टाउट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टाउट
व्यवसायको प्रकारनिजी
साइटको प्रकार
सामाजिक सञ्जाल सेवा, सुक्ष्म ब्लगिङ
उपलब्ध भाषाबहुभाषिक
मुख्यालयहरू,
सेवा क्षेत्रविश्वव्यापी
संस्थापक (हरू)माइकल डोनिङ
उद्योगइण्टरनेट
युआरएलtout.com
अलेक्सा क्रमह्रास ६,२२,७०१(जनवरी २०१९)[१]
व्यवसायिकहो
दर्तासार्वजनिक, पछ्याउँन तथा मनपराउनु आवस्यक
चालु भएको मितिअप्रिल २०१० (2010-04)[२]
वर्तमान स्थितिसक्रिय

टाउट एक अनलाइन सामाजिक सञ्जाल तथा सूक्ष्म ब्लगिङ सेवा हो जसले यसका प्रयोगकर्ताहरूलाई १५ सेकेण्डका श्रव्य दृश्यहरू पठाउन र हेर्न सक्षम पार्दछ जसलाई "टाउट्स" भनेर चिनिन्छ। सेवाको आन्तरिक प्रविधिलाई एसआरआई इण्टरनेसनलमा माइकल डाउनिङद्वारा सृजना गरिएको थियो। उक्त कम्पनीको स्वामित्वका दुईवटा एकस्वमा आधारित छ।[२][३]

अप्रिल २०१० मा, टाउटले एसआरआईसँग सेयर मूल्य लिएर आफ्नै कम्पनीको रूपमा कार्य सञ्चालन गरेको थियो। जून २०११ मा, बास्केटबल खेलाडी सकिल ओ' निलले सेवा निवृत्त भएको घोषणा गरेसँगै टाउटले लोकप्रियता प्राप्त गरेको थियो। सन् २०१२ सुरुवातमा, टाउटमा १२ मिलियन आगन्तुक रहेका थिए र ७५ मिलियन टाउट्स, सेवाका प्रयोगकर्ताहरूद्वारा सृजना र साझा गरिएको थियो।[४]

लगानीकर्ताहरू[सम्पादन गर्नुहोस्]

११ जुलाई २०१२ मा, डब्ल्युडब्ल्युईले टाउट उद्योग, निगम ("टाउट") मा शृङ्खला ख अन्तर्गतको ष्टकमा $५०,००,००० को लगानी गरेको थियो र जुलाई २०१२ मा डब्ल्यूडब्ल्यूइले टाउटमा दुई वर्षे रणनीतिक साझेदारीमा प्रवेश गरेको थियो जसका कारण डब्ल्युडब्ल्युई दुई वर्षको सम्झौता अनुरूप जीवनको लागि प्रति तिमाही टाउटको सामान्य शेयरको ११,२५० सेयर प्राप्त गर्न योग्य हुनेछ।[५][६]

डब्ल्युडब्ल्युईका प्रमुख कार्यकारी अधिकृत भिन्स म्याकमेनले त्रैमासिक सम्मेलन २ अगष्टको बिहान आयोजना गरिएको थियो।[७][८][९][१०] लगानीकर्ताहरूसँग डब्ल्यूडब्ल्यूइका प्रमुख वित्तीय अधिकारी जर्ज ब्यारियसले उक्त लगानी ५० लाख अमेरिकी डलर भएको खुलासा गरेका थिए तर कम्पनीले कति प्रतिशत प्रतिनिधित्व गर्छ भन्ने कुराको खुलासा गरिएको थिएन।[११] डब्ल्युडब्ल्युईका प्रमुख विभागीय अधिकृत ष्टेफिनी म्याकमेनले टाउटको लागि विभागकी निर्देशकको सेवा गरेकी थिइन्। २३ जुलाईमा यसको साप्ताहिक दूर्दशन कार्यक्रम को १००० औँ अङ्कमा डब्ल्यूडब्ल्यूइले कार्यक्रमको अङ्कको समयमा निश्चित बिन्दुहरूमा दुबै, अनुयायी र कुस्ती खेलाडीहरूको टाउट्स प्रसारण गर्न सुरू गरेको थियो।[१२] ब्रक लेज्नरले सन् २०१२ को अगष्टमा आफ्नो सेवा निवृत्तको घोषणा गर्न प्रयोग गरेका थिए।[१३] डब्ल्युडब्ल्युईसँगको साझेदारी सन् २०१४ मा सकिएको थियो र कम्पनीले पछि यसको प्रयोग गर्न छाडेको थिए।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  • किक
  • भाइन (सेवा)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "टाउट डटकम जाल स्थलको जानकारी", अलेक्सा इण्टरनेट, अन्तिम पहुँच २०१४-०२-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-२४ मिति
  2. २.० २.१ Malone, Michael (२०११-१२-०५), "News Chiefs 'Tout' Benefits of Social Video", Broadcasting & Cable 
  3. Lawler, Ryan (२०११-०३-२३), "Bye-Bye 15 Minutes of Fame: Tout Gives You 11 Seconds", Gigaom, अन्तिम पहुँच २०१२-०६-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-०५ मिति
  4. Ha, Anthony (२०१२-०३-१४), "Tout’s Plans For Turning Video Status Updates Into A Business", TechCrunch, अन्तिम पहुँच २०१२-०६-२४ 
  5. "WWE Quarterly Report 8/2/2013", WWE / U.S. Securities and Exchange Commission, अन्तिम पहुँच ५ अगस्ट २०१३ 
  6. "Tout tag teams with WWE", WWE Corporate, २०१२-०७-११, मूलबाट २०१४-०३-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-१३ मिति
  7. "WWE financials announced, what was up and down plus a guidance of an increase in the next five month", F4WOnline.com/Wrestlingobserver.com, २०१२-०८-०२, अन्तिम पहुँच २०१२-०८-०२ 
  8. कल्डवेल, जेम्स (२०१२-०८-०२), "WWE News: Additional news from McMahon conference - Tout investment, PG-TV, Superstars & NXT, Smackdown dragging down attendance, big Social Media push, WWE Studios, more", पिडब्ल्यू टच डटकम, अन्तिम पहुँच २०१२-०८-०२ 
  9. जोनसन, माइक (२०१२-०८-०२), "'We Do More Than Disney' - Vince McMahon Says the Company Went Too Far Into the "G" Realm, is Trying to be More 'Sophisticated' With its Product and More:WWE Conference Call Coverage", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २०१२-०८-०२ 
  10. "डब्ल्युडब्ल्युई समाचार: 8/2 Vince McMahon conference call - WWE Network, WWE TV deal with Ion, Raw expansion to three hours", प्रोरेस्लिङ टच, २०१२-०८-०२, अन्तिम पहुँच २०१२-०८-०२ 
  11. "अधिकारी टोली: स्टेफिनी म्याकमेन", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१३-०६-२३  वेब्याक मेसिन अभिलेखिकरण २०११-०४-२९ मिति
  12. ब्रक लेज्नर
  13. WWE Strategic Partnership with social media website tout finished

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]