बायक डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बायक डटकम
१९ जुलाई २००९ मा लिएको बायकको पर्दा चित्रण
साइटको प्रकार
चिनियाँ विश्वकोश
उपलब्ध भाषाचिनियाँ
मुख्यालयहरूबेइजिङ
मालिकहुडोङ (बेइजीङ) प्रविधि कम्पनी
सर्जकपान हैदोङ (कार्यकारी)
युआरएलwww.baike.com
अलेक्सा क्रमह्रास ३३६ (नोभेम्बर २२९)[१]
दर्ताआवश्यक
चालु भएको मितिजुन १९, २००५; १८ वर्ष पहिले (२००५-०६-19)
वर्तमान स्थितिचालू

बायक डटकम (सरलीकृत चिनियाँ: 互动百科), वा (नेपाली अनुवाद - विश्वकोश), पूर्व हुडोङ, एक व्यवसायीक चिनियाँ विश्वकोश हो जसले विकि प्रणालीको प्रयोग गर्दछ वा अन्य शब्दमा भन्दा यो एक नाफा मूलक चिनियाँ विश्वकोश हो जसले विश्वको सबैभन्दा ठूलो चिनियाँ विश्वकोश/समाचार वेबसाइटहरूको समावेश गर्दछ।[२] यसलाई सन् २००५ मा, पान हैदोङ स्थापना गरेका र हाल उनी यसका प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन्। यसले बेइजीङ अन्तरक्रियात्मक विश्वकोश प्रविधि कम्पनी लिमिटेड मार्फत सम्बन्धन प्राप्त गरेको छ। यो मे २०१९ सम्म, १ करोड ३० लाख लेखहरू र अप्रिल २०१३ सम्म ५ मिलियन भन्दा बढी स्वयंसेवकहरूको साथ भुक्तान गरिएको विज्ञापनको प्रयोग गर्दै बायदु बायक पछिको चीनको दोस्रो सबैभन्दा ठूलो विकी वेबसाइट हो। तथापि, बायक डटकम एक समाचार / नवनिर्मित प्रयोग विश्वकोश हो। तसर्थ, फरक दृष्टिकोणहरूका सामग्रीहरूको साथ यसले लेखहरूलाई लामो अवधिका लागि प्रतिबन्ध गर्दैन।[३] योगदानकर्ताहरू स्थायी रूपमा प्रतिलिपी निःशुल्क अनुमतिपत्रको साथ सामग्री प्रकाशित गर्नका लागि सहमत हुन्छन्, तर योगदानकर्ताहरूले योगदान वा निर्माण/सम्पादन गरेका सामग्रीहरू अन्य वेबसाइटहरूमा पुनः प्रयोगको लागि अनुमति दिइएको छैन।

अन्तरक्रियात्मक विश्वकोश, बायकका अनुसार, " यसको उद्देश्य स्व-व्यवस्थापन र इण्टरनेट प्रयोगकर्ताहरूको व्यवस्थापन सम्बन्धी ज्ञान साझा गर्ने मञ्च निर्माण गर्नु हो। कम्पनीको प्रधान कार्यालय जनवादी गणतन्त्र चीनको राजधानी बेइजिङमा अवस्थित छ।

इतिहास[सम्पादन गर्नुहोस्]

अन्तर्क्रियात्मक विश्वकोश बायकले, विश्वको सबैभन्दा ठूलो विश्वकोश विकिपिडियाको स्थापनालाई अनुकरण गरेको छ।[४] संस्थापक पान हैदोङले संयुक्त राज्य अमेरिकाको वोष्टन विश्वविद्यालयमा इन्जिनियर सङ्कायमा विद्यावारिधि गरेका थिए।[५] सन् २००५ मा उनी चीन फर्किए। निरन्तर तीन वर्षको विकास पछि, बायकले ७००,००० भन्दा बढी योगदानकर्ताहरु र २ करोड ७० लाख भन्दा बढी प्रविष्टिहरू प्राप्त गरेको थियो। [६] सुरुवातमा यसको डोमेन नाम हुडोङ डटकम राखिएको थियो। अगष्ट २००८ मा, अन्तर्क्रियात्मक विश्वकोश बायकले आफ्नो डोमेन नाम हुडुङ डटकममा परिवर्तन गरेको थियो जसले गर्दा दुबै डोमेन एकै साथ प्रयोग गर्न सकिन्थ्यो।[७] हुडोङले चिनियाँ व्यापारीक चिह्न "विकिपिडिया" विकिमिडिया कोषलाई दान गरेकाले १५ सेप्टेम्बर २००९ मा विकिपिडियाका सह संस्थापक जिम्मी वेल्स अन्तरक्रियात्मक चिनियाँ विश्वकोश हुडोङ भ्रमण गर्न बेइजिङ आएका थिए।[८] डिसेम्बर २०१० सम्म, डुङोडको लेखमा उल्लेखनिय वृद्धि आई ५० लाख पृष्ठ पुगेको थियो।[७] ४ डिसेम्बर २०१४ मा अन्तरक्रियात्मक विश्वकोशको डोमेन नाम डुडोङ डटकमबाट परिवर्तन गरी बायक डटकममा परिवर्तन गरिएको थियो। [९] जब प्रयोगकर्ताहरूले मूल डोमेन नाम प्रविष्ट गर्छन्, ती स्वचालित रूपमा नयाँ डोमेन नाममा अनुप्रेषित हुन्छन्। यसले त्यस पश्चात् नयाँ लोगोको सार्वजनिक गरेको थियो।[९] १८ जुलाई २०१४, यस चिनियाँ विश्वकोशको १४अौँ वार्षिकोत्सब सम्ममा यसले ८.४ मिलियन प्रविष्टमा साथै ७.४ मिलियन स्वयंसेवकहरू हासिल गरेको थियो।[१०] अप्रिल २०१५ मा, यस विश्वकोशको प्रविष्टमा उल्लेखनीय मात्रामा वृद्धि आई १२ मिलियन पुगेको थियो।[११]

सेवा[सम्पादन गर्नुहोस्]

अन्तर्क्रियात्मक विश्वकोश बायकले प्रयोगकर्ताहररू मार्फत इन्टरनेटको सामग्रीहरूको नक्कल गर्दछ।[१२] लेखहरूमा सामग्री पर्याप्त भएता पनि, यसमा विश्वसनीय स्रोत तथा सन्दर्भहरूको कमी रहेको छ।[१३] सामग्री प्रमाणित गर्न सजिलो छैन, र कहिलेकाँही यसले मानिसहरूलाई विश्वसनीयताको कमी महसुस गराउँदछ।[१४] अप्रिल २००९ मा, बायकले प्रविष्टिहरूलाई सूत्रबद्ध गर्नका लागि "ज्ञान बादल"को सुरुवात गरेको थियो।[१५] कार्यकारी तथा संस्थापक श्री पान हैदोङ भन्छन्: "मानव मस्तिष्कमा धेरै अरब स्नायुकोसिकाहरूको शक्ति हुँदैन तर उनीहरूको व्यापक जडान सहित सूत्रबद्ध हुन्छन्"।[२][१६] वायकले जून २०१२ मा, "झीसी मोफा कुवाई" मञ्चको सुरुवात गरी प्रयोगकर्ताहरूलाई पढ्नमा सहज बनाएको थियो। [७]

सन् २०१० मा, अन्तर्क्रियात्मक विश्वकोश बायकले वेबसाइटमा ट्राफिक बृद्धि गर्न "शब्द माध्यम सेवा मञ्च"को सुरूवात गरेको थियो जसले ५०० भन्दा सञ्चार माध्यमहरू मार्फत एक अर्कालाई महत्त्वपूर्ण समाचारका स्रोतहरू प्रदान गर्न र अन्तर्क्रियात्मक सामग्रीलाई सन्दर्भित गर्न सक्दछ।[१७] अन्तर्क्रियात्मक विश्वकोश बायकमा २५% ट्राफिक बायदु खोजबाट आउँदछ, प्रयोगकर्ताहरूलाई यसले बायदु मार्फत अन्तर्क्रियात्मक विश्वकोशका सामग्रीहरू मार्फत सिक्न सक्षम पार्दछ। अन्तर्क्रियात्मक ज्ञानकोश र चीन युवा दैनिक एक दक्षिणी साप्ताहिक पत्रिकाले समसामयिक शब्दहरूको सूची तयार पारेका थिए। बायकले चिनियाँ नागरिकहरूद्वारा सम्पादित सामग्रीहरूलाई व्यवस्थित गर्ने गर्दछ र अफलाइन विज्ञहरूद्वारा समीक्षा गरेपछि यसलाई भौतिक पुस्तकको रूपमा प्रकाशित गर्दछ। सन् २००८ मा, अन्तर्क्रियात्मक विश्वकोश बायकले "ओलम्पिक महोत्सव" प्रकाशन गरेको थियो।

२८ अप्रिल, २०११ मा, अन्तर्क्रियात्मक विश्वकोशको वाणिज्य मञ्चले "सानो विश्वकोश"को आधिकारिक रूपमा सुरुवात गरेको थियो। उद्यमहरूले लोकप्रिय विज्ञानका सामग्रीहरूलाई बायक डोमेन नाम अन्तर्गत प्रकाशित गर्न सक्दछन्।[१८][१९] २७ सेप्टेम्बर २०११ मा, बायकले उद्यमका प्रविष्टिहरूको व्यवसायिक व्यवस्थापन सञ्चालन गर्दै "विश्वकोश ब्राण्ड क्षेत्र"को सुरूवात गरेको थियो। यसको अतिरिक्त, बायकले प्रविष्टिहरूको "दावी" गरेको थियो।[२०]

विशेषता[सम्पादन गर्नुहोस्]

बायक डटकम एक विकी हो जसमा प्रयोगकर्ताहरूले प्रविष्टहरूको सम्पादन तथा सामग्रीहरूमा केही थपेर वा सुधार गरी योगदान गर्न सक्छन्।[३] वार्ता मञ्च र अनुयायी समूहहरू सहित सामाजिक सञ्जालका जस्तै साइटहरूका सुविधाहरू पनि यसमा समावेश छ।[२१][२२] बायक डटकम एक नाफा मुनाफा व्यवसाय हो जून आंशिक रूपमा विज्ञापन र सशुल्क समर्थन सेवाहरूद्वारा समर्थित छ।[२१] योगदानकर्ताहरूका लागि बायक डटकमले सामग्री प्रकाशित गर्न र पुनः प्रयोग गर्नका लागि एक प्रतिलिपी मुक्त अनुमतिपत्र प्रदान गर्दछ। यसले नि: शुल्क अनुमतिपत्र अन्तर्गत सामग्री जारी गर्दैन र अन्य साइटहरूमा पुनः प्रयोगको अनुमति दिदैन।[२३]

सम्पादन[सम्पादन गर्नुहोस्]

अन्तर्क्रियात्मक विश्वकोश बायकको सम्पादन एक दृश्य सम्पादक हो जुन माइक्रोसफ्टको अफिस २००७सँग मिल्दोजुल्दो शैली हो। पाठ ढाँचा र तालिका निर्माण उपकरण पट्टीमा प्रदान गरिन्छ तर यसले रङ्ग परिवर्तनलाई समर्थन गर्दैन। यसको अतिरिक्त, सम्पादनले तस्वीरहरूमा जेपिजी र बिएमपि र श्रब्य दृश्यमा ढाँचाका फाइलहरूमा डब्ल्यूएमभी, आरएमभिबी, एमपि३, डब्ल्यूएमए र एसडब्ल्यूएफ समर्थन गर्दछ। बायकका प्रत्येक संस्करण प्रयोगकर्ताहरूद्वारा समीक्षा गरिन्छ, तर यो बैडु विश्वकोशको विपरीत छ जसलेपहिला प्रशासकहरूलाई समीक्षा गर्न अनुमति दिन्छ र त्यसपछि प्रदर्शनमा आउँछ। अन्तर्क्रियात्मक विश्वकोश बायकले प्रयोगकर्ताहरूद्वारा पेश गरिएका सम्पादनहरूलाई आधिकारिक रूपमा "वैज्ञानिक परामर्शदाता" को रूपमा नियुक्त गरिएको समिक्षकको सानो सङ्ख्याले निगरानी गर्ने गर्दछ। जुलाई २०१२ मा, बायकले फाङ झौजीलाई यसको मुख्य वैज्ञानिक सल्लाहकारको रूपमा नियुक्त गरेको थियो।[२४][२५]

प्रयोगकर्ता अङ्क तथा क्रेडिट अङ्क अन्तर्क्रियात्मक विश्वकोशका लागि प्रोत्साहन हो।[२६] प्रयोगकर्ता अङ्क प्रणाली स्वचालित रूपमा दिइन्छ र पृष्ठ सृजना गरे बापत १०० अङ्क, र प्रविष्टिहरू सम्पादनका लागि ३० अङ्क प्रदान गरिन्छ।[२७] अङ्कले प्रयोगकर्ताको शीर्षक निर्धारण गर्दछ, सब भन्दा कम "सेतो डिङ र सब भन्दा माथिल्लो सेज" छ।[२८][२९]

अन्तर्क्रियात्मक विश्वकोश, जस्तै बायडु विश्वकोश, मौलिकताको लागि कुनै कडा आवश्यकताको माग गर्दैन। चिनियाँ विकिपिडिया र अन्य वेबसाइटहरूले सामग्रीहरूको चोरी गरेर यसको प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने गरेको पाइएको छ।[३०] बैडु विश्वकोश र बायकले एक अर्काको प्रतिलिपि गर्दछन्, जबकि दुबै कम्पनीहरूले तिनीहरूले प्रतिलिपी नगरेको दावी गर्दै आइरहेका छन्।[३१] सन् २००९ मा, बैडुका संस्थापक रोबिन लिले कम्पनीको बैठकमा बायकलाई खतम गर्न चाहने बताएका थिए।[३२]

नकारात्मक समाचारहरू[सम्पादन गर्नुहोस्]

सन् २०१७ मा, सिसिटिभीले अन्तर्क्रियात्मक विश्वकोश बायकको सबैभन्दा ठूलो झूटा विज्ञापनको पर्दाफाश गरेको थियो। ४८०० युआन भुक्तान गरेर, तपाईँ विश्वकोशका प्रविष्टि दावीको सेवा खोल्न सक्नुहुन्छ, र त्यसपछि तपाई स्वतन्त्र रूपमा झूटा विज्ञापनहरू सृजना र प्रकाशित गर्न सक्नुहुनेछ जसले उपभोक्ताहरूलाई भ्रममा पार्दछ।[३३]

लोकप्रियता[सम्पादन गर्नुहोस्]

सिमिलर वेब[सम्पादन गर्नुहोस्]

जनवरी २०२० सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा २९,५५२ अौँ स्थानमा रहेको छ भने चीनमा यसको क्रम २,६१० रहेको छ। यसको उछाल दर ८१.६२% रहेको छ।[३४]

अलेक्सा इण्टरनेट[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, अलेक्सा इन्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा २५१ अौँ स्थानमा रहेको छ भने चीनमा यसको क्रम ४३ रहेको छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "बायक डटकमको ट्राफिक, जनशाङ्खिकि, तथा प्रतिस्पर्धाीहरू - अलेक्सा", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच १९ मार्च २०१९  वेब्याक मेसिन अभिलेखिकरण ३० नोभेम्बर २०१७ मिति
  2. २.० २.१ "互动百科疑借“反垄断”进行炒作", 人民网-《江南时报, २०११年२月२५日, मूलबाट २०१६年१०月११日-मा सङ्ग्रहित। 
  3. ३.० ३.१ "Why Draper Funded China's Wikipedia", फोर्बस, २३ अगस्ट २०११। 
  4. "互动百科 中国式商业维基", 南都周刊, २०१०-०१-०८, मूलबाट २०१६-०१-२५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २५ जनवरी २०१६ मिति
  5. "互动百科CEO潘海东:知识分享时代正到来", 新浪科, २००८年१०月१४日, मूलबाट २०१६年१月२७日-मा सङ्ग्रहित। 
  6. "互动百科拟启用新域名(HuDong.com)", 易名中, २००८-०८-१४, मूलबाट २०१६-०१-२८-मा सङ्ग्रहित। 
  7. ७.० ७.१ ७.२ "速途网探营:独家揭秘北京互动百科公司办公环境", 速途, २०११-०३-२८, मूलबाट २०१६-०१-२६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २६ जनवरी २०१६ मिति
  8. "维基百科创始人访华接受中文商标捐赠", 新浪, २००९年९月१५日, मूलबाट २०११年८月२९日-मा सङ्ग्रहित। 
  9. ९.० ९.१ "互动百科启用新域名 开启全新用户体验", 中国经济网, २०१२年१२月५日, मूलबाट २०१६-०१-२७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २७ जनवरी २०१६ मिति
  10. 京报网 (२०१५-०४-२१), "互动百科荣获"中国新媒体门户知识类龙头奖"", 网易, मूलबाट २०१६-०१-२५-मा सङ्ग्रहित। 
  11. "字节跳动入股互动百科:持股22% 创始人潘海东退出", 新浪科技, २०१९-०८-१९, अन्तिम पहुँच २०१९-०९-०६ 
  12. 千龙网 (२००९年४月८日), "互联网的"云计算"时代 互动百科推出"知识云"", 新华网, मूलबाट २०१६年१月२७日-मा सङ्ग्रहित। 
  13. "互动百科首推百科开放平台 携手合作伙伴提升用户体验", 中国经济, २०१३年१月१४日, मूलबाट २०१६-०१-२७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २७ जनवरी २०१६ मिति
  14. "互动百科推出“媒体引用” 激发网民创造新“热词”", 新华网, मूलबाट २०१६-०१-२७-मा सङ्ग्रहित। 
  15. "互动百科如何走出维基困境", 网易, २०१०-१२-२२, मूलबाट २०१६-०१-२५-मा सङ्ग्रहित। 
  16. 《互联网周刊》杂志 (२०१०年६月१२日), "探路“词媒体”——专访互动百科CEO潘海东", 新华网, मूलबाट २०१६年१०月११日-मा सङ्ग्रहित। 
  17. 网易 (२००९年१२月२日), "互动百科推出“口袋词海”", 新华网, मूलबाट २०१६年१०月११日-मा सङ्ग्रहित। 
  18. "互动百科旗下新网站“小百科”正式上线", 腾讯网, २०११年४月२८日, मूलबाट २०१६年१月२६日-मा सङ्ग्रहित। 
  19. "互动百科宣布旗下商业化战略平台“小百科”正式上线", 新华网, २०११年४月२८日, मूलबाट २०१६年१月२७日-मा सङ्ग्रहित। 
  20. 赛迪网 (२०११年९月२७日), "品牌入驻百科 互动百科助力企业品牌", 搜狐, मूलबाट २०१६年१月२६日-मा सङ्ग्रहित। 
  21. २१.० २१.१ "Information game changer", Chinadaily.com, 2011-02-24, webpage: CD6 (Archive)
  22. फेल्चर, ओवेन (२२ मे २००९), "'Chinese Wikipedia' Offers Social Networking Too", पिसि वर्ल्ड, अन्तिम पहुँच २३ मे २००९  वेब्याक मेसिन अभिलेखिकरण २६ मे २००९ मिति
  23. 沪东服务条款 वेब्याक मेसिन अभिलेखिकरण २ सेप्टेम्बर २०११ मिति
  24. 上海青年报 (२०१२年७月१२日), "方舟子受聘网站首席科学顾问 网友褒贬不一", 中国新闻网, मूलबाट २०१६年१月२७日-मा सङ्ग्रहित। 
  25. "互动百科聘请方舟子为首席科学顾问", 网易, २०१२-०७-११, मूलबाट २०१६-०१-२५-मा सङ्ग्रहित। 
  26. "互动百科启动“百万津贴”激励计划", 金羊网, २००९-०१-०६, मूलबाट २०१६-०१-२६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २६ जनवरी २०१६ मिति
  27. "2012互动百科用户大会启动“科学顾问团”", 腾讯网, २०१२年७月२३日, मूलबाट २०१६年१月२६日-मा सङ्ग्रहित। 
  28. 北青网—北京青年报 (२००९年१月७日), "互动百科斥资百万 激励网民谱写网络百科", 腾讯网, मूलबाट २०१६年१月२६日-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २६ जनवरी २०१६ मिति
  29. 人民网 (२०१०年१०月१३日), "互动百科携手大学生社团打造“助飞计划”", 腾讯网, मूलबाट २०१६年१月२६日-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २६ जनवरी २०१६ मिति
  30. "盛大文学互动百科相继控诉百度侵权", 南方网, २०१०-११-०८, मूलबाट २०१६-०१-२६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २६ जनवरी २०१६ मिति
  31. "互动百科CEO连发三封公开信质疑百度", 网易, २०१०-१२-२०, मूलबाट २०१६-०१-२५-मा सङ्ग्रहित। 
  32. 每日经济新闻 (२०११年३月१०日), "果壳网发“谴责声明”指互动百科抄袭", 腾讯, मूलबाट २०१६年१月२६日-मा सङ्ग्रहित। 
  33. 央视财经 (२०१७-०३-१५), "央视315曝光互动百科成最大虚假广告“垃圾站”" (चीनको चिनियाँमा), 腾讯财经, 央视财经频道, मूलबाट २०१७-०३-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०३-१५  वेब्याक मेसिन अभिलेखिकरण १६ मार्च २०१७ मिति
  34. "बायक डटकमको विश्लेषण", सिमिलर वेब, अन्तिम पहुँच ४ जनवरी २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]