सर्चमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सर्चमी निगम
व्यवसाय प्रकार
वेब खोज इञ्जिन
उद्योगइण्टरनेट
स्थापितक्यालिफोर्निया, अमेरिका
केन्द्रीय कार्यालय,
संयुक्त राज्य अमेरिका
मुख्य व्यक्ति
रेण्डि एडम्स (प्रमुख कार्यकारी अधिकृत)[१]
उत्पादनहरूखोज
वेबसाइटwww.searchme.com Edit this on Wikidata

सर्चमी एक दृश्य खोज इञ्जिन थियो जून माउण्टेन भ्यू, क्यालिफोर्नियामा आधारित थियो। यसले वेब पृष्ठहरूलाई प्रणालीको स्थितिको रूपमा खोजी परिणामहरूको आयोजना गरेको थियो जुन आइफोनको र आइट्युन्सको गीति सङ्गालोको चयनसँग मिल्दोजुल्दो छ। [२][३]

जुलाई २००९ मा, कम्पनीको कोष गिरावट आएसँगै यो वेब खोज इञ्जिन बन्द भएको थियो।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

कोष सङ्कलन[सम्पादन गर्नुहोस्]

सर्चमीलाई मार्च २००५ मा रेण्डि एडम्स र जोन हल्याण्डद्वारा संयुक्त रूपमा स्थापना गरिएको थियो।[५][६] एडम्सका ५ वर्षे छोराले पढ्न गाह्रो भइरहेको अवस्थामा उनले यस खोज इञ्जिनको सुरू गर्न प्रेरित भएका थिए। यसले जानकारीहरूलाई अनलाइनमा फेला पार्नेको अनुभवमा सुधार ल्याउनेमा उनले विश्वास लिएका थिए।[६] सेक्विया क्यापिटलले वेबसाइटको सुरुका वर्षहरूमा सर्चमीलाई कोष प्रदान गर्नका लागि लाखौं डलर खर्च गरेको थियो। [६]

मार्च २००८ मा, साइट परीक्षण संस्करणको स्थितिमा सुरु गरिएको थियो। कम्पनीको सुरुवात ५ जुलाई २००५बाट भएको थियो। अप्रिल २००८ मा, कम्पनीले इण्टरनेटमा आफ्नो खोज इञ्जिनको सुरू गरेको थियो।[७]

जुलाई २००९ मा निष्क्रिय[सम्पादन गर्नुहोस्]

मार्च २००९ मा कम्पनीमा १.८ मिलियन आगन्तुकहरू रहेका थिए, तर सोही वर्षको मेमा, आगन्तुकहरूको सङ्ख्या घटेर ६,००,००० मा पुगेको थियो।[८] २४ जुलाई २००९ मा, सर्चमी वित्तीय समस्याहरू जस्तै सेवक कायम राख्न असफल भएका कारण यो बन्द भएको थियो।[९]

यसका ४५ कर्मचारीहरू मध्ये, सर्चमीले जुलाई २००९ मा यसले ३५ जना कर्मचारीहरूलाई खारेज गर्ने योजनाको घोषण गरेको थियो।[९] कम्पनीले विस्तृत पट्टि दूर्दशनको बजारमा ध्यान केन्द्रित गर्ने प्रयास गरेको थियो। कम्पनी २१ अक्टोबर २००९ मा पूर्ण रूपमा बन्द भएको थियो भने सन् २०१९ मल यसको वेबसाइटमा गएर प्रविष्ट गरियो भने प्रयोगकर्ता याहु! खोजमा पुन:र्निर्देशिन भएका थिए।

खोजीहरू[सम्पादन गर्नुहोस्]

खोजी इञ्जिनसँग फेसबुकटुइटर सूत्रबद्ध छन् जसले यसका परिणामहरूलाई साझेदारी गर्न मद्दत गर्दछन्।[१०] पर्दाको माथिल्लो भागले पर्दा चित्रण प्रदर्शन गर्दछ, जबकि तलको दृश्यले हाइपरलिङ्क र साइटको वर्णन गर्दछन्। माउसलाई बाँयाबाट दायाँमा सार्दा पर्दा "सान्दर्भिक दिशामा पल्टिन्छ।[११]

सर्चमीको अनुवादित नारा "तपाइले यसलाई बुझ्नुहुनेछ जब तपाईले यसलाई देख्नुहुनेछ" हो। [१२] मार्च २००८ सम्म, वेबसाइटले एक अरब पृष्ठहरूको अनुक्रमणिका गरेको थियो। [१२]

राजस्व[सम्पादन गर्नुहोस्]

कम्पनीलाई " सन्तुलित अवस्था वा न घाटा न फाइदाको अवस्थामा रहनका लागि यसलाई प्रत्येक दिन करीव ३० लाख खोजीको आवश्यक पर्दछ।[७] वेबसाइटले विज्ञापनहरूबाट राजस्व प्राप्त गर्दछ। विज्ञापनहरू प्रचारित भइरहेको उत्पादन वा कम्पनीहरूको पर्दा चित्रणका माध्यमबाट प्रदर्शित हुन्छन्। खोज परिणामहरू एल्गोरिदम र वेबसाइटले प्राप्त गरेको हेराईहरूको सङ्ख्या मार्फत राखिएको छ। "दृश्यात्मक अपिल" गर्ने वेबसाइटहरू ती भन्दा उच्च स्थानमा छन्। [७]

आलोचना[सम्पादन गर्नुहोस्]

खोज परिणामहरूको सङ्ख्या प्रदान नगरेका कारण यसलाई आलोचना गरिएको थियो।[१२] यसले प्रयोगकर्तालाई उनीहरूले गरेको खोजीमा कुनै पनि सङ्ख्या देखाएको थिएन। [१२]

सर्चमीको केहि पर्दा चित्रणहरू पढ्न गाह्रो छ, जसले प्रयोगकर्ताहरूलाई, यसको उपस्थितिको आधारमा प्रासङ्गिक छ कि छैन भनेर निर्णय लिन बाध्य बनाउँदछ। तथापि, वेबसाइटले पर्दा चित्रण सजिलैसँग हेर्नका लागि खोजी गरिएको प्रश्नहरूलाई केही सङ्केत गर्दछ। [१३]

अन्य सेवाहरू[सम्पादन गर्नुहोस्]

सन् २००७ मा, सर्चमीले विकिसिकको स्थापना गरेको थियो, जसले विकिपिडियाका पृष्ठहरू र साइटहरूलाई अनुक्रमणिका गरेको थियो जुन विकिपिडिया लेखहरूबाट सूत्रबद्ध गरिएको थियो। [५]

अक्टोबर २००८ मा, सर्चमीले एक सङ्गीत प्रवाह सेवाको जारी गरेको थियो,[१४] जसले प्रयोगकर्ताहरूलाई असीमित गीतहरू डाउनलोड गर्न सक्षम गर्दछ। सेवा इमको सङ्गीतको सङ्ग्रहमा निर्भर गर्दछ।[१५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सर्चमीको अवलोकन", क्रञ्च बेस, अन्तिम पहुँच ७ अक्टोबर २०१९ 
  2. विसेन्थल, जोसेफ (२००८-०५-११), "Sequoia-Backed Searchme Launches With $25 Million", पेड कण्टेण्ट (सिबिएस न्युज), मूलबाट २००९-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २००९ 
  3. हेमिल्टन, अनिता (२००८-०७-२८), "Why Cuil Is No Threat to Google", टाइक, मूलबाट २००९-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २००९  वेब्याक मेसिन अभिलेखिकरण २००८-०७-२९ मिति
  4. अरिङटन, माइकल (२००९-०७-२४), "SearchMe May Go Offline Tomorrow (Updated: Offline Now)", टेक क्रञ्च (वासिङ्टन पोष्ट), मूलबाट २००९-०८-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २००९ 
  5. ५.० ५.१ अर्लिङटन, माइकल (२००७-०१-१६), "Wikipedia Search Engine WikiSeek Launches", टेकक्रञ्च, मूलबाट २००९-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २००९ 
  6. ६.० ६.१ ६.२ ओल्सेन, ष्टेफिनी (२००८-०३-११), "Searchme nabs $31 million from Google backer, others", सिनेट नेटवर्क्स, मूलबाट २००९-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २००९ 
  7. ७.० ७.१ ७.२ फ्रान्सिस्को, बम्बी (२००९-०५-२७), "SearchMe launches on Nokia Ovi store", भाटोर समाचार, मूलबाट २००९-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २००९ 
  8. अर्लिङटन, माइकल (२००९-०७-२४), "SearchMe Searching For A Buyer", टेक क्रञ्च, मूलबाट २००९-०८-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगष्ट २००९ 
  9. ९.० ९.१ टारटाकफ, जोसेफ (२००९-०७-२४), "Sequoia-Backed Visual Search Engine Searchme Goes Dark", पेड कण्टेण्ट, मूलबाट २००९-०८-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २००९  वेब्याक मेसिन अभिलेखिकरण २००९-०७-२७ मिति
  10. "शीर्ष ५ दृश्य खोज इञ्जिनहरू", पाण्डिया, २००९-०५-१९, मूलबाट २००९-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २००९ 
  11. क्रसम्यान, क्रेग (२००९-०१-१६), "Computer America: Searchme.com Offers Visual Search Engine", पाल्म बिच डेली न्यूज, मूलबाट २००९-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २००९  वेब्याक मेसिन अभिलेखिकरण २००९-०७-१५ मिति
  12. १२.० १२.१ १२.२ १२.३ चार्टिएर, डेभिड (२००८-०३-२३), "CoverFlow meets search: hands-on with Searchme visual engine", आर्स टेकनिका, मूलबाट २००९-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २००९ 
  13. सुय, स्कट (२००८-०८-०९), "A new way to search web", गल्फ समाचार, मूलबाट २००९-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २००९  वेब्याक मेसिन अभिलेखिकरण २००९-०७-१५ मिति
  14. रेसिङ्गर, डन (२००८-१०-२०), "Searchme tries music streaming to attract users", सिनेट नेटवर्क्स, मूलबाट २००९-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २००९ 
  15. Schonfeld, Erick (२००८-१०-२०), "SearchMe Adds Music Search With Unlimited Streaming Via Imeem Widgets", टेकक्रञ्च, मूलबाट २००९-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २००९