विश्व मोहन भट्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विश्व मोहन भट्ट
भट्ट एक सङ्गीत पर्वमा, ओडिया
व्यक्तिगत विवरण
जन्म (1950-07-27) २७ जुलाई १९५० (उमेर ७३)
उत्पत्तिजयपुर, राजस्थान, भारत
विधाभारतीय शास्त्रीय सङ्गीत
पेशामोहन विणा वादक
वाद्ययन्त्रमोहन विणा
सक्रिय वर्षसन् १९६५–हाल
वेबसाइटwww.vishwamohanbhatt.in

विश्व मोहन भट्ट (जन्म:२७ जुलाई १९५०) ग्र्यामी पुरस्कार जित्न सफल एक भारतीय प्रसिद्ध शास्त्रीय सङ्गीत वादक हुन् जसले मोहन विणा बजाउने गर्दछन्।[१][२][३][४]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

भट्टको जन्म भारतको जयपुरमा भएको थियो भने उनी हाल जयपुरमा आफ्नी श्रीमती र दुई छोराका साथ बस्दै आएका छन्। भट्टका जेठा छोरा सालिल भट्टले पनि मोहन विणा र सत्भिक विणा बजाउने गर्छन्। [५] भट्टलाई उनका बुवा मोहम्मद भट्ट र आमा चन्द्रकला भट्टले पहिले देखिनै सङ्गीत सिकाउने र बजाउने गरेका कारण भट्टले सङ्गीत सिक्ने र ज्ञान हासिल गर्ने मौका पाएका थिए। विश्व मोहन भट्टका भतिजा कृष्ण भट्टले पनि सितार र तबला बजाउने गर्छन्।[६]

साङ्गीतिक जीवन[सम्पादन गर्नुहोस्]

सन् २००९ सेप्टेम्बरमा भट्ट

विश्व मोहन भट्ट एक भारतीय शास्त्रीय सङ्गीत बादक र १९ तार भएको छड्के गीतार मोहन विणाका आविष्कार हुन्। मोहन विणाका १९ तारहरू मध्ये तीन तारले स्वर र लयमा सङ्गीत दिन्छ, चार तारहरूले भुन्भुन आवाज निकाल्छन् भने अन्य १२ तारहरूले विभिन्न सङ्गीतहरू उत्पादन गर्छन्।[७] भट्टले आविष्कार गरेको म‍ोहन विणाले सितार, हुवावेली गीतार, सरोड र विणाको आवाज एकै यन्त्रले दिन्छ। विश्व मोहन भट्टलाई भारतको बेङ्लोरमा पहिलो भारतीय सङ्गीत वैज्ञानिकको रूपमा पुरस्कृत गरिएको थियो जसलाई एक्वेष्टिक गीतार पत्रिकाले सार्वजनिक गरेको थियो। भट्ट लामो समयसम्म रवी शङ्करका चेला थिए र चेलाहरूको समूहमा उनी एक उत्कृष्ट समूहमा सामेल थिए। भट्टले हालसम्म ७ गीति सङ्ग्रहहरू सार्वजनिक गरेका छन् जसमध्ये उनले रे कोडर, बेला फ्लिक, जेरी डगलस, ताज महल र अरबी ओघ बादक साइमन शेहिमसँग काम गरिसकेका छन्। भट्ट चिनियाँ सङ्गगीतकासँग काम गर्ने पहिलो भारती शास्त्रीय सङ्गीत बादक बनेका थिए जब उनले जि विङ चेङसँग काम गरे।[८] भट्टले रे कोडरसँग साझेदारी गर्दै "अ मिटिङ बाई द रिभर" नामक सङ्गीतको उत्पादन गरेका थिए जसले सन् १९९४ मा ग्र्यामी पुरस्कार जित्न सफल भएको थियो। भट्टले बेला फ्लिक्स र जे विङ चेङसँग साझेदारी गर्दै "तबुला रोज" नामक सङ्गीत उत्पादन गरेका थिए जुन सन् १९९४ सान्टा बार्बरा, क्यालिफोर्नियामा रेकर्ड गरिएको थियो भने यो सङ्गीत ग्र्यामी पुरस्कारका लागि मनोनीत पनि भएको थियो। "अ मिटिङ बाई द रिभर" र "मुम्ताज महल" नामक दुई शास्त्रीय सङ्गीतहरू ताज महलसँग रेकर्ड गरिएको थियो जुन चलचित्र "टु डेज इन द भ्याली" र ओस्कर पुरस्कार जित्न सफल चलचित्र "डेड मेन वाकिङ" मा समावेश गरिएको थियो। भट्टले भारत स्वतन्त्र भएको ५० वर्षको उपलक्ष्यमा "रागा गङ्गा" नामक सङ्गीतको प्रस्तुति दिएका थिए।[९][१०] लोक सङ्गीतकार ह्यारी मेन्क्सले ५ वर्षसम्म विश्व मोहन भट्टका जेठा छोरा सलिल भट्टसँग शिक्षण लिएपछि मोहन विणा बजाउँछन्। अष्ट्रेलियाली सङ्गीतकार लोरी मिन्सनले सालिलसँग मोहनले विणा बजाउन सिकेका थिए।

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Make the Mohan Veena,but Inform Us", Indian Express, ६ जुलाई २००६, मूलबाट १८ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अप्रिल २०१५ 
  2. "'String' Operation: Pt Vishwa Mohan Bhatt, father of Mohan Veena", Indian Express, ७ जनवरी २००९, मूलबाट १७ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अप्रिल २०१५ 
  3. "2018", BBC Music Events, मूलबाट २६ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जनवरी २०१९ 
  4. "Vishwa Mohan Bhatt performs for a cause - Times of India", The Times of India, मूलबाट २६ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जनवरी २०१९ 
  5. Paachak, Piyush (१३ नोभेम्बर २००५), "My mother still teaches me music", The Tribune (Chandigarh, India), मूलबाट १७ जुलाई २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अप्रिल २००९ 
  6. Ramanath, Renu (१८ अक्टोबर २००५), "Reinventing tradition", The Hindu 
  7. "BroadwayWorld", BroadwayWorld, मूलबाट ४ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मे २०१६ 
  8. "DailyNewsOnline", DailyNewsOnline, मूलबाट ४ मे २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मे २०१६ 
  9. "Anil Kapoor comes in support of #MeToo movement, calls it fantastic", The Financial Express, २०१८-१०-११, अन्तिम पहुँच २०१९-०२-२३ 
  10. "Singer Kailash Kher, Grammy winner Vishwa Mohan Bhatt face accusation", The Indian Express (अङ्ग्रेजीमा), २०१८-१०-११, अन्तिम पहुँच २०१९-०४-०५ 
  11. "Past Winners Search", ग्र्यामी डटकम, मूलबाट १४ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-१२-१५ 
  12. "SNA: Awardees List", सङ्गीत नाटक अकादमी, मूलबाट १७ अप्रिल २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०८-०७ 
  13. "Year wise list of recipients (1954-2014)" (PDF), Ministry of Home Affairs, मूलबाट १५ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०४-१० 
  14. "Padma Awards 2017 announced", pib.nic.in, मूलबाट २५ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]