक छुट्टै पे-पर-भ्यु मनी इन द बेङ्कको स्थापना नहुञ्जेल सन् २००५ को रेसलमेनिया देखि सन् २०१० को रेसलमेनियासम्म आयोजना गरिएको थियो। यस प्रकारको खेलमा प्रतिस्पर्धीहरूले रिङबाट केही फिट माथि झुण्डाइएको मनी इन द बेङ्क बाकसलाई सिँढीको सहायताले निकाल्नु पर्छ र सबैभन्दा पहिला जसले उक्त बाकस आफ्नो हातमा पार्‍यो उही उक्त उपाधिको विजेता हुने प्रावधान रहेको थियो। यस प्रतियोगितामा दुवै स्म्याकडाउन र का खेलाडीहरू समावेश हुने गरेका छन्। यस उपाधिको विजेताले सोही वर्ष च्याम्पियनसिप विजेतासँग कुनै पनि बेला खेल च्याम्पियनसिपका लागि खेल खेल्ने निश्चित गर्थ्यो। यो प्रतियोगिता सन् २०१० देखि बन्द गरिएको थियो र त्यसको सट्टामा छुट्टै मनी इन द बेङ्क पे-पर-भ्युको स्थापना गरिएको थियो। [९]

फोर्ब्सले सन् २०१४ देखि २०१७ सम्म विश्वको सबैभन्दा बहुमूल्य खेलकुद कार्यक्रम ब्रान्डहरूको नाम रेसलमेनियालाई पनि समावेश गरेको थिय‍ो, फोर्ब्सले रेसलमेनियालाई सन् २०१७ मा विश्व सबैभन्दा ठूला खेलकुद प्रतियोगितामा द सुपर बोउल, ग्रीष्मकालीन ओलम्पिक, शीतकालीन ओलम्पिक, फिफा विश्वकप र एनसिएए फाइनल फोर पछि छैटौँ स्थानमा राखेको थियो।[१०]

उद्घोषकहरू

पहिलो पाँच रेसलमेनियासम्म उक्त कार्यक्रममा गोरिल्ला मेनसन र जेसी भेञ्चरले रेसलमेनियामा उद्घोषकको (रेसलमेनिया २ तीन विभिन्न स्थानहरूमा आयोजना भएका कारण तीन फरक टोली कार्यक्रममा उद्घोषकको रूपमा नियुक्त गरिएको थियो जसमा पहिलो मेनसन, दोस्रो भेञ्चर र तेस्रो भिन्स म्याकमेनको गरी तीन टोली तीन विभिन्न स्थानहरूमा उद्घोषण गरेका थिए।) पद सम्हालेका थिए भने बबी हेनन्, गेन ओकरलुन्ड, लर्ड एल्फ्राइड हेइज र अन्य उद्घोषकहरू अतिथि भूमिकामा रहेका थिए। मध्यदेखि अन्तिम १९९० को दशकसम्म उद्घोषकको रूपमा भिन्स म्याकमेन, जिम रोज र जेरी लोवेरले गर्दै आएका थिए। सन् २००२ मा डब्ल्युडब्ल्युईको विघटन पश्चात् स्म्याकडाउनमा माइकल कोल, तेज, जोन लेफिल्ड र जोनाथन कोचमेनले गर्दै आएका थिए भने डब्ल्युडब्ल्युई मा जिम रोज र जेरी लोवेरले गरेका थिए। सन् २००६ देखि २०१० सम्म इसिडब्ल्युमा जोल स्टाइल्स र तेजले उद्घोषण गरेका थिए। रेसलमेनिया २५ मा पहिलो तीन टोली अन्तर ब्रान्डको उद्घोषण गर्न सुरु गरिएको थियो। त्यसको अर्को वर्ष पछिको रेसलमेनिया २६ मा जिम रोजलाई विस्थापित गर्दै उनको ठाउँमा उद्घोषण गर्नका लागि म्याट स्ट्राइकर आएका थिए। रेसलमेनिया २७ मा जिम रोज जोस म्याथ्युज र स्म्याकडाउनका लागि नयाँ उद्घोषक बुकर टिको साथमा पुनः उद्घोषकको रूपमा फर्किएका थिए। निरन्तर उद्घोषण गर्दै आएका माइकल कोल र जेरी "द किङ" लोवेरको कुस्ती खेल परेपछि उद्घोषकहरू अचानक परिवर्तन गरिएको थियोे। हावेल फिङ्केलले विगत देखि नै रेसलमेनियामा रिङ उद्घोषकको रूपमा काम गर्दै आएका थिए भने उनी रेसलमेनिया ३३ बाहेक हरेक रेसलमेनियामा रिङ उद्घोषण गर्न पुगेका हुन्थे।[११] डब्ल्युडब्ल्युईको ब्रान्ड एक्सटेन्सन ड्राफ्ट पछि लिलिएन गार्सिया, टोनी किमेल र जस्टिन रोबर्टसले उनीहरूको आधिकारिक ब्रान्डका लागि उद्घोषण गर्दै आएका थिए।

इतिहास

१९८० को दशक

१९८० को दशकमा आयोजना गरिएको रेसलमेनियाको स्थानहरू

विश्व रेस्लिङ फेडेरेसनलेले सन् १९८५ मार्च ३१ का दिन रेसलमेनियाको पहिलो संस्करण न्युयोर्क सहरस्थित म्याडिसन स्क्वायर गार्डेनमा आयोजना गरेको थियो। पहिलो रेसलमेनियाको अन्तिम खेलमा ट्याग टिम खेल आयोजना गरिएको थियो जहाँ तात्कालिक डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट विजेता हल्क होगन र उनका साथी मिष्टर टिको सामना पल ओर्नडोर्फ र रोडि पिपरको बीच खेल भएको थियो जहाँ होगन र टिले पिपर र ओर्नडोर्फलाई हराउन सफल भएका थिए। यस कार्यक्रमले अमेरिकामा कुस्ती अन्तर्गत विश्वव्यापी सफलता र कुस्तीमा खेलाडीको पदोन्नतिका लागि सहयोग गरेको थियो। यस कार्यक्रम हेर्नका लागि १९,१२१ प्रत्यक्ष अवलोकनकर्ताहरू समावेश भएका थिए। उक्त खेलको एक वर्षपश्चात् रेसलमेनिया २ को आयोजना अमेरिकाको ३ फरकफरक स्थानहरूमा आयोजना गरिएको थियो जसमा न्यु योर्कस्थित नासुवा भेट्रान्स मेमोरियल रङ्गशाला, द रोजमोण्ट होरिजन रङ्गशाला र क्यालिफोर्नियाको इलिनोइस्थित लस एञ्जल्स मेमोरियल स्पोर्ट्स रङ्गशाला समावेश छन्। यस कार्यक्रम तीन विभिन्न स्थानहरूमा विभिन्न खेलहरू आयोजना गरिएको थियो भने कार्यक्रमको अन्तिम खेलमा तात्कालिक डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट विजेता हल्क होगनको किङ कङ बण्डिसँग खेल आयोजना गरिएको थियो भने उक्त खेलमा होगनले बण्डिलाई हराएका थिए।

रेसलमेनिया ३ मा खुला आयोजना गरिएको मध्ये ९३,१७३ प्रत्यक्षदर्शी कार्यक्रम हेर्न पुगेका थिए जुन रङ्गशाला बाहिर आयोजना हुने कार्यक्रममा सबैभन्दा उच्च थियो भने त्यसले तात्कालिक समयमा एक नयाँ कीर्तिमान पनि राखेको थियो। यो कार्यक्रम १९८० को दशकको सबैभन्दा बढी प्रत्यक्षदर्शी सहभागी भएको कार्यक्रम पनि बनेको थियो। यस कार्यक्रमको अन्तिम खेलमा हल्क होगनले आफ्नो डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिप अण्ड्रे द जाएन्टको विरुद्धमा खेलेका थिए भने उनले त्यस खेलमा जाएन्टलाई हराउन सफल भएका थिए।[१२] यस कार्यक्रममै "माचो म्यान" रेण्डि स्याभेज र "द ड्रागन" स्टिमबोटको पनि खेल सञ्चालन गरिएको थियो जुन रेसलमेनियाको इतिहासमै एक उत्कृष्ट खेलको रूपमा परिचित छ।

रेसलमेनिया ५ न्यु जर्सीस्थित अट्लाण्टा सहरको कन्भिनियन्ट हलमा आयोजना गरिएको थियो जहाँ उक्त खेल हेर्न १८,९४६ प्रत्यक्षदर्शीहरू पुगेका थिए। यस कार्यक्रममा नयाँ डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट विजेताको लागि एक प्रतिस्पर्धात्मक खेल आयोजना भएको थियो भने अन्य चार उपाधिरहित खेलहरू पनि सञ्चालनमा ल्याइएको थियो। उक्त प्रतियोगितामा अघिल्लो वर्ष आयोजना गरिएको हल्क होगन र अण्ड्रे द जाएन्टको बीच पुन सञ्चालन गरिएको थियो भने प्रतियोगिताको अन्तिम खेलमा रेण्डि स्याभेजले टेड डिबियासीलाई हराउन सफल भएका थिए। उक्त कार्यक्रमको अर्को वर्ष आयोजना भएको रेसलमेनिया ५ पनि त्यही स्थानमा आयोजना गरिएको थियो जहाँ १८,९४६ कुस्ती खेलप्रेमीहरू खेल हेर्न पुगेका थिए। यस कार्यक्रमको अन्तिम खेलमा हल्क होगनले रेण्डि स्याभेजलाई डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि हराएका थिए जुन स्याभेजले अघिल्लो वर्ष जितेका थिए।

१९९० को दशक

१९९० को दशकमा आयोजना गरिएको रेसलमेनियाको स्थानहरू

पहिलोपटक अमेरिकाबाहिर आयोजना गरिएको रेसलमेनिया रेसलमेनिया ६ थियो जुन क्यानडास्थित टोरन्टोको स्काइडोम रङ्गशालामा आयोजना भएको थियो। यस रेसलमेनिया प्रत्यक्ष हेर्नका लागि ६७,६७८ दर्शकहरू रङ्गशाला पुगेका थिए। यस कार्यक्रमको अन्तिम खेलमा द अल्टिमेट वोरियरले डब्ल्यूडब्ल्यूएफ विश्व च्याम्पियनसिपका लागि हल्क होगनलाई हराएका थिए। यस रेसलमेनियाको एक वर्षपछिको रेसलमेनिया ७ भने अमेरिकमै आयोजना गरिएको थियो जुन लस एञ्जल्सस्थित लस एञ्नल्स मेमोरियल कोलिजममा आयोजना हुने निर्णय गरिएको थियो। त्यस रङ्गशालामा न्यून टिकट बिक्री भएका कारण रेसलमेनिया ७ लस एञ्जल्स मेमोरियल स्पोर्ट्स एरिनामा स्थानान्तरण गरिएको थियो। यस कार्यक्रममा हल्क होगनले तात्कालिक डब्ल्यूडब्ल्यूएफ विश्व विजेता सर्जेट स्लटरको विरुद्ध उपाधिका लागि खेल खेलेका थिए भने त्यही रेसलमेनियम मार्फत द अण्डरटेकरले रेसलमेनिया पर्दापण गरेका थिए जहाँ उनले जिमी स्नुकालाई हराउन सफल भएका थिए। त्यस रेसलमेनिया पछि द अण्डरटेकरले २१ रेसलमेनियामा अपराजित यात्रा कायम गरेका थिए भने सन् २०१४ अप्रिल ६ का दिन आयोजित रेसलमेनिया ३० मा उनको रेसलमेनिया अपराजित यात्रा ब्रक लेज्नरले अन्त्य गरेका थिए।[१३] त्यस रेसलमेनियाको अर्को वर्ष आयोजित रेसलमेनिया ८ कार्यक्रममा माचो म्यान रेण्डि स्याभेजले डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि रिक फ्लेयरलाई हराएका थिए भने हल्क होगनले सिड जष्टिसलाई पनि हराएका थिए।

द अण्डरटेकरले २१ रेसलमेनिया सम्म अपराजित यात्रा कामय गरेका थिए जुन एक कीर्तिमान हो

रेसलमेनिया ९ पहिलो खुला रङ्गशालामा आयोजना गरिएको थियो। यस रेसलमेनियामा पहिलोपटक डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट उपाधिका लागि दुई खेल भएको थियो। विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि पहिलो खेलमा योकोजुनाले ब्रेट हर्टलाई हराएका थिए भने पछि उक्त उपाधि योकोजुनालाई हराउँदै हल्क होगनले हात पर्न सफल भएका थिए। रेसलमेनियाको १०औँ शृङ्खला पुन न्युयोर्क सहर स्थित म्याडिसन स्क्वायर गार्डेनमा आयोजना गरिएको थियो। यस कार्यक्रममा ओवेन्स हर्टले उनका दाजु ब्रेट हर्टलाई हराएका थिए भने डब्ल्यूडब्ल्यूएफ अन्तरमहादेशीय उपाधिका लागि पहिलो सिँढी खेलको आयोजना गरिएको थियो। ब्रेट हर्ट उनको भाइ ओवेन्स हर्टसँग हार बेहोरेपछि ब्रेट हर्टले यस कार्यक्रमको अन्तिम खेलमा योकोजुनालाई डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट उपाधिका लागि पराजित गरेका थिए जसका कारण ब्रेट पहिलोपटक रेसलमेनियामा एक हेर हारेता पनि पछि उक्त कार्यक्रमको अन्तिम खेल जित्ने पहिलो कुस्ती खेलाडी बनेका थिए। रेसलमेनिया ११ मा सन माइकल्सले डेजेससँगको खेल हारेता पनि हर्को वर्ष आयोजना रेसलमेनिया १२ मा माइकल्सले पुन डिजेललाई ६०- मिनेट आइरन म्यान खेलमा हराउँदै डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट च्याम्पियनसिप जित्न सफल भएका थिए। यस खेलले विश्वव्यापी रूपमा एक उत्कृष्ट खेलको रूपमा परिचित बनेको थियो। रेसलमेनिया १२ मा द अल्टिमेट वोरियर पुन कुस्तीमा फर्किएका थिए भने उनले एक खेलमा ट्रिपल एचलाई हराउन सफल भएका थिए।

सन् १९९७ मार्च २७ का दिन आयोजना रेसलमेनिया १३ मा ब्रेट हर्टले स्टोन कोल्ड स्टिफ अष्टिनलाई हराएका थिए भने सोही कार्यक्रमको अन्तिम खेलमा द अण्डरटेकरले डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट उपाधिका लागि साइको सिडलाई हराउन सफल भएका थिए।[१४] अष्टिन र हर्ट विरुद्धको खेल रेसलमेनियाको इतिहासमै एक उत्कृष्ट खेल र दर्शक माझ लोकप्रिय बनेको थियो भने यस खेललाई व्यवसायीक कुस्तीको उत्कृष्ट खेल पनि मानिएको थियो। यस कार्यक्रमलाई प्रत्यक्ष हेर्नका लागि १८,१९७ दर्शकहरू रङ्गशाला पुगेका थिए।[१५]

९ मार्च १९९८ का दिन आयोजना रेसलमेनिया १४ मा स्टोन कोल्ड स्टिभ अष्टिनले सन माइकल्सलाई हराउँदै नयाँ डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट विजेता बन्न सफल भएका थिए भने यस कार्यक्रममा प्रख्यात मुक्केबाज माइक टाइसन पनि एक आधिकारिको रूपमा काम गरेका थिए। यस रेसलमेनियामा द अण्डरटेकर र केनको पनि पहिलोपटक रेसलमेनियामा खेल आयोजना गरिएको थियो जहाँ द अण्डरटेकरले केनलाई हराउन सफल भएका थिए। त्यस रेसलमेनिया पछि अर्को वर्ष आयोजित रेसलमेनिया १५ मा अष्टिन र द रकको बीच खेल आयोजना गरिएको थियो जहाँ द रकले अष्टिनलाई हराउँदै डब्ल्यूडब्ल्यूएफ उपाधि आफुसँगै कायम राखेका थिए। यस रेसलमेनिया हेर्नका लागि १९,०२८ प्रत्यक्ष दर्शकहरू रङ्गशाला पुगेका थिए।

२००० को दशक

२००० को दशकमा आयोजना गरिएको रेसलमेनियाको स्थानहरू

सन् २००० अप्रिल २ का दिन आयोजित रेसलमेनियाको १६औँ शृङ्खलामा पहिलोपटक डब्ल्यूडब्ल्यूएफ ट्याग टिम च्याम्पियनसिपका लागि त्रिभुज आकारको सिँढीको प्रयोग भएको थियो भने उक्त खेल द हार्डि ब्वाइज, द डड्ली ब्वाइज र एज र क्रिस्चियको विरुद्धमा भएको थियो। यस कार्यक्रमको अन्तिम खेलमा तात्कालिक डब्ल्यूडब्ल्यूएफ विजेता ट्रिपल एचले फेटल फोर-वे खेलमा द रक, मिक फोली र बिग शोलाई हराउन सफल भएका थिए। यस खेलमा म्याकमेन परिवारको सदस्यहरूको सहभागिता थियो जहाँ ट्रिपल एचको पक्षमा स्टेफिनी म्याकमेन, द रकको पक्षमा भिन्स म्याकमेन, मिक फोलीको पक्षमा लिण्डा म्याकमेन र बिग शोको पक्षमा सेन म्याकमेन रहेका थिए। यस रेसलमेनिया हेर्नका लागि १८,०३४ दर्शकहरू आएका थिए।

रेसलमेनिया १७ मा स्टिभ अष्टिनले द रकलाई हराउँदै डब्ल्यूडब्ल्यूएफ विजेता कायम रहेका थिए भने यस कार्यक्रममा भिन्स म्याकमेन र सेन म्याकमेनको पनि खेल जारी गरिएको थियो। ट्याग टिम उपाधिका लागि खेलमा एज र क्रिस्चियनले हार्डि ब्वाइज र डड्ली ब्वाइजलाई कुर्सी, सिढी र टेबुल खेलमा हराउँदै नयाँ डब्ल्यूडब्ल्यूएफ ट्याग टिम विजेता बन्न सफल भएका थिए। यो रेसलमेनिया डब्ल्यूडब्ल्यूएफले डब्ल्यूसिडब्ल्यूलाई खरिद गरेपछि पहिलोपटक आयोजना भएको थियो।

रेसलमेनिया १८ डब्ल्यूडब्ल्यूएफले उत्पादन गरेको अन्तिम रेसलमेनिया थियो भने यस रेसलमेनियाको अन्तिम खेलमा ट्रिपल एचले क्रिस जेरिकोलाई अण्डिष्प्युडेड च्याम्पियनसिपका लागि हराउन सफल भएका थिए। यस कार्यक्रमको अर्को खेलमा स्टिभ अष्टिन, द रक र द अण्डरटेकरले स्कट हल, हल्क होगन र रिक फ्लेयर ६ पुरुष ट्याग टिम खेलमा हराएका थिए। यस रेसलमेनिया मार्फत रब भेन डमले डब्ल्युडब्ल्युईमा पर्दापण गरेका थिए भने उनले यस रेसलमेनियामा अन्तरमहादेशीय उपाधि पनि जित्न सफल भएका थिए।

रेसलमेनिया १९ मा स्टिभ अष्टिनले उनको अन्तिम खेल द रकको विरुद्धमा रेसलमेनियामा तेस्रोपटक खेलेका थिए भने उक्त खेलमा उनले द रकको विरुद्धमा हार व्यहोरेका थिए। यस कार्यक्रमको अर्को खेलमा हल्क ह‍ोगनले भिन्स म्याकमेनलाई हराएका थिए भने सन माइकल्सले पाँच वर्षपछि रेसलमेनियामा खेल खेलेका थिए जहाँ उनले क्रिस जेरिकोलाई हराए। डब्ल्यूडब्ल्युईको सुरुवातबाट यस रेसलमेनियामा पहिलोपटक डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि खेल जारी गरिएको थियो जहाँ उक्त उपाधिका लागि ट्रिपल एचको खेल बुकर टिसँग भएको थियो। ट्रिपल एचले बुकर टिलाई हराउँदै उपाधि हात पार्न सफल भएका थिए भने ब्रक लेज्नरले कर्ट एङ्गललाई डब्ल्युडब्ल्युई च्याम्पियनसिपका लागि हराए।

डब्ल्युडब्ल्युईले १४ मार्च २००४ का दिन रेसलमेनियाको २० औँ शृङ्खला न्युयोर्क सहरस्थित म्याडिसन स्क्वायर गार्डेनमा आयोजना गरेको थियो। यस कार्यक्रममा द अण्डरटेकरले माक्स बिहिन केनलाई एकल खेलमा हराएका थिए। यस कार्यक्रमको अन्य खेलहरू केही उपाधिका र केही उपाधि विहीन थिए। एडि जुरेरोले कर्ट एङ्गललाई हराउँदै डब्ल्युडब्ल्युई च्याम्पियनसिप बचाउन सफल भएका थिए भने अर्कातिर क्रिस बेनोइटले सन माइकल्स र ट्रिपल एचलाई ट्रिपल थ्रेट खेलमा हराउँदै डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधि हात पार्न सफल भएका थिए। यस कार्यक्रममा द रक एण्ड रक कनेक्सनको खेल द इभोलुसन (बाटिष्टा र रेन्डी ओर्टन) को विरुद्धमा भएको थियो जहाँ द इभोलुसन द रक र मिक फोलीलाई हराउन सफल भए। ब्रक लेज्नर र गोल्डबर्ग बीचको खेलमा स्टोन कोल्ड स्टिभ अष्टिन अतिथि निर्णायकको रूपमा कार्यरत् थिए भने उक्त खेलमा गोल्डबर्गले लेज्नरलाई (जो डब्ल्युडब्ल्युईमा ८ वर्ष पश्चात् फर्किएका थिए) हराउन सफल भएका थिए।

रेसलमेनिया २१ देखि मनी इन द बेङ्क सिँढी खेलको अवधारणा ल्याइएको थियो भने उक्त खेलमा ६ देखि १० प्रतिस्पर्धीले भाग लिन पाउने नियम बनाइएको थियो र उक्त खेल जित्नका लागि सिँढीबाट चढेर रिङको केही माथि झुण्डाइएको एक बाकसलाई जसले पहिला जित्छ उसले खेल जित्न निर्धारण गरिएको थियो। यस मनी इन द बेङ्कका विजेताले उसले चाहेको र अनुकुल समयमा उक्त बाकसलाई क्यास इन गर्दै डब्ल्युडब्ल्युई उपाधि तथा डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधिका लागि खेल खेल्न पाउने थियो। रेसलमेनिया २१ मा पहिलोपटक एजले मनी इन द बेङ्क हात पार्न सफल भएका थिए। यस कार्यक्रमको अन्तिम खेलमा जोन सिनाले जोन लेफिफ्डलाई हराउँदै डब्ल्युडब्ल्युई च्याम्पियनसिप हात पारेका थिए भने बाटिष्टाले ट्रिपल एचलाई हराउँदै डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधि हात पार्न सफल भएका थिए। एडि गुरेरोले उनको मृत्यु हुनु भन्दा अघि अन्तिम रेसलमेनिया खेल खेलेका थिए जहाँ उनको सामना रे मेष्टेरियोको विरुद्धमा भएको थियो। यस कार्यक्रमको लामो समयसम्म अवकाश लिएका स्टोन कोल्ड स्टिफ अष्टिपुन डब्ल्युडब्ल्युईमा फर्किएका थिए भने अर्कातिर कर्ट एङ्गलले सन माइकल्सलाई हराउन सफल भएका थिए।

सन् २००६ अप्रिल २ का दिन आयोजित रेसलमेनिया २२ मा पनि मनी इन द बेङ्क खेल खेलाइएको थियो जहाँ ६ पुरुष प्रतिस्पर्धीहरूले सहभागिता जनाएका थिए। दोस्रोपटक आयोजित मनी इन द बेङ्क खेलको विजेता भने रब भेन डेम बनेका थिए। यस कार्यक्रमको अन्तिम खेल विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि रे मेष्टेरियो, रेण्डि ओर्टनकर्ट एङ्गलको बीच ट्रिपल थ्रेट खेल भएको थियो भने उक्त खेलमा मेष्टेरियो विजेता बन्दै डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिप जित्न सफल भएका थिए। त्यस्तैगरी जोन सिनाको खेल ट्रिपल एचको विरुद्धमा थियो भने उक्त खेलमा सिनाले एचलाई हराएका थिए। एजे र मिक फोली बीचमन पनि खेल जारी गरिएको थियो भने उक्त खेलमा एजले मिक फोलीलाई रिङको छेउमा अवस्थित काँडेतार भएको टेबुलमा स्पियर हानेपछि एजले खेल जितेका थिए। रेसलमेनिया २२ मा सन माइकल्सले भिन्स म्याकमेनलाई हराएका थिए भने द अण्डरटेकरले मार्क हेनरीलाई क्यास्केट म्याचमा हराउँदै रेसलमेनियामा अपराजित यात्रा कायमै राखेका थिए। यस कार्यक्रममा मिकी जेम्सले ट्रिस स्ट्राटसलाई हराउँदै डब्ल्युडब्ल्युई महिला उपाधि हात पारेकी थिइन्।

सन माइकल्स रेसलमेनिया २५ मा

सन् २००७ मा आयोजित रेसलमेनियाको २३औँ संस्करणमा मनी इन द बेङ्क खेलका लागि पहिलेको भन्दा दुई पुरुष थप गरी ८ जना प्रतिस्पर्धी बीच खेल आयोजना गरिएको थियो जहाँ इसिडब्ल्यूका कुस्ती खेलाडी समेत सामेल हुने मौका पाएका थिए। यस मनी इन द बेङ्क खेल मिष्टर केनडीले जित्न सफल भएका थिए। यस कार्यक्रममा जोन सिनाले आफ्नो डब्ल्युडब्ल्युई उपाधि सन माइक्ल्सको विरुद्धमा खेलेका थिए भने उनले सन माइकल्सलाई हराउन सफल भएका थिए। यस्तैगरि अर्कातिर द अण्डरटेकरले बाटिष्टालाई एकल खेलमा हराउँदै डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिप हात पार्न सफल भएका थिए। इसिडब्ल्यू विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि बबी लास्ली र उमागाको खेल जारी गरिएको थियो जहाँ लास्लीको प्रतिनिधित्व गर्दै डोनाल्ड ट्रम्प आएका थिए भने उमागाको तर्फबाट भिन्स म्याकमेन आएका थिए भने यस खेलमा अतिथि निर्णायकको भूमिकामा स्टोन कोल्ड स्टिभ अष्टिन रहेका थिए। यस रेसलमेनिया डब्ल्युडब्ल्युई महिला उपाधिको अवकाश हुनुभन्दा अघिको अन्तिम रेसलमेनिया रहेको थियो जहाँ मेलिनाले लम्बर्जिल खेलमा एस्लीलाई हराउन सफल भएकी थिइन्।

सन् २००८ मा आयोजित रेसलमेनियाको २४औँ शृङ्खलामा सन माइकल्सले रिक फ्लेयरलाई एकल खेलमा हराएका थिए भने मनी इन द बेङ्कको लागि तीन ब्राण्डका ७ पुरुष खेलाडीहरूले भाग लिएका थिए जुन सिएम पङ्कले पहिलोपटक हात पार्न सफल भएका थिए भने उनले रेसलमेनिया २५ मा पनि यो उपाधि जितेका थिए। यस रेसलमेनियामा इसिडब्ल्यू उपाधि पहिलोपटक रेसलमेनियामा खेलिएको थियो जहाँ केन जम्म ८ सेकेन्डमा इसिडब्ल्यू विजेता बन्दै नयाँ कीर्तिमान राख्न सफल भएका थिए भने रेण्डि ओर्टले आफ्नो डब्ल्युडब्ल्युई च्याम्पियनसिप बचाउन सफल भएका थिए। अघिल्लो वर्षको रेसलमेनिया झैँ द अन्डरटेकरले यस रेसलमेनियामा पनि एजलाई हराउँदै डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिप जित्न सफल भएका थिए। यस रेसलमेनियामा तात्कालिक बक्सिङ विश्व विजेता फ्योल्ड मेवेदरले डब्ल्युडब्ल्युई खेलाडी बिग सोलाई एकल खेलमा हराएका थिए। यो रेसलमेनिया खुला रङ्गशालामा आयोजित रेसलमेनियाको दोस्रो संस्करण थियो।

सन् २००९ मा आयोजित रेसलमेनियाको २५औँ शृङ्खलामा क्रिस जेरिकोले डब्ल्युडब्ल्युईबाट अवकाश लिएका रोडि पाइपर, जिमी स्नुका र रिकी स्टिमबोटलाई एक खेलमा हराएका थिए भने त्यहाँ अतिथि उपस्थितिको रूपमा रिक फ्लेयर र प्रख्यात अभिनेता मिक्के रुके देखापरेका थिए। यस रेसलमेनियामा द अण्डरटेकर र सन माइकल्सको बीच खेल जारी गरिएको थियो जहाँ अण्डरटेकरले माइकल्सलाई हराउन सफल भएका थिए। यस रेसलमेनियामा डब्ल्युडब्ल्युई अन्तरमहादेशीय उपाधिकन लागि रेसलमेनिया १८ पछि पहिलोपटक आयोजना गरिएको थियो जहाँ रे मेष्टेरियोले जोन "ब्राड्स" लेफिल्डलाई हराउन सफल भएका थिए। यस कार्यक्रममा जोन सिनाले एज र बिग सोलाई एक खेलमा हराउँदै डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधि हात पारेका थिए भने ट्रिपल एचले रेन्डी ओर्टनलाई पराजित गर्न सफल भए।

२०१० को दशक

२०१० को दशकमा आयोजना गरिएको रेसलमेनियाको स्थानहरू

रेसलमेनिया २५ मा द अण्डरटेकर र सन माइकल्स बीचको खेलमा द अण्डरटेकरले माइकल्सलाई हराएको एक वर्षपछिको रेसलमेनिया २६ मा पुन उक्त खेल आयोजना गरिएको थियो भने यस खेलमा सन माइकल्सको हार भयो भने उनले कुस्ती त्याग्नु पर्ने मापदण्ड रहेको थियो र उक्त खेलमा द अण्डरटेकरको जितसँग‌ सन माइकल्सले डब्ल्युडब्ल्युईबाट अवकाश लिएका थिए। यस रेसलमेनियामा जोन सिनाले डब्ल्युडब्ल्युई उपाधि हात पारेका थिए भने अर्कातिर क्रिस जेरिकोले डब्ल्युडब्ल्युई विश्व ह्याभसवेट च्यामपियनसिप जित्न सफल भएका थिए। यही रेसलमेनियामा ब्रेट हर्ट १२ वर्षपछि कुस्तीमा फर्किएका थिए र उनले एक खेलमा भिन्स म्याकमेनलाई हराउन सफल भएका थिए। यस रेसलमेनियामा मनी इन द बेङ्क खेल पनि आयोजना गरिएको थियो जसमा स्म्याकडाउन, र इसिडब्ल्यूका दश प्रतिस्पर्धीहरू बीच खेल भएको थियो भने उक्त खेल ज्याक स्वागरले जित्न सफल भएका थिए। यो मनी इन द बेङ्क कार्यक्रम रेसलमेनियामा अन्तिमपटक आयोजना गरिएको थियो।

रेसलमेनिया २६ पछिको अर्को वर्ष आयोजित रेसलमेनिया २७ मा द रक डब्ल्युडब्ल्युईमा ७ वर्षपछि फर्किएका थिए भने उनले उक्त कार्यक्रममा उद्घोषकको रूपमा काम गरेका थिए। यसै कार्यक्रममा ट्रिस स्ट्राटरले रेसलमेनिया २२ पछि उनको पहिलो खेल खेलेकी थिइन् जहाँ उनी जोन मोरिसन र जर्सी सोरसँग एक टोलीको रूपमा खेल खेल्दै लेकुल (मिसेल म्याककुल) र डल्फ जिग्लरलाई हराउन सफल भएका थिए। डब्ल्युडब्ल्युईका लागि लामो समयसम्म उद्घोषकको रूपमा काम गरिसकेका माइकल कोल र डब्ल्युडब्ल्युईबाट अवकाश लिएका जेरि र किङ लेवेरको खेल आयोजना भएको थियो भने अर्कातिर द अण्डरटेकरले ट्रिपल एचलाई एकल खेलमा हराउन सफल भएका थिए। यस रेसलमेनियामा पहिलोपटक डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट विजेता र डब्ल्युडब्ल्युई विजेताले आफ्ना प्रतिस्पर्धीलाई हराउँदै उपाधि कायम गरेका थिए। यस रेसलमेनियामा डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट विजेता एजले उनका प्रतिस्पर्धी अर्बर्टो डेल रियोलाई हराएका थिए भने एजले उक्त कार्यक्रमपछि अप्रिल ११ का दिन डब्ल्युडब्ल्युईबाट अवकाश लिएका थिए।

रेसलमेनिया २८ मा विषेशगरी तीन मुख्य खेलहरू सञ्चालन गरिएको थियो जसमध्ये पहिलो मुख्य खेलमा द अण्डरटेकरको सामना ट्रिपल एचसँग हेल इन अ सेलमा आयोजना गरिएको थियो जसमा अतिथि निर्णायकको रूपमा सन माइकल्स कार्यरत थिए भने यस खेलमा द अण्डरटेकरले ट्रिप एचलाई हराउन सफल हुँदै उनको रेसलमेनियामा अपराजित यात्रा कायम गर्न सफ भएका थिए त्यस्तैगरी दोस्रो मुख्य खेलमा तात्कालिक डब्ल्युडब्ल्युई विजेता सिएम पङ्कले क्रिस जेरिकलाई एकल खेलमा आत्मासमर्पणद्वारा हराउँदै डब्ल्युडब्ल्युई उपाधि आफूसँगै कायम गरेका थिए र यस कार्यक्रमको तेस्रो खेलमा द रकले जोन सिनालाई एकल खेलमा हराएका थिए।

२०२० को दशक

२०२० को दशकमा आयोजना गरिने रेसलमेनियाको स्थान

रेसलमेनिया ३६ सन् २०२० अप्रिल ५ का दिन अमेरिकाको फ्लोरिडास्थित टाम्पाको रेमण्ड जेम्स रङ्गशाला आयोजना हुने भएको छ। [१६]

प्रख्यात व्यक्तित्त्वहरूको सहभागिता

रेसलमेनिया कार्यक्रमको सुरुवातदेखि नै हालसम्म यस कार्यक्रममा विभिन्न क्षेत्रका प्रख्यात व्यक्तित्त्वहरूले सहभागिता जनाउँदै आएका छन्। रेसलमेनियाको पहिलो शृङ्खलामै पनि कुस्ती खेलाडीको साथमा प्रख्यात व्यक्तित्त्वको सहभागी रहेको थियो। विगतमा प्रख्यात बेसबल खेलाडी बिली मार्टिनले यस कार्यक्रममा रिङ उद्घोषक र खेलमा समयको रेखदेख गर्ने काम गरेका थिए भने प्रख्यात मुक्केबाज मोहम्मद अलीले व्यवस्थापक अधिकारीको रूपमा काम गरेका थिए। त्यस्तैगरी अमेरिकी अभिनेता र कुस्ती खेलाडी मिस्टर टि पहिलो रेसलमेनियामा हल्क होगनसँग साझेदारी गर्दै पल अर्नडोर्फ र रोडि पिपरको जोडीलाई हराएका थिए। रेसफमेनिया २ मा आयोनजा गरिएको २०-पुरुष ब्याटल रोयलमा अमेरिमी फुटबल लिगका खेलाडीहरू डब्ल्यूडब्ल्यूएफका कुस्ती खेलाडीसँग खेल खेलेका थिए भने रेसलमेनिया १० मा लरेन्स टेलरको सामना ब्याम व्याम बिग्लोसँग भएको थियो। प्रख्यात मुक्केबाज माइक टाइसन स्टोन कोल्ड स्टिभ अस्टिन र सन माइक्सलको खेलमा अतिथि कार्यनयन अधिकारिको रूपमा काम गरेका भने रेसलमेनिया १५ मा व्यावसायिक मुक्केबाज बटरबिनलाई बार्ट गनले बक्सिङ खेलका लागि चुनौती दिएका थिए। रेसलमेनिया १४, १५ र १६ मा अमेरिकी बेसबल खेलाडी पिटर रोजको कुस्ती खेलाडी केनसँग छोटो द्वन्द्व चलेको थियो भने केनले उनलाई चक्स्ल्याम र टम्बस्टोन पाइलड्राइभर हानेपछि द्वन्द्व अन्त्य भएको थियो। रेसलमेनिया २१ मा बिग सोको खेल सुमो कुस्ती खेलाडी योकोजुना एकेबोनोसँग एक सुमो खेलमा भएको थियो भने रेसलमेनिया २४ मा बिग सोले व्यवसायीक मुक्केबाज फ्योल्ड मेवेदरसँग कुस्ती खेल खेलेका थिए जहाँ सोले मेवेदससँग हार व्यहोरेका थिए। रेसलमेनिया २७ मा अमेरिकी वास्तविक टेलिभिजन शृङ्खलाका सञ्चालक निकोल स्नुकीले ६-मानिस ट्याग टिम खेलमा ट्रिस स्ट्राटस र जोन मोरिसनसँग साझेदारी गर्दै डल्फ जिग्लर र लेकुललाई (लेला र मेसेल म्याककुल) हराएका थिए। त्यस्तैगरी रेसलमेनिया २७ मा मरिया मिनिनसले केली केलीसँग साझेदारी गर्दै बेथ फिनेक्स र इभ टोरेजको टोलीलाई हराउन सफल भएका थिए।

यस कार्यक्रममा अन्य प्रख्यात सङ्गीतकार, गायक, गायिकाहरूले पनि सहभागिता जनाउँदै र प्रत्यक्ष सङ्गीत प्रस्तुती दिँदै आएका छन् जसमा रे चार्ल्स, एरेथा फ्याङ्कलिन, विली नेल्सन, रेबा म्याकइन्ट्रि, जोन लिजेन्ड, लिटिल रिचार्ड, मेसेल विलियम्स, ब्वाइज चावर, फेन्टासिया, केरी हिल्सन आदि समावेश छन्। प्रख्यात गायक रोबर्ट गोउलेटले रेसलमेनिया १५ मा प्रत्यक्ष सङ्गीत प्रस्तुति दिएका थिए। रेसलमेनियाका अन्य शृङ्खलामा द मोटरहेड, लिल बिजकेट, सेलिभा, रन डि.एम.सी, साल्ट एण्ड पेपा, फ्लो रिडा, पि.ओ.डी, मेसिन गन केली, मार्क स्कोजर, स्नूप डग आदि कलाकारहरूले खेलाडीहरूको रिङ प्रवेशमा प्रस्तुति दिएका थिए।

मिति र स्थान

कार्यक्रम अवस्थिति स्थान उपस्थिति अन्तिम खेल
रेसलमेनिया
मार्च ३१, १९८५
न्यु योर्क सहर म्याडिसन स्क्वायर गार्डेन १९,१२१ हल्क होगनमिस्टर टि विरुद्ध रोडि पाइपरपल ओर्नडोफसँग अतिथि निर्णायकको रूपमा मोहम्मद अलीप्याट प्याटरसन [१७]
रेसलमेनिया २
अप्रिल ७, १९८६
युनिडेल, न्युयोर्क न्यासु कोलिजम १६,५८५ मिष्टर टि विरुद्ध रोडि पाइपर [१८]
रोजमोन्ट, इलिनोइ अलस्टेट अरिना ९,००० जर्ज भ्यालेन्टाइन र ब्रुटस बिफकेक (विजेता) विरुद्ध द ब्रिटिस्ट बुल्डग (डेभि ब्वाइ स्मिथडाइनामाइट किड) डब्ल्युडब्ल्युएफ ट्याग टिम च्याम्पियनसिपका लागि
लस एन्जलस, क्यालिफोर्निया लस एन्जल्स मेमोरियल स्पोर्ट्स एरिना १४,५०० हल्क होगन (विजेता) विरुद्ध किङ कङ बुण्डि स्टिल केज खेल डब्ल्युडब्ल्युएफ विश्व ह्याभिवेट च्याम्पियनसिप
रेसलमेनिया ३
मार्च २९, १९८७
पोन्टिएक, मिचिगन पोन्टिएक सिल्भरडन ९३,१७३ हल्क होगन (विजेता) विरुद्ध अँद्रे द जायन्ट डब्ल्युडब्ल्युएफ च्याम्पियनसिपका लागि [१९]
रेसलमेनिया ४
मार्च २७, १९८८
एट्लान्टिक सहर, न्यु जर्सी बोडवाक हल १८,१६५ रेन्डी स्याभेज विरुद्ध टेड डिबियासी डब्ल्युडब्ल्युईएफ विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि [२०]
रेसलमेनिया ५
अप्रिल २, १९८९
१८,९४६ रेन्डी स्याभेज (विजेता) विरुद्ध हल्क होगन डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि [२१]
रेसलमेनिया ६
अप्रिल १, १९९०
टोरन्टो, ओन्टारियो, क्यानडा रोगर सेन्टर ६७,६७८ हल्क होगन (विजेता) विरुद्ध द अल्टिमेट वोरियर (विजेता) दुवै डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट च्याम्पियनसिप र डब्ल्युडब्ल्युईएफ अन्तरमहादेशीय ह्याभिवेट उपाधिका लागि [२२]
रेसलमेनिया ७
मार्च २४, १९९१
लस एन्जल्स, क्यालिफोर्निया लस एन्जल्स मेमोरियल स्पोर्ट्स एरिना १६,१५८ सर्जेट स्लटर (विजेता) विरुद्ध हल्क होगन डब्ल्युडब्ल्युईएफ विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि [२३]
रेसलमेनिया ८
अप्रिल ५, १९९२
इन्डियानापोलिस, इन्डियाना आरसिए डोम ६२,१६७ हल्क होगन विरुद्ध सिड जस्टिस [२४]
रेसलमेनिया ९
अप्रिल ४, १९९३
प्याराडाइज, नाभडा सिजर्स प्यालेस १६,८९१ योकोजुना (विरुद्ध) हल्क होगन डब्ल्युडब्ल्युएफ विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि[a] [२५]
रेसलमेनिया १०
मार्च २०, १९९४
न्यु योर्क सहर म्याडिसन स्क्वायर गार्डेन १९,४४४ योकोजुना (विजेता) विरुद्ध ब्रेट हर्ट डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि, अतिथी निर्णायकको रूपमा रोडि पाइपर [२६]
रेसलमेनिया ११
अप्रिल २, १९९५
हर्टफोर्ड, कनेक्टिकट एक्सएल सेन्टर १६,३०५ ब्याम ब्याम बिग्लो विरुद्ध लरेन्स टेलर प्याट प्याटरसन अतिथि निर्णायकको रूपमा [२७]
रेसलमेनिया १२
मार्च ३१, १९९६
अनाहाइम, क्यालिफोर्निया होन्डा सेन्टर १८,८५३ ब्रेट हर्ट (विजेता) विरुद्ध सन माइकल्स ६० मिनेट आइरन मेन खेलमा, डब्ल्युडब्ल्युएफ विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि [२८]
रेसलमेनिया १३
मार्च २३, १९९७
रोजमोन्ट, इलिनोइ अलस्टेट एरिना 18,197 साइको सिड (विजेता) विरुद्ध द अन्डरटेकर डब्ल्युडब्ल्युएफ विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि [२९]
रेसलमेनिया १४
मार्च २९, १९९८
बोस्टन, म्यासेचुसेट्स टिडी गार्डेन १९,०२८ सन माइकल्स (विजेता) विरुद्ध स्टोन कोल्ड स्टिभ अष्टिन अतिथी निर्णायकको रूपमा माइक टाइसन, डब्ल्युडब्ल्युएफ विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि [३०]
रेसलमेनिया १५
मार्च २८, १९९९
फिलाडेल्फिया, पेन्सिलभेनिया वेल्स फार्गो सेन्टर १९,५१४ द रक (विजेता) विरुद्ध स्टोन कोल्ड स्टिफ अष्टिन, नो डिस्क्वालिफिकेस खेलमा, अतिथी निर्णायकको रूपमा मिक फोली, डब्ल्यूडब्ल्यूएफ च्याम्पियनसिपका लागि [३१]
रेसलमेनिया १६
अप्रिल २, २०००
अनहाइम, क्यालिफोर्निया होन्डा सेन्टर १८,०३४ ट्रिपल एच (विजेता) विरुद्ध द रक विरुद्ध बिग सो विरुद्ध मिक फोली, फ्याटल फोर-वे खेल डब्ल्यूडब्ल्यूएफ च्याम्पियनसिपका लागि [३२]
रेसलमेनिया १७
अप्रिल १, २००१
ह्युस्टन, टेक्सस एष्ट्रोडोम ६७,९२५ द रक (विजेता) विरुद्ध स्टोन कोल्ड स्टिभ अष्टिन डब्ल्यूडब्ल्यूएफ च्याम्पियनसिपका लागि [३३]
रेसलमेनिया १८
मार्च १७, २००२
टोरन्टो, ओन्टारियो, क्यानडा स्काइडोम ६८,२३७ क्रिस जेरिको (विजेता) विरुद्ध ट्रिपल एच, अन्डिस्पुयुटेड डब्ल्यूडब्ल्यूएफ च्याम्पियनसिपका लागि [३४]
रेसलमेनिया १९
मार्च ३०, २००३
सिएटल, वासिङ्टन टि-मोबाइल पार्क ५४,०९७ कर्ट एङ्गल (विजेता) विरुद्ध ब्रक लेज्नर डब्ल्युडब्ल्युई च्याम्पियनसिपका लागि [३५]
रेसलमेनिया २०
मार्च १४, २००४
न्यु योर्क सहर म्याडिसन स्क्वायर गार्डेन २०,००० ट्रिपल एच (विजेता) विरुद्ध क्रिस बेनोइट विरुद्ध सन माइकल्स, ट्रिपल थ्रेट खेल डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि [३६]
रेसलमेनिया २१
अप्रिल ३, २००५
लस एन्जलस, क्यालिफोर्निया स्टेपल सेन्टर २०,१९३ ट्रिपल एच (विजेता) विरुद्ध डेभ बाटिस्टा डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि [३७]
रेसलमेनिया २२
अप्रिल २, २००६
रोजमोन्ट, इलिनेइ अलस्टेट एरिना १७,१५९ जोन सिना (विजेता) विरुद्ध ट्रिपल एच डब्ल्युडब्ल्युई च्याम्पियनसिपका लागि [३८]
रेसलमेनिया २३
अप्रिल १, २००७
डेट्रोइट, मिचिगन फोर्ड फिल्ड ८०,१०३ जोन सिना (विजेता) विरुद्ध सन माइकल्स डब्ल्युडब्ल्युई च्याम्पियनसिपका लागि [३९]
रेसलमेनिया २४
मार्च ३०, २००८
ओर्लाण्डो, फ्लोरिडा केम्पिङ विश्व रङ्गशाला ७४,६३५ एज (विजेता) विरुद्ध द अण्डरटेकर, डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि [४०]
रेसलमेनिया २५
अप्रिल ५, २००९
ह्युस्टन, टेक्सस एनआरजी रङ्गशाला ७२,७४४ ट्रिपल एच (विजेतम) विरुद्ध रेण्डि ओर्टन डब्ल्युडब्ल्युई च्याम्पियनसिपका लागि [४१]
रेसलमेनिया २६
मार्च २८, २०१०
ग्लान्डेल, एरिजोना स्टेट फार्म रङ्गशाला ७२,२१९ द अण्डरटेकर विरुद्ध सन माइकल्स, द स्ट्रिक विरुद्ध कार्यकाल खेल [४२]
रेिलमेनिया २७
अप्रिल ३, २०११
एट्लान्टा, जर्जिया जर्जिया डोम ७१,६१७ द मिज (विजेता) विरुद्ध जोन सिना, डब्ल्युडब्ल्युई च्याम्पियनसिपका लागि [४३]
रेसलमेनिया २८
अप्रिल १, २०१२
मियामी गार्डेन्स, फ्लोरिडा सन लाइफ रङ्गशाला ७८,३६३ जोन सिना विरुद्ध द रक [४४]
रेसलमेनिया २९
अप्रिल ७, २०१३
पुर्वी रदरफोर्ड, न्यु जर्सी मेटलाइफ रङ्गशाला ८०,६७६ द रक (विजेता) विरुद्ध जोन सिना, डब्ल्युडब्ल्युई च्याम्पियनसिपका लागि [४५]
रेसलमेनिया ३०
अप्रिल ६, २०१४
न्यअु ओर्लिन्स, लुइजियाना मार्सिडेस-बेन्ज सुपरडोम ७५,१६७ रेन्डी ओर्टन (विजेता) विरुद्ध बाटिस्टा विरुद्ध डेनियल ब्रायन, ट्रिपल थ्रेट खेल डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि [४६]
रेसलमेनिया ३१
मार्च २९, २०१५
स्यान्टा क्लेरा, क्यालिफोर्निया लिभाइस रङ्गशाला ७६,९७६ ब्रक लेज्नर (विजेता) विरुद्ध रोमन रेञ्ज सेथ रोलिन्स डब्ल्युडब्ल्युई च्याम्पियनसिपका लागि ट्रिपल थ्रेट खेल[b] [४७]
रेसलमेनिया ३२
अप्रिल ३, २०१६
अर्लिङ्टन, टेक्सस एटी एण्ड टी रङ्गशाला १०१,७६३ ट्रिपल एच (विजेता) विरुद्ध रोमन रेन्ज, डब्ल्युडब्ल्युई च्याम्पियनसिपका लागि [४८]
रेसलमेनिया ३३
अप्रिल २, २०१७
ओर्लान्डो, फ्लोरिडा क्याम्पिङ विश्व रङ्गशाला ७५,२४५ द अन्डरटेकर विरुद्ध रोमन रेन्ज [४९]
रेसलमेनिया ३४
अप्रिल ८, २०१८
न्यू ओर्लिन्स, लुइजियाना मार्सिडेज-बेन्च सुपरडोम ७८,१३३ ब्रक लेज्नर (विजेता) विरुद्ध र‍ोमन रेञ्ज, डब्ल्युडब्ल्युई युनिभर्सल च्याम्पियनसिपका लागि [५०]
रेसलमेनिया ३५
अप्रिल ७, २०१९
पुर्वी रडरफोर्ड, न्यु जर्सी मेटलाइफ रङ्गशाला ८२,२६५ रोन्डा राउजी (विजेता) विरुद्ध सार्लेट फ्लेयर (विजेता) विरुद्ध बेकी लिन्च, ट्रिपल थ्रेट खेल, डब्ल्युडब्ल्युई स्म्याकडाउन महिला च्याम्पियनसिप र डब्ल्युडब्ल्युई महिला च्याम्पियनसिपका लागि[५१] [५२]
रेसलमेनिया ३६ अप्रिल ४, २०२० ओर्लान्डो, फ्लोरिडा द अन्डरटेकर विरुद्ध एजे स्टाइल्स [५३]
अप्रिल ५, २०२०[क] ब्रक लेज्नर (वि) विरुद्ध ड्रु म्याकिनटायर, डब्ल्युडब्ल्युई उपाधिका लागि
रेसलमेनिया ३७ मार्च २८, २०२१ इङ्लेउड, क्यालिफोर्निया सोफी रङ्गशाला निर्णय हुन बाँकी निर्णय हुन बाँकी [५४]

टिप्पणीहरू

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named te

सन्दर्भ सामग्रीहरू

  1. "रेसलमेनिया", इएसपीएन, फेब्रुअरी १४, २०१०, अन्तिम पहुँच फेब्रुअरी १५, २०१० 
  2. "वेब आर्किभ", मूलबाट २०१०-०४-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०३-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०४-०३ मिति
  3. "वेब आर्किभ", मूलबाट २०११-०७-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०८-०६ 
  4. काल्डवेल, जेम्स (१ अप्रिल २००९), "रेसलमेनिया २५", प्रो रेस्लिङ टच, अन्तिम पहुँच ८ फेब्रुअरी २०१५ 
  5. हेङ्क्स, डगलस (१५ अक्टोबर २०१२), "डब्ल्युडब्ल्युई रेसलमेनिया", मियामी हरल्ड, अन्तिम पहुँच ८ फेब्रुअरी २०१५ 
  6. जोसेफ, एलिसा (७ अप्रिल २०१३), "रेसलमेनियामा ७०,००० दर्शकहरू", फोर्ब्स, अन्तिम पहुँच ८ फेब्रुअरी २०१५ 
  7. ग्रेसर, मार्क (३ अप्रिल २०१४), "‘रेसलमेनिया", भेराइटी पत्रिकन, अन्तिम पहुँच ८ फेब्रुअरी २०१५ 
  8. होफमेन, ब्रेट (२००७-०२-०५), "रेसलमेनियाको लागि अग्रिम टिकट", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २००७-१२-०५ 
  9. "नतिजा: मनी इन द बेङ्क सिँढी खेल", डब्ल्युडब्ल्युई, २००८-०३-३०, अन्तिम पहुँच २००८-०५-२३ 
  10. "फोर्ब्सको प्रतिवेदन", फोर्ब्स, २४ अक्टोबर २०१७, अन्तिम पहुँच २४ अक्टोबर २०१७ 
  11. "हवार्ड फिङ्केल – डब्ल्युडब्ल्युई २८ मार्च २०११", मूलबाट जुलाई २९, २०१२-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) = Archive.today अभिलेखिकरण जुलाई २९, २०१२ मिति
  12. "रेसलमेनिया ३ सम्झना गरिँदै", मूलबाट २००७-०३-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०३-०८ 
  13. खेलकुदको इतिहासमा १० उत्कृष्ट जित मिरर डट को डट युकेमा
  14. https://www.ign.com/articles/2007/03/23/top-20-matches-in-wrestlemania-history?page=20
  15. https://www.pastemagazine.com/articles/2017/03/the-10-best-wrestlemania-matches-in-history.html वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-१३ मिति
  16. "रेसलमेनिया ३६ टाम्पा बे फ्लोरिडामा आयोजना हुने", डब्ल्युडब्ल्युई (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०३-०७ 
  17. "रेसलमेनिया १ को मुख्य खेल", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  18. "रेसलमेनिया २ को मुख्य खेल", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  19. "रेसलमेनिया ३ को मुख्य खेल", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  20. "रेसलमेनिया ४ को मुख्य खेल", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  21. "रेसलमेनिया ५ को मुख्य खेल", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  22. "रेसलमेनिया ६ को मुख्य खेल", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  23. "रेसलमेनिया ७ को मुख्य खेल", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  24. "रेसलमेनिया ८ को मुख्य खेल", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  25. "रेसलमेनिया ९ को मुख्य खेल", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  26. "रेसलमेनिया १० को मुख्य खेल", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  27. "रेसलमेनिया ११ को अन्तिम खेल", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  28. "रेसलमेनिया १२ को मुख्य खेल", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  29. "रेसलमेनिया १३ को मुख्य खेल", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  30. "रेसलमेनिया १४ को नतिजा", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  31. "रेसलमेनिया १५ को नतिजा", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  32. "रेसलमेनिया १६ नतिजा", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  33. "रेसलमेनिया १७ को पूर्ण नतिजा", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  34. "रेसलमेनिया १८ को नतिजा", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  35. "रेसलमेनिया १९ नतिजा", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  36. "रेसलमेनिया २०", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  37. "रेसलमेनिया २१", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  38. "रेसलमेनिया २२", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  39. "रेसलमेनिया २३", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  40. "रेसलमेनिया २४", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  41. "रेसलमेनिया २५", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  42. "एरिजोनाले रेसलमेनिया २६ आयोजना गर्ने", डब्ल्युडब्ल्युई, २००९-०२-२४, मूलबाट २००९-०२-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०२-२४  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-२७ मिति
  43. "रेसलमेनिया २७", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  44. "रेसलमेनिया २८" 
  45. "रेसलमेनिया २९", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१४-०१-२३ 
  46. "रेसलमेनिया ३०", टाइम्स, फेब्रुअरी १८, २०१३, मूलबाट अक्टोबर १९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१३  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १९, २०१४ मिति
  47. मिलोक, बबी, "रेसलमेनिया ३१", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २३ फेब्रुअरी २०१५ 
  48. "एटी एन्ड टी रङ्गशालामा रेसलमेनिया ३२", डब्ल्युडब्ल्युई, जनवरी २०, २०१५, अन्तिम पहुँच जनवरी २०, २०१५ 
  49. "रेसलमेनिया ३३", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच मार्च ८, २०१६ 
  50. "रेसलमेनिया ३४", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी ९, २०१७ 
  51. "रेसलमेनिया ३५", डब्ल्युडब्ल्युई (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०३-२५ 
  52. "मेटलाइफ रङ्गशालामा रेसलमेनिया ३५", न्यु योर्क पोष्ट, अन्तिम पहुँच मार्च १५, २०१८ 
  53. "WWE statement regarding WrestleMania 36", WWE.com, मार्च १६, २०२०, अन्तिम पहुँच मार्च १६, २०२० 
  54. Johnson, Mike (फेब्रुअरी १०, २०२०), "WRESTLEMANIA 37 IS HOLLYWOOD-BOUND, WWE'S FLAGSHIP EVENT RETURNING TO LOS ANGELES", PWInsider, अन्तिम पहुँच फेब्रुअरी १०, २०२० 

बाह्य कडीहरू