मुल हौ भने (गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"मुल हौ भने"
हेमन्त शर्माको एकल
ढाँचा
  • डिजिटल डाउनलोड
किसिम
लम्बाई:५९
लेबलम्युजिक नेपाल
गीतकार(हरू)एक नारायण भण्डारी
साङ्गीतिक भिडियो
"मुल हौ भने" युट्युबमा हेर्नुहोस्

मुल हौ भने[१] एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर नेपाली गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल गायक एवम् स्थापित गायक हेमन्त शर्माको रहेको छ।[२] यो एक नारायण भण्डारीको गीति सङ्गालो आत्मीयमा समावेश एक गीत हो।

यस गीतमा छायाङ्कन धिरज जङ्ग शाहले गरेका हुन्। यस गीतमा शब्द एक नारायण भण्डारीको रहेको छ। यस गीतमा सङ्गीत वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको रहेको छ। यस गीतमा श्रव्यलाई धौलागिरी क्यासेटको ष्टुडियोमा भरिएको थियो। यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यलाई म्युजिक नेपालको आधिकारिक युट्युब खातामा ५ डिसेम्बर २०१८ मा सार्वजनिक गरिएको थियो भने यसले मङ्सिर २०७६ सम्ममा ११ लाख ५० हजार भन्दा बढी अवलोकन प्राप्त गरिसकेको छ।[२]

साङ्गीतिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यको लम्बाई ४ मिनेट ५६ सेकेण्डको रहेको छ जसको सुरुवात तोरीबारीको दृश्यबाट सुरु हुन्छ जसमा पछि दृश्यकी प्रमुख महिला पात्र बाटामा केही कपडा लिएर खोलमा कपडा धुनका लागि आउँछिन् जसमा उनका अन्य साथीहरू पनि समावेश हुन्छन्। उनीहरूले कपडा धोइरहेको दृश्यका प्रमुख पुरुष पात्रले लुकेर अवलोकन गर्छन्। एकछिन पछि उनले खोलमा तैरिरहेको फूल देख्छिन् र सो फूललाई टिपेर त्यसको वासना लिन्छिन् र त्यसको लगत्तै यसमा गीतको सुरुवात हुन्छ जसमा पुरुष पात्रले खोलाको बगरमा बसेर ओठ समक्रमणका साथ पानीलाई स्पर्श गर्छन्। उनले पछि सयपत्री फूललाई चुँडेर उक्त खोलामा फाल्छन् र सो फूल उनी उभ्भिरहेको स्थान सम्म बगेर आइपुग्छ। उनले गुलेलीमा फूल बाँधेर उनको कानमा प्रहार गर्छन् र उनी केही छिनको लागि क्रोधित हुन्छिन्। उनी एक ठाउँमा बसेर उनलाई फूलले हान्छन् र उनले त्यसलाई समातेर सुम्छिन्। उनी गइरहेको बाटो छेकी उनको नजिकै गई उनलाई गीत मार्फत केही कुराको आग्रह गर्छन्। उनले।

उनलाई स्पर्श गर्दै आफ्नो बाटो लाग्छिन् र पढेर आइरहेकी उनलाई बाटोमा छेकेर उनले उनलाई आफुसँग टाँस्छन् दृश्य तोरीबारीम पुग्छ जसमा दुबैजना एकैसाथ देखा पर्छन् र उनले उनलाई गुलेली तन्काई डर देखाउन खोज्छिन् र उनले प्रहार गरेको गुलेलीमा समाति उनी उनको नजिक पुग्छन् र उनी धकालिन पुग्छन्। यहाँ सम्मको दृश्यले उनले, उनलाई मनपराइरहेको देखाउँदछ।

त्यसपछि गीतमा धुनको आगमन हुन्छ। उनी चियाको चुस्की लिँदै उनी र उनकी एउटी साथी आइरहेको देख्छन् जसमा उनकी साथीले उनलाई साइकल सिकाउँदै गरेको देखिन्छ। उनी पनि त्यहीँ आइपुग्छन् र उनको साथीलाइ जान आग्रह गर्दै पछाडिबाछ उनले थाह नपाउने गरी साइकल सिकाउनमा व्यस्त रहन्छन्। उनले पछि साइकललाई उल्लर बनाउँदै उनलाई आफ्नो नजिक ल्याउँछन् र उनी उनलाई देखेर अचम्मित हुन्छिन्। दृश्य गायक हेमन्त शर्माक देखिन्छन्। उनी कपाल मिलाउन थाल्छन् र दूर्दशनमा देखिएका गायकलाई हेर्दै मुस्कुराउँछन् र उनले गाइरहेको गीतको शब्द साभार गर्न थाल्छन्। अर्को दृश्यमा उनी उनको नजिक पुग्दै अघि लेखेको पत्र उनलाई देखाउने चेष्टा गर्छन्। उनले गीतको बोल सम्झिने प्रयास गर्छन्। उनी आइरहेको देखेर उनले उनको नजिक गई आफू भएको ठाउँमा ल्याउँछन् र उनले उनलाई चिमट्दिन्छिन्। उनी आफ्नो हात सुमसुमाउँदै उनको सल पक्डिँदै उनलाई आफू तिर खिच्छन्। उनी उनको नजिक गई उनको काखमा सुत्न खोज्छन्।

धुनसँगै गीतको अर्को दृश्यमा उनलाई उनकी साथीले हातमा केही रङ्ग लगाईदिन्छिन् र उनी एकैछिन पछाडि फर्किएको क्रममा उनी त्यहाँ लुकेर आई उनको हातमा रङ्ग लगाइदिई त्यहाँबाट जान्छन् र सो हातको रङ्गलाई देखेर उनी रिसाउँछिन्। कपाल कोरिरहेको क्रममा पनि उनी पछाडिबाट आई उनको कपाल मज्जाले समात्छन् र उनलाई उनले धकालिदिन्छन्। दृश्य पुनः गायक हेमन्त शर्माको आगमन हुन्छ जसमा उनी गीत गाइरहेका अवस्थामा देखिन्छन् र उनको छेवैमा एउटा रेडियो पनि हुन्छ। उनीहरू भएको ठाउँमा आई उनले उनलाई गीत मार्फत अभिनय गर्द‌ै कुराहरू व्यक्त गर्छन् जसमा उनको हात पछाडि रेडियो हुन्छ। उनले त्यो रेडियो खोसी रिसाउँदै आफ्नो बाटो लाग्छन्। तरकारी किनिरहेको बेलामा उनले उनको हात समाउँछन्।

अन्त्य तर्फको दृश्यमा गायकले एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका हुन्छन् र सबै मानिसहरू सो कार्यक्रमको अवलोकन गर्न भेला हुन्छन् जसमा उनी पनि समावेश हुन्छिन्। उनको गीत सुनेर उनको मन पग्लिन्छ उनी, उनी (पुरुष) भएको ठाउँमा लजाउँदै पुग्छिन् र अन्त्य तर्फको दृश्यमा उनहरू एकैसाथ गन्तव्य तर्फ प्रस्थान गर्छन् र श्रव्य दृश्यको पनि सोही स्थानबाट अन्त्य हुन्छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मुल हौ भने", लाष्ट डट एफएम, अन्तिम पहुँच २० असोज २०७६ 
  2. २.० २.१ "मुल हौ भने रसाइदेउ - गीत", युट्युब, अन्तिम पहुँच २० असोज २०७६ 
  3. "गीतको आधिकारिक श्रव्य दृश्य", जेन युट्युब, अन्तिम पहुँच २० असोज २०७६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]