निकी क्रस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निकी क्रस
सन् २०१८ अप्रिलमा क्रस
वास्तविक नामनिकोला ग्लेनक्रस[१]
जन्म (1989-04-21) २१ अप्रिल १९८९ (उमेर ३४)[१]
ग्लासगो, स्कटल्यान्ड[१][२]
निवासस्थानओर्लान्डो फ्लोरिडा, अमेरिका[३]
जीवनसाथी(हरू)
(
वि २०१९)
[४]
शिक्षाग्लासगो विश्वविद्यालय
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामनिकोला ग्लेनक्रस[२]
निकोला स्टोर्म[२]
निकी क्रस[५]
निकी ग्लनक्रस[६]
निकी स्टोर्म[१][७]
उचाई१.५७ मी (५ फिट २ इन्च)[८]
तौल११९ पाउन्ड (५४ किग्रा)[७]
उत्पत्तिग्लासगो, स्कटल्यान्ड[५]
प्रशिक्षककिलियन डेइन
रोबी ब्रुकसाइड
फिन ब्यालर
जोनी किड
पल ट्रेसी
पदार्पण२० सेप्टेम्बर २००८[९]

निकोला ग्लेनक्रस डब्ल्युडब्ल्युईको स्म्याकडाउन ब्राण्डमा कार्यरत स्कटल्याण्डकी एक व्यवसायीक कुस्ती खेलाडी हुन्। हाल उनी निकी क्रसको रूपमा कुस्ती खेल्ने गर्छिन्। डब्ल्युडब्ल्युईमा पर्दापण गर्नु भन्दा अगाडि उनले केही वर्ष स्वतन्त्र सर्किटमा निकी स्टोर्म नामले र सिमर विमेन एथलेटिक्समा पनि कुस्ती खेल्ने गरेकी थिइन्। क्रस अलेक्सा ब्लिसको साथमा एक पटक महिला ट्याग टिम विजेता पनि बन्न सफल भएकी थिइन्।

व्यवसायीक कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

स्वतन्त्र सर्किट (सन् २००८-२०१५)[सम्पादन गर्नुहोस्]

सन् २००८ मा ग्लेनक्रसले आधिकारी रूपमा कुस्तीमा प्रशिक्षण लिन सुरु गरेकी थिइन् जहाँ उनी स्कटल्याण्डको एक व्यवसायीक कुस्ती प्रशिक्षण संस्था स्कटीस रेस्लिङ एलायन्स मार्फत कुस्तीमा पर्दापण गरेकी थिइन् जहाँ उनले कुस्ती खेलको नाम निकी स्टोर्म राखेकी थिइन्। सन् २०१० फेब्रुअरीमा स्टोर्मले बेलायती स्वतन्त्र सर्किटमा काम गर्न सुरु गरिन् भने पछि उनको इन्सेन च्याम्पियनसिप रेस्लिङ तथा प्रो रेस्लिङमा पदोन्नति भएको थियो। उनले उक्त कार्यक्षेत्र अन्तर्गत ३ पटक प्रो रेस्लिङ उपाधि हात पार्न सफल भएकी थिइन्। सन् २०१३ मा उनले जापान स्थित एक कुस्ती संस्था जौसी पुरोसेस्सुमा कुस्ती खेल्न सुरु गरेकी थिइन् भने उनले त्यसको साथसाथै विश्व वण्डर रिङ स्टार्डममा पनि देखा परेकी थिइन्। सन् २०१३ को अक्टोबर महिना पछि अल विमेन सिमर रेस्लिङ अन्तर्गतको विमेन एथलेटिक्स, साइन रेस्लिङ र विमेन सुपरस्टारमा कुस्ती खेल्न सुरु गरेकी थिइन्। उनले त्यसपछि ग्लोबल फोर्स रेस्लिङ, एब्सुलुट इन्सेन रेस्लिङ, वर्ल्ड वाइड रेस्लिङ लिग, क्विन्स अफ कम्ब्याट र वर्ल्ड एक्स्ट्रिक रेस्लिङमा पनि भाग लिएकी थिइन्।

डब्ल्युडब्ल्युई (सन् २०१६–हाल)[सम्पादन गर्नुहोस्]

एनएक्सटी (सन् २०१६–२०१८)[सम्पादन गर्नुहोस्]

सन् २०१५ र सन् २०१६ को अप्रिल महिनामा ग्लेनक्रसले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्रहरूमा काम गर्ने मौका पाएकी थिइन्।[१०] डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र ओर्लाण्डो, फ्लोरिडामा हस्ताक्षर गर्ने उनी तात्कालिक समयमा दश नवआगन्तुक मध्ये एक थिइन्।[११] सन् २०१५ अप्रिल २२ का दिन ग्लेनक्रसले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा पर्दापण गरेकी थिइन् भने सन् २०१६ अगष्टमा फेसबुक लाइभ मार्फत प्रसारण गरिएको एक श्रव्य दृश्यमा उनको रिङ नाम निकी क्रस हो भनि सार्वजनिक गरिएको थियो।[१२] उनले १७ अगष्ट २०१६ मा उक्त कार्यक्षेत्र अन्तर्गत पहिले आधिकारिक खेल खेलेकी थिइन् जहाँ उनी कार्मेला र लिभ मोर्गेनको टोलीले डेरिया बेरनेटो, मेण्डी रोज र अलेक्सा ब्लिसको टोलीलाई हराउन सफल भएको थियो। [१३][१४]

१२ अक्टोबर २०१६ मा आयोजित डब्ल्युडब्ल्युई एनएक्सटीको एक श्रृङ्खलामा एनएक्सटीको एक टोली सेनेटीको (एरिक योङ, अलेक्जेण्डर उल्फ र पछि जोडिएका सदस्य किलियन डेन) सदस्य बनेकी थिइन्।[१५] डष्टी रोड्स ट्याग टिम क्लासिक प्रतियोगिता अन्तर्गत सेनेटीका दुई सदस्य फुटोन र उल्फले बबी रुड र टाई डिलिन्जरको टोलीलाई हराउँदै प्रतियोगिताको पहिलो चरण पार गरेका थिए।[१६] उक्त खेलको एक हप्ता पछि क्रसले उक्त पदोन्नति अन्तर्गत उनको पहिलो खेल डेनियल्ला कामेलाको विरुद्ध खेलेकी थिइन् जहाँ उनले जित हासिल गर्न सफल भएकी थिइन्। [१७]

११ जनवरी २०१७ का दिन तात्कालिक एनएक्सटी महिला विजेता आस्कालाई द आइकोनिक्सले (पिटन रोइस र बिली के) आक्रमण गरिरहेका बेला क्रसले उनीहरूलाई त्यहाँबाट भगाएकी थिइन् तर पछि आइकोनिक्स त्यहाँबाट पछि हटिसकेपछि क्रसले उल्टै महिला विजेता आस्कालाई आक्रमण गरेकी थिइन् जसको फलस्वरूप २८ जनवरी २०१७ मा आयोजित एनएक्सटी टेक ओभर: सेन एण्टोनियोमा आस्काको महिला उपाधिका लागि फेटल फोर वे (४ जना कुस्ती खेलाडी बीचको खेल) खेल आयोजना गरिएको थियो जहाँ क्रसले उपाधि जित्न असमर्थ रहिन्।[१८] सन् २०१७ को मे महिनामा आस्काको महिला उपाधिका लागि पहिलो दावेदार बन्नका लागि ब्याटल रोयल खेलको आयोजना गरिएको थियो भने उक्त खेलमा भाग लिने थुप्रै महिला कुस्ती खेलाडीहरू बाहिरिएपछि रिङमा रूबी रायट र एम्बर मुनमात्र बाँकी रहेका थिए।[१९] रिङमा मात्र दुई प्रतिस्पर्धीहरू बाँकी रहँदा तात्कालिक महिला विजेता आस्काले रायट र मुन दुवैलाई खेल चलिरहँदै आक्रमण गरेकी थिइन् जसको फलस्वरूप आउँदो एनएक्सटी टेक ओभर: सिकागोमा आस्काले उनको महिला उपाधि रायट, मुन र क्रसको विरुद्ध दाउमा लगाएकी थिइन्।[२०] उक्त खेलमा पनि आस्काको जित भएको थियो। २८ जुन २०१७ मा आय‍जित एनएक्सटीक‍ एक श्रृङ्खलामा आस्का र क्रसको खेल पुनः एकपटक महिला उपाधिका लागि भएको थियो भने उक्त खेलमा पनि क्रसको हार भएको थियो। १९ अगष्ट २०१७ का दिन एनएक्सटी टेक ओभर: ब्रोक्लेन तेस्रोमा क्रसको साहायतामा सेनेटीले तात्कालिक एनएक्सटी ट्याग टिम विजेता द अथर्स अफ पेनलाई हराउन सफल भएका थिए।[२१] सन् २०१७ को अक्टोबर महिनामा क्रसले खाली रहेको महिला उपाधिका लागि फेटल फोर वे खेलमा भाग लिने मौका पाएकी थिइन् भने क्रसको सामना एनएक्सटी टेक ओभर: वार गेम्समा अन्य चार महिला खेलाडी विरुद्ध भएको थियो तर उक्त खेल एम्बर मुनले जितेकी थिइन्। [२२][२३][२४]

सन् २०१८ को सुरुवाती महिनाहरूमा क्रसले अपराजित यात्रा कायम गरेकी थिइन् जहाँ उनले लेइसी एभेन्स र भेनिसा बोर्नलाई हराएकी थिइन्।[२५] सन् २०१८ मा डब्ल्युडब्ल्युई द्वारा आयोजित सुपरस्टार सेक अफ अन्तर्गत क्रसका साथीहरू एरिक योङ, अलेक्जेण्डर उल्फ र किलियन डेन डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र स्म्याकडाउनमा सरुवा भएका थिए भने क्रम एनएक्सटीमै रहेर एकल खेलहरू खेल्न सुरु गरेकी थिइन्।[२६] सन् २०१८ को तेस्रो महिना तिर क्रसको तात्कालिक समयकी एनएक्सटी महिला विजेता सेइना बेजलरसँग उनको महिला उपाधिका लागि द्वन्द्व चलेको थियो जसको फलस्वरूप एनएक्सटी टेक ओभर: सिकागोमा एनएक्सटी महिला उपाधिका लागि खेल भएको थियो जहाँ उनी बेजलरसँग पराजित भएकी थिइन्।[२७][२८]

एनएक्सटीबाट केही क्षणको अवकाश पछि क्रस पुनः एनएक्सटीमा फर्किएकी थिइन्।[२९] सन् २०१८ सेप्टेम्बरमा उनको छोटो समयका लागि बियाङ्का बालेयरसँग द्वन्द्व चलेको थियो जसको फलस्वरूप उनीहरूको बीच खेल आयोजना गरिएको थियो।[३०] उक्त खेलमा कोहीपनि विजेता नबनेपछि बालेयर र क्रस बीच उक्त खेलको एक महिना पछि एक खेल जारी गरिएको थियो।[३१] क्रसले ९ जनवरी २०१९ मा एनएक्सटीका लागि अन्तिम खेल बियाङ्का बालेयरको बीच खेलेकी थिइन् जहाँ उनी बालेयरसँग पराजित भइन् भने उनीहरू बीचको द्वन्द्वको पनि अन्त्य भएको थियो। [३२][३३]

मुख्य कार्यक्षेत्र तथा अलेक्स ब्लिससँगको साझेदारी (सन् २०१८–हाल)[सम्पादन गर्नुहोस्]

६ नोभेम्बर २०१८ का दिन इङ्ल्याण्डक‍ मेनचेष्टरमा आयोजित स्म्याकडाउको एक श्रृङ्खलामा तात्कालिक स्म्याकडाउन महिला विजेता बेकी लिन्चको खुला चुनौतीको जवाफ दिँदै अचानक डब्ल्युडब्ल्युईक‍ मुख्य कार्यक्षेत्रमा पर्दापण गरेकी थिइन् तर लिन्च विरुद्धको उपाधि रहित उनको पहिलो खेलमा उनी बेकी लिन्चसँग भएकी थिइन्।[३४] १७ डिसेम्बर २०१८ का दिन क्रसले एक विज्ञप्ति जारी गर्दै उनी डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा खेल्ने बताएकी थिइन्।[३५][३६] १४ जनवरी २०१९ का दिन क्रसले डब्ल्युडब्ल्युईको अर्को मुख्य कार्यक्षेत्र मा पर्दापण गरेकी थिइन् जहाँ क्रस, बेइली र नेटालियाको टोलीले द रायट स्क्वाड (रूबी रायट, लिभ मोर्गेन र सारहा लोगेन) लाई हराउन सफल भएका थिए।[३७] सन् २०१९ जनवरी २७ का दिन आयोजित महिला रोयल रम्बल खेलमा क्रस ८ औँ सङ्ख्यामा रिङ प्रवेश गर्दै उक्त खेलमा ९ मिनेट सम्म रहिरहेकी थिइन् भने उनलाई द आइकोनिक्सले (पिटन रोइस र बिली के) खेलबाट निस्कान गराएका थिए।[३८] सन् २०१९ ४ फेब्रुअरीका दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा अलिसा फक्स र निकी क्रसको टोली द बोस एण्ड द हग कनेक्सनसँग (सासा बेङ्क्स र बेइली) पराजित भएका थिए जसको फलस्वरूप बेङ्क्स र बेइली आउँदो इलिमिनेस चेम्बरमा पहिलो डब्ल्युडब्ल्युई महिला ट्याग टिम उपाधिको दौड अन्तर्गत अन्तिम चरणमा प्रवेश गरेका थिए। [३९]


सन् २०१९ मा डब्ल्युडब्ल्युई द्वारा सञ्चालित सुपरस्टार सेक अफ कार्यक्रममा उनले सञ्जालहरूमा समाचार बन्न नपाउँदै उनी डब्ल्युडब्ल्युईको अर्को मुख्य कार्यक्षेत्र मा सरुवा भएकी थिइन्।[३९] क्रस मा आएक‍ अर्को हप्ता नेपथ्यमा देखा पर्दै उनले अलेक्सा ब्लिससँग सहकार्य गरेकी थिइन्।[४०][४१][४२] क्रसले पछि एक फेटल फोर वे खेलमा डेना ब्रुक, नेयोमी र नेटालियालाई हराउन सफल भएकी थिइन्। क्रसले १९ मे २०१९ का दिन डब्ल्युडब्ल्युई द्वारा सञ्चालित मनी इन द बेङ्क्समा भाग लिने भनिएता पनि उनको सट्टामा ब्लिस खेलमा फर्किएकी थिइन् तर उक्त खेलको विजेता बेइली हुन सफल भइन्।[४३][४४] उक्त कार्यक्रम पश्चात् क्रस र ब्लिस घनिष्ट मित्र बनेका थिए र १९ मे २०१९ का दिन आयोजित डब्ल्युडब्ल्युईको एक श्रृङ्खलामा क्रस, ब्लिस र बेकी लिन्चको टोलीले लेइसी एभेन्स र द आइकोनिक्सलाई हराउन सफल भएका थिए। [४५][४६][४७]

१७ जुन २०१९ का दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा क्रस र ब्लिसको सामना द आइकोनिक्स ( बिली के र पिटन रोइस) सँग उनीहरूको महिला ट्याग टिम उपाधिका लागि भएको थियो तर उक्त खेलमा बेइलीले अवरोध पुर्‍याइन् जसको अलिक अगाडि देखिनै ब्लिससँग स्म्याकडाउन महिला उपाधिका लागि द्वन्द्व चलिरहेको थियो।[४८][४९][५०] खेलमा बेइलीले अवरोध पुर्‍याएको मौका उठाउँदै द आइकोनिक्सले खेल जित्न सफल भएका थिए। सन् २०१९ स्टम्पिङ ग्राउण्डमा आयोजित ब्लिस र बेइली बीचको महिला उपाधिको खेल ब्लिस बेइलीसँग पराजित भएकी थिइन्। उक्त खेलको दुई दिन पश्चात् क्रसले बेइलीलाई ब्लिससँग पुनः एकपटक महिला उपाधिको लागि खेल खेल्नु पर्ने भनेकी थिइन् भने उता ब्लिसले बेइलीलाई उपाधि रहित एक खेलमा हराउँदै स्म्याकडाउन महिला उपाधिका लागि पहिलो दावेदार बन्न सफल भएकी थिइन् भने उनीहरूको बीचको खेल आउँदो डब्ल्युडब्ल्युई एक्सट्रिम रूलमा आयोजना हुने निश्चित भएको थियो।[५१] एक्सट्रिम रूलको खेलमा क्रस पछि बेइली र ब्लिस बीचको खेलमा सहभागी भएकी थिइन् तर उक्त खेल बेइलीले जित्दै महिला उपाधि आफूसँग कायम राखिन्। ५ अगष्ट २०१९ डब्ल्युडब्ल्युईको एक श्रृङ्खलामा ब्लिस र क्रसले डब्ल्युडब्ल्युई महिला ट्याग टिम उपाधि हात पार्न सफल भएका थिए जुन क्रसको मुख्य कार्यक्षेत्र अन्तर्गतको पहिलो उपाधि जित थियो। ब्लिस र क्रसले उनीहरूक‍ महिला उपाधि समरस्ल्याममा द आइकोनिक्स (पिटन रोइसबिली के), त्यसको अर्को दिन डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा द कबुकी वोरियर्स (आस्का र काइरी सेन) र मेन्डी रोजसोनिया डभिलको विरुद्धमा द क्लास अफ च्याम्पियन्समा दाउमा लगाएका थिए भने उनीहरूको फरकफरक समसमा आयोजित सबै खेलहरू जित्न सफल भएका थिए। ब्लिस र क्रसले उनीहरूको महिला उपाधि द कबुकी वोरियर्सको विरुद्धमा हेल इन अ सेलमा गुमाएका थिए।

सुपरस्टार सेक अफ अन्तर्गत टोली नभई विभिन्न समयमा डब्ल्युडब्ल्युई मा सरुवा भएका क्रस र ब्लिस पछि एक टोलीको रूपमा स्म्याकडाउनमा सरुवा भएका थिए। क्रसले स्म्याकडाउनमा आउने बित्तिकै सबै ध्यानाकर्षण गर्दै केही खेलहरू जित्न सफल भइन् जसले उनलाई भविष्यमा महिला उपाधिका लागिको दौडमा सामेल गराउन सक्छ।[५२] १ नोभेम्बर २०१९ का दिन आयोजित डब्ल्युडब्ल्युई स्म्याकडाउनको एक श्रृङ्खलामा क्रसको सामना महिला विजेता बेइलीसँग उनको उपाधिका लागि भएको थियो भने सासा बेङ्क्सले खेलमा अवरोध पुर्‍याएका कारण उनी खेल जित्न असमर्थ रहिन्। त्यसको एक हप्ता पछि ८ नोभेम्बर २०१९ का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा क्रस बेइलीसँग पुनः पराजित भएकी थिइन्।[५३] क्रसले आउँदो परम्परागत सरभाइभर सिरिजमा स्म्याकडाउन टोलीका लागि खेल्ने भन्दै घोषणा गरेकी थिइन् भने सरभारइभर सिरिजमा उनी स्म्याकडाउन महिला टोलीबाट सबैभन्दा सुरुमा बाहिरिएकी थिइन्

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

  • प्रो रेस्लिङ : इभिई
    • प्रो रेस्लिङ: इभिई च्याम्पियनसिप (३ पटक)
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • १०० महिला कुस्ती खेलाडी मध्ये शीर्ष १८ [५४]
  • विश्वव्यापी रेस्लिङ लिग
    • डब्ल्यू३एल च्याम्पियनसिप (१ पटक)
  • डब्ल्युडब्ल्युई
    • डब्ल्युडब्ल्युई महिला ट्याग टिम च्याम्पियनसिप (१ पटक) - अलेक्सा ब्लिससँग

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ Docking, Neil (१४ अप्रिल २०१६), "Why Scottish wrestling star Nikki Storm should shine in WWE NXT", द डेली मिरर, अन्तिम पहुँच १३ अगस्ट २०१६ 
  2. २.० २.१ २.२ "Nikki Storm", The Internet Wrestling Database, अन्तिम पहुँच १३ अगस्ट २०१६ 
  3. Lamont, Colan (१७ मे २०१६), "Fitness instructor takes wrestling world by Nikki Storm as she becomes first Scots woman to join WWE NXT", डेली रेकर्डस्, अन्तिम पहुँच १३ अगस्ट २०१६ 
  4. "Nikki Cross and Killian Dain get married", WWE 
  5. ५.० ५.१ "Nikki Cross", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच ४ नोभेम्बर २०१६ 
  6. Richard, Trionfo (१७ अगस्ट २०१६), "WWE NXT Report: What Could Go Wrong With Opponents in the Same Room?, Itami in Action, Six Woman Tag Team Match With Some Debuts, A Look at Takeover, and More", PWInsider, अन्तिम पहुँच १८ अगस्ट २०१६ 
  7. ७.० ७.१ "निकी स्टोर्म", इन्सेन च्याम्पियनसिप रेस्लिङ, मूलबाट २६ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अगस्ट २०१६  वेब्याक मेसिन अभिलेखिकरण २६ अप्रिल २०१६ मिति
  8. https://www.wwe.com/superstars/nikki-cross
  9. "निकी स्टोर्म", अनलाइन वर्ल्ड अफ रेस्लिङ, अन्तिम पहुँच १३ अगस्ट २०१६ 
  10. "Is NXT recruit Nicola Glencross the 'Best in the Galaxy'? The former Nikki Storm speaks out", WWE, ५ मे २०१६, अन्तिम पहुँच १३ अगस्ट २०१६ 
  11. "WWE Performance Center welcomes new class of recruits", WWE, १२ अप्रिल २०१६, अन्तिम पहुँच १३ अगस्ट २०१६ 
  12. "NXT Tampa Show", iwd, २२ अप्रिल २०१६, अन्तिम पहुँच २९ जुन २०१७ 
  13. Casey (१३ अगस्ट २०१६), "Nikki Storm gets NXT name", squaredcirclesirens.com, अन्तिम पहुँच १३ अगस्ट २०१६  वेब्याक मेसिन अभिलेखिकरण २७ जनवरी २०२० मिति
  14. Richard, Trionfo (१२ अक्टोबर २०१६), "WWE NXT Report: Does Joe Get His Title Or Does He Get Nakamura?, The Dusty Classic Continues, Sanity Comes to Full Sail, Were Roode and Dillinger Glorious?, and More", PWInsider, अन्तिम पहुँच १३ अक्टोबर २०१६ 
  15. Richard, Trionfo (१९ अक्टोबर २०१६), "WWE NXT Report: Nakamura Has a Message for Joe, The Dusty Classic Continues With a Strong Performance, Nikki Cross in Action, and More", PWInsider, अन्तिम पहुँच २२ अक्टोबर २०१६ 
  16. Richard, Trionfo (११ जनवरी २०१७), "WWE NXT Report: DIY Versus Revival for the Tag Titles, Almas Versus Lorcan, The Women's Title Picture Gets Cloudier, and More", PWInsider, अन्तिम पहुँच २९ जुन २०१७ 
  17. Richard, Trionfo (२८ जनवरी २०१७), "WWE Complete WWE NXT Takeover San Antonio Coverage: Nakamura Versus Roode, Four Way for the Women's Title, Tag Title Match, A Former Champ Returns, Strong Versus Almas, and More", PWInsider, अन्तिम पहुँच २९ जुन २०१७ 
  18. Richard, Trionfo (३ मे २०१७), "WWE NXT Report: Number One Contender for the Women's Title, Who Is Roderick Strong... Part 2, Burch vs Dain, and More", PWInsider, अन्तिम पहुँच २८ जुन २०१७ 
  19. Richard, Trionfo (१४ जुन २०१७), "WWE NXT Report: Video Packages, A CWC Veteran Returns to Full Sail, A Women's Three Way Dance, and More", PWInsider, अन्तिम पहुँच २८ जुन २०१७ 
  20. Richard, Trionfo (२८ जुन २०१७), "WWE NXT Report: Last Woman Standing Match, Lorcan Versus Itami, Itami Versus Lorcan, and a New Announcer Debuts", PWInsider, अन्तिम पहुँच २९ जुन २०१७ 
  21. Richard, Trionfo (१९ अगस्ट २०१७), "Complete WWE NXT Takeover Brooklyn III Report: McIntyre vs. Roode, Asuka Versus Moon, AOP Versus Sanity, An Old Tag Team Reunites, A New Debut, and More", PWInsider, अन्तिम पहुँच २० अगस्ट २०१७ 
  22. Richard, Trionfo (११ अक्टोबर २०१७), "WWE NXT Report: Gargano Versus Almas, The Next Qualifier for the Women's Title Match, Burch Versus Sullivan, Dream Versus Rush, and More", PWInsider, अन्तिम पहुँच १२ अक्टोबर २०१७ 
  23. Richard, Trionfo (२५ अक्टोबर २०१७), "WWE NXT Report: Battle Royal, Is the Velveteen Dream a Nightmare for Aleister Black?, Almas Versus Stong, Lorcan and Burch Team Up, and More", PWInsider, अन्तिम पहुँच २७ अक्टोबर २०१७ 
  24. Richard, Trionfo (१८ नोभेम्बर २०१७), "WWE NXT Takeover War Games Report: War Games, Who is the New Women's Champion, Almas Versus McIntyre, Was It a Nightmare for the Velveteen Dream, and More", PWInsider, अन्तिम पहुँच १९ नोभेम्बर २०१७ 
  25. Richard, Trionfo (३१ जनवरी २०१८), "WWE NXT Report: Strong Versus Bate, Nikki Cross, and TM61 Return to the Ring", PWInsider, अन्तिम पहुँच २४ फेब्रुअरी २०१८ 
  26. Richard, Trionfo (२१ फेब्रुअरी २०१८), "WWE NXT Report: The Fate of Johnny Gargano, Nikki Cross, Velveteen Dream, and More", PWInsider, अन्तिम पहुँच २४ फेब्रुअरी २०१८ 
  27. "Sanity promises chaos for SmackDown LIVE", WWE, अन्तिम पहुँच २० अप्रिल २०१८ 
  28. Richard, Trionfo (१६ जुन २०१८), "WWE NXT TAKEOVER CHICAGO II REPORT: CHICAGO STREET FIGHT, 3 TITLE MATCHES, DREAM VERSUS RICOCHET, AND MORE", PWInsider, अन्तिम पहुँच १९ जुन २०१८ 
  29. Trionfo, Richard (८ अगस्ट २०१८), "WWE NXT REPORT: BASK IN KEITH LEE'S GLORY, A POOLSIDE SUMMIT, RICOCHET IS SENT A MESSAGE, AND MORE", PWInsider, अन्तिम पहुँच १० अगस्ट २०१८ 
  30. Trionfo, Richard, "WWE NXT REPORT: CROSS VERSUS BELAIR, CIAMPA SPEAKS, MORE INVESTIGATING, AND MORE", PWInsider.com, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१८ 
  31. Trionfo, Richard, "WWE NXT REPORT: TAG TITLE MATCH, CROSS VERSUS BELAIR, BLACK IS BACK, AND MORE", PWInsider.com, अन्तिम पहुँच १७ अक्टोबर २०१८ 
  32. Trionfo, Richard (२१ नोभेम्बर २०१८), "WWE NXT REPORT: LOOKING BACK AT TAKEOVER, CROSS VERSUS LERAE, KEITH LEE, LARS SULLIVAN, AND MORE", PWInsider 
  33. Trionfo, Richard (९ जनवरी २०१८), "WWE NXT REPORT: COLE VERSUS EC3, BELAIR VERSUS CROSS, AND MORE", PWInsider 
  34. Trionfo, Richard (५ नोभेम्बर २०१८), "WWE SMACKDOWN REPORT: TEAMS FOR SURVIVOR SERIES ANNOUNCED, BECKY IN ACTION, A DEBUT, AND MORE", PWInsider 
  35. Johnson, Mike (१७ डिसेम्बर २०१८), "WWE ANNOUNCES SIX NXT STARS COMING TO MAIN ROSTER", PWInsider 
  36. Trionfo, Richard (१७ डिसेम्बर २०१८), "NEW FACES COMING TO WWE: LIVE ONGOING WWE RAW REPORT", PWInsider 
  37. Rumble
  38. Powell, Jason (४ फेब्रुअरी २०१९), "2/4 Powell’s WWE Raw TV Review: Becky Lynch and Stephanie McMahon, Kurt Angle addresses his WWE future, Bobby Lashley vs. Finn Balor, Jeff Jarrett vs. Elias, Sasha Banks and Bayley vs. Alicia Fox and Nikki Cross in a qualifying match for the Elimination Chamber", Pro Wrestling Dot Net, अन्तिम पहुँच ५ फेब्रुअरी २०१९ 
  39. ३९.० ३९.१ Clapp, John (२४ अप्रिल २०१९), "NXT UK Women’s Champion Toni Storm def. Nikki Cross and Bianca Belair (Triple Threat Match)", WWE, अन्तिम पहुँच ५ जुलाई २०१९ 
  40. Babos, John (१३ मे २०१९), "WWE Superstar Shake-Up Week 5 Fallout & Spoilers: Did NXT Alumni Nikki Cross Land On Raw Or Smackdown Live Or NXT UK?", Inside Pulse, अन्तिम पहुँच १३ मे २०१९ 
  41. Myers, Mike (११ मे २०१९), "5/8 WWE Main Event TV Report: Strong episode featuring EC3 vs. Cedric Alexander, Nikki Cross vs. Peyton Royce", PWTorch, अन्तिम पहुँच १३ मे २०१९ 
  42. https://insidepulse.com/2019/05/13/wwe-superstar-shake-up-week-5-fallout-spoilers-did-nxt-alumni-nikki-cross-land-on-raw-or-smackdown-live-or-nxt-uk/
  43. "Alexa Bliss not medically cleared to compete at WWE Money in the Bank", WWE (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-२२ 
  44. Benigno, Anthony, "Bayley won the Women’s Money in the Bank Ladder Match", WWE, अन्तिम पहुँच १९ मे २०१९ 
  45. Pappolla, Ryan, "SmackDown Women’s Champion Bayley def. Alexa Bliss", WWE, अन्तिम पहुँच २३ जुन २०१९ 
  46. Powell, Jason, "WWE Stomping Grounds results: Powell’s live review of Seth Rollins vs. Baron Corbin with a special referee for the WWE Universal Championship, Kofi Kingston vs. Dolph Ziggler in a cage match for the WWE Championship, Becky Lynch vs. Lacey Evans for the Raw Women’s Title, Samoa Joe vs. Ricochet the U.S. Championship", Pro Wrestling Dot Net, अन्तिम पहुँच २३ जुन २०१९ 
  47. Powell, Jason (२४ जुन २०१९), "6/24 WWE Raw Results: Powell’s review of U.S. Champion Ricochet vs. AJ Styles in a non-title match, Roman Reigns vs. Shane McMahon and Drew McIntyre in a handicap match, WWE Champion Kofi Kingston vs. Sami Zayn in a non-title match", Pro Wrestling Dot Net, अन्तिम पहुँच २५ जुन २०१९ 
  48. Powell, Jason (२५ जुन २०१९), "6/25 WWE Smackdown Live results: Powell’s review of Kofi Kingston vs. Dolph Ziggler and The Miz vs. Elias in best of three falls matches, Daniel Bryan and Rowan vs. Big E and Xavier Woods in a non-title match", Pro Wrestling Dot Net, अन्तिम पहुँच २६ जुन २०१९ 
  49. https://www.youtube.com/watch?v=ZtkNvAX5FGQ
  50. Burdick, Michael, "SmackDown Women's Champion Bayley vs. Alexa Bliss", WWE, अन्तिम पहुँच २५ जुन २०१९ 
  51. https://www.wrestlinginc.com/news/2019/10/wwe-hell-in-a-cell-kairi-sane-asuka-vs-alexa-bliss-nikki-660452/
  52. Powell, Jason (अक्टोबर ११, २०१९), "10/11 WWE Friday Night Smackdown results: Powell’s review of night one of the WWE Draft, Seth Rollins vs. Roman Reigns to determine which brand picks first, Charlotte Flair vs. Bayley for the Smackdown Women’s Championship", Pro Wrestling Dot Net, अन्तिम पहुँच अक्टोबर ११, २०१९ 
  53. Staff, WWE.com (अक्टोबर १५, २०१९), "Alexa Bliss & Nikki Cross traded to Friday Night SmackDown", WWE, अन्तिम पहुँच अक्टोबर १५, २०१९ 
  54. "Pro Wrestling Illustrated Top 100 Female Wrestlers Results", Wrestling Travel, अन्तिम पहुँच नोभेम्बर ९, २०१९  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १५, २०१९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]