हियर विगो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हियर विगो
The current Here WeGo app
एन्ड्रोइड (सञ्चालन प्रणाली)
निर्माणकर्ता (हरू)हियर ग्लोबल बिभी
मौलिक संस्करण२० नोभेम्बर २०१२; ११ वर्ष पहिले (२०१२-११-20)
स्थिर संस्करण
२.०.१२५०९ (एन्ड्रोइड), २.०.४१ (आइओएस) / २५ सेप्टेम्बर २०१८; ५ वर्ष पहिले (२०१८-०९-25), ५ डिसेम्बर २०१८; ५ वर्ष पहिले (२०१८-१२-05)
सञ्चालन प्रणाली
उपलब्ध भाषाहरूअङ्ग्रेजी
वेबसाइटwego.here.com
here.com/app

हियर विगो एक वेब नक्सा र पथ प्रदर्शक सेवा हो जसलाई हियरले सञ्चालन गर्ने गर्दछ। मूलतः यसलाई पहिला नोकियाले हियर नक्साको रूपमा विकास गरेको थियो। नक्सा सफ्टवेयर अनुप्रयोग पहिलोपटक विन्डोज फोनको लागि र विश्वव्यापी वेबमा सन् २०१३ नोकिया नक्साको नयाँ संस्करण सहित सार्वजनिक गरिएको थियो। हियर नक्साको अनुप्रयोग १० डिसेम्बर २०१४ मा एन्ड्रोइड र ११ मार्च २०१५ मा आइओएसमा सार्वजनिक गरिएको थियो। यसको नाम नोकिया नक्साबाट हियर विगोमा जुलाई २०१६ मा परिवर्तन गरिएको थियो। यो अमेजन फायर ट्याब्लेट्स र स्मर्टफोनको लागि पुनर्निर्धारित नक्सा सेवा प्रदायक पनि हो।

हियरद्वारा प्रदान गरिएको आँकडामा, उपग्रह दृश्य, ट्राफिक आँकडा, र अन्य स्थान सम्बन्धित सेवाहरू पर्दछन्।[१][२] नक्साहरू दुई-तीन महिनाको अन्तरालमा अद्यावधिक गरिन्छन्।[३]

समर रेखा र उपलब्धता[सम्पादन गर्नुहोस्]

नोकिया/ओभिआई नक्सा[सम्पादन गर्नुहोस्]

सन् २००६ मा, नोकियाले वेब नक्सा सेवा सफ्टवेयर स्मार्ट२गोको साथ बर्लिनमा आधारित गेट५ नामक कम्पनी खरिद गरेको थियो। फेब्रुअरी २००७ मा, नोकियाले स्मार्ट२गो एस६० स्याम्बियन मञ्च र विन्डोज मोबाइल ५.० मा निशुल्क रूपमा उपलब्ध हुने कुराको घोषण गरेको थियो। यो पहिले देखिनै उपकरणहरूमा उपलब्ध हुने (जस्तै नोकिया एन९५) र जसमा जिपिएस प्रविधिको सुविधा पनि रहने बताइएको थियो।[४] अगष्ट २००७ मा, स्मार्ट२गो अनुप्रयोग ओभिआई नक्साको रूपमा पुनर्निर्माण गरिएको थियो जुन चाहिँ एस६० को तेस्रो संस्करण उपकरणहरूमा सार्वजनिक गरिएको थियो।[५] एक महिना पछि, नोकियाले नेभटेक नामक अङ्कीय नक्सा प्रणाली प्रदायक खरिद गरेको थियो।

ओभिआई नक्साको २.० संस्करण सार्वजनिक बेटामा फेब्रुअरी २००८ मा गएको थियो भने मे महिनामा निस्कासन गरिएको थियो।[६] ३.० संस्करण जुलाई २००९ मा सार्वजनिक गरिएको थियो।[७]

पथ प्रदर्शन र ट्राफिक जानकारी वास्तविक रूपमा दर्ताको आवश्यकता पर्दथ्यो तर जनवरी २०१० मा नोकियाले सेवा नि:शुल्क रूपमा प्रदान गरिने घोषण गरेको थियो। २०११ मा, यसको नाम नोकिया नक्सामा परिवर्तन गरिएको थियो। नोभेम्बर २०११ मा, यसलाई नोकिया लुमियामा सार्वजनिक गरिएको थियो र उपकरणमा पुन निर्धारित रूपमा रहेको थियो। नोकिया एन९००एन९ को लागि पनि छुट्टाछुट्टै संस्करणहरू बनाइएको थियो।

हियर नक्सा[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१२ मा, नोकियाले, नोकिया नक्सालाई हियर नक्सामा पुनर्गठन गरेको थियो।[८] पुनर्गठित संस्करण पहिला आइओएस र पछि फेब्रुअरी २०१३ मा सबै विण्डोड फोन ८ उपकरणहरूको लागि सार्वजनिक गरिएको थियो।[९] यो नोकिया आसाको मञ्च र फायरफक्स ओएसमा पनि सार्वजनिक गरिएको थियो।[१०] तथापि स्याम्बियन र सेरिज ४० का संस्करणहरूमा भने पुरानै नामको प्रयोग गरिएको थियो।

हियरको आधिकारिक अनुप्रयोग पहिलो पटक एन्ड्रोइडको लागि २९ अगष्ट २०१४ मा केही सामसुङ ग्यालेक्सी स्मार्टफोनहरूको बिटा परीक्षण संस्करणको रूपमा घोषणा गरिएको थियो।[११] यो अनुप्रयोग सामसुङको ग्यालेक्सी एप्स स्टोरबाट ८ अक्टोबर २०१४ देखि डाउनलोड गर्न सकिन मिल्ने बनाइएको थियो। यो सोहि दिन सामसुङ गियर एस स्मार्टवाचको लागि पनि प्रक्षेपण गरिएको थियो। [१२] हियरको बिटा संस्करणको पहिलो जारी अनुप्रयोगलाई, सबै एन्ड्रोइड मञ्च भरि २१ अक्टोबर २०१४ मा हियर डटकमको वेबसाइटबाट डाउनलोड गर्न मिल्ने बनाइएको थियो।[१३] १० डिसेम्बर २०१४ देखि अनुप्रयोग गुगल प्ले स्टोरमा उपलब्ध बनाइएको थियो। १२ फेब्रुअरी २०१५ मा हियर एक स्थिर संस्करण सहित गुगल प्ले स्टोरमा जारी गरिएको थियो। [१४]

वेबसाइट विगो डट हियर डटकम (पूर्व हियर डटकम) म्याप्स डट ओभिआइ डटकम र पछि म्याप्स डट नोकिया डटकमबाट विकसित भएको थियो।[१५] यसले सबै प्रमुख ब्राउजरहरूमा काम गर्दछ। प्रयोगकर्ताहरूले सङ्ग्रहमा आफ्नो मनपर्ने स्थानहरू व्यवस्थित गर्न र मोबाइल उपकरणहरूमा समक्रमण गर्न सक्दछन्। वेब अनुप्रयोगले वेबजिएल प्रयोग गर्दछ। त्रिआयामी चस्माको साथ, प्रयोगकर्ताहरूले २५ सहरहरूको नक्सा प्राप्त गर्न सक्दछन्।[१६] यसले धेरै सहरहरूको लागि विस्तृत सडक स्तरीय तस्वीर पनि प्रदान गर्दछ। सन् २०१३ देखि, वेबसाइटले धेरै मार्ग, स्थानीय समय र मौसमको अवस्था देखाउँदै पचास भन्दा बढी लोकप्रिय सहरहरूको पृष्ठ, लोनली प्लानेटको सूचना र सुझाव गरिएका स्थान, २५ सहरहरूको त्रिआयामी नक्सा प्रत्यक्ष ट्राफिक प्रवाह दृश्यको साथ मार्गहरूको समर्थन गरेको छ। [१७] सार्वजनिक यातायात खोज, वेबसाइट र मोबाइल उपकरण बिच प्रयोगकर्ताको रुचि (सङ्ग्रह) बिन्दुको समक्रमण, खाना, रात्रि जीवन, किनमेल र छनोट सहरहरूमा स्थानीय ठाउँ, सूचीबद्ध र व्यवस्थित व्यवसायको लागि लोकप्रिय स्थान हेर्ने सुविधा पनि यसमा रहेको छ।[१८]

९ जुलाई २०१५ मा हियरले यसको एन्ड्रोइड अनुप्रयोगको नयाँ सार्वजनिक बिटाको जारी गरेको थियो।[१९] जुन २०१५ सम्ममा, हियरको अनुप्रयोग एन्ड्रोइडआइओएस मञ्च लागि ११८ देश र विश्वभरिका विभिन्न क्षेत्रहरूमा निःशुल्क अनुप्रयोगको रूपमा उपलब्ध भएको थियो। ३ सेप्टेम्बर २०१५ मा, यसको अनुप्रयोग सामसुङ गियर एस २ को लागि उपलब्ध हुने घोषण गरेको थियो।[२०][२१]

डिसेम्बर २०१५ मा, हियर त्यस समयमा नोकियाको विभागको रूपमा रहेको थियो जसलाई जर्मनेली मोटर कम्पनीहरूको एक संस्थालाई हियर ग्लोबल बिभिको रूपमा बेचिएको थियो जसमा अइडी एजी , बिएमडब्ल्यू एजी र डेमलर एजी समावेश छन्।[२२][२३][२४][२५]

१५ मार्च २०१६ मा, हियरले विन्डोज १० मोबाइलको लागि यसको अनुप्रयोगको समर्थन बन्द गर्नेछ घोषण गरेको थियो र अवस्थित विन्डोज फोन ८ अनुप्रयोगले यस मिति पछि केवल महत्त्वपूर्ण अद्यावधिकहरू प्राप्त गर्ने र त्यससमय देखि सक्रिय रूपमा विकास नहुने पनि जनाएको थियो।[१६] हियर नक्सामा माइक्रोसफ्टद्वारा जारी गरिएको इजाजत पत्र अझै यी उपकरणहरूमा अवस्थित बिङ नक्सा आधारित सफ्टवेयरको एक अंशको रूपमा प्रस्तुत गरिएको छ। [२६]

हियर विगो[सम्पादन गर्नुहोस्]

२७ जुलाई २०१६ मा, यस वेब नक्सा सेवालाई अद्यावधिक गरिएको थियो र हियर विगोमा पुनर्गठित गरिएको थियो। अद्यावधिक पहिला एन्ड्रोइड र पछि आइओएस संस्करण र वेब संस्करणमा क्रमशः जारी गरिएको थियो। अद्यावधिक र पुनर्गठन पथ प्रदर्शन क्षमताहरूमा केन्द्रित छन्।[२७]

विशेषता[सम्पादन गर्नुहोस्]

केहि सुविधाहरू डाउनलोड गरिएको नक्साको साथ अफलाइनमा पनि उपलब्ध छन्, तथापि, अरू सेवालाई डाटा वा वाइफाई जडानको आवश्यक पर्दछ, र केहि सुविधाका लागि भने प्रयोगकर्ताहरूलाई आफ्नो खातामा प्रवेश हुन आवश्यक पर्दछ।

पालैपालो पथ प्रदर्शन[सम्पादन गर्नुहोस्]

हियर विगोले अफलाइन र अनलाइन रितिहरूमा मा पालैपालो पथ प्रदर्शन प्रदान गर्दछ। प्रयोगकर्ताहरूले गन्तव्य ठेगाना, ठाउँ, वा व्यवसायको नाम प्रविष्ट गर्न सक्छन्, र त्यसपछि अनुप्रयोगले स्वचालित रूपमा गन्तव्यको लागि दिशा र दूरीको गणना गर्दछ। वास्तविक समय यातायात आँकडा (उपलब्ध स्थानहरूमा) गन्तव्यको आगमन समयमा भविष्यवणी गर्ने एक कारक हो।[२८]

हियर विगोले पहिला एन्ड्रोइडमा पाठ देखि आवाजमा रूपान्तरण भएका उच्च गुणस्तरका प्रथ प्रदर्शनलाई समर्थन गर्ने आवाज जस्तो सेवा प्रदान गरेको थियो तर कम्पनीले उक्त सेवालाई हटाएको थियो।[२९]

सार्वजनिक यातायात, पैदल यात्री, र साइकलको लागि पथ प्रदर्शन[सम्पादन गर्नुहोस्]

सार्वजनिक यातायात आँकडा हियरको अनुप्रयोगद्वारा प्रदर्शित हुन्छ जबकि प्रयोगकर्ताहरू अनलाइनमा रहँदा यसले गाडी र रेल जस्ता यातायात विकल्पहरूका लागि मार्गको योजना गर्दछ।[३०] यसमा हिड्ने र साइकल मार्गहरू पनि समर्थित छन्।[३१] समय, दूरी अनुमान र यातायात पथ प्रदर्शन यी रितिहरूका लागि प्रदान गरिएको छ।

पूर्ण आवतजावतक‍ो जानकारी स्वीट्जरल्याण्ड, डेनमार्क, इष्टोनिया, फिनल्यान्ड, जर्मनी, बेलायत, आयरल्यान्ड, इजरायल, नेदरल्याण्ड्स, नर्वे, सिङ्गापुर, स्विडेन, ताइवान, र युक्रेनमा समर्थित छ[३२] भने अन्य देशहरूमा यातायात निर्देशनहरूका लागि यो आंशिक रूपमा उपलब्ध छ।[३३]

वास्तविक-समय ट्राफिक र उल्ट्याउन योग्य मार्गको ट्राफिक[सम्पादन गर्नुहोस्]

मार्च २०१७ सम्ममा, हियर विगोसँग ६३ देशहरूका लागि ट्राफिकको अवस्था र घटनाहरूका बारेमा वास्तविक जानकारीहरू रहेको थियो। [३४]

जून २०१५ को अन्त सम्ममा, संयुक्त राज्य अमेरिका र युरोप भरि उल्टाउन योग्य मार्गहरूका लागि वास्तविक समय यातायात थपिएको थियो।[३५]

सङ्ग्रह र स्थान साझेदारी[सम्पादन गर्नुहोस्]

प्रयोगकर्ताहरूले खातामा प्रवेश वा अनलाइन भएको खण्डमा स्थान र गन्तव्यहरूको विवरणहरू 'सङ्ग्रह'को रूपमा बचत गर्न सक्दछन्।[३६] यन्त्रमा गन्तव्यहरू अफलाइन भण्डारण गर्न सम्भव छैन। स्थान साझेदारी र अनुसरण पूर्व ग्ल्याम्प्सीद्वारा प्रदान गरिएको थियो जुन पछि अनुप्रयोगमा एकीकृत भएको थियो।[३७] २३ अक्टोबर २०१७ सम्ममा, वेब, एन्ड्रोइड र आइओएस संस्करणहरूमा नाम वा दूरीबाट सङ्ग्रह गर्न कुनै विकल्प समावेश थिएन।

अफलाइन नक्सा[सम्पादन गर्नुहोस्]

पथ प्रदर्शनका लागि डाटा जडानको आवश्यक नपरोस भन्नका लागि हियर विगोले आन्तरिक भण्डारणमा देशहरूका नक्सा डाउनलोड गर्न सक्दछ। अनलाइन प्रयोगले प्रत्यक्ष ट्राफिक आँकडा र अतिरिक्त स्थानहरूको जानकारी प्रदान गर्दछ।[३८] नक्सामा तला तलाको विवरणहरू केहि ठूला भित्री स्थानहरू जस्तै किनमेल मल र विमानस्थल समावेश छ।[३९]

सडक दृश्य[सम्पादन गर्नुहोस्]

सडक स्तर दृश्य विगतमा उपलब्ध भएता पनि हाल यो उपलब्ध छैन।

डाउनलोड तथ्याङ्क[सम्पादन गर्नुहोस्]

हियरले प्रकाशित एक तथ्याङ्क अनुसार, सेवा अनुप्रयोगको सार्वजनिक भएको केहौ हप्तामैं यसले एन्ड्रोइड मञ्चमा १० लाख डाउनलोडमा पार गरेको थियो र १२ हप्ता पछि, यसमा २० लाख ५० हजार डाउनलोड पुगेको थियो।[४०] फेब्रुअरी २०१५ को मध्य तिर, यसले ३० लाख डाउनलोड प्राप्त गरेको थियो[१७] भने मार्च २०१५ सम्ममा गुगल प्ले स्टोरमा यसले ४० लाख डाउनलोड प्राप्त गरेको थियो।[४०] ४ अगष्ट २०१५ सम्ममा गुगल प्ले स्टोरमा यसको डाउनलोडले ५० लाख नाघेको थियो भने सन् २०१६ को सुरुवात तिर यसले १ करोड डाउनलोड प्राप्त गरेको थियो।[४१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. https://www.here.com/products/location-based-services
  2. https://www.theregister.co.uk/2016/07/28/here_wego_google_maps_rivals_drops_maps_branding/
  3. "HERE updates maps worldwide for Android, iOS and Windows", हियर ३६० 
  4. बेरेट, माइक, "नोकियाले स्मार्ट२गो निशुल्क नक्सा अनुप्रयोग सुरु गरेको छ", डब्ल्यूडब्ल्यूडब्ल्यू पकेट जिपिएस वल्ड डटकम, अन्तिम पहुँच ३ नोभेम्बर २०१८ 
  5. "नोकिया नक्सा १.०", अन्तिम पहुँच ३ नोभेम्बर २०१८ 
  6. "नोकिया नक्सा २ आधिकारिक रूपमा उपलब्ध", अन्तिम पहुँच ३ नोभेम्बर २०१८ 
  7. "ओभिआई नक्सा ३.० आधिकारिक रूपमा सार्वजनिक भएको छ (तर तपाईलाई कम्प्युटरको आवश्यकता पर्दछ)", अन्तिम पहुँच ३ नोभेम्बर २०१८ 
  8. "नोकिया हियर आइओएस नक्सा अनुप्रयोगको अवलोकन", अन्तिम पहुँच ३ नोभेम्बर २०१८ 
  9. "नोकिया नि:शुल्क नक्सा र पथ प्रदर्शक अनुप्रयोग अब अफ बढी विन्डोज फोनमा पनि उपलब्ध", ब्लग्स डट विन्डोज डटकम, अन्तिम पहुँच ३ नोभेम्बर २०१८ 
  10. "नोकियाको हियर नक्सा आसा ५०१ मा पनि, बेटा संस्करण पनि डाउनलोडको लागि उपलब्ध छ", अन्तिम पहुँच ३ नोभेम्बर २०१८ 
  11. "सामसुङ ग्यालेक्सी स्मार्टफोनको लागि हियर नक्सा", हियर ३६० 
  12. "Getting started with HERE for Android: the basics", हियर ३६० 
  13. "HERE says hello to the new round-face Samsung smartwatch", हियर ३६० 
  14. "HERE for Gear: apps inbound for Samsung Tizen", हियर ३६० 
  15. "HERE for Android unleashed on more smartphones!", हियर ३६० 
  16. १६.० १६.१ "HERE for Android now available for free on Google Play", हियर ३६० 
  17. १७.० १७.१ "HERE for Android updated and improved, leaves beta", हियर ३६० 
  18. बोनेटि, पिनो (२३ नोभेम्बर २०११), "बाटो पत्ता लगाउनुहोस्, हियर मार्फत", नोकिया, मूलबाट ४ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण ४ डिसेम्बर २०१३ मिति
  19. "Announcing the HERE for Android Public Beta", हियर ३६० 
  20. "C3 Technologies Now Part of Nokia Ovi Maps", जिसक्याफे, १९ अप्रिल २०११, अन्तिम पहुँच १ अप्रिल २०१३ 
  21. "Visit cities in 3D", here.com, Nokia, मूलबाट २० मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अप्रिल २०१३ 
  22. Nokia completes next stage of transformation with agreement to sell HERE to automotive industry consortium at an enterprise value of EUR 2.8 billion वेब्याक मेसिन अभिलेखिकरण १६ अगस्ट २०१५ मिति, नोकिया, अभिगमन मिति ३० मे २०१६
  23. Audi, BMW, and Daimler completes acquisition of Nokia’s Here mapping tech, डिजिटल ट्रेन्ड्स अभिगमन मिति ३० मे २०१६
  24. "Why 3 car giants just bought Nokia’s mapping business for $3B", भेञ्चर बिट, अन्तिम पहुँच १४ मार्च २०१७ 
  25. "The reason carmakers bought Nokia’s map unit? Google", सिएनबिसि, अन्तिम पहुँच १४ मार्च २०१७ 
  26. "Here Maps drops support for Windows Phone and Windows 10", द भर्ज, अन्तिम पहुँच १५ मार्च २०१६ 
  27. "Here Maps becomes Here WeGo, improved navigation options debut", जिएसएमएरिना, अन्तिम पहुँच २७ जुलाई २०१६ 
  28. "Turn-by-turn navigation with HERE for Android: The basics", हियर ३६० 
  29. "Getting vocal about HERE spoken navigation", हियर ३६० 
  30. "Using HERE for Android to get around with transit and on foot", हियर ३६० 
  31. HERE launches beta test of bike routing on Android, हियर ३६०, अभिगमन मिति ६ अगष्ट २०१६
  32. "HERE expands city-to-city transit coverage to 14 countries", हियर ३६० 
  33. "हियर नक्सा", हियर डटकम, मूलबाट ४ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण ४ जुलाई २०१५ मिति
  34. "HERE expands real-time traffic coverage to 63 countries", हियर ३६० 
  35. "HERE adds reversible lanes traffic to Android, iOS, and more", हियर ३६० 
  36. "Managing Collections with HERE for Android and iOS", हियर ३६० 
  37. "Sync, share and plan routes with Collections on HERE for Android", हियर ३६० 
  38. "Offline navigation really matters if 500 MB of data costs a week in wages", हियर ३६० 
  39. "Get inside Venue Maps – now on HERE for Android", हियर ३६० 
  40. ४०.० ४०.१ "It's official – HERE is everywhere", हियर ३६० 
  41. नोकिया, "हियर नक्सा – एन्ड्रोइड अनुप्रयोग गुगल प्लेमा", गुगल डटकम 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]