चौतारा लक्ष्मीनारायण जोशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लक्ष्मीनारायण जोशी
कान्तिपुरका चौतारा
कार्यकाल
वि.सं. १७४० – वि.सं. १७४७
एकाधिपतिराजा पार्थिवेन्द्र मल्ल
पूर्वाधिकारीचिकुटी
उतराधिकारीमानसिंह
व्यक्तिगत विवरण
मृत्युवि.सं. १७४७

लक्ष्मीनारायण जोशी कान्तिपुरका राजा पार्थिवेन्द्र मल्लको समयमा चौतारा थिए । यिनी महा चतुर, षड्यन्त्रकारी र आतङ्ककारी थिए । राजा पार्थिवेन्द्र मल्लकी रानी ऋद्धिलक्ष्मीसँग यिनको अवैध सम्बन्ध थियो। चौतारा र रानी मिलेर वि सं १७४४ मा खाना वीष दिएर राजा पार्थिवेन्द्र मल्लको हत्या गरियो भने त्यो आरोप पुर्व चौतारा चिकुटीलाई लगाएर चिकुटी र उनका केही मानिसको हत्या गराए । त्यहाँ विवाद पर्दा भक्तपुरका राजा जितामित्र मल्लले सुल्ट्याए । [१]

जोशीदेवल[सम्पादन गर्नुहोस्]

वि.सं. १७४५ वैशाखमा हुगलटोलमा ठूलो अग्लो मन्दिर बनाई चौतारा लक्ष्मीनारायण जोशीले योगेश्वर महादेवको स्थापना गरे । मन्दिरको प्रतिष्ठा गर्दा लक्ष्मीनारायण जोशीले निकै खर्च गरे । भक्तपुरका राजा जितामित्र मल्ल पनि त्यस समारोहमा आएका थिए । जोशीले बनाएको हुनाले पछि यो जैसीदेवलको नामले प्रसिद्ध हुन थाल्यो ।

पछि त्यहाँको शिवलिङ्ग कालक्रमले बिग्रिई त्यसै रहेकोमा वि.सं. १९५८ मा श्री ३ देव शमशेरले त्यहाँ शिवलिङ्गको स्थापना गरे र त्यसमा आफ्नो समेत नाम जोडी त्यसको नाम देवयोगेश्वर राखे ।

हत्या[सम्पादन गर्नुहोस्]

राजा भूपालेन्द्र मल्लको शासन कालमा वि.सं. १७४७ मा खसहरूका नातेदारहरूले लक्ष्मीनारायण जोशीको हत्या गराए । यसरी शक्तिशाली भएर दरबारमा राजमातासँग हिमचिम मच्चाइरहेका लक्ष्मीनारायणको नेपाल सम्वत ८१० भदौमा खसहरुद्वारा हत्या गरिएको “प्राचीन नेपाल” को सङ्ख्या १९ (वैशाख २०२९ः३)मा उल्लेख छ । उक्त पत्रिकामा उल्लेख भएअनुसार लक्ष्मीनारायणको हत्या भएको खबरले आकुल ब्याकुल भएकी ऋद्धिलक्ष्मी राजकुलबाट बाहिर निस्केकी थिइन् । त्यसपति बेइज्जत हुने डरले सबैले सम्झाईबुझाई उनलाई भित्र लगेका थिए । ऋद्धिलक्ष्मीले लक्ष्मीनारायणको रगत चाँदीको भाँडामा उठाउन लगाई मुर्दा पठाएर सँस्कार गर्न लगाएकी थिइन् ।[२]

उनीपछी मानसिंह भन्ने व्यक्ति चौतारा भए।

साहित्यमा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १५२, आइएसबिएन 99933-2-406-X 
  2. मन्त्रीको अँगालोमा महारानी - इतिहास वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१४ मिति