वाइ ट्राइब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वाइ ट्राइब
व्यवसाय प्रकार
सार्वजनिक सिमित कम्पनी
उद्योगइन्टरनेट सेवा प्रदायक
स्थापितअप्रिल २००७
केन्द्रीय कार्यालय
इस्लामाबाद
,
मुख्य व्यक्ति
हसान बोखारी, एचबी समूहका अध्यक्ष;

शाहिद मलिक, वाइ ट्राइबका अध्यक्ष तथा प्रमुख ; साजिद मलिक, प्रमुख प्रविधि अधिकारी; शीराज अहमद, प्रमुख वाणिज्य अधिकारी;

कैसर रासिद, प्रमुख वित्तीय अधिकारी
उत्पादनहरूउन्नत दीर्घकालीन सञ्जाल वाइम्याक्स इन्टरनेट
मूल सङ्गठनएचबी समूह, पाकिस्तान
वेबसाइटhttp://www.wi-tribe.pk/

वाइ ट्राइब (उर्दु: وائے ٹرائب) दक्षिण एसियाली राष्ट्र पाकिस्तानमा आधारित एक इण्टरनेट सेवा प्रदायक कम्पनी हो जसले तेस्रो तथा साढे चौथो पुस्ता सञ्जालको सञ्चालन गर्ने गर्दछ। यसले पाकिस्तानका चारवटा प्रमुख सहरहरू जस्तै इस्लामाबाद, रावलपिण्डी, लाहोरकराचीमा सेवा सञ्चालन गर्दछ। वाइ-ट्राइब पाकिस्तान, दक्षिण एसिया र मध्य पूर्वमा उन्नत दीर्घकालीन सञ्जाल सेवाको प्रक्षेपण गर्ने पहिलो प्रदायक हो। उन्नत दीर्घकालीन सेवा हाल लाहोर र कराचीमा मात्र उपलब्ध छ र यसले अन्य स्थानहरूमा पनि यस सञ्जाललाई विस्तार गर्ने योजना बनाएको छ। [१]

इतिहास[सम्पादन गर्नुहोस्]

कम्पनीको स्थापना अप्रिल २००७ मा भएको थियो। सन् २००९ मा वाइ-ट्राइब समूहलाई कतारको बहुराष्ट्रिय अग्रणी दूरसञ्चार कम्पनी कतार दूरसञ्चार (हाल उरिदू)ले नियन्त्रण गरेको थियो र लगत्तै यसले पाकिस्तानमा यसका विशाल सेवाहरूको सुरुवात गरेको थियो। पाकिस्तानमा, यसले चारवटा प्रमुख सहरहरू जस्तै इस्लामाबाद, रावलपिण्डी, लाहोर र कराचीमा सेवा सञ्चालन गर्दछ।[२][३][४]

वाइ-ट्राइब इङ्ल्यान्ड र वेल्सको अधिकारपत्र लेखापाल संस्थानद्वारा अनुमोदित रोजगारदाताको रूपमा स्वीकृत प्राप्त गर्ने पाकिस्तानको दुई दूरसञ्चार कम्पनीहरू मध्ये एक हो। [५]

एचबी समूहद्वारा अधिग्रहण[सम्पादन गर्नुहोस्]

मार्च २०१६ मा, वाइ ट्राइबलाई ओरिदु मार्फत एचबी समूहले अधिग्रहण गरेको थियो जसले गर्दा ओरिदुले आफ्नो सबै ध्यानहरू दूरसञ्चार सेवा क्षेत्रमा केन्द्रित गरेको थियो र यो पछि पाकिस्तानको गृह विस्तृत पट्टि इण्टरनेट सेवा प्रदायक बजारबाट निस्किएको थियो। सिटी समूहले ओरिदुको तर्फबाट वाइ ट्राइबको बिक्रीका लागि सल्लाह दिएको थियो।

सन् २०१६-हाल[सम्पादन गर्नुहोस्]

एचबी समूहले वाई ट्राइबको अधिग्रहण गरेको तीन महिनाभित्रमा यसले पाकिस्तान भरको आवृत्ति व्याण्डविथलाई दोब्बर गरी आफ्नो ग्राहकहरूको अनुभवलाई सुधार गर्न ठूलो लगानी गरेको छ। अगष्ट २०१६ सम्ममा स्तरवृद्धि पाकिस्तानमा सम्पूर्ण वाइ ट्राइबको सञ्जालमा सम्पन्न भइसकेको थियो।

नोभेम्बर २०१६ मा, व्यवस्थापनले यसको सेवाहरूको स्तर वृद्धि गर्न चौथो पुस्ता दीर्घकालीन गृह विस्तृत पट्टिमा लगानी गर्ने विचार गरेको। पछि वाई ट्राइब विभागले तेस्रो पुस्ता सञ्जाल वा चौथो पुस्ता सञ्जाललाई छोडि साढे चौथो पुस्ता दीर्घकालीन उन्नत सञ्जाल अपनाउने घोषण गरेको थियो।

फेब्रुअरी २०१७ मा, वाइ ट्राइबले यसको सम्पूर्ण सञ्जाललाई वाइम्याक्सबाट उन्नत दीर्घकालीन सञ्जाल (साढे चौथो पुस्ता)मा स्तर वृद्धि गर्नका लागि चिनियाँ प्रविधि कम्पनी हुवावेसँग सम्झौता गरेको घोषण गरेको थियो जुन विश्वको सबैभन्दा उन्नत विस्तृत पट्टि प्रविधि हो। यो तैनाथी दक्षिण एसिया र मध्ये पूर्वमा पहिलो यस्तो सञ्जाल हो जुन साढे चौथो पुस्ता वा उन्नत दीर्घकालीन सञ्जालमा ३.५ गिगाहर्ज (३५०० मेगाहर्ज) व्याण्डमा सञ्चालित छ।[६]

नयाँ साढे चौथो पुस्ता उन्नत दीर्घकालीन सञ्जाल हुवावेका उपकरणहरूको प्रयोग गरी वाइ ट्राइबको प्रधान कार्यालय इस्लामाबादमा स्थापित गरिएको थियो[७] जससँग वाइ-ट्राइबलले १५ मिलियन अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको थियो जस अनुरूप हुवावेले पाँच सहरहरू, जस्तै इस्लामाबाद, रावलपिण्डी, कराची, लाहोर, र फैसलाबाद सेवा सञ्चालन गरेको थियो।

सेप्टेम्बर २०१७ मा, तालिका अनुसार, वाइ ट्राइबले पाकिस्तानमा यसको साढे चौथो पुस्ता दीर्घकालीन उन्नत सञ्जाल सेवा सुरू गरेको थियो।[८]

अक्टोबर २०१७ मा, वाइ ट्राइबले पाकिस्तानको पहिलो एक टेराबाइट प्याकेज पेश गरेको थियो, जसले स्थानीय उपभोक्ताहरूको ध्यान आकर्षण गरेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सेवा क्षेत्र - वाइ ट्राइब", वाइ ट्राइब (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०५-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-२७ मिति
  2. "the tribes | wi-tribe", वाइ ट्राइब डटपिके, अन्तिम पहुँच २०१२-०३-२५  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-१९ मिति
  3. "wi-tribe Ranked Pakistan's No. 1 Broadband Company", प्रो पाकिस्तानी, २०१०-१२-१०, अन्तिम पहुँच २०१२-०३-२५ 
  4. http://www.pta.gov.pk/media/wll_list_090212.pdf
  5. "wi-tribe turns ICAEW approved employer", टेक्नोलोजी टाइम्स डटपिके, २०११-१२-१७, अन्तिम पहुँच २०१२-०३-२५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-०७ मिति
  6. "Pakistan to Get its First 4.5G LTE Advanced Network in Just Few Months", २०१७-०२-०८, अन्तिम पहुँच २०१७-०५-०२ 
  7. "Wi-tribe & Huawei collaborate to deliver advanced 4.5G LTE network in Pakistan", टेकजुस (अङ्ग्रेजीमा), २०१७-०२-०८, अन्तिम पहुँच २०१७-०५-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-२० मिति
  8. "Wi-tribe installs first ever 4.5G LTE network in Pakistan", टेकजुस (अङ्ग्रेजीमा), २०१७-०३-२०, अन्तिम पहुँच २०१७-०५-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-१६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]