वेबक्राउलर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वेबक्राउलर
सन् २०१८ देखि प्रयोग हुँदै आइरहेको वेबक्राउलरको लोगो
साइटको प्रकार
वेब खोज इञ्जिन
उपलब्ध भाषाअङ्ग्रेजी
मालिकसिष्टम१
सर्जकब्रायन पिङ्करटन
युआरएलwww.webcrawler.com
अलेक्सा क्रमNegative increase ३,२११ (सेप्टेम्बर २०१९)[१]
व्यवसायिकहैन
दर्ताचाहिँदैन
चालु भएको मितिअप्रिल २०, १९९४; २९ वर्ष पहिले (१९९४-०४-20)

वेबक्राउलर एक वेब खोज इञ्जिन हो जून हाल वेबमा सबैभन्दा पुरानो जीवित खोजी इञ्जिन हो। धेरै वर्षसम्म, यो एक विस्तृत खोज इञ्जिनको रूपमा सञ्चालित थियो। पूरा पाठ खोजी प्रदान गर्ने यो एक पहिलो खोज इञ्जिन पनि थियो।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

वेबक्राउलरको गृहपृष्ठको स्क्रिनसट, सेप्टेम्बर १९९५

२७ जनवरी १९९४ मा, वासिङ्टन विश्वविद्यालयमा, ब्रायन पिङ्करटनले पहिलो पटक वेबक्राउलरमा काम गर्न सुरु गरेका थिए, जुन वास्तवमा डेस्कटप अनुप्रयोग थियो।[३] १५ मार्च १९९४ मा, उनले शीर्ष २५ वेबसाइटहरूको सूची उत्पन्न गरेका थिए।[२]

वेबक्राउलर २० अप्रिल १९९४ मा सुरू भएको थियो, यसको भण्डारमा ४ हजार भन्दा बढी वेबसाइटहरू समावेश थिए[३] र १४ नोभेम्बर १९९४ मा, वेबक्राउलरले १० लाख खोजहरू "आणविक हतियार बनावट र अनुसन्धान" को लागि प्रस्तुत गरेको थियो।[३][४]

१ डिसेम्बर १९९४ मा , वेबक्राउलरले दुई प्रायोजकहरू, डिलरनेट र ष्टारवेबलाई प्राप्त गरेको थियो[३] जसले वेबक्राउलरलाई सञ्चालनमा राख्न रकम प्रदान गरेको थियो। ३ अक्टोबर १९९५ मा, वेबक्राउलरलाई विज्ञापनले पूर्ण समर्थन गरेको थियो, तर यसले विज्ञापन परिणामहरूलाई खोज परिणामहरूबाट अलग गरेको थियो।[३]

१ जून १९९५ मा , अमेरिका अनलाइन (एओएल)ले वेबक्राउलर अधिग्रहण गरेको थियो। एओगलद्वारा अधिग्रहण गरिएपछि, वेबसाइटले १ सेप्टेम्बर १९९५ मा सुभकर वस्तु "स्पाइडि"को प्रस्तुत गरेको थियो।[३][३]

अप्रिल १९९६ को सुरुवात देखि,[३] वेबक्राउलरले मानव-सम्पादित इण्टरनेट सहयोगी विश्वव्यापी सञ्जाल पथप्रदर्शकलाई पनि समावेश गरेको थियो, जुन एओएलको स्वामित्वमा पनि रहेको थियो।[५][६]

१ अप्रिल १९९७ मा, एक्साइटले एओएलबाट १२.३ मिलियन अमेरिकी डलरको लागि वेबक्राउलर अधिग्रहण गरेको थियो।[३][७]

एक्साइटको आफ्नै भण्डारणको प्रयोग गर्न सुरु गर्द‌ै, प्रभावी ढङ्गले वेबक्राउलरलाई एक स्वतन्त्र खोज इञ्जिनको रूपमा अन्त्य गरेकाले, एक्साइटले सन् २००१ सम्म यसलाई आफ्नै भण्डारणका साथ एक अलग खोज इञ्जिनको रूपमा कायम राखेको थियो। सोही वर्षमा, एक्साइट (पूर्व एक्साइट @ होम को रूपमा चिनिने ) टाँट पल्टियो र वेबक्राउलरलाई इन्फोस्पेसले सन् २००१ मा खरीद गरेको थियो।[३]

वेबक्राउलरको गृह पृष्ठ (जून २०१०)

वेबक्राउलरका निर्माता,पिङ्करटनले सन् २०१२ सम्म अमेजन ए९ डटकम खोजी विभागको नेतृत्व गरेका थिए।[८][९]

जुलाई २०१६ मा, ब्लूकोराले इन्फोस्पेसको व्यावसायलाई ४५ मिलियन अमेरिकी डलरको लागि ओपनमेललाई बेच्ने घोषण गरेको थियो जसमा वेबक्राउलर ओपनमेलको स्वामित्वमा रहेको थियो।[१०] ओपनमेललाई पछि सिष्टम १ मा पुनःनामाकरण गरिएको थियो।[११]

सन् २०१८ मा, यसले लोगोको परिवर्तन गरेको थियो।[१२][१३]

ट्राफिक[सम्पादन गर्नुहोस्]

वेबक्राउलर प्रारम्भिक रूपमा अत्यधिक सफल भएको थियो[१४] र एक बिन्दुमा, यसमा आएको प्राविधिक गडबडीका कारण यो पुन: प्रयोग थर्न नमिल्ने भएको थियो।[१५] फेब्रुअरी १९९६ सम्ममा यो इण्टरनेटमा यो सर्वाधिक भ्रमण गरिने वेबसाइटहरूको सूचीम दोस्रो स्थानमा आएको थियो तर यसका प्रतिद्वन्द्वी खोज इञ्जिन र निर्देशिकाहरू जस्तै याहु! खोजी, गुगल खोजी, लाइकस, इन्फोसिकएक्साइटका कारण यो तल झर्न पुगेको थियो।[१६]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "वेबक्राउलर डटकम, वेबसाइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच असोज २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०५ मिति
  2. २.० २.१ "Short History of Early Search Engines", द हिष्ट्रि अफ एसइओ, अन्तिम पहुँच २०१९-०२-०३  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-२१ मिति
  3. ३.०० ३.०१ ३.०२ ३.०३ ३.०४ ३.०५ ३.०६ ३.०७ ३.०८ ३.०९ "वेबक्राउलरको इतिहास", थिङ्क पिङ्क डटकम, मूलबाट २०००-१२-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०१-०९  वेब्याक मेसिन अभिलेखिकरण २००५-११-२८ मिति
  4. लाम्ले, रब (२०१२-०३-१६), "'90s Tech Icons: Where Are They Now?", मासेबल (अङ्ग्रेजीमा), मूलबाट २०१२-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०२-१८ 
  5. "Se-En", सर्च इञ्जिन आर्काइभ डटकम, अन्तिम पहुँच २०१९-०१-२५ 
  6. "WebCrawler Select: Review Categories", वेबक्राउलर, १९९६-१०-२४, अन्तिम पहुँच २०१९-०२-०३ 
  7. केयोघ, ग्यारेट, "Excite buys WebCrawler from AOL", जेटडिनेट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-१५ 
  8. Brid-Aine Parnell (डिसेम्बर १८, २०१२), "Search engines we have known ... before Google crushed them", द रजिस्ट्रर, अन्तिम पहुँच नोभेम्बर १७, २०१६ 
  9. "Leading Leaders", A9 Management web page, मूलबाट नोभेम्बर १४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १५, २०१६  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १४, २०१६ मिति
  10. "Blucora to sell InfoSpace business for $45 million", सियाटल टाइम्स, जुलाई ५, २०१६। 
  11. "System1 raises $270 million for ‘consumer intent’ advertising", L.A. Biz, अन्तिम पहुँच २०१७-१२-०१ 
  12. "वेबक्राउलर खोज", वेबक्राउलर, २०१८-०५-३१, अन्तिम पहुँच २०१९-०२-०२ 
  13. "वेबक्राउलरको खोज", वेबक्राउलर, २०१८-११-३०, अन्तिम पहुँच २०१९-०२-०२ 
  14. म्याकगुएन, ब्रेण्डन (२००७), "पहिलो खोज इञ्जिन कुन थियो?", वाइज गिक, मूलबाट २००७-०४-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०२-१८ 
  15. "खोज इञ्जिनको इतिहास", सर्च इञ्जिन हिष्ट्रि डटकम, अन्तिम पहुँच २०१९-०१-२५ 
  16. "शीर्ष २० सर्वाधिक लोकप्रिय वेबसाइटहरू (सन् १९९६ -२०१३)", टेकको (अङ्ग्रेजीमा), २०१४-१२-२६, अन्तिम पहुँच २०१९-०१-१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:वेब खोज इञ्जिनहरू