तिमी बिनाको जीवन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"तिमी बिनाको जीवन"
नरेन्द्र प्यासी[१]को एकल
ढाँचा
  • डिजिटल डाउनलोड
किसिम
लम्बाई०५:३५
लेबलम्युजिक नेपाल
गीतकार(हरू)आनन्द अधिकारी
साङ्गीतिक भिडियो
"तिमी बिनाको जीवन" युट्युबमा हेर्नुहोस्

तिमी बिनाको जीवन प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर नेपाली गीत सङ्गीत नेपालमा ख्याति कमाउन सफल गायक नरेन्द्र प्यासीको रहेको छ। "तिमी बिनाको जीवन" नरेन्द्र प्यासीको वासना गीति सङ्गालोमा समावेश गीत हो।[२]

यस गीतलाई छायाङ्कन शिव राम श्रेष्ठले गरेका छन् भने सम्पादन सुवास अर्यालले गरेका छन् र यस गीतलाई निर्देशन सुमन अधिकारीले गरेका हुन्। यस गीतमा शब्द तथा सङ्गीत वरिष्ठ गीत तथा सङ्गीतकार आनन्द अधिकारीको रहेको छ। यसमा सङ्गीत आशिष अविरलको रहेको छ। यस गीतको उत्पादक तथा वितरक सगरमाथा म्युजिक प्रालि हो। यस गीतको श्रव्य दृश्यलाई निर्माण सगरमाथा म्युजिक प्रालिले गरेको छ। यसको सिआरबिटि अङ्क ०१३०००४४४६ हो।[३]

साङ्गीतिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

यसको आधिकारिक श्रव्य दृश्यमा वरिष्ठ अभिनेता भुवन केसी र अभिनेत्री झरना थापालाई प्रस्तुत गरिएको छ जसको सुरुवातमा उनीहरू एउटा रथमा चढेर यात्रा गरिरहेका हुन्छन्। पछि उनीहरू लट्ठी नाच चलिरहेको ठाउँमा ट्याक्टरमा हालिएको परालको थुप्रोमा गएर रमाउँदै दृश्यको अवलोकन गर्न थाल्छन्। भुवन केसीले उनलाई आफू भएको ठाउँमा तान्छन्। पछि उनी फरक पहिरनको साथ देखा पर्छिन् जसमा उनले कम्मर नचाउँदै अगाडि फर्किएर उनलाई हेर्छिन्। भुवन केसी उक्त दृश्य देख्नासाथ उनी भएको ठाउँ नजिक पुग्छन् र उनी एउटा कुर्सीमा बस्दै टाउको झुकाउँछन्। भुवन केसीले एउटा क्यानमा रहेको पेय पिउँदै उनलाई हेर्छन् र गीतको सोही स्थानबाट सुरुवात हुन्छ।

दृश्यको सुरुवातमा उनी एक खुला चौरमा घुँडा टेकेर झरना थापाको हात समाउँछन्। उनको हात छोडेर उनी अलिकति टाढा जान्छिन् र उनलाई अलिकति परबाट हेर्छिन्। दृश्य उनीहरू दुबै जना एउटा फूलको भएको ठाउँमा पल्टिन्छन्। दृश्य सोही स्थानमा पुग्छ जसमा उनले एउटा धारिलो सिसा समाई आफ्नो हात काट्छन् र हातबाट रगत बग्न थाल्छ। उक्त दृश्य देखेर उनी भावुक हुँदै उनको हात सुम्सुमाउन थाल्छिन् र दुबै जनाले टाउको एकै ठाउँमा ल्याउँछन्। गीत सोही फूलको थुप्रोमा पुग्छ र त्यसको एकैछिन पछि गीतमा घुनको आगमन हुन्छ जसमा झरना थापा दौडिरहेकी हुन्छिन् र उनलाई भुवन केसीले पकड्ने कोशिश गर्छन्। पछि उनी एउटा परालको थुप्रो पछाडि गएर लुक्छिन् र भुवन केसीले उनलाई देख्छन्। उनले उनलाई सिन्दुर लगाइदिन खोज्दा उनले उनको हात हटाइदिन्छिन्। पछि उनी दौडिएर यसु अङ्कित जोड चिन्ह भएको ठाउँमा पुगि उक्त चिन्हलाई प्रार्थना गर्न थाल्छिन्। उक्त दृश्य उनले देख्नासाथ दङ्ग पर्छन र भावुक हुँदै गीत प्रस्तुत गर्न थाल्छन्। पछि उनी उनको नजिक गई छातीमा टाँस्छन् र त्यसको एकैछिन पछि दुबै जना त्यस ठाउँबाट जान्छन्। 

दृश्य वनमा पुग्छ जसमा झरना थापा एउटा रूख पछाडि गई त्यहाँबाट बिलाउँछिन्। भुवन केसी त्यस ठाउँमा पुगेर उनलाई भेट्टाउँदैनन् र उनलाई यता उती खोज्न थाल्छन्। यता उती हेर्ने क्रममा उनले झुण्डिरहेको दृश्य देख्छन् र झस्किन्छन्। उनी रूखको आड लागेर भावुक हुँदै,गीत प्रस्तुत गर्न थाल्छिन्। दृश्य उनी पुनः देखा पर्छिन् र पछि सोही रूखको पछाडिबाट उनी भएको ठाउँमा आउँछिन् र उक्त झुण्डिरहेको बुख्याचाबाट सल निकाल्छिन्। दृश्य नदीको किनारमा पार्दर्शी कपडा बेरिएको ठाउँमा पुग्छ जसमा भुवन केसी भुँईमा बस्दै भावुक मुद्रामा गीत गाउँछन्। भुवन केसीलाई देख्नेबित्तिकै उनी त्यस ठाउँमा दौडिएर आउँछिन् र उनलाई अङ्गालोमा बाँधिन्छिन्। दृश्य घाम डुब्ने बेलामा पुग्छ जसमा दुबै जना एउटा डुङ्गामा चढेर गन्तव्य तर्फ जान्छन् र घाम डुबेर श्रव्य दृश्य अन्त्य हुन्छ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]