सोनाली बोस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोनाली बोस
सन् २०१५ मा बोस
जन्म (1965-06-03) ३ जुन १९६५ (उमेर ५८)
कलकत्ता, भारत
शिक्षाकोलम्बिया विश्वविद्यालय
पेशाचलचित्र निर्मात्री, लेखक
कार्यकाल१९९२—हाल
आफन्तमालिनी चिब (भतिजी)

सोनाली बोस (बङ्गाली: সোনালী বোস) जन्म: ३ जुन १९६५) एक भारतीय चलचित्र निर्देशक, पटकथा लेखक र निर्माता हुन्। उनले जीवनीपरक सामाजिक नाटक एमयु (सन् २००५) को चलचित्रमा निर्देशन तथा निमार्ण गरेको कारण परिचित छिन् जुन सोही नामको उपन्यासमा आधारित छ। तीन विधाका चलचित्रहरूमा काम गरिसकेपछि उनले राष्ट्रिय चलचित्र पुरस्कार, ब्रिजेस्टोन कथा पुरस्कार र एक सुन्दानस महिन्द्रा ग्लोबल चलचित्र निर्माता पुरस्कार जित्न सफल भएकी थिइन्।

बोसले सन् २००५ को एक यथार्थवादी चलचित्र एमयुमा निर्देशन गरेपछि उनी सर्वाधिक लोकप्रिय बनेकी थिइन् जुन चलचित्र सोही नामको एक उपन्यासमा आधारित छ। एमयु चलचित्रमम दिल्लीमा सन् १९८४ मा सिख धर्मवलम्बी माथि निरङ्कुस हमलाको इतिहास देखाइएको छ। यस चलचित्र सार्वजनिक भएपछि यसले समीक्षकहरू द्वारा मन पराइएको थियो र यस चलचित्रले अङ्ग्रेजी श्रेणीमा सर्वश्रेष्ठ चलचित्रको राष्ट्रिय चलचित्र पुरस्कार जित्न सफल भएको थियो।

बोसले उनको भुतपूर्व श्रमान बेदब्रत पाइनसँग सहकार्य गर्दै चिटगाँव नामक एक ऐतिहासिक युद्ध चलचित्रको पनि निर्माण गरेकी थिइन् जसले सन् २०१२ मा सार्वजनिक भएपछि अत्याधिक सफलता कमाएको थियो। यस चलचित्रको सफलता पश्चात् उनलाई सुन्दानस महिन्द्रा ग्लोबल चलचित्र निर्माता पुरस्कार द्वरा सम्मानित गरिएको थियो।

सन् २०१५ मा बोसले मार्गरिटा विथ अ स्ट्र नामक एक चलचित्रमा निर्देशन गरेकी थिइन् जुन चलचित्र सर्वाधिक लोकप्रिय र अधिक आर्थिक आर्जन गर्न सफल भएको थियो। यस चलचित्र उनले आफ्नी काकाकी छोरी मेलिन चिवको जीवनबाट प्रभाव भएर निर्माण गरेकी थिइन् जसले भारतमा अपाङ्गताको अधिकारका लागि काम गर्छिन्। यस चलचित्रको सफलता पश्चात् उनलाई सुन्दानस महिन्द्रा ग्लोबल चलचित्र निर्माता पुरस्कार द्वरा सम्मानित गरिएको थियो। बोस चलचित्र निर्मात्री तथा निर्देशन बाहेक एक सक्रिए परोपकारी र सामाज सेवी हुन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

बोसको जन्क ३ जुन १९६५ का दिन भारतको पश्चिम बङ्गाल राज्यको कलकत्तामा भएको थियो भने उनले आफ्नो बाल्यकाल मुम्बई र नयाँ दिल्लीमा बिताएकी थिइन्। उनले कला स्नातकमा डिग्री दिल्ली विश्वविद्यालयबाट र राजनीतिक विज्ञानमा मास्टर डिग्री कोलम्बिया विश्वविद्यालय, न्युयोर्कबाट पुरा गरेकी थिइन्। उनले विद्यालय र क्याम्पसमा तात्कालिक समयदेखि थिएटरहरूमा एक अभिनेत्रीको रूपमा काम गरेकी थिइन्। उनलाई पहिला चलचित्र क्षेत्रमा त्यति चासो नदिएपनि पछि उनी चलचित्र क्षेत्रमा आवद्ध भएकी थिइन्।[१]

कार्यकाल[सम्पादन गर्नुहोस्]

शुरूवाती कार्यकाल र सफलता (सन् १९९९-२०१०)[सम्पादन गर्नुहोस्]

बोसले लगभग एक वर्ष सम्म राष्ट्रिय वकील गिल्ड संस्थाको आयोजकको रूपमा काम गरेकी थिइन्।[२][३] बोसले युसिएलए स्कुल फल थिएटर फिल्म एण्ड टेलिभिजनमा काम गर्नु अघि उनले म्यानहेटनमा सामुदायिक टेलिभिजनमा काम गरेकी थिइन्। निर्देशन कार्यकालको शुरूवाती चरणमा उनले छोटा चलचित्रहरू द गेण्डर्म इज हियर र लामो चलचित्र लिफ्टिङ द भिलमा निर्देशन गरेकी थिइन्। [२][३]

बोसले सन् २००५ मा एमयु नामक एक चलचित्रमा निर्देशन गरेकी थिइन् जहाँ उनले यस चलचित्रका पटकथाको पनि रचना गरेकी थिइन्। यो चलचित्र सन् २००५ जनवरीमा भारतमा सार्वजनिक गरिएको थियो भने यो चलचित्र निकै सफल भएको थियो। [४]

एमयु चलचित्र बर्लिन र टोरन्टोमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रदर्शित भएको थियो। बोसले यस चलचित्रका लागि धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू जितेकी थिइन् जसमा अन्तर्राष्ट्रिय चलचित्र सङ्घ पुरस्कार, अङ्ग्रेजी श्रेणीमा सर्वश्रेष्ठ चलचित्रको राष्ट्रिय चलचित्र पुरस्कार र उत्कृष्ट पर्दापण निर्देशक विधामा गोलापुडी श्रीनिवास पुरस्कार समावेश छन्।[५][६]

थप सफलता (सन् २०१०- हाल)[सम्पादन गर्नुहोस्]

बोसले उनको भुतपूर्व श्रमान बेदब्रत पाइनसँग सहकार्य गर्दै चिटगाँव नामक एक ऐतिहासिक युद्ध चलचित्रको पनि निर्माण गरेकी थिइन् जसले सन् २०१२ मा सार्वजनिक भएपछि अत्याधिक सफलता कमाएको थियो। यस चलचित्रको सफलता पश्चात् उनलाई सुन्दानस महिन्द्रा ग्लोबल चलचित्र निर्माता पुरस्कार द्वरा सम्मानित गरिएको थियो। सन् २०१४ मा सोनालीले मार्गरिटा विथ र स्ट्र नामक चलचित्रको निर्माण गरेकी थिइन् जसको प्रमुख अभिनेत्री कल्की केकलाँ हुन्।[७][८] यो चलचित्र सन् २०१४ टोरन्टोमा आयोजित अन्तर्राष्ट्रिय चलचित्र पर्वमा देखाइएको थियो। यस चलचित्रले उत्कृष्ट एसियाली चलचित्र विधामा नेटप्याक पुरस्कार जित्न सफल भएको थियो।[९] बोसले उनको छोराको निधन भएको एक वर्ष पश्चात् एक चलचित्रको पटकथा लेख्न शुरू गरेकी थिइन्। बोसले न्यू योर्कमा अध्ययन गरेको उनको वास्तविक जीवनको अनुभवबाट एक चलचित्र बनाउनको लागि प्रेरित भएको थियो।[१०][११][१२]

आउँदो कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

बोसको आउँदो चलचित्र द स्काई इज पिङ्क हो जुन चलचित्रमा फरहान अख्तर, प्रियङ्का चोपडा र जाइरा वासिमलाई मुख्य कलाकारको रूपमा देख्न सकिन्छ भने यस चलचित्र प्रेरक वक्ता अयासा चौधरी प्रति आधारित छ। स्रोतका अनुसार यो चलचित्र जुलाई २०१८बाट छायाङ्कन गर्न शुरू गरिएको थियो। बोसले दीक्षा बसुको पहिलो उपन्यास द विण्डफलमा आधारित शीर्षक नखुलाइएक१ टेलिभिजन श्रृङ्खलाका लागि लेखन कार्य गर्ने प्रतिबद्धता पनि जनाएकी थिइन्।

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

वर्ष चलचित्र टिप्पणी
सन् २००५ एमयु लेखन, निर्देशन र निर्माण
सन् २०१२ चिटागङ लेखन र निमार्ण
सन् २०१५ मार्गरिटा विथ द स्ट्र पटकथा लेखन, निर्देशन र निर्माण[१३]
सन् २०१९ द स्काई इज पिङ्क निर्देशन

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Shonali Bose: Activism, with a Film", The Vilcek Foundation, अन्तिम पहुँच २०१९-०२-१७ 
  2. २.० २.१ "'Amu', a film by Shonali Bose", Institute of Race Relations, मूलबाट १५ नोभेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०११  वेब्याक मेसिन अभिलेखिकरण १५ नोभेम्बर २००९ मिति
  3. ३.० ३.१ "Amu (2005) - Release Info", IMDB, अन्तिम पहुँच ३ जुलाई २०११ 
  4. "FIPRESCI - festival awards 2005", FIPRESCI, मूलबाट ५ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०११ 
  5. Bose, Shonali (२००४), Amu : a novel, New Delhi: Penguin Books, आइएसबिएन 0-14-303232-1 
  6. "Indo-American Arts council, Inc.", Indo-American Arts council, अन्तिम पहुँच ३ जुलाई २०११ 
  7. "Shonali Bose Will Direct New TV Series Based On Novel About Delhi's Noveau [sic] Riche - NDTV Movies", NDTVMovies.com (अङ्ग्रेजीमा), २०१७-०३-१४, अन्तिम पहुँच २०१८-०३-१९ 
  8. Roy, Sandip, "Real life RDB: the Chittagong story", Telegraph Kolkata, अन्तिम पहुँच ३ जुलाई २०११ 
  9. "Margarita, with a Straw", TIFF, मूलबाट ३० अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३० अगस्ट २०१४ मिति
  10. Sinha Jha, Priyanka (१० अक्टोबर २०१९), "The Sky Is Pink Movie Review: Priyanka Chopra-Farhan Akhtar Film is All Shades of Life", CNN-News18, अन्तिम पहुँच १० अक्टोबर २०१९ 
  11. Chatterjee, Saibal (१० अक्टोबर २०१९), "The Sky Is Pink Movie Review: Priyanka Chopra Lends This Unmissable Film A Starry Edge", NDTV, अन्तिम पहुँच १० अक्टोबर २०१९ 
  12. "Zaira Wasim to play Priyanka Chopra, Abhishek Bachchan’s daughter in next?", Hindustan Times, १८ मे २०१८, अन्तिम पहुँच १८ मे २०१८ 
  13. Harvey, Dennis (२०१५-०१-१६), "Film Review: ‘Margarita, With a Straw’", Variety (en-USमा), अन्तिम पहुँच २०१७-०९-०८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]