रोड्रिगो सिल्भा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोड्रिगो
व्यक्तिगत जानकारी
पुरा नाम रोड्रिगो सिल्भा डे गो
जन्म मिति (2001-01-09) ९ जनवरी २००१ (उमेर २३)
जन्म स्थान अोसाका,सउपाउलो ब्राजिल
उचाइ १.७४ मि.[१]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति (फुटबल)
क्लब जानकारी
वर्तमान टोली
रियल म्याड्रिड
सङ्ख्या २७
युवा करियर
२०११–२०१७ सान्तोस एफसी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
2017–2019 सान्तोस एफसी ४१ (९)
२०१९– रियल म्याड्रिड १० (६)
२०१९– रियल_म्याड्रिड (रियल_म्याड्रिड कासिलास्) (0)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: 23 February 2020 (UTC)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 00:44, 26 January 2019 (UTC)

रोड्रिगो सिल्भा डे गो (जन्म सन् २००१ जनवरी ०९ ) ब्राजिलका फुटबलर जो रियाल म्याड्रिडका लागि अग्रपङतीमा खेल्छन्। उनका वुवा इरीक सेरिय-बि क्लबबाट राइट ब्याकका रूपमा खेल्दथे। रोड्रिगो सन् २००१७मा ब्राजिलको १७ वर्षमुनि समुहबाट खेलेका थिए । सन् २०१९ मा सान्तोस एफसीबाट रियाल म्याड्रिडकाआयका थिए र २०१९ सेप्टेम्बर मा ला लिगा को पहिलो (डेब्यु) खेलमा ७१मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान प्रवेश गरेका थिए र ७२ मिनेटमा सुन्दर गोल गरेका थिए।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

क्लब क्यारियर[सम्पादन गर्नुहोस्]

सान्तोस एफसी[सम्पादन गर्नुहोस्]

११ वर्षको उमेरमा सन् २०११ मा उनी सान्तोसको युवा क्लबमा अनुवन्ध भए, सन् २०१७ जूलाई २१ मा ५ वर्षकालागी व्यवसाहीक अनुबन्ध गरे । सन् २०१६ नोभेम्बरमा उन्ले सान्तोसको पहिलो टोलीबाट खेल्न सुरुगरे । सुरुवाती दिनमा ४३ नं.को जर्सी लगाएका थिए तर २०१८ जुलाई २६मा ९ नम्बर जर्सी लगाए र २०१९को सिजनमा ११ नंं लगाए ।

रियल म्याड्रिड[सम्पादन गर्नुहोस्]

सन् २०१८ जुन १५ मा उनी रियाल म्याडिड र सान्तोस क्लब सगँ सम्झौता भयो र जून २०१९ देखी २०२५ सम्म यूरो ४५ मिलियनमा जसमा ४० मिलियन सान्तोस क्लबको हुने गरी अनुबन्ध भए । २०१९ सेप्टेम्बर मा ला लिगा को पहिलो (डेब्यु ) खेलमा [२] ७१मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान प्रवेश गरेका थिए र ७२ मिनेटमा सुन्दर गोल गरेका थिए।२०१९ नोभेम्बर ०६ मा २०१९-२० यु इ यफ ए च्यन्पियनसिप लिगमा उन्ले पहिलो ह्याट्रिक[३] ग्यालाटासरे क्लबका बिरुध ६-० को जितमा गरेका थिए ।

अन्तर्राष्ट्रिय क्यारियर[सम्पादन गर्नुहोस्]

सन् २०१७ मार्च ३० मा ब्राजिल १७ वर्षमुनीको टोलीमा समावेश भए र उक्त प्रतियोगितामा डेन्मार्क, क्यामरुन र यु सय बिरुध गोल गरेका थिए ।

सन् २०१९ मा ब्राजिल २० वर्षमुनीको टोलीमा समावेश भए ८ खेलमा २ गोल गरे ।

सम्मान[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

रियल_म्याड्रिड

  • स्पेनिश सुपर कप:२०१९–२०[४]

व्यक्तिगत

  • क्यामपेनाटो पैलिस्टा सर्वश्रेष्ठ नयाँ आगमन:२०१८[५]
  • गोल डटकम NxGN:२०२०[६]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]