महादेवपुर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महादवपुर
মহাদেবপুর
महादवपुर is located in बङ्गलादेश
महादवपुर
महादवपुर
बङ्गलादेशको नक्शामा महादेवपुर उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°५५.१′उ॰ ८८°४४.९′पू॰ / २४.९१८३°N ८८.७४८३°E / 24.9183; 88.7483निर्देशाङ्कहरू: २४°५५.१′उ॰ ८८°४४.९′पू॰ / २४.९१८३°N ८८.७४८३°E / 24.9183; 88.7483
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लानउगाँ जिल्ला
क्षेत्रफल
 • जम्मा३९७.६७ किमी (१५३.५४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११[१])
 • जम्मा२९२,५८९
 • घनत्व७४०/किमी (१९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
६५३०
वेबसाइटआधिकारिक जालस्थल

महादेवपुर बङ्गाली: মহাদেবপুর  बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।

भूगोल[सम्पादन गर्नुहोस्]

महादेवपुर उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°४८' देखि २५°०१' उत्तर अक्षांश र ८८°३८' देखि ८८°५३' पूर्वी देशान्तरणमा अवस्थित छ। महादेवपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३९७.६७ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई पत्नीतला उपजिल्लाले उत्तर, बदलगाछीमान्दानउगाँ सदर उपजिल्लाले दक्षिण, बदलगाछीनउगाँ सदर उपजिल्लाले पूर्व र नियामतपुरपोरशा उपजिल्लाले पश्चिमबाट घेरेको छ। शिव र अतराई नदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने तात्कालिक समयमा महादेवपुर उपजिल्ला क्षेत्र नम्बर ७ मा पर्थ्यो। यस युद्धका बेलामा पाकिस्तानी सेनाले यहाँका विभिन्न स्थान तथा गाउँहरूमा आक्रमण गरी थुप्रै मानिसहरूको सामूहिक हत्या गरेका थिए भने कयौं घरहरूलाई आगजनी गरी नष्ट पारिदिएका थिए। 

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २६५७६३ रहेको  छ जसमध्ये पुरुषको जनसङ्ख्या १३७१७४ छ भने महिलाको जनसङ्ख्या १२८५८९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २११००८  छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४८७०४ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २४०, इसाई धर्मवलम्बीको जनसङ्ख्या ४३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ५७६८ रहेको छ।  यस उपजिल्लामा सन्थल जनजातिका मानिसहरू बसोबास गर्छन्। यस उपजिल्लामा ३६० मस्जिद र १३ हिन्दु मन्दिरहरू रहेका छन्।[२]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, गहुँ, जुट, आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया  आँप, केरा, कटहर, अम्बा, लिची, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा १ धान कुटानी केन्द्र, १ तेल उद्योग, २६ स मिल, १ बिस्कुट कारखाना, १७ इट्टा उद्योग, २ बिँडी कारखाना, १५ फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले धान, चामल, खरबुजा, उखु, मेवा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल र तील पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३६ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा २५ माछापालन केन्द्र, ८५ दुग्ध सङ्कलन केन्द्र तथा ४० कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७८.६६% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.५२% मजदुरी, व्यापार र उद्योगमा ०.८६%, वाणिज्यमा ८.०११%, सञ्चार र यातायातमा २.९१%, निर्माण क्षेत्रमा ०.६%, सुविधा २.९३%, धार्मिक सेवा ०.०९%, रेमिटेन्स ०.०७ र अन्य ३.२५% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय महादेवपुर थानाको स्थापना सन् १८९८ भएको थियो भने सन् १९८३ डिसेम्बर १५ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। यस उपजिल्लामा हाल १० सङ्घ परिषद्, ३०१ मौजा र ३०६ गाउँहरू रहेका छन्। [३]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ४५.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५०.२% छ भने महिलाको साक्षरता दर ४०.२% रहेको छ। यस उपजिल्लामा ६ क्याम्पस, ५० माध्यमिक विद्यालय, ३ बाल उद्दान केन्द्र र २७ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; महादेवपुर सरकारी क्याम्पस (सन् १९६७), जितातला उच्च विद्यालय (सन् १९२०), महादेवपुर सर्वमङ्गल वहुभाषी उच्च विद्यालय (सन् १९२१), जन्तीग्राम टिए उच्च विद्यालय (सन् १९२६), बागदोब उच्च विद्यालय (सन् १९४०), चन्द्रास् उच्च विद्यालय सन् (सन् १९४०), सरस्वतीपुर उच्च विद्यालय (सन् १९४०), धनजोल उच्च विद्यालय (सन् १९४२), कालुसाहार उच्च विद्यालय (सन् १९४२), रोयगाउँ उच्च विद्यालय (सन् १९४६), जावनपुर उच्च विद्यालय (सन् १९६४), महादेवपुर कन्या उच्च विद्यालय (सन् १९७४), जगाँगिर नमुना उच्च विद्यालय (सन् १९८३), हमिदपुर जिताताल उच्च विद्यालय (सन् १९२३), बचरा प्राथमिक विद्यालय (सन् १९००) आदि। [४]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "এক নজরে মহাদেবপুর", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-१९ मिति
  2. "Bangladesh Population and Housing Census 2011: Zila Report – Nagaon", Table P05 : Population by Religion, Age group and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच ९ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २९ सेप्टेम्बर २०२२ मिति
  3. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 
  4. "Colleges of Mohadevpur Upazila", Bangladesh National Portal 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]