जाइकु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जाइकु
पूर्व प्रकार
सुक्ष्म ब्लगिङ
उद्योगअनलाइन सेवा
स्थापितफेब्रुअरी २००६
बन्द१५ जनवरी २०१२
केन्द्रीय कार्यालयहेल्सिन्की, फिनल्यान्ड
मूल सङ्गठनगुगल विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटwww.jaiku.com

जाइकु एक सामाजिक सञ्चाल, सूक्ष्म-ब्लगिङ तथा प्रवाह सेवा सेवा थियो जसलाई टुइटरसँग तुलना गर्न सकिन्छ।[१] जाइकुको स्थापना फेब्रुअरी २००६ मा फिनल्यान्डका जिरी इङ्गेष्ट्रोम र  पेतिरी कोपोनेनद्वारा गरिएको थियो[२] र यसको सुरुवात सोही वर्षको जुलाईबाट गरिएको थियो।[३] यसलाई गुगलद्वारा ९ अक्टोबर २००७ मा खरीद गरिएको थियो। [४]

जाइकु लिमिटेड स्वतन्त्र कम्पनी भएको बेलामा यसको प्रधान कार्यालय फिनल्यान्डको राजधानी हेल्सिन्कीमा अवस्थित थियो।[५]

इतिहास[सम्पादन गर्नुहोस्]

जाइकुलाई फेब्रुअरी २००६ मा हेलसिन्कीमा आधारित जाइकु लिमिटेडले सृजना गरेको थियो।[६] जाइकुका संस्थापकहरूले जाइकुमा गरिने प्रकाशनहरू जापानी हाइकुसँग मिल्दोजुल्दो भएका हुनाले उनीहरूले सो नाम लिएको बताएका थिए।[७] साथै, फिनल्यान्डका आदिवासी सामी व्यक्तिहरूले परम्परागत रूपमा जाइकुमा गाएर परम्परागत गीतहरू कथाको रूपमा साझा गरेका गर्ने गरेका थिए।[८]

१४ जनवरी २००९ मा, गुगलले उत्पादनलाई खुल्ला स्रोत बनाउने र जाइकुको अङ्क भण्डारलाई सक्रियताका साथ विकसित नगर्ने र यसको विकासलाई गुगल प्रयोगकर्ताहरूको उत्कृष्ट स्वयम्सेवक टोलीलाई सुम्पिने कुराको घोषण गरेको थियो।[९] उक्त सम्झौताको वित्तीय सर्तहरू भने जारी गरिएको थिएन। जाइकुका टोलीहरूले गुगललाई आफ्नो आगामी जी फोन परियोजनामा ​​मद्दत गर्ने बताएको थियो।[१०] त्यसपछि, यसमा नयाँ प्रयोगकर्ताहरूको पञ्जीकरणहरू बन्द गरिएको थियो।[११] 

१२ मार्च २००९ मा, जाइकुलाई गुगलको अनुप्रयोग इञ्जिन मञ्च पुन: प्रक्षेपण गरिएको थियो।[१२] १३ मार्च २००९ मा जाइकु इञ्जिनलाई स्रोत अङ्कको (जाइकु डटकम अङ्क भण्डारको खुला स्रोतको समान) जारी गरिएको थियो जसको अभिप्राय पूर्ण अनुकूलन योग्य सूक्ष्म ब्लगिङ प्रस्तावहरूको साथ सूक्ष्म ब्लगिङ क्षेत्रमा प्रतिस्पर्धा गर्ने थियो।[१३] 

१४ अक्टोबर २०११ मा, गुगलले १५ जनवरी २०१२ सम्ममा यसका सम्पूर्ण सेवाहरूको बन्द गरिने घोषण गरेको थियो।[१४] यो घोषणा गुगलले गुगल बज र आई गुगलको सामाजिक सुविधाहरू बन्द गर्ने लहरमै आएको थियो। फेब्रुअरी २०१९ सम्ममा, यसको डोमेन नाम प्रविष्ट गर्दा गुगलमा त्रुटि देखाइएको छ।

२९ नोभेम्बर २०१९ मा, जाइकुका पूर्व प्रयोगकर्ताहरूको एउटा समूहले जइकुआर्काइभ डटकमको प्रक्षेपण गरेका थिए जसको उद्देश  उपस्थिति पुरातन अङ्कीय सम्पदाको महत्त्वपूर्ण अंश बचाउनु थियो।[१५] मूल सङ्ग्रह साइट सन् २०१४ मा बन्द गरीएको थियो र पछि यो निष्कृय भएको थियो र उक्त अभिलेख वेबसाइट हाल, एक अनलाइन जुवा साइटमा पुनः निर्देशित भएको छ।[१६]

सफ्टवेयर[सम्पादन गर्नुहोस्]

जाइकुले विगतमा वेबसाइट, मोबाइल वेबसाइट र ग्राहक अनुप्रयोग समावेश गरेको थियो जसले एस६० फोनमा चल्ने प्रतिस्थापन ठेगाना पुस्तिकाको रूपमा काम गरेको थियो। [१७]

जाइकु यसको मोबाइल ग्राहक सफ्टवेयर मार्फत नोकिया एस६० मञ्चका मोबाइल उपकरणहरूसँग उपयुक्त थियो। सफ्टवेयरले प्रयोगकर्ताहरूलाई जाइकु पृष्ठमा सफ्टवेयर मार्फत सामग्रीहरूको प्रकाशन गर्नको लागि अनुमति दिन्छ।[१८]

जाइकु र यसको प्रतिस्पर्धी टुइटर बीचको मुख्य भिन्नता भनेको प्रत्यक्ष प्रवाह थियो, जसले यसको वेबसाइटमा सामग्री, गतिविधि लगायतका सामग्रीहरूलाई साझा गर्न अनुमति दिन्थ्यो। यसले अन्य मञ्चहरूका सामग्रीहरूको पनि उपयोग गर्दथ्यो जस्तै तस्वीरका लागि फ्लिकर, सङ्गीतको लागि लाष्ट डटएफएम, र मोबाइल फोनबाट स्थान आदी। जाइकु पछि खुला स्रोत भएका कारण यसबाट लोकप्रिय सेवा प्रवाह हटाइएको थियो।[१९]

विशेषता[सम्पादन गर्नुहोस्]

जाइकु डटकमले प्रयोगकर्ताहरूलाई आफ्नो विचार, राय, र उनीहरूको जीवन वा कुनै अन्य विषयको सम्बन्धमा टिप्पणीहरू सार्वजनिक गर्न अनुमति दिन्थ्यो। प्रयोगकर्ताहरूद्वारा सृजना गरिएका सामग्रीहरूलाई "जाइकुस" भनिन्थ्यो यसमा प्रयोगकर्ताहरूलाई उनीहरूको सार्वजनिक, सार्वजनिक रूपमा देखिने वा निजी बनाउने विकल्प समावेश थियो। साइटले प्रयोगकर्ताहरूलाई सम्पर्कमा रहन र साथीहरूसँग कुराकानी गर्न वेबसाइट वा मोबाइल अनुप्रयोग मार्फत अनुमति दिएको थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. मचमोर, मिसेल (२००७-०९-२१), "जाइकु (पुनरावलोकन)", पिसी पत्रिका, अन्तिम पहुँच २००८-०१-२४  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२२ मिति
  2. माइक बचर (९ अक्टोबर २००७), "जाइकुलाई गुगलले खरिद गर्‍यो", टेकच्रञ्च, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  3. हेम्नर, सुसाना (२००७-०२-१६), "Tracking Your Buddy List", सिएनएन, अन्तिम पहुँच २००८-०१-२४ 
  4. "Wall Street Beat: Google, VMware, Business Objects Shine", पिसी वर्ल्ड, २००७-१०-१२, अन्तिम पहुँच २००८-०१-२४ [dead link]
  5. "Google Buys Software Firm", २००७-१०-१०, मूलबाट २००७-१२-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-२४  वेब्याक मेसिन अभिलेखिकरण २००७-१२-२५ मिति
  6. Clifton, Jacob (२०१२-१२-०५), "10 Failed Google Projects", HowStuffWorks (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०२-१३ 
  7. Watson, Sheridan, ""Joik" Is The Beautiful And Haunting Folk Music You Need In Your Life", BuzzFeed (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०२-१३ 
  8. Gundotra, Vic (२००९-०१-१४), "The Google Code Blog: Changes for Jaiku and Farewell to Dodgeball and Mashup Editor", Google-code-updates.blogspot.com, अन्तिम पहुँच २०१३-०९-१५  = Archive.today अभिलेखिकरण २०१२-०५-२६ मिति
  9. [१] वेब्याक मेसिन अभिलेखिकरण जनवरी १६, २००९ मिति
  10. "Jaikido Blog: Jaiku is becoming JaikuEngine", Jaikido.blogspot.com, २००९-०३-१२, अन्तिम पहुँच २०१३-०९-१५ 
  11. "Jaikido Blog: JaikuEngine is now open source!", Jaikido.blogspot.com, २००९-०३-१३, अन्तिम पहुँच २०१३-०९-१५ 
  12. Adam Ostrow (१४ जनवरी २००९), "The Future of Jaiku Finally Revealed", Mashable.com, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  13. Horowitz, Bradley (२०११-१०-१४), "Official Blog: A fall sweep", Googleblog.blogspot.com, अन्तिम पहुँच २०१३-०९-१५ 
  14. Todd Wasserman (१४ अक्टोबर २०११), "RIP Google Buzz", Mashable.com, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  15. "Error 404 (Page not Found)", Google  वेब्याक मेसिन अभिलेखिकरण २००८-०७-१७ मिति
  16. "Jaikuarchive.com - Jaiku Presence archiver | Jardenberg Unedited", Jardenberg.se, २०११-११-२९, अन्तिम पहुँच २०१३-०९-१५ 
  17. ग्रिन, केट, "गुगलले किन जाइकुलाई खरिद गर्‍यो?", आमआाइटी प्रविधि अवलोकन, अन्तिम पहुँच २ जुन २०१७ 
  18. "Jaiku Launches at ETel", radar.oreilly.com, अन्तिम पहुँच २००७-०५-१० 
  19. "Essential Web 07: Interview with Jaiku co-founder Jyri Engestrom", अन्तिम पहुँच २००७-१०-१६  वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-१२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]