जनकमान श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनकमान श्रेष्ठ
काठमाडौँंका मेयर
सहायकप्रयागराज सुवाल
व्यक्तिगत विवरण
जन्मवि.सं. १९८५ मंसिर ७
काठमाडौँं
मृत्युवि.सं. २०७६ मंसिर २७
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी

जनकमान श्रेष्ठ काठमाडौँ नगरपालिकाका पहिलो मेयर तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी मुद्दाहरूको फैसलाकर्ता न्यायाधीश हुन् ।

प्राराम्भिक जीवन[सम्पादन गर्नुहोस्]

जनकमान श्रेष्ठ वि.सं. १९८५ मंसिर ७ गते जन्मिएका थिए।

राजनीति[सम्पादन गर्नुहोस्]

२०१० सालमा उपत्यकाका तीन नगरमा स्थानीय निर्वाचन भयो। कम्युनिस्ट पार्टीबाट उठेका श्रेष्ठले दुईतिहाइ मत ल्याएर मेयर जिते। २५ वर्षको उमेरमा काठमाडौँको नगरपिता निर्वाचित भएका थिए।[१]

जनकमान राजनीतिमा वितृष्णा जागेपछि न्याय सेवामा लागे।

न्यायाधीश[सम्पादन गर्नुहोस्]

जनकमान श्रेष्ठ २०१६ सालमा न्यायाधीश भए।

पुस्तक[सम्पादन गर्नुहोस्]

हराएको इतिहास[२]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "मातृकाले बर्खास्त गरेका काठमाडौँका पहिलो मेयर", सेतोपाटी सञ्चार प्रा.लि, अन्तिम पहुँच असोज २ 
  2. "जननिर्वाचित प्रथम मेयर तथा न्यायाधीश जनकमान श्रेष्ठको जीवनी “हराएको इतिहास” लोकार्पण", स्वाभिमानी प्रकाशन प्रा.लि., अन्तिम पहुँच सेप्टेम्बर ९, २०१९