जसिम बिन हमद रङ्गशाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अल-साद रङ्गशाला
नक्सा
पुरा नामजसिम बिन हमद रङ्गशाला
स्थानदोहा, कतार
निर्देशाङ्क२५°१६′०२″N ५१°२९′०३″E / २५.२६७३५८°N ५१.४८४२५१°E / 25.267358; 51.484251निर्देशाङ्कहरू: २५°१६′०२″N ५१°२९′०३″E / २५.२६७३५८°N ५१.४८४२५१°E / 25.267358; 51.484251
दर्शक क्षमता१५,०००[१][२]
सतहघाँस
निर्माण
निर्माणसन् १९७४
खुलासन् १९७५
मर्मत सम्भारसन् २००४, सन् २००९–२०१०
भाडावाल
अल-साद
कतार

जसिम बिन हमद रङ्गशाला (अरबी: ملعب جاسم بن حمد‎‎) कतारको दोहा स्थित एक बहुउद्देश्यीय रङ्गशाला हो जुन हाल विषेश गरी फुटबल खेलका लागि प्रयोग गरिन्छ। यो रङ्गशाला एथलेटिक्स खेलका लागि पनि प्रयोग हुँदै आएको छ। यस रङ्गशालालाई हाल कतारको एक आधिकारिक फुटबल क्लब अल साउदेले प्रयोग गर्दै आएको छ। यस रङ्गशालाको अौपचारिक रूपमा सन् १९७४ मा स्थापना गरिएको थियो भने यसलाई सन् २००४ मा नवीकरण गरिएको थियो। हाल यस रङ्गशालाको दर्शक क्षमता १५,००० रहेको छ। यस रङ्गशाला हाल कतार राष्ट्रिय फुटबल टोलीको दोस्रो गृह मैदानको रूपमन प्रयोग गरिन्छ। यस रङ्गशालाको नाम जसिम बिन महद बिन जबर अल थानीको नामबाट राखिएको हो।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

जसिम बिन हदम रङ्गशालाको स्थापना सन् १९७४ देखि सन् १९७५ को बीचमा भएको थियो। कतारको एक उत्कृष्ट रङ्गशालाको रूपमा स्थापित जसिम बिन हमद रङ्गशाला कतारको अर्को सबैभन्दा उत्कृष्ट रङ्गशाला खालिफा अन्तर्राष्ट्रिय रङ्गशालाको ४०,००० दर्शक क्षेमताका बाबजुद पनि कतार राष्ट्रिय फुटबल टोलीको गृह मैदान हो।[४] सन् २००४ को गल्फ राष्ट्र कप कतारमा आयोजना गरिएको थियो भने त्यस विश्वकप हुनुभन्दा अघि र पछि यस रङ्गशालाको पुनर्निर्माण गरिएको थियो। यस रङ्गशालामा रातको समयमा फुटबल खेल खेलाइने गरिएको छ जतिबेला त्यहाँको मौसम चिसो हुन्छ। यस रङ्गशालामा कतार राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटका केही खेलहरू पनि खेलेको थियो।[५] सन् २००६ मा १५अौँ एसियाली खेल कतारको दोहा स्थित विभिन्न रङ्गशालामा आयोजना गरिएको थियो भने उक्त प्रतियोगिताको फाइनल खेल यसै रङ्गशालामा आयोजना गरिएको थियो जहाँ कतारले इराकलाई हराउँदै उपाधि जित्न सफल भएको थियो। सन् २०१४ मा जसिम बिन हमद रङ्गशालामा युभेण्टस र नापोली फुटबल क्लब बीच खेल आयोजना गरिएको थियो जुन खेल हेर्नका लागि १४,००० दर्शकहरू रङ्गशाला प्रवेश गरेका थिए।

सुविधाहरू[सम्पादन गर्नुहोस्]

मुख्य क्षेत्र बाहेक रङ्गशाला क्षेत्रले प्रशासन कार्यालय, एक क्याफे, एक मस्जिद, श्रमिकहरूको बासस्थान, एथलेटिक्स ट्र्याक, प्रशिक्षण क्षेत्र, एउटा पौडी पोखरी र बहु-खेल हल पनि समाहित गर्दछ। बहु-खेल हलमा १,००० व्यक्तिको क्षमता छ र बास्केटबल, भलिबल, ह्याण्डबल र अन्य खेलकुद साथै कार्यक्रमहरूमा स्थानीय प्रतियोगिताको लागि प्रयोग गरिन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "अभिलेख प्रतिलिपी", मूलबाट ११ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०७-२८ 
  2. http://dohanews.co/tag/inter/
  3. Qatar and Iran in goalless draw, www.gulf-times.com, ११ जनवरी २००८, मूलबाट ७ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०८-२५ 
  4. "QOC Venue Booklet", Qatar Olympic Committee (QOC), २४ मार्च २०१५, पृ: ३१, अन्तिम पहुँच २८ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण २९ जनवरी २०१९ मिति
  5. "QOC Venue Booklet", Qatar Olympic Committee (QOC), २४ मार्च २०१५, पृ: ३२, अन्तिम पहुँच २८ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण २९ जनवरी २०१९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]