फरिदपुर जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फरिदपुर
ফরিদপুর জেলা
बाङ्लादेशको नक्शामा फरिदपुर जिल्लाको अवस्थितिको अवस्थिति
बाङ्लादेशको नक्शामा फरिदपुर जिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°३०′N ८९°५०′E / २३.५०°N ८९.८३°E / 23.50; 89.83निर्देशाङ्कहरू: २३°३०′N ८९°५०′E / २३.५०°N ८९.८३°E / 23.50; 89.83
देश बङ्गलादेश
विभागढाका विभाग
क्षेत्रफल
 • जम्मा२,०७२.७२ किमी (८००.२८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा१,९१२,९६९
वासिन्दा(हरू)फरिदपुरी, ढाकाई
वेबसाइटwww.faridpur.gov.bd

फरिदपुर जिल्ला (बङ्गाली: ফরিদপুর জেলা ) बाङ्लादेशको मध्य दक्षिण भागमा पर्ने एक जिल्ला हो। बरिशाल जिल्ला ढाका विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

फरिदपुर जिल्ला बाङ्लादेशको मध्य दक्षिण भागमा पर्छ भने यो जिल्ला २३°१७' देखि २३°४०' उत्तर अक्षांश र ८९°२९' देखि ९०°११' पूर्वी देशान्तरणमा अवस्थित छ।फरिदपुर जिल्लाले बाङ्लादेशको कुल क्षेत्रफल मध्ये २०७२.७२ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई राजबाडीमानिकगञ्ज जिल्लाले उत्तर, गोपालगञ्ज जिल्लाले दक्षिण, ढाका, मादारिपुरमुन्सिगञ्ज जिल्लाले पूर्व, नडाइलमागुरा जिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, पुरातन कुमार, आडियाल खाँ, गडाई, चोल समुन्द्र, रामकेली, घोडादार तथा शकुनेर बिल यस जिल्लाका प्रमुख नदि तथा नहरहरू हुन्।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार ढाका जिल्लाको कुल जनसङ्ख्या १७५६४७० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८९३३५८ छ भने महिलाको जनसङ्ख्या ८६३११२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १५७६७१३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १७८३५४ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १०७३, इसाई धर्मको ६८, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १०७३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३७० रहेको छ।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि हो जसमा जिल्लाकै ५८.६०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.८८% मजदुरीमा, उद्योग तथा व्यापारमा १.०७% वाणिज्यमा १४.०९%, सञ्चार र यातायातमा ४.५८%, निर्माण क्षेत्रमा १.९१%, सेवामा ८.८७%, धार्मिक सेवामा ०.१९%, वैदेशिक रोजगारी तथा भाडामा १.५०% र अन्यमा ६.३१% रहेका छन्।[२]

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय फरिदपुर जिल्लाको स्थापना सन् १८१५ मा भएको थियो भने सन् १८६९ मा फरिदपुर नगरपालिकाको स्थापना भएको थियो। हाल यस जिल्लामा ८ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला फरिदपुर सदर (४०७.०२ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला आलफाडाङ्गा (१३६ वर्ग किलोमिटर) हो।[३]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ४०.९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४४.६% छ भने महिलाको साक्षरता दर ३७% रहेको छ। यस जिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; फरिदपुर जेलन विद्यालय (सन् १८४०), सरकारी राजेन्द्र क्याम्पस (सन् १९१८), फरिदपुर मेडिकल क्याम्पस (सन् १९८५), सरकारी सनरदा सुन्दरी महिला पाइलट उच्च विद्यालय (सन् १८८९), भाङ्गा पाइलट उच्च विद्यालय आदी।

फरिदपुर जिल्लाका व्यक्तिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "ফরিদপুর জেলা", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  2. "FARIDPUR 50 MEGAWAT POWER PLANT 2011", bd.geoview.info  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१२ मिति
  3. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।