जापानी कालो भालु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जापानी कालो भालु
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: मांसाहारी
परिवार: Ursidae
वंश: Ursus
प्रजाति:
उपप्रजाति:
U. t. japonicus
त्रिपद नाम
Ursus thibetanus japonicus
Hermann Schlege, सन् १८५७
पर्याय

Selenarctos thibetanus japonicus

जापानी कालो भालु एसियाली कालो भालुको प्रजातिमा पर्ने एक उपप्रजाति हो जुन जापानको प्रमुख टापु; होन्शु, शिकोकु र क्युसुमा बसोबास गर्छन्। जापानमा यस भालुको सङ्ख्या अनुमानित १०,००० रहेको छ। शिकोकू र क्युशुमा रहेका जापानी कालो भालुहरूको लोपोन्मुख वा विलुप्त हुन सक्छ खतरामा रहेका छन्। जापानी भालुको अङ्ग तथा छालाका लागि यसलाई जापानमा चोरी सिकारी गरिँदै आएको छ भने यस भालुको अङ्गहरू कालो बजारमा उच्च मुल्यमा बेचिन्छ जसकारण यी प्रजातिका भालुहरू खतरामा रहेका छन्। यस प्रजातिको भालु अन्य भालुको तलनामा सानो हुने गरेको छ जसको एक वयस्क भालेको वजन ६०-१२० किलोग्राम (१३०-२६० पाउण्ड) हुन्छ भने वयस्क पोथीको तौल ४०-१०० किलोग्राम (८८-२२० पाउण्ड) हुन्छ। यस प्रजातिको भालुको कुल शारीरिक लम्बाइ १२०-१४० सेमी (४७-५५ इञ्च) हुन्छ[१]

आहारा[सम्पादन गर्नुहोस्]

जापानी कालो भालुहरू सामान्यतया शाकाहारी हुन्छन् भने यीनिहरूको मुख्य आहारा वसन्तको समयमा घाँस र जडिबुटी हुन्छ। हिउँद ऋतुको सुरुवात हुन भन्दा अघि यी भालुहरूले प्रशस्त आहारा खान्छ र जाडो याममा यीनिहरू प्राय निस्क्रिय हुन्छन्। यी भालुहरू धारिला नङ्ग्रा र पञ्जाको प्रयोग गर्दै रूख चढ्न सक्षम हुन्छन् भने रूखमा रहेका आहारालाई पनि जापानी भालुले यसरीनै प्राप्त गर्ने गर्छ। जापानी भालुहरू आहाराको कमी र आहाराको आवस्यक भएमा मांशाहारी पनि बन्न सक्छन् जतिबेला यीनिहरूले साना जङ्गली जनावरहरू र पन्छीहरू खान गर्दछन्[२]

बासस्थान[सम्पादन गर्नुहोस्]

जापानी कालो भालुहरू मुख्य रूपमा जापानका तीन टापु; होन्शु, शुकोकू र क्युशुमा बसोबास गर्छन्। यी भालुहरू दक्षिणपूर्वमा उच्च हिउँ पर्ने भूभाग र दक्षिणपश्चिममा तल्लो भूभागमा पनि भेटिन्छन् तर पनि यी प्रजातिहरू ३,००० मिटर उचाइका उच्च पर्वतीय क्षेत्रहरूमा पनि बसोबास गर्छन्। यी भालुहरू त्यस्ता ठाउँमा बस्छन् जहाँ घाँस र रूखहरू प्रशस्त मात्रामा पाइन्छन् जसले पोषणमा ठूला सहयोग पुर्‍याउँछ[३]

संरक्षण[सम्पादन गर्नुहोस्]

मानवीय हस्तक्षेपका कारण जापानी कालो भालुको जनसङ्ख्यामा ठूलो प्रभाव पारिएको छ। मानव जातिको जनसङ्ख्या वृद्धिका र सहरीकरणका कारण भालुहरूको बासस्थान क्षेत्र घट्दै गएको छ। अत्यधिक चोरी सिकारी पनि यी भालुहरूका लागि एक समस्या हो। शिकोकू र क्युशुमा रहेका जापानी कालो भालुहरूको लोपोन्मुख वा विलुप्त हुन सक्छ खतरामा रहेका छन्। जापानी भालुको अङ्ग तथा छालाका लागि यसलाई जापानमा चोरी सिकारी गरिँदै आएको छ भने यस भालुको अङ्गहरू कालो बजारमा उच्च मुल्यमा बेचिन्छ जसकारण यी प्रजातिका भालुहरू खतरामा रहेका छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. एनसिबिआई (अङ्ग्रेजीमा)
  2. Bear Classification - Ursidae Family - Bears of the World वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-०७ मिति
  3. Bears of the World (अङ्ग्रेजीमा)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]