विक्स डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विक्स डटकम लिमिटेड
व्यवसाय प्रकार
सार्वजनिक कम्पनी
आइएसआइएन[१]
उद्योगइन्टरनेट
स्थापित२००६; १८ वर्ष अघि (२००६)
स्थापनाकर्ताहरूअभिसाई अब्राहमनी
नादभ अब्राहमनी
जियोरा काप्लान
केन्द्रीय कार्यालय
तेल अभिभ
,
इजरायल
शाखा सङ्ख्या
१२ (सन् २००५)
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
मार्क तुलस्कज (अध्यक्ष)
अभिसाई अब्राहमनी (कार्यकारी)
उत्पादनहरूविक्स भण्डार, विक्स आरक्ष, विक्स होटल, विक्स रेष्टुरेन्ट, विक्स श्रव्य दृश्य, विक्स सङ्गीत, विक्स साउटआउट
सेवाहरूवेबसाइट निर्माणकर्ता, व्यापार व्यवस्थापन, वेब आयोजक सेवा
राजश्ववृद्धि $६०३.७० मिलियन[१] (सन् २०१८)
परिचालन आय
$४७.२४ मिलियन[१] (सन् २०१८)
कुल सम्पत्तिवृद्धि $२१४.९७ मिलियन (सन् २०१६)
कुल इक्विटी$६.०८ बिलियन[२] (सन् २०१८)
मालिकहरूटि रोवे प्राइस (१४.१%)[२]
म्याङ्ग्रोभ पूँजी साझेदार (9.7%)
ष्टिड फाष्ट (८.५%)
फिडिलिटि इन्भेष्टमेण्ट (५.५%)
कर्मचारी सङ्ख्या
१,८००[३] (सन् २०१९)
सहायक कम्पनीहरू
  • डेभिएन आर्ट
  • ओपन रेष्ट
  • फ्लोर्क
वेबसाइटwix.com

विक्स डटकम लिमिटेड (यहूदी: חברה) इन्टरनेटमा आधारित एम वेब विकास मञ्च हो जसलाई इजरायली कम्पनीले विक्सले सबैभन्दा पहिला निर्माण तथा लोकप्रिय बनाएको थियो। यसले प्रयोगकर्ताहरूलाई अनलाइन तान्ने र छोड्नु उपकरणहरूको प्रयोग मार्फत एचटिएमएल५ वेबसाइट र मोबाइल साइटहरू सृजना गर्न अनुमति दिन्छ।[४] इजरायलमा यसको प्रधान कार्यालय रहेको छ भने अन्य कार्यालयहरू, क्यानडा, ब्राजिल, जर्मनी, भारत, आयरल्यान्ड, लिथुआनिया, संयुक्त राज्य अमेरिका र युक्रेनमा पनि रहेका छन्।[३]

प्रयोगकर्ताहरूले सामाजिक प्लग इन, इ-वाणिज्य, अनलाइन बजारशास्त्र, सम्पर्क फाराम, इ-डाँक बजारशास्त्र, र समुदायिक मञ्चहरू मार्फत उनीहरूको वेब साइटहरूमा विविध प्रकारका विक्सद्वारा विकसित वा तेस्रो पक्षीय अनुप्रयोगहरूको प्रयोग गर्न सक्दछन्।[५] विक्स वेबसाइट निर्माणकर्ताले भुक्तान पदोन्नति माध्यमबाट यसको राजस्व आर्जन गर्दछ जुन , फ्रिमियम व्यापार नमूनामा निर्मित छ।[६]

इतिहास[सम्पादन गर्नुहोस्]

उत्पादन विकास[सम्पादन गर्नुहोस्]

विक्सलाई सन् २००६ मा इजरायली विकासकर्ता अभिशाई अब्राहमनी, नादभ अब्राहमनी, र जियोरा कप्लानद्वारा स्थापित गरिएको थियो।[७] तेल अभिभमा प्रधान कार्यालय रहेको विक्स, विक्सलाई लगानीकर्ता इन्साइट कोष साझेदार , म्याङ्ग्रोभ पूँजी साझेदार, बेसेमर भेञ्चर पार्टनर्स , डिएजी कोष , र बेञ्चमार्क पूँजीले समर्थन गरेका थिए। कम्पनीले एडोब फ्ल्यासमा आधारित मञ्चको प्रयोग गरेर सन् २००७ मा खुला परीक्षण चरणमा प्रवेश गरेको थियो।[८]

अप्रिल २०१० मा विक्समा ३५ लाख प्रयोगकर्ताहरू दर्ता भएका थिए।[९] बेञ्चमार्क क्यापिटल र विद्यमान लगानीकर्ता बेसेमर कोष साझेदार र म्याङ्ग्रोभ पूँजी साझेदारद्वारा प्रदान गरिएको कोष सङ्कलनको तेस्रो चरणमा यसले १ करोड अमेरिकी डलर सङ्कलन गरेको थियो। मार्च २०११ मा, विक्समा ८५ लाख प्रयोगकर्ताहरू दर्ता भएका थिए। कम्पनीले कोष सङ्कलनको चौथो चरणमा ४ करोड अमेरिकी डलरलाई सुरक्षित गर्न सफल भएको थियो जसले यसको सम्पूर्ण सम्पत्तिलाई त्यस मितिमा ६ करोड १० लाख अमेरिकी डलरमा पुर्‍याएको थियो।[१०]

जुन २०११ मा, विक्सले फेसबुक भण्डार मोड्युलको सुरु गरेको थियो, जसले गर्दा यसको सामाजिक वाणिज्य प्रवृत्तिमा आफ्नो पहिलो चरण बनाएको थियो।[११]

मार्च २०१२ मा, विक्सले एडोब फ्ल्यास प्रविधिलाई प्रतिस्थापन गर्दै, एक नयाँ एचटिएमएल५ साइट निर्माणकर्ताको सुरू गरेको थियो।[१२][१३] अक्टोबर २०१२ मा, विक्सले प्रयोगकर्ताको कम्पनीको स्वचालित वेब विकास प्रविधिसँग निर्मित अनुप्रयोगहरू बेच्न अनुप्रयोग बजारको सुरू गरेको थियो। विक्सको सफ्टवेयर विकास प्रणालीले, अनुप्रयोग विकासकर्ता र विश्वभरिका लाखौं विक्स प्रयोगकर्ताहरूलाई वेब अनुप्रयोगहरूको सृजना र प्रस्ताव गर्न अनुमति दिन्छ। [१४]

अगष्ट २०१३ सम्ममा, विक्सको मञ्चमा ३ करोड ४० लाख भन्दा बढी दर्ता भएका प्रयोगकर्ताहरू रहेका थिए।[१५]

प्रारम्भिक सार्वजनिक प्रस्ताव तथा अधिग्रहणहरू[सम्पादन गर्नुहोस्]

५ नोभेम्बर २०१३ मा, विक्सले नसडकमा प्रारम्भिक सार्वजनिक प्रस्ताव दाखिला गरेको थियो र यसले कम्पनी र केही सेयर धनीहरूका लागि करिब १२७ मिलियन डलर उठाएको थियो।[१६]

अप्रिल २०१४ मा, विक्सले, मूल मोबाइल वाणिज्य अनुप्रयोगहरू सृजना गर्नका लागि सञ्चालनमा ल्याइएको एक इजरायली कम्पनी एपिक्सियाको अधिग्रहणको घोषण गरेको थियो। [१७][१८] अगष्ट २०१४ मा, विक्सले विक्स होटलको सुरू गरेको थियो।[१९] विक्सले विक्स सङ्गीत, स्वतन्त्र सङ्गीतकारहरूको बजार बिक्री र उनीहरूको सङ्गीत बेच्नको लागि एक मञ्चको रूपमा सन् २०१५ मा सुरू गरिएको थियो।[२०] विक्स रेष्टुरेण्ट सन् २०१७ मा सुरु गरिएको थियो।[२१]

२३ फेब्रुअरी २०१७ मा, विक्सले अनलाइन कला समुदाय डेभिएण्ट आर्टलाई ३६ मिलियन अमेरिकी डलरमा अधिग्रहण गरेको थियो।[२२]

विवरण[सम्पादन गर्नुहोस्]

प्रयोगकर्ताले उनीहरूको साइटलाई उनीहरूको डोमेनमा जडान गर्न, विक्स विज्ञापन हटाउन, फारम निर्माणकर्ताको पहुँच गर्न, इ-वाणिज्य क्षमताहरू थप्न, वा अतिरिक्त डाटा भण्डारण र ब्यान्डविथ खरीद गर्न भुक्तान प्याकेजहरू खरीद गर्नु पर्दछ।[२३]

विक्सले अनुकूलन योग्य वेबसाइट ढाँचा र तान्ने एण्ड छोड्ने एचटिएमएल५ वेब साइट निर्माणकर्ता प्रदान गर्दछ जसले अनुप्रयोग, रेखाचित्र, तस्वीर सङ्ग्रह , भेक्टर, एनिमेसन र अन्य विकल्पहरूको समावेश गर्दछ। प्रयोगकर्ताहरूले स्क्र्याचबाट उनीहरूको वेब साइटहरू सृजना गर्न पनि सक्दछन्। अक्टोबर २०१३ मा, विक्सले एक मोबाइल सम्पादक पेश गरेको थियो जसले प्रयोगकर्ताहरूलाई मोबाइल अवलोकनका लागि उनीहरूको साइटहरू समायोजित गर्न अनुमति दिन्छ।[२४]

विक्स अनुप्रयोग बजारले दुबै नि: शुल्क र सदस्यतामा आधारित अनुप्रयोगहरूको प्रदान गर्दछ जसमा विकासकर्ताका लागि ७०% र विक्सका लागि ३०% राजस्व विभाजन हुन्छ।[२५] ग्राहकहरूले तेस्रो पक्षीय अनुप्रयोगहरू आफ्नै वेब साइटहरूमा एकीकृत गर्न सक्दछन्, जसमा तस्वीर सम्बन्धित सामग्री, ब्लगिङ, सङ्गीत प्रवाहसूची, अनलाइन समुदाय, इ-डाँक बजारशास्त्र, र फाइल प्रबन्धन समावेश छ।[२६]

अधिग्रहणहरू[सम्पादन गर्नुहोस्]

१) एपिक्सिया: "मोबाइल वाणिज्य" अनुप्रयोग निर्माणको लागि एक मञ्चको विकासकर्ता (मार्च १०१४ मा अधिग्रहण)

२) ओपनरेष्ट : रेष्टुरेन्टहरूको लागि अनलाइन खाना मगाउने र मोबाइल समाधानहरूको प्रदायक (अक्टोबर २०१४ मा अधिग्रहण)[१७]

३) मोमेण्ट डटमी: सामाजिक नेतृत्व उत्पादनको लागि कार्यक्रम र बजारशास्त्र उपकरणहरूको लागि मोबाइल वेबसाइट निर्माणकर्ता (अप्रिल २०१५ मा अधिग्रहण)[२७]

४) फ्लोक : ग्राहक वफादारी कार्यक्रम उपकरणको प्रदायक (जनवरी २०१७ मा अधिग्रहण)

५) डेभिएण्ट आर्ट: कला / बनावट रचनाकार र उत्साहीहरूको लागि अनलाइन समुदाय (फेब्रुअरी २०१७ मा अधिग्रहण)[२२]

वर्डप्रेस अङ्कको प्रयोग[सम्पादन गर्नुहोस्]

अक्टोबर २०१६ मा, विक्सको वर्डप्रेसको जिपिएल अनुमति पत्र अङ्कको प्रयोगको बारेमा विवाद भएको थियो।[२८] जवाफमा, विक्सका प्रमुख कार्यकारी अधिकृत, अभिशाई अब्राहमिले एक उत्तर प्रकाशित गरेका थिए जसले खुला स्रोत अङ्कको प्रयोग गरेको भनेर बताएका थिए।[२९]

बजारशास्त्र[सम्पादन गर्नुहोस्]

कम्पनीले सुपर बाउलको बेलामा विज्ञापन दिएको थियो। सन् २०१९, यो ५अौँ पटक वाणिज्यिक दौडमा आएको थियो।[३०] वर्षौंसम्म तिनीहरूले विज्ञापनमा गल गडोट, कुङ्फु पाण्डा र ब्रेट फाभरे जस्ता हस्तीहरूको प्रयोग गरेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Earning Slides", विक्स डटकम, फेब्रुअरी २०१९। ; PDF
  2. २.० २.१ "विक्स डटकम", याहु! वित्त, फेब्रुअरी २०१९। 
  3. ३.० ३.१ "Wix Offices Around the World", विक्स डटकम, अन्तिम पहुँच १९ मार्च २०१९ 
  4. जुकरमेन, एर्जट् (९ अप्रिल २०१२), "विक्सको प्रयोग गरी सजिलोसँग वेबसाइटहरूको सृजना गर्नुहोस्", पिसि वर्ल्ड, अन्तिम पहुँच १७ जनवरी २०१४ 
  5. "Now At 25M Users, Wix Brings Third-Party Apps To Its Website Builder With New Marketplace", टेक क्रञ्च, १६ अक्टोबर २०१२, अन्तिम पहुँच १७ जनवरी २०१४ 
  6. "New options for building a free website", एमएसएन, २३ जुलाई २०१३, मूलबाट २८ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २८ जुलाई २०१३ मिति
  7. भिद्रा, इज (२८ मार्च २०११), "Israeli startup Wix Raises $40 Million, Wants to Become a Large Company in Israel", भिसि क्याफे, अन्तिम पहुँच १७ जनवरी २०१४ 
  8. म्याकक्याथी, क्यारोलपना (१३ अक्टोबर २००८), "Site creator Wix announces funding, subscriptions", सिनेट, अन्तिम पहुँच १७ जनवरी २०१४ 
  9. "Investment of $10 Million Raised by Wix for Promotion of Flash Website Software", पिआर वे, अन्तिम पहुँच २०१८-०३-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-२२ मिति
  10. Israeli startup Wix Raises $40 Million, Wants to Become a Large Company in Israel, एर्ज भिद्रा, भिसि क्याफे; अन्तिम पहुँच मिति: २८ मार्च २०११
  11. निकोल पर्लरोथ, Wix Unveils New Facebook eStore For Small Businesses, फोर्ब्स, २२ जुन २०११
  12. Wix launches a brand new HTML5 site builder as Flash heads the way of the dodo, हेरिसन वेबर, द नेक्स्ट वेब, २६ मार्च २०१२
  13. रोबर्ट ब्राण्डल, Wix html5 Website Builder – Let’s Compare It with the Flash Version, वेब टुल टेष्टर डटकम, ११ अप्रिल २०११
  14. ब्यारेट, जेफ (१६ अक्टोबर २०१२), "Wix introduces game-changing App Market for web developers", द वासिङ्टन टाइम्स, अन्तिम पहुँच १७ जनवरी २०१४ 
  15. सिमर, नादभ (१० जुन २०१३), "6 Israeli Startups To Watch As Google Reportedly Buys Waze For $1.3 Billion", फाष्ट कम्पनी, अन्तिम पहुँच २९ जुलाई २०१३ 
  16. Israeli start-up Wix raises $127m in Nasdaq IPO, फाइनान्सियल टाइम्स, 6 November 2013
  17. १७.० १७.१ "Wix expands with acquisition of restaurant solutions provider OpenRest", गिक टाइम्स, ३० अक्टोबर २०१४, अन्तिम पहुँच २३ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २ फेब्रुअरी २०१७ मिति
  18. "Fresh From IPO, Wix Acquires Israeli Startup Appixia To Bring Native Mobile Commerce Support To 42M Users – TechCrunch", टेक क्रञ्च डटकम, अन्तिम पहुँच २७ मे २०१८ 
  19. Boutique hotels just got easier to book, सारा एस्ली ओ ब्रायन, सिएनएन मनी, ६ अगष्ट २०१४
  20. Wix targets indie musicians with WixMusic launch, Natalie Gagliordi, जेटडिनेट | ३१ मर्च २०१५
  21. Wix.com Launches Wix Restaurants Bringing a True DIY Solution for Online and Mobile Ordering to Restaurants Worldwide, याहु! वित्त, ३१ मार्च २०१६
  22. २२.० २२.१ "Website builder Wix acquires art community DeviantArt for $36M", टेक क्रञ्च, अन्तिम पहुँच २३ फेब्रुअरी २०१७ 
  23. "New options for building a free website", एमएसएन, २३ जुलाई २०१३, मूलबाट २८ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २८ जुलाई २०१३ मिति
  24. "New Mobile Solution from Wix", विक्सको ब्लग 
  25. Wix.com launches apps market वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-२० मिति, पल क्रिल, १६ अक्टोबर २०१२, कम्प्युटर वर्ल्ड
  26. क्लान्सी, हिटजर (१६ मे २०१३), "Small-business web host becomes Google reseller", जेटडिनेट, अन्तिम पहुँच २९ जुलाई २०१३ 
  27. "Wix Buys Moment.Me For $10M To Add Social Marketing To Its Website Building Platform – TechCrunch", टेक क्रञ्च, अन्तिम पहुँच २७ मे २०१८ 
  28. The Wix Mobile App, a WordPress Joint, २८ अक्टोबर २०१६
  29. Dear Matt Mullenweg: an open letter from Wix.com's CEO | विक्सको आधिकारिक ब्लग, २९ अक्टोबर २०१६
  30. "Wix’s Fifth Super Bowl Ad Features Coding Supermodel Karlie Kloss", एड विक, जुलाई २, २०१९। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  • विक्स डटकमसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
  • आधिकारिक वेबसाइट
  • वित्त सूत्रहरूका लागि व्यवसाय आँकडा