भूपालेन्द्र मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भूपालेन्द्र मल्ल
कान्तिपुरको राजा
कान्तिपुर राजा
शासनकालवि.सं. १७४४ -१७५७
पूर्वाधिकारीपार्थिवेन्द्र मल्ल
उत्तराधिकारीभाष्कर मल्ल
Regentराजमाता ऋद्धिलक्ष्मी
जन्मवि सं १७३६
मृत्युवि.सं. १७५७
वंशमल्ल वंश
बाबुपार्थिवेन्द्र मल्ल
आमारानी ऋद्धिलक्ष्मी

भूपालेन्द्र मल्ल कान्तिपुर राज्यका राजा थिए। वि सं १७४४ मा विष काण्डमा परेर राजा पार्थिवेन्द्र मल्लको मृत्यु भए पछि उनका छोरा भूपालेन्द्र मल्ल राजा भए। [१]

शासनकाल[सम्पादन गर्नुहोस्]

८ वर्षमा राजा बनेका भूपालेन्द्रलाई राजमाता ऋद्धिलक्ष्मीले काखमा लिइन् र पार्थिवेन्द्र मल्लको समय देखि चौतारा रहेका चौतारा लक्ष्मीनारायण जोशी शक्तिशाली हुँदै गए। आफ्नो आमा र चौताराको अनुचित सम्बन्धको बारेमा थाहा पाएपछि भूपालेन्द्रले राजमाता ऋद्धिलक्ष्मीलाई कैद गरे । र ऋद्धिलक्ष्मीको कैदमा नै मृत्यु भयो ।

मृत्यु[सम्पादन गर्नुहोस्]

बि.सं. १७५७ को मध्यतिर नेपाल उपत्यकाका तीनै राजामा मेल थियो. यसैले भूपालेन्द्र मल्ल ले तीर्थयात्रा गर्न जाने विचार गरे. दसैं सिध्याएर केही भारदार साथ् लिई भूपालेन्द्र मल्ल तीर्थ यात्रा गर्न साइत गरी कान्तिपुरबात प्रस्थान गरे. तीर्थयात्रा गर्दै जाँदा बाटोमा अयोध्या निजिकै ब्रह्मनाम भन्ने ठाउँमा उनको मृत्यु भयो. यसको दुई महिना पाँच दिनपछि मात्र यो समाचार नेपाल उपत्यका आइपुग्यो. मृत्युको खबर आइपुगेको दिन भूपालेन्द्र मल्लको चिना पलङमा राखी अग्निसंस्कार गरियो. एक जना रानी समेत आठ जना सती गए. यसरी २१ बर्षको युवा उमेरमा राजा भूपालेन्द्र मल्लको इहलीला समाप्त भयो.[२]

वि सं १७५७ मा भूपालेन्द्र मल्लको २१ वर्षको उमेरमा अयोध्यामा मृत्यु भयो । त्यसपछि उनका छोरा भाष्कर मल्ल कान्तिपुरका राजा भए।[३]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. राजाराम सुवेदी नेपालको तथ्य ईतिहास पृ १५२
  2. तेवारी, रामजी (बि.सं २०२१ कार्तिक १), "भूपालेन्द्र मल्ल", पूर्णिमा (३): ३७। 
  3. राजाराम सुवेदी नेपालको तथ्य ईतिहास पृ १५३