भोला जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भोला उपजिल्लाबाट अनुप्रेषित)
भोला
बङ्गलादेशको नक्सामा यस जिल्लाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्सामा यस जिल्लाको अवस्थिति
निर्देशाङ्क: २२°४१′२४″N ९०°३९′०९″E / २२.६९°N ९०.६५२५°E / 22.69; 90.6525निर्देशाङ्कहरू: २२°४१′२४″N ९०°३९′०९″E / २२.६९°N ९०.६५२५°E / 22.69; 90.6525
देशबङ्गलादेश बङ्गलादेश
विभागबरिशाल विभाग
क्षेत्रफल
 • जम्मा३,४०३.४८ किमी (१३१४.०९ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा२,०३७,२०१
 • घनत्व६००/किमी (१६००/वर्ग माइल)
साक्षरता दर
 • जम्मा47%
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)
हुलाक अङ्क
८३००
वेबसाइटआधिकारिक वेबसाइट

भोला (बङ्गाली: ভোলা জেলা) बङ्गलादेशको दक्षिण मध्ये भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला बरिशाल विभाग पर्दछ।[१] बङ्गलादेशको सबैभन्दा ठूलो भोला टापु यसै जिल्लामा अवस्थित छ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

भोला जिल्ला बङ्गलादेशको दक्षिण मध्ये भागमा पर्छ भने यो उपजिल्ला २१°५४' देखि २२°५२' उत्तर अक्षांश र ९०°३४' देखि ९१°०१' पूर्वी देशान्तरणमा अवस्थित छ। भोला जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३७३७.२१ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई लक्ष्मीपुरबरिशाल जिल्लाले उत्तर, बङ्गालको खाडीले दक्षिण, लक्ष्मीपुर, नेएकोना जिल्ला, मेधना नदी र शाहबजपुर खोलाले पूर्व, पटुवाखाल , बरिशाल जिल्ला र टेनटुलिया नदीले पश्चिमबाट घेरेको छ।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस जिल्लाको गुनिगर हाट भन्ने ठाउँमा प्रत्यक्ष गोली हानाहान हुँदा १२१ बङ्गलादेशी लडाकुको ज्यान गएको थियो। २७ अक्टोबर १९७१ का दिन अनसार आली अकबरको नेतृत्वमा रहेको बङ्गलादेशी लडाकुले भोला सहर वरिपरिको १० किलोमिटर क्षेत्रमा नियन्त्रण लिई पाकिस्तानी सेनालाई आक्रमण गर्ने प्रयास गरेका थिए। पाकिस्तानी सेनाले त्यस समयमा अचानक आक्रमण गरी ८० लडाकु र सर्वसाधारणहरूको हत्या गरेका थिए। बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले पछि भोलाबाट ७ किलोमिटरको दुरीमा रहेको गुनिगर हाटमा नियन्त्रण लिई पाकिस्तानी सेनालाई आक्रमण गरेका थिए जहाँ ५ सेनाको मृत्यु भएको थियो। बङ्गलादेश मुक्ति युद्ध पश्चात् तानिर हाटको नाम बाङ्लाबाजारमा परिणत गरिएको थियो। २२ अक्टोबर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिमा लागि लडिरहेका लडाकु बीच यस जिल्लाको बोरहाउद्दिन उपजिल्लामा प्रत्यक्ष गोली हानाहान भएको थिय‍ जहाँ ५० पाकिस्तानी सेना मारिएका थिए।पाकिस्तानी सेनाले दौलतखान उपजिल्लाका एक वरिष्ठ अधिकारी अब्दुल हामेद र उनकी पत्नीको विभत्स हत्या गरेका थिए। सुनामगञ्ज सङ्घ परिषद् अन्तर्गत पाकिस्तानी सेनासँगको प्रत्यक्ष गोली हानाहानमा ११ लडाकुहरू मारिएका थिए भने तजुमुद्दिन उपजिल्लामा पाकिस्तानी सेनासँगको प्रत्यक्ष गोली हानाहानमा ७ बङ्गलादेशी लडाकुको मृत्यु भएको थियो।[४]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १७०३११७ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८८४०२८ छ भने महिलाको जनसङ्ख्या ८१९०८९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६३०४६० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ७२२७५ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ९९, इसाई धर्मको ६८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २१५ रहेको छ। यस जिल्लामा २३९१ मस्जिद, १३० हिन्दु मन्दिर र १ गिर्जाघर रहेको छ।[५]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६३.६४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.९५% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.५०% वाणिज्यमा १२.६७%, सञ्चार र यातायातमा २.४७%, निर्माण क्षेत्रमा १.५५%, सुविधामा ५.७४%, धार्मिक सेवामा ०.३५%, वैदेशिक रोजगारी तथा भाडामा ०.४४% र अन्यमा ७.६९% रहेका छन्। भौगोलिक अवस्थितिका कारण यस जिल्लामा कुनै ठूलो उद्योग सञ्चालनमा रहेका छैनन्। हालसालै साना तथा घरेलु कारखानाहरू जस्तै; जुत्ता, प्लास्टिक, मैन आदि यस जिल्लामा स्थापना भएको छ।[६]

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय भोला उपविभागको स्थापना सन् १८४५ मा नोवखाली जिल्लाको अधिनमा भएको थियो भने तात्कालिक समयका यस उपविभागको सदरमुकाम दौलतखानको अमेनिया थियो तर सन् १८६९ मा भने यो उपविभाग बरिशाल जिल्लामा गाभिएको थियो। बरिशाल जिल्लामा गाभिएपछि यस उपविभागमा दौलतखान र बोरहानउद्दिन हाट थाना र त्यसका तीन थाना; गाजीपुर, तजुमुद्दिन र तालतलि समावेश थिए। यस उपविभागको सदरमुकाम सन् १८७६ मा दौलतखानबाट भोलामा सारिएको थियो। यस उपविभागलाई सन् १९८४ फेब्रुअरी १ का दिन जिल्लामा परिणत गरिएको थियो। हाल यस जिल्लामा ७ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला चर फ्यासन (१४४०.०४ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला बोरहानउद्दिन (२८४.६७ वर्ग किलोमिटर) हो। [७]

उपजिल्ला[८] सङ्घ परिषद् क्षेत्रफल (km2) जनसङ्ख्या
भोला सदर उपजिल्ला १३ ४१३.१६ ४०८०९७
दौलतखान उपजिल्ला ३१६.९९ १७३२५३
बोरहानउद्दिन उपजिल्ला २८४.६७ २४४१३७
तजुमुद्दिन उपजिल्ला ५१२.९२ १२०१८९
लालमोहन उपजिल्ला ३९६.२४ २७६५४७
चर फ्यासन उपजिल्ला १४ १४४०.०४ ४१३५३९
मनिपुरा उपजिल्ला ३७३.१९ ६७०३४

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ३६.८९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३९.५०% छ भने महिलाको साक्षरता दर ३४.०९% रहेको छ। यस जिल्लामा ७ क्याम्पस, २६४ माध्यमिक विद्यालय, १२ बाल उद्धान केन्द्र र २५७ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; भोला सरकारी क्याम्पस (सन् १९६२), तजुमद्दिन डिग्री क्याम्पस (सन् १९८९), बोरहानउद्दिन महिला डिग्री क्याम्पस (सन् १९९५), मोनपुरा डिग्री क्याम्पस (सन् १९९६), लालमोहन सरकारी शाहबाजपुर क्याम्पस, दौलत खान सरकारी उच्च विद्यालय (सन् १९१६), बोरहानउद्दिन उच्च विद्यालय (सन् १९१७), भोला सरकारी छात्र उच्च विद्यालय (सन् १९१८), भोला सरकारी कन्या उच्च विद्यालय (सन् १९२८), चाँदपुर सरकारी उच्च विद्यालय (सन् १९५२), दौलत खान सरकारी कन्या उच्च विद्यालय (सन् १९६८), फजिलातुन्नसा कन्या विद्यालय (सन् १९७२), लर्ड हाडिङ्ग सरकारी विद्यालय, चर फ्यासन चेयरमेन हैदर नमुना प्राथमिक विद्यालय (सन् १९३२), चाँदपुर नमुना सरकारी प्राथमिक विद्यालय (सन् १९४३), भोलादारुल हादिस आलिया मदरसा, इलिशा फातेमिया बालिका दाखिल मदरसा, कान्द्रकपुर इस्लामिया दाखिल मदरसा, बोरहानउद्दिन कामिल मदरसा, चाँचडा दाखिला मदरसा आदि।[९]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. सिराजुल इसलाम र आहमेद ए जमाल, सम्पादक (सन् २०१२), "ভোলা জেলা", बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेश रको एसियाली समाज। 
  2. http://bhola.amardesh.com, अभिगमन मिति २४-०२-२०११
  3. "এক নজরে ভোলা জেলা", ভোলা জেলা, २१ অক্টোবর २०१६, मूलबाट ২৫ অক্টোবর ২০১৬-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-२५ मिति
  4. "Background of district", बङ्गलादेशको राष्ट्रिय वेबसाइट  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०४ मिति
  5. "ভোলা জেলা", बाङ्लापिडिया 
  6. "जिल्लाको आधिकारिक वेबसाइट"  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-११ मिति
  7. "भोला जिल्ला", बाङ्लापिडिया 
  8. "भोला जिल्ला", बाङ्लापिडिया 
  9. "जिल्लाको बारेमा जानकारीहरू", बङ्गलादेशको राष्ट्रिय पोर्टल  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-०२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]