रमेश खरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रमेश खरेल
रमेश खरेल
जन्मबलुवा काभ्रेपलान्चोक, नेपाल
प्रहरी कार्यकाल
देशनेपाल
विभागनेपाल प्रहरी
सेवा वर्ष१९८८-२०१८
बरियताडिआईजी नेपाल प्रहरी

रमेश खरेल नेपाल प्रहरीका भूतपूर्व डिआईजी हुन् । उनी आफ्नो इमानदारी पुर्ण प्रहरी कार्यका कारण नेपाली जनताहरू माझ निकै लोकप्रिय रहेका छन्[१] । यसोत रमेश खरे नेपालको राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान समेत हुन् ।

कार्यकाल र उल्लेखनीय कामहरू[सम्पादन गर्नुहोस्]

रमेश खरेल आफ्नो काममा जति अनुशासित थिए, संगठनको आलोचनामा त्यत्ति नै 'अनुशासनहीन´ रह्का थिए, उनी संगठनको आलोचना रोक्न सक्दैनथे । यस्तै खरेल नगरकोटमा इन्स्पेक्टरको रूपमा स्थानीय प्रहरी कमाण्ड सम्हाले देखि आफ्नो इमानदारी र बहादुरी कार्यकै कारण चर्चामा आएका थिए ।

काठमाडौ एसएसपी[सम्पादन गर्नुहोस्]

खरेल काठमाडौंका एसपी हुँदाको नेपालीहरूलाई अवैध रूपमा प्रवेश गराउने क्यासिनो विरुद्ध उनले धावा नै बोलेका थिए[२] । त्यतिबेला उनको काम कारबाही देखि क्यासिनो मालिकहरु आतंकित थिए[३] । उनी काठमाडौंको एसएसपी हुदाँ हनुमान ढोकामा रहेको एसएसपीको कोठा सर्वसाधारणका लागि सधैँ खुल्ला रहने गर्दथ्यो । भ्याएसम्म सबै सर्वसाधारणको कुरा खरेल आफैँ सुन्ने गर्दथे, समस्या समाधानका लागि तुरुन्त पहल समेत गर्दथे[४] । त्यसैले हनुमान ढोका जानेहरूले राज्य आफ्नो समस्याप्रति संवेदनशील भएको महसुस गर्ने गरेका थिए[५]

चर्चा संगालो[सम्पादन गर्नुहोस्]

रमेश खरेलको कार्यबाट प्रभावित भएर एसपी खरेल नामक भोजपुरी चलचित्र निर्माण भएको थियो । यस चलचित्रमा रमेश खरेलको कामहरूको चर्चा गरिएको छ । यस्तै खरेलले राष्ट्रियता झल्काउने अनेकौँ नेपाली स्वदेशगानहरूमा अभिनय समेत गरेका छन् ।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]