अगस्ट एम्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अगस्ट एम्स
August Ames
सन् २०१४ मा लास भेगासमा एभिएन पुरस्कार कार्यक्रममा एम्स
जन्ममर्सिडीज ग्राबोस्की
(१९९४-०८-२३)२३ अगस्ट १९९४
एन्टिगोनिस, नोभा स्कोटिया, क्यानाडा[१]
मृत्यु५ डिसेम्बर २०१७(2017-12-05) (उमेर २३)[२]
क्यामारिलो, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
मृत्युको कारणआत्महत्या
पेशा
  • अश्लील अभिनेत्री
  • मोडल
कार्यकालसन् २०१३–२०१७
जीवनसाथी
केविन मूर
(
वि २०१६)

अगस्ट एम्स (जन्म मर्सिडीज ग्राबोस्की; अगस्ट २३, १९९४ – डिसेम्बर ५, २०१७) एक क्यानडेली अश्लील अभिनेत्रीमोडल थिइन्। उनी सन् २०१६ मा एक गैर अश्लील चलचित्र सहित, लगभग २९० चलचित्रहरूमा देखा परेकी थिइन्, र धेरै एभिएन पुरस्कारका लागि मनोनीत भएकी थिइन्।[१][३] सन् २०१७ मा, २३ वर्षको उमेरमा, एम्सले एक ट्विटर पोस्ट गरेपछि सामाजिक सञ्जाल प्रतिक्रियाको विशेष घटना पछि आत्महत्या गरेकी थिइन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

अगस्ट एम्सको जन्म मर्सिडीज ग्राबोस्कीको रूपमा एन्टिगोनिस, नोभा स्कोटियामा भएको थियो। उनी ओन्टारियोको पेटावावामा हुर्केकी थिइन् र पछि कोलोराडो स्प्रिङ्गस, कोलोराडोमा बसेकी थिइन्।[४] उनी ओरोमोक्टो हाई स्कूलबाट स्नातक भएकी थिइन्। उनी पोलिश वंशकी र एक चौथाई अफ्रिकी-अमेरिकी पनि थिइन्। उनका बुबाआमा दुवै सेनामा काम गर्थे र उनले आफ्नो प्रारम्भिक वर्षहरू सैनिक ब्र्याटको रूपमा बिताएकी थिइन्,[५] जसमा क्यानडेली फोर्सेस बेस पेटावावाको छेउमा धेरै वर्षसम्म बस्नु समावेश थियो।[४]

जीवनवृति[सम्पादन गर्नुहोस्]

अश्लील अभिनेत्रीको रूपमा एम्सको जीवनवृति नोभेम्बर २०१३ मा, १९ वर्षको उमेरमा सुरु भएको थियो। उनले २७० भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेकी थिइन्, जसमा ब्रेजर्स, एलिगन्ट एन्जल, इभिल एन्जल, गर्लफ्रेन्ड फिल्म्स, जुल्स जोर्डन भिडियो, न्यू सेन्सेसन्सस्वीटहार्ट भिडियो जस्ता कम्पनीहरूद्वारा प्रोडक्सन्स समावेश छन्।[६] उनी आफ्नो जीवनकालमा चार एभिएन पुरस्कारका लागि नामित भएकी थिइन्, जसमा वर्षको महिला प्रदर्शनकर्ताका लागि तीन नामाङ्कनहरू समावेश थियो।[७]

सन् २०१६ मा, उनी गैर-अश्लील चलचित्र 'मोडल फर मर्डर: द सेन्टरफोल्ड किलर' मा देखा परेकी थिइन्।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Tod Hunter (१ अप्रिल २०१४), "Fresh Face: August Ames", AVN, मूलबाट ७ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ डिसेम्बर २०१७ 
  2. Dan Miller (६ डिसेम्बर २०१७), "August Ames Passes Away", AVN, मूलबाट ७ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ डिसेम्बर २०१७ 
  3. Rachel DeSantis (६ डिसेम्बर २०१७), "Porn Star August Ames Dies at 23", New York Daily News, मूलबाट ७ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ डिसेम्बर २०१७ 
  4. ४.० ४.१ Simon Houpt (३१ डिसेम्बर २०१८), "The Porn Tragedy Canadian Media Didn't Cover", The Globe and Mail, अन्तिम पहुँच ३१ डिसेम्बर २०१८ 
  5. Peter (३ जनवरी २०१७), "August Ames Interview For Barelist", Barelist, मूलबाट १० जुन २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ डिसेम्बर २०१७ 
  6. Melissa Santana (६ डिसेम्बर २०१७), "Adult Star August Ames Passes Away", XBIZ, मूलबाट ६ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ डिसेम्बर २०१७ 
  7. Janice Williams (७ डिसेम्बर २०१७), "What was August Ames cause of death?", Newsweek, मूलबाट ८ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०१७ 
  8. "Model for Murder: The Centerfold Killer", Internet Movie Database, २१ जुन २०१६, मूलबाट १३ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]