तुर्माखाँद गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तुर्माखाँद
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाअछाम
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षपुष्पराज शर्मा (नेका)
 • उपाध्यक्षअमृता बुढा (नेका)
क्षेत्रफल
 • जम्मा२३२.०७ किमी (८९.६० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२७९४०
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको तुर्माखाँद गाविसको कार्यालय
वेबसाइटturmakhadmun.gov.np

तुर्माखाँद सुदूरपश्चिम प्रदेश अन्तरगत पर्ने अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक रहप, भैरवस्थान, तुर्माखाँद, नाडा, रानिवन, तोसीधमाली गाविस मिलेर बनेको बनेको यो गाउँपालिका २३२.०७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास सम्भावनाहूलाई देहाय बमोजिमका शिर्षकहरूमा व्याख्या गरिएको छ[१]

ऐतिहासिक चिनारी तथा नामाकरण[सम्पादन गर्नुहोस्]

नव गठित स्थानीय तह तुर्माखाँद साविकका ७ वटा गाविसहरू रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली मिलेर बनसइएको यस गाउँपालिकालाई ८ वटा वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिका ऐतिहासिकरूपले दैलेखसँग सामिप्यता राखेको पाइन्छ । भने भाषिक प्रभाव पनि दैलेख सँग मिल्दोजुल्दो छ । तुर्माखाँद गाउँपालिकाको नामाकरणको सन्दर्भमा स्थानीय जानकार व्यतिहरूका अनुसार हाल बजार रहेको यस तुर्माखाँद क्षेत्रमा धेरै समय पहिला तम्माखु खाने मानिसहरूको जमघट हुने गर्दथ्यो । अछामी भाषामा तम्माखुलाई तम्मु भनिने र डाँडामाथी सम्म परेको स्थानलाई खाँद भनिने हुनाले तम्मा र खाँद मिलेर तुर्माखाँद रहन गएको हो । यहि स्थानको नामबाट तुर्माखाँद गाविसको नामाकरण भएको र स्थानीय तह पुर्नसंरचना हुँदा गाउँपालिकाको नामाकरण समेत तुर्माखाँद हुन गएको देखिन्छ[१]

राजनीतिक अवस्थिति[सम्पादन गर्नुहोस्]

तुर्माखाँद गाउँपालिका प्रदेश नं ७ अन्तरगत अछाम जिल्लामा अवस्थित रहेको छ । साविकका ७ वटा गाविसहरू मिलेर बनेको यस गाउँपालिकामा ८ वटा वडाहरू रहेका छन् । जिल्लामा विद्यमान चार नगरपालिका र छ गाउँपालिका गरी दश स्थानीय तह मध्ये जिल्लाको दक्षिण पूर्वी भूभागमा अवस्थित रहेको छ । जिल्ला सदरमुकाम देखि करिव ६० किमी दुरीमा रहेको यस गाउँपालिकाको गाउँपालिकाको केन्द्र साविकको तुर्माखाँद गाविस र हालको वडा नं ४ मा रहेको छ । पूर्ववत रूपमा नेपालको सुदुर पश्चिम विकास क्षेत्रमा पर्ने सेती अञ्चलकमा रहेको यो गाउँपालिका हाल जिल्ला भित्रको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका क्षेत्र नं २ प्रदेश सभा निर्वाचन प्रयोजनका लागि प्रदेश नंं २ ९ख० अन्तरगत पर्दछ । धरातलीय अवस्था मध्यपहाडी भौगोलिक विषेशता बोकेको यस क्षेत्र धरातलिय स्वरुपका हिसाबले विविधता युक्त रहेको छ । अधिकांश जमिनको बनौट भिरालो प्रकृतिको छ भने नदि तटिय क्षेत्र लागायतका अन्य क्षेत्रमा पनि समथर जमिन पनि रहेको छ । महाभारत पर्वतिय पहाडी श्रृंखलाले बनेकोे यस गाउँपालिकामा कडा खालको चट्टानी भुभाग, भीरपाखा तथा वसोवास योग्य क्षेत्र सहितको विविधतायुक्त धरातलिय अवस्थिति रहेको छ[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]