एन्ड्रयु म्याककोलम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एन्ड्रयु म्याककोलम
जन्म (1983-09-04) ४ सेप्टेम्बर १९८३ (उमेर ४०)
क्यालिफोर्निया, अमेरिका
मातृ शिक्षाप्रतिष्ठानहार्वर्ड विश्वविद्यालय
पेशाएन्जल लगानीकर्ताफेसबुक तथा फिलोका सह-संस्थापक

एन्ड्रयु म्याककोलम (जन्म सेप्टेम्बर ४, १९८३) फेसबुकका सह संस्थापक तथा एन्जल लगानीकर्ता हुन्। वर्तमान समयमा उनी फिलोका प्रमुख कार्यकारी अधिकृत हुन्।[१]

कलेज वर्ष[सम्पादन गर्नुहोस्]

उनी फेसबुकका सह संस्थापक मार्क जुकरबर्ग लगायत संस्थापक समूहका सदस्यहरूसँग हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए। उनले सन् २००४ फेब्रुअरी देखि सन् २००७ सेप्टेम्बरसम्म फेसबुकमा काम गरेका थिए। प्रारम्भिक समयमा उनले वायरहग, दस्तावेज साझेदारी कार्यक्रममा एडम डिएन्जेलोसँग काम गरेका थिए। सन् २००७ मा हार्वर्ड कलेजबाट म्याककोलमले कम्प्युटर विज्ञानमा स्नातक गरेका थिए भने हार्वर्ड ग्रयाजुएट स्कुल अफ एजुकेसनबाट शिक्षा सङ्कायमा स्नातकोत्तरको डिग्री प्राप्त गरेका थिए।[२] जापानको टोक्योमा कम्प्युटर मेसिनरी सङ्घद्वारा योजना भएको ३१औँ अन्तर्राष्ट्रिय कलेज कार्यक्रम प्रतियोगितामा हार्वर्ड कलेज समूहको सदस्यको रूपमा म्याककोलम पनि सहभागी भएका थिए जसमा मेसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी प्रथम भएको थियो भने उनको दल दोस्रो स्थानमा रहेको थियो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "CrunchBase", CrunchBase (Englishमा), अन्तिम पहुँच २३ मे २०१६ 
  2. "The 14 (Rich) Faces Behind Facebook" 
  3. Angela J. Sun (१२ मार्च २००७), "Battle of the Brains Finalists to Code for Cash Harvard Computing Club members could win $10,000", The Harvard Crimson, अन्तिम पहुँच २२ सेप्टेम्बर २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]