४३ थिङ्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
४३ थिङ्स डटकम
साइटको प्रकार
सामाजिक सञ्जाल सेवा
संस्थापितजनवरी १, २००५; १९ वर्ष पहिले (२००५-०१-01)
मुख्यालयहरूक्यापिटफ हिल, सियाटल, वासिङ्टन
मालिकल रोबट को-अप
सर्जकद रोबट को-अप
युआरएल43things.com
अलेक्सा क्रमPositive decrease ३५३,६०४ (January 2018)[१]
व्यवसायिकहो
दर्ताबैकल्पिक

थिङ्स एक सामाजिक सञ्जाल सेवा वेबसाइट तथा सेवा हो जसलाई एक अनलाइन लक्ष्य निर्माता समुदायको रूपमा स्थापना गरिएको थियो।[२] स्पष्ट पारस्परिक सूत्रहरू सृजना गर्नुको सट्टा यसलाई ट्यागको सिद्धान्तहरूमा निर्माण गरिएको थियो जसलाई फ्रेण्डष्टर र अर्कुटले अनुसरण गर्दछन्। प्रयोगकर्ताहरूले खाताहरू सृजना गरी त्यसपछिका लक्ष्य वा आशाहरूको सङ्ख्यालाई सूचीबद्ध गर्न सक्दछन्। यी लक्ष्यहरूलाई एक शाब्दिक विश्लेषणहरूद्वारा वाक्यात्मक पदपरिचयको रूपमा उल्लेख गरिएको थियो र अन्य व्यक्तिको लक्ष्यहरूसँग जोडिएको थियो जसलाई समान शब्दहरू वा विचारहरूसँग निर्माण गरिएको थियो। प्रयोगकर्ताहरूले वेबसाइटको नाम जस्तै ४३ वटा लक्ष्यहरूको निर्माण गर्न, अन्य प्रयोगकर्ताहरूको सूची अन्वेषण गर्न र उनीहरूको लक्ष्यहरू प्राप्त गर्दा खुशी बनाउनका लागि प्रोत्साहित पनि गर्न सक्दछन्।

सन् २००५ मा जेफ बेजोसको रोबट को-अपको भ्रमणको बेलामा

४३ थिङ्सको वेबसाइटलाई सन् २०१५ को नयाँ वर्षको दिनमा निष्कृय गरिएको थियो। सन् २०१७ मा सोही नाम प्रयोग गरी अर्को वेबसाइट देखा परेको थियो। यो साइट उनीहरू मूल ४३ थिङ्सको वेबसाइटसँग सम्बन्धित नभएको जानकारीको सार्वजनिक गरिँदै वेबसाइटलाई सन् २०१८ को जुलाईमा बन्द गरिएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

४३ थिङ्सलाई १ जनवरी २००५ मा, एक सिएटलमा आधारित सानो कम्पनी रोबट को-अप, ब्लगर र विकासकर्ता बष्टर बेन्सन (एन एरिक बेन्सन), मक्तुबका कीबोर्ड वादक डेनियल स्पील्स, पूर्व अमेजन डटकम र माइक्रोसफ्टका कार्यकारी जोस पिटरसनद्वारा स्थापित गरिएको थियो। ४३ थिङ्स डटकम १५ अगष्ट २०१४ मा पढ्नका लागि मात्र उपलब्ध भएको थियो भने १ जनवरी २०१५ यो पूर्णरूपमा बन्द भएको थियो। अप्रिल २०१७ मा, यसकै एक प्रतिलिपि साइटको सुरू गरिएको थियो। मूल साइटसँग उक्त प्रतिलिपी गरिएको वेबसाइटको कुनै सम्बन्ध रहेको थिएन तर मूल साइटको नाम र विचारहरूलाई यसले प्रतिलिपि गरेको थियो। उक्त प्रतिलिपि साइटले यसको नामलाई ड्रिम्सा डटकममा परिवर्तन गरेको थियो तर सन् २०१८ को बीचमा यसलाई पनि निष्कृय पारिएको थियो। जनवरी २०१९ सम्ममा डोमेन नाम ४३ थिङ्स डटकम एक डोमेन नाम दर्ताकर्ताको स्वामित्वमा रहेको थियो तर यो स्थानान्तरण योग्य भने रहेको थिएन।

समालोचना[सम्पादन गर्नुहोस्]

४३ थिङ्सको एउटा सामुदायिक अध्ययन अनुसार यसका दुईवटा प्रमुख कमजोरीहरू रहेका थिए जुन यस प्रकारको छ:

  • वेबसाइटको बारेमा कागजात भएको केन्द्रिय क्षेत्रको रूपमा स्थापित हुन यो असफल भएको थियो।
  • यो आरएसएसमा पूर्ण रूपमा निर्भर थियो, जुन ठूलो अंशको प्रयोगकर्ताहरूसँग अपरिचित छ।[३]

तथापि, प्रतिक्रियावादी र प्रयोगकर्ताहरूको सुझाव एकीकरणको सम्बन्धमा यसले ठोस समीक्षा प्राप्त गरेको थियो।

पुरस्कार[सम्पादन गर्नुहोस्]

सन् २००५ मा, ४३ थिङ्सले सर्वश्रेष्ठ सामाजिक सञ्जाल वेबसाइटको लागि वेबी पुरस्कार प्राप्त गरेको थियो। [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "४३ थिङ्स साइटको जानकारी", अलेक्सा इण्टरनेट, अन्तिम पहुँच २०१४-०४-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-२० मिति
  2. "४३ थिङ्सको एपिआई प्रोफाइल", प्रोग्रामेबल वेब डटकम, मूलबाट २०१४-०४-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अक्टोबर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-१६ मिति
  3. "४३ थिङ्स : एक समुदायको अध्ययन", म्याक हबिब, अन्तिम पहुँच २०१५-०४-३० 
  4. "9th Annual Webby Awards Nominees & Winners (Social Networking)", मूलबाट २४ जनवरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]