काँ धड्किन्छै मुटु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"काँ धड्किन्छै मुटु"
चन्द्र साउँद र गौरी भट्टको एकल
सार्वजनिकवि.सं २०७६
ढाँचा
  • डिजिटल डाउनलोड
स्टुडियोमालाश्री स्टुडियो
किसिम
लम्बाई१४:२४
गीतकार(हरू)चन्द्र साउँद
रेकर्ड निर्माता(हरू)श्रीराम फिल्मस
साङ्गीतिक भिडियो
"काँ धड्किन्छै मुटु" युट्युबमा हेर्नुहोस्

काँ धड्किन्छै मुटु एक देउडा गीत हो। यस गीतमा स्वर पुरुष तर्फ चन्द्र साउँद र महिला तर्फ गौरी भट्टको रहेको छ।

यस गीतलाई छायाङ्कन अमित विश्वकर्माले गरेका हुन् भने सम्पादन अनुप विश्वकर्माले गरेका हुन्। यस गीतलाई निर्देशन भिम विष्टले गरेका हुन्। यस गीतमा शब्द तथा लय गायक चन्द्र साउँदको रहेको छ भने यसमा श्रृङ्गार जानकी विष्टको रहेको छ। यसलाई विनोद व्यवस्थापन वाजुरेलीले गरेका हुन्। यसको गीत मालाश्री स्टुडियो मार्फत कैद गरिएको थियो। यस गीतको आधिकारिक श्रव्य दृश्यलाई श्रीराम फिल्मसले निर्माण गरेको हो। यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यलाई विशेष फिल्मसको आधिकारिक युट्युब खातामा १४ मे २०१९ मा सार्वजनिक गरिएको थियो भने यसले पुस २०७६ सम्ममा ६ लाख ३४ हजार भन्दा बढी अवलोकन प्राप्त गरिसकेको छ।[१]

आधिकारिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

यसको आधिकारिक श्रव्य दृश्यमा चन्द्र साउँद, सुस्मिता कुँवर र सहायक पात्रको रूपमा प्रेम साउँदलाई प्रमुख भूमिकामा देख्न सकिन्छ। यसको लम्बाई १४ मिनेट २४ सेकेण्डको रहेको छ। यसको सुरुवातमा एउटा ठूलो चौरमा ठूलो सङ्ख्यामा महिला र पुरुषहरू देउडा खेल्नका लागि गोलाकार अवस्थामा रहेका छन् र उक्त मानव गोलो भित्र मानिसहरू बसिरहेका छन्। त्यसपछि एउटा घरबाट गीतकी प्रमुख महिला पात्र सुस्मिता कुँवरको आगमन हुन्छ। देउडाको झलक देखा परे लगत्तै गीतका प्रमुख पुरुष पात्र वा गायक चन्द्र साउँद देखा पर्छन्। एकछिन पछि गीतका उनका श्रीमान (प्रेम साउँद) आउँछन् र हर्षित मुद्रामा उनलाई लिएर जान्छन्। प्रमुख पुरुष पात्र (चन्द्र साउँद)को एक झलक पश्चात् गीत देउडा तर्फ केन्द्रित हुन्छ। उनका नवविवाहित जोडि उनको अगाडिबाट जान्छन् र यो दृश्य उनले हेर्दै उनी निराश हुन्छन् र सोही स्थानबाट गीतमा बोलको आरम्भ हुन्छ जहाँ उनी एउटा रुखमा टाउको अड्याएर गीत गाएको अभिनय गर्छन्। उनीहरूको अधिको हेराहर पुनः देखा पर्छ। उनी सोही स्थानमा रहि भावुक हुँदै मनका वेदना गीतको बोल मार्फत व्यक्त गर्छन्। दृश्य देउडामा पुग्छ। उनी एउटा स्थानमा रहि गीत गाउन थान्छिन् भने दृश्य पुरुष पात्र, महिला पात्र र देउडामा हेरफेर हुन्छ। एकछिन पछि गीतकी गायिका गौरी भट्टको दृश्य देखा पर्छ जसमा उनी हातले लय मिलाएको अभिनय प्रस्तुत गर्छिन्। दृश्यमा धुनको आरम्भमा उनीहरू एकैठाउँमा हुन्छन् जसमा उनले उनलाई प्राकृतिक दृश्य देखाउँछन्। उनीहरू एकैछिन पछि दौडिन्छन् र उनले उक्त त्यो विगतको पल सम्झेर भावुक हुन्छिन्। दृश्य एउटा सुदूरपश्चिमको माध्यमिक विद्यालयको प्राङ्गणमा खेलिएको देउडामा केन्द्रित हुन्छ। उनीहरू त्यसपछि एउटा झलकमा आफ्नो टाउको एक आपसमा जोड्छन्। एकैछिन पछि श्रव्य दृश्यमा बोलको पुन: आरम्भ हुन्छ जसमा उनी भावुक हुँदै वेदना प्रस्तुत गर्दछन्। सोही क्रम यता महिलामा पनि देखा पर्छ। गीतमा देउडा र उनीहरूको एकैछिनको झलक हेरफेर भइरहन्छ। त्यसपछि गायिका देखा पर्छिन्। ड्रोन मार्फत देउडाको झलक कैद हुन्छ। दृश्यमा चार जना महिला डोको बोकी बारीमा काम गर्दै गर्छन् र एकछिन पछि सो स्थानबाट प्रस्थान गर्छन्। दृश्यमा मानिसहरूको झलक देखा पर्छ भने उनीहरू त्यहीँ आइपुग्छन्। उनीहरू कुरा गरिरहेका हुन्छन्। उनी आफ्ना पूर्व प्रेमीलाई भेट्न पुग्छिन् जसमा जसमा उनले उनको पाखुरामा समाति किन गरे जस्तो पश्न गरेको ठम्याउन सकिन्छ र उनी दौडिँद‌ै सो स्थानबाट प्रस्थान गर्छिन्। दृश्य देउडासँग‌ै उनीहरूको विवाहको झलक देखा पर्छ जसमा एउटी महिलाले उनीहरू टिका लगाइदिन्छिन्।

धुनको समाप्ति पछिको अर्को दृश्य उनी (पुरुष) एक ठाउँमा बसि गीत गाउँछन्। देउडा र विवाहको दृश्य क्रमबद्ध रूपमा देखा पर्छन्। उनीहरूको नव विवाहित जोडि आइरहेको देखेर उनी चिन्तित हुन्छन्। दृश्यमा सोही पलहरू देखा पर्न थान्छ। उनी (महिला) सयपत्रीको फूललाई स्पर्श गर्दै वेदना प्रकट गर्छिन् भने गायिकाको तेस्रो पटक आगमन हुन्छ। देउडाको दृश्यको प्रस्तुतिसँगै उनीहरूको विगतका केही पलहरू झल्किन थान्छ। त्यसपछि यसमा पुनः देउडा र गायिकाको दृश्य समाविष्ट छ। धुनको आगमनसँग‌ै उनले (महिला) एउटअ काँडेदार फूललाई स्पर्श गर्दै विगतको सोही स्थानमा उनीहरू एकै ठाउँमा भएको पल सम्झिन्छिन्। उनीहरूको दृश्य एकपछि अर्को गर्दै देखा पर्छ भने पछि उक्त देउडामा उनीहरू दुबै समावेश हुन्छन्। दृश्यमा विगतको र वर्तमानका झलकहरू प्रस्तुत हुँदै जाने क्रम चलिरहन्छ। पछि उनी एउटा घरबाट कुचो लिएर बाहिर नस्किन्छिन् र बढार्न थान्छिन्। देउडासँगै प्रस्तुत दृश्यहरू देखा पर्छ। देउडामा उनी बीचमा रहि अभिनय प्रस्तुत गर्दा यता वर्तमानको दृश्यमा उनीहरू विपरीत तर्फ फर्किँदै बोल मार्फत भावना व्यक्त गर्दै जान्छन्। गायिकाको एकै छिनको झलक पश्चात् उनी आइरहेको क्रममा केही प्वाँख जस्ता बस्तुहरू उनी माथी पर्छ। यसमा प्रस्तुत दृश्यहरूको हेरफेर चलिरहन्छ। अर्का तर्फ उनी विगतको दृश्यलाई सम्झदै एक स्थानबाट नाश मुद्रामा बसिरहन्छन्। दृश्यमा गायिकाको दृश्य र केही वर्तमानका झलकहरू र उनीहरू एकै ठाउँमा रहेका झलहरूका साथ यसको श्रव्य दृश्यको अन्त्य हुन्छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "काँ धड्किन्छै मुटु", भदौ २०७१, अन्तिम पहुँच मङ्सिर २०८६ 
  2. "प्रख्यात डोटेली भाषाको गीत "काँ धड्किन्छै मुटु"", अन्तिम पहुँच ७ पुस २०७६