बिक्स (वेबसाइट)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिक्स निगम
उद्योगइण्टरनेट, सफ्टवेयर, र सङ्गीत
भवितव्यतानिष्क्रिय
स्थापितफेब्रुअरी 2006; १८ वर्ष अघि (२००६-०२)
केन्द्रीय कार्यालयसन्निभेल, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
मुख्य व्यक्ति
ष्टेवार्ट बोन
इक्डे कुबिलो
जेफ कर्डोभा
लियोनार्ड स्पिसर
माइक स्पिसर (सह-संस्थापक)
उत्पादनहरूअनलाइन श्रव्य दृश्य सङ्गीत रेकर्ड र प्रतियोगिता वेबसाइट
कर्मचारी सङ्ख्या
१२
मूल सङ्गठनयाहु!
वेबसाइट[१]

बिक्स एक वेब सेवा हो जुन यसको अनलाइन प्रतिस्पर्धाको लागि सबैभन्दा राम्रो रूपमा चिनिन्छ।[१] साइटले प्रतिस्पर्धाको सृजनाको लागि स्वयम्-सेवा उपकरणहरूको प्रदान गरेको थियो। प्रयोगकर्ताले प्रतिस्पर्धाको सृजना गरे पछि, अन्य सदस्यहरू उक्त प्रतियोगितामा प्रवेश गर्न र ती प्रतियोगिताको नतीजामा मतदान गर्न सक्दछन्। कम्पनीको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको प्रमुख व्यापारी केन्द्रहरू मध्येको एक क्यालिफोर्नियामा अवस्थित छ।

कम्पनी फेब्रुअरी २००६ मा स्थापित भएको थियो[२] र यसले ट्रिनिटी भेञ्चर्स र सटर हिल भेञ्चर्सबाट उद्यम कोष प्राप्त गरेको थियो। वेबसाइटलाई आधिकारिक रूपमा जुलाई २००६ मा सुरूवात गरिएको थियो। एक वेबमा आधारित श्रव्य दृश्य रेकर्डरले प्रतियोगिताको प्रविष्टि सृजना गर्नका लागि प्रयोगकर्ताको गीत बिनाको सङ्गीत प्रदर्शनलाई समायोजन गर्दछन्।[३] यसले उद्योग विशेषज्ञहरूद्वारा प्रशंसा प्राप्त गरेको थियो। केही महिना भित्र साइटले श्रव्य, सङ्गीत, श्रव्य दृश्य, तस्वीर र पाठको लागि प्रतियोगिताको सञ्चालन गरेको थियो। सन् २००७ मा, साइटले एक दिनमा १,००,००० सम्म मत पुगेको थियो। प्रयोगकर्ताहरूले औसतमा प्रति भ्रमण २५ पटक मतदान गरेका थिए।

बिक्सका प्रमुख प्रतिस्पर्धीहरूमा सिङ्सट (हाल निष्क्रिय) र वर्थ१००० हुन् ।

इतिहास[सम्पादन गर्नुहोस्]

बिक्सलाई बाइट पत्रिकाद्वारा प्रायोजित गरिएको थियो जसको अर्थ बिक्स = बाइट इन्फरमेसन एक्सचेञ्ज हो। यो लोकप्रिय हुनु अघि सामाजिक सञ्जाल साइटको रूपमा रहेको थियो। सन् २००१ मा पत्रिकाले प्रकाशन रोके पछि वेबसाइट छोटो समयको लागि सञ्चालनमा रहेको थियो जसका कारण यसलाई उक्त वर्षको जुलाईमा जारी गरिएको थियो तर यसलाई अगष्टमा जारी गरिएको थिएन।

याहु!को अधिग्रहण[सम्पादन गर्नुहोस्]

याहु!ले १६ नोभेम्बर २००६ मा बिक्सको अधिग्रहण गरेको थियो।[४][५] कम्पनीलाई मार्च २००७ मा सहर पालो अल्टोबाट याहूको प्रधान कार्यालयमा सारिएको थियो।[६] बिक्सले संयुक्त ग्राहकहरूको लागि प्रतियोगिता चलाएर राजस्व आर्जन गरेको थियो। बिक्सलाई याहु!ले ३० जून २००९ द्वारा बन्द गरिदिएको थियो।[७]

बिक्सका लागि एकस्वहरू[सम्पादन गर्नुहोस्]

  • सञ्जालमा आधारित प्रतियोगिताहरूको लागि स्वचालित पुरस्कारको प्रबन्धन[८]
  • सञ्जालमा आधारित सामग्रीहरूको निर्माण [९]
  • सञ्जालमा आधारित प्रतियोगिताको स्वचालित प्रशासन[१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ब्युचनर, मर्यन मुरे (जुलाई ८, २००७), "सन् २००७ का शीर्ष ५० वेबसाइटहरू: बिक्स", टाइम, अन्तिम पहुँच नोभेम्बर ७, २०१६ 
  2. "बिक्सको प्रक्षेपणमा टेक क्रञ्चको सहभागीता", टेक क्रञ्च, अन्तिम पहुँच २००६-०७-१७ 
  3. "WSJ Walt Mossberg reviews product", डब्ल्यूएसजे, अन्तिम पहुँच २००६-११-१६ 
  4. "याहु! निगम, कम्पनीको समयरेखा", वेब्याक मेसिन, २००८-०७-१३, मूलबाट २००८-०७-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०७-१९  वेब्याक मेसिन अभिलेखिकरण २००८-०७-१३ मिति
  5. "Techcrunch covers Yahoo acquisition of Bix", टेक क्रञ्च, अन्तिम पहुँच २००६-०७-१७ 
  6. "Rapper The Game partners with Bix", हिप हब प्रेस, मूलबाट २००६-११-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००६-१०-१७  वेब्याक मेसिन अभिलेखिकरण २००६-११-०२ मिति
  7. "याहु!ले बिक्सलाई बन्द गरेको छ", टेक क्रञ्च, अन्तिम पहुँच २०१०-०१-२९ 
  8. "Automated Reward Management for Network-Based Contests", गुगल, अन्तिम पहुँच २००६-०४-१७ 
  9. "Network Based Content Creation", गुगल, अन्तिम पहुँच २००६-०४-१७ 
  10. "Automated Administration of Networked-Based Contests", गुगफ, अन्तिम पहुँच २००६-०४-१७