गुरुदासपुर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुरुदासपुर
গুরুদাসপুর
गुरुदासपुर is located in बङ्गलादेश
गुरुदासपुर
गुरुदासपुर
बङ्गलादेशको नक्शामा गुरुदासपुर उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°२२′उ॰ ८९°१५′पू॰ / २४.३६७°N ८९.२५०°E / 24.367; 89.250निर्देशाङ्कहरू: २४°२२′उ॰ ८९°१५′पू॰ / २४.३६७°N ८९.२५०°E / 24.367; 89.250
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लानाटोर जिल्ला
क्षेत्रफल
 • जम्मा१९९.४ किमी (७७�० वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा१७३,२७६
 • घनत्व८७०/किमी (२३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटगुरुदासपुर उपजिल्लाको आधिकारिक नक्शा

गुरुदासपुर (बङ्गाली: গুরুদাসপুর) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

गुरुदासपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१८' देखि २४°२७' उत्तर अक्षांश र ८९°१९' देखि ८८°०४' पूर्वी देशान्तरमा अवस्थित छ। गुरुदासपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९९.४० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई सिङ्डाताडाश उपजिल्लाले उत्तर, बाडाइग्राम उपजिल्लाले दक्षिण, ताडाशचाटमोहर उपजिल्लाले पूर्व र नाटोर सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। आत्राई, गुर नन्दकुजा आदि नदिहरू यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने १९ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लामा अन्धाधुन्ध आक्रमण गरी १०० भन्दा बढी स्थानीय मानिसहरूको सामूहिक हत्या गरेका थिए जसमा जिलिप कुमार सरकार, डाक्टर महिन्द्रानाथ सरकार र नवराम मजुम्जार समावेश छन्।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १९४२२८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९९०८६ छ भने महिलाको जनसङ्ख्या ९५१४२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १८६०६९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ७८७३ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २५२ रहेको छ। यस उपजिल्लामा सन्थल, उराँव, पहान, ततु, बुनो आदि जनजातिका मानिस बसोबास गर्छन्। यस उपजिल्लामा २५५ मस्जिद, २८ हिन्दु मन्दिर र २ गिर्जाघरहरू रहेका छन्। चापिला शाही मस्जिद, शाहपरमा रहेको रहमान सधुको मजार आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्।[३]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, तोरी, लसुन, प्याज, केसरी, उखु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, कटहर, केरा, लिची, स्याउ, मेवा र खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले धान, गहुँ, माछा, आँप तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका खैनी र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १७ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुपै मात्रामा माछापालन केन्द्र दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७०.९५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.२८% मजदुरी, उद्योग १.३३%, वाणिज्यमा १०.२३%, सञ्चार र यातायातमा २.५१%, निर्माण क्षेत्रमा ०.८७%, सुविधा ३.९४%, धार्मिक सेवा ०.१५%, वैदेशिक रोजगारी ०.३९% र अन्य ५.३६% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय गुरुदासपुर थानाको स्थापना सन् १९१७ भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल गुरुदासपुर उपजिल्लामा ९ सङ्घ परिषद्, ११८ मौजा/महल्ला र १०२ गाउँहरू रहेका छन्।[४]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ३४.९१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३९.६५% छ भने महिलाको साक्षरता दर ३०.०१% रहेको छ। यस उपजिल्लामा ८ क्याम्पस, ३१ माध्यमिक विद्यालय, ८१ प्राथमिक विद्यालय, ९५ गैरसरकारी शिक्षण संस्था, ३ बाल उद्दान केन्द्र, ७७ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; नजमुदिन उच्च विद्यालय (सन् १९५६), बिलचलन सहिद समसुजो क्याम्पस (सन् १९६९), शिकारपुर अलिया मदरसा आदि।

सन्देश सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (জুন ২০১৪), "এক নজরে উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. বাংলপিডিয়া (১৫ জুলাই ২০১৪), "गुरुदासपुर उपजिल्ल", এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]