धर्मकान्त बास्कोटा
स्वरूप
प्रा.डा.धर्मकान्त बास्कोटा त्रिभुवन विश्वविद्यालयको १९औं उपकुलपति हुनुहुन्छ । डा. बास्कोटा यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष थिए । [१] धर्मकान्त बास्कोटा त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्।
नेपाल मेडिकल काउन्सिल अध्यक्ष
[सम्पादन गर्नुहोस्]नेपाल मेडिकल काउन्सिलको अध्यक्षका रुपमा डा धर्मकान्त बास्कोटाले चार वर्ष काम गरे।
त्रिभुवन विश्वविद्यालय उपकुलपति
[सम्पादन गर्नुहोस्]२०७६ कार्तिक १८ मा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका थिए । शिक्षामन्त्री नेतृत्वको सर्च कमिटीले बास्कोटाको नाम दोस्रो नम्बरमा राखेको थियो । पहिलो नम्बरमा डा. भगवान कोइरालाको नाम थियो । उनलाई मेडिकल काउन्सिलमा नियुक्त गरे लगतै बास्कोटालाई त्रिवि उपकुलपति बनाइएको थियो ।[२]
सम्मान
[सम्पादन गर्नुहोस्]- सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी)
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "प्रा.डा. बास्कोटाद्वारा पदभार ग्रहण : सामूहिकतामा अघि बढ्ने प्रतिबद्धता", अन्तिम पहुँच ०५ नोभेम्बर २०१९। वेब्याक मेसिन अभिलेखिकरण ८ नोभेम्बर २०१९ मिति
- ↑ त्रिवि उपकुलपतिमा बास्कोटा नियुक्त