टेसा ब्लान्चर्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेसा ब्लान्चर्ड
सन् २०१९ मा ब्लान्चर्ड
जन्म (1995-07-26) २६ जुलाई १९९५ (उमेर २८)
सार्लेट, उत्तर क्यारोलिना, अमेरिका
परिवारजो ब्लान्चर्ड (हजुरबुबा)
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामटेसा ब्लान्चर्ड
उचाई५ फिट ५ इन्च (१.६५ मी)
तौल१२५ पाउन्ड (५७ किग्रा)
उत्पत्तिसार्लेट, उत्तर क्यारोलिना
पदार्पण१३ जुन २०१४

टेसा ब्लाञ्चर्ड (जन्म: २६ जुलाई १९९५) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जसले हाल इम्प्याक्ट रेस्लिङ, लुचा लिब्रे एएए र विमेन्स अफ रेस्लिङमा कुस्ती खेल्दै आएकी छिन्। उनले उक्त पदोन्नति लगायत अमेरिकी स्वतन्त्र सर्किटहरूमा पनि कुस्ती खेलिसकेकी छिन्। ब्लाञ्चर्ड फोर हर्समेन कुस्ती समूहका टुली ब्लाञ्चर्डकी छोरी हुन्। इम्प्याक्ट रेस्लिङमा हाल उनी इम्प्याक्ट विश्व विजेता हुन् भने उक्त उपाधि जित्ने उनी पहिलो महिला कुस्ती खेलाडी पनि हुन्। इम्प्याक्ट रेस्लिङ र अन्य पदोन्नति अन्तर्गत उनले एकपटक इम्प्याक्ट नकआउट्स उपाधि, एकपटक द क्रस महिला उपाधि, एकपटक एएए रेइना डे रिनास उपाधि र एकपटक डब्ल्यूओडब्ल्यू उपाधि जित्न सफल भएकी थिइन्।[१]

बाल्यकाल तथा प्रशिक्षण[सम्पादन गर्नुहोस्]

ब्लाञ्चर्ड प्रख्यात कुस्ती खेलाडी जो ब्लाञ्चर्डकी नातिनी तथा टुली ब्लाञ्चर्डकी छोरी हुन्।[२][३] ब्लाञ्चर्डले विद्यालयको शिक्षा पुरा गरेपछि घर छाडेकी थिइन् भने उनी पछि उत्तर क्यारोलाइना स्थित विश्वविद्यालयमा भर्ना भएकी थिइन्। १८ वर्षको उमेरमा ब्लाञ्चर्डले सन् २०१३ मा हाई स्पोर्ट्स विद्यालयमा भर्ना भएकी थिइन्। ब्लाञ्चर्ड र उनको सहपाठी सेड्रिक अलेक्जेण्डरलाई डब्ल्युडब्ल्युई तथा एनडब्ल्यूएका एक प्रख्यात कुस्ती खेलाडी जर्ज साउथले प्रशिक्षण दिएका थिए।[४]

व्यवसायीक कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

स्वतन्त्र सर्किट (सन् २०१४–हाल)[सम्पादन गर्नुहोस्]

सन् २०१३ मा ब्लान्चर्ड

सन् २०१४ जुन १३ का दिन आयोजित क्विन्स अफ कम्ब्याट २ मा ब्लाञ्चर्ड पहिलोपटक देखा परेकी थिइन् जहाँ उनले मिस रिचेलले आफ्नो अभिव्यक्ति दिँदै गर्दै अवरोध पुर्‍याएकी थिइन्। ब्लाञ्चर्डले मिस रिचेल बोलिरहेका बेला अवरोध पुर्‍याएपछि ब्लाञ्चर्ड र मिस रिचेल बीचको खेल सोही कार्यक्रममा आयोजना गरिएको थियो जहाँ ब्लाञ्चर्ड पराजित भएकी थिइन्। ११ अक्टोबर २०१४ का दिन उनी सुपर ८ चिकफाइट नाम एक प्रतियोगितामा भाग लिएकी थिइन् जसलाई पूर्वी कोष्ट कुस्ती सङ्घले आयोजना गरेको थियो। उक्त प्रतियोगितामा ब्लाञ्चर्डले टिना सान एण्टोनियो, रिनी मिसेल र जेनी रोजलाई खेलबाट निस्कासन गर्दै उक्त प्रतियोगिता जित्न सफल भएकी थिइन्।</ref>[५] उक्त खेलको एक हप्ता पछि आयोजित इसिडब्ल्यूएको एक श्रृङ्खलामा ब्लाञ्चर्डले सफलतापूर्वक उनको पहिला उपाधि एम्बर ओ'निल विरुद्धको खेलमा आफूसँग कायम राख्न सफल भएकी थिइन्।

सन् २०१४ नोभेम्बर ८ का दिन ब्लाञ्चर्डले विमेन सुपरस्टार नामक एक कुस्ती पदोन्नतिमा पर्दापण गरेकी थिइन् जहाँ उनले नियालाई हराउन सफल भएकी थिइन्। सन् २०१५ फेब्रुअरी २१ का दिन ब्लाञ्चर्डले डब्ल्यूएसयु कुस्ती पदोन्नति अन्तर्गत पहिलो जित हासिल गर्न सफल भएकी थिइन् जहाँ उनले स्यासी स्टिफीलाई एकल खेलमा पराजित गरेकी थिइन्।[६] सन् २०१५ अप्रिल ३ मा दिन ब्लाञ्चर्डले साइन रेस्लिङ पदोन्नति अन्तर्गत साइन रेस्लिङ २६ मा पहिलो उपस्थिति जनाएकी थिइन् जहाँ उनी एभीसँग पराजित भएकी थिइन्।

साइन रेस्लिङको २७ औँ श्रृङ्खलामा ब्लाञ्चर्ड बेट्ससँग पराजित भएकी थिइन् भने उक्त खेल सकिएपछि उनी र एप्रिल हन्टरले बेट्सलाई आक्रमण गरेका थिए। सन् २०१६ जनवरी ९ का दिन ब्लाञ्चर्डले लुचा अन्डरग्राउन्ड कुस्ती पदोन्नतिमा पनि पर्दापण गरेकी थिइन्।[७] सन् २०१६ देखि उनीले सिमर विमेन एथलेटिक्स, स्टार्डम, लुचा अन्डरग्राउन्ड र एनएक्सटीका पुरुष कुस्ती खेलाडीहरूसँग एकल कुस्ती खेल खेल्न सुरु गरेकी थिइन्। एनएक्सटीमा उनले डोमिनिक योकोभिचसँग एकल खेल खेलेकी थिइन् भने पछि उनले रिकोसेटसँग सहकार्य गर्दै बिया प्रिस्ट्ली र विल ओस्प्रेरसँग एक मिश्रित कुस्ती खेल खेलेकी थिइन्। सन् २०१८ जुन १६ का दिन ब्लाञ्चर्डले मार्सिडेज मार्टिनेजलाई एकल खेलमा पराजित गर्दै डब्ल्यूसियु महिला उपाधि जित्न सफल भएकी थिइन्। ब्लाञ्चर्डले ३० मिनेट आइरन विमेन खेलमा मार्सिडेज मार्टिनेजलाई पराजित गर्द‌ै फिनेक्स अफ राइज उपाधि जित्न सफल भएकी थिइन्।

१९ नोभेम्बर २०१८ का दिन उनको सामना मार्सिडेज मार्टिनेजको विरुद्धमा उक्त महिला उपाधिका लागि ७५ मिनेट आइरन विमेन खेलमा आयोजना गरिएको थियो जहाँ उनले उक्त उपाधि मार्सिडेजका विरुद्धमा गुमाएकी थिइन् जुन कुस्ती इतिहासकै सबैभन्दा लामो खेल थियो। १४ जुलाईका दिन ब्लाञ्चर्डले सान्टाना गेरेट र लेइसी लेनलाई एक खेलमन पराजित गर्दै द क्रस महिला उपाधि जित्न सफल भएकी थिइन्। सेप्टेम्बर १ का दिन ब्लाञ्चर्डले ब्रिट बेकर, चेल्सी ग्रिन र म्याडिसन रेनलाई पराजित गर्न सफल भएकी थिइन्।

डब्ल्युडब्ल्युई (सन् २०१६, २०१७)[सम्पादन गर्नुहोस्]

सन् २०१६ अप्रिल २ का दिन ब्लाञ्चर्डले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा पर्दापण गरेकी थिइन् जहाँ उनले अलेक्सा ब्लिसले एकल खेलमा पराजित गर्न सफल भएकी थिइन्।[८] मे ४ मा दिन उनले उक्त पदोन्नति अन्तर्गत उनको दोस्रो खेल नाया ज्याक्सको विरुद्धमा खेलेकी थिइन् जहाँ उनी ज्याक्ससँग पराजित भएकी थिइन्।[९] ब्लाञ्चर्डले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा उनको तेस्रो खेल कार्मेला विरुद्धमा खेलेकी थिइन् तर उनी कार्मेलासँग पराजित भएकी थिइन्।[१०] ब्लान्चर्डले काइरी सेनको विरुद्ध पनि केही खेल खेलेकी थिइन्। सन् २०१७ जुलाई १३ का दिन आयोजित मे योङ क्लासिकको एक श्रृङ्खलामा ब्लनञ्चर्डले भाग लिएकी थिइन् जहाँ उनी उक्त प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएकी थिइन्।[११][१२]

वर्ल्ड वन्डर रिङ स्टार्डम (सन् २०१६–२०१७)[सम्पादन गर्नुहोस्]

सन् २०१६ अगष्टमा ब्लाञ्चर्डले वर्ल्ड वन्डर रिङ स्टार्डम नामक एक जापानी कुस्ती पदोन्नतिमा उपस्थिति जनाएकी थिइन्।[१३] ब्लाञ्चर्ड सन् २०१७ मा पुनः उक्त पदोन्नतिमा फिर्ता भएकी थिइन्।[१४] ३० अप्रिल २०१७ का दिन आयोजित सिन्ड्रेलन प्रतियोगितामा उनले कृस उल्सलाई उक्त प्रतियोगिताको पहिलो चरणमा पराजित गर्न सफल भएकी थिइन् तर उक्त प्रतिस्पर्धाको दोस्रो चरणबाट उनलाई टोनी स्टोर्मले निस्कासन गराएकी थिइन्।[१५] मे १४ का दिन ब्लाञ्चर्डले जेसिका होभ्क्ससँग सहकार्य गर्दै हिरियो माट्सुमाटो र जङ्गल क्योनाको विरुद्धमा एक खेल खेलेका थिए जहाँ ब्लाञ्चर्डको टोली पराजित भएका थिए।[१६]

विमेन्स अफ रेस्लिङ (सन् २०१८–हाल)[सम्पादन गर्नुहोस्]

सन् २०१८ सेप्टेम्बर ५ कन दिन ब्लाञ्चर्डले विमेन अफ रेस्लिङ (डब्ल्यूओडब्ल्यू) नामक एक कुस्ती पदोन्नतिसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेको जानकारी गराइएक‍ थियो भने सन् २०१८ को अक्टोबरमा उक्त पदोन्नतिमा पर्दापण गरेकी थिइन्।[१७][१८][१९] सन् २०१९ जनवरी १८ का दिन डब्ल्यूओडब्ल्यू एएक्सएस दुरदर्सन मार्फत सार्वजनिक गर्न सुरु गरिएपछि उनले उक्त पदोन्नति अन्तर्गतको दुरदर्सनमन देखा पर्न सुरु गरेकी थिइन् जहाँ उनले तात्कालिक डब्ल्यूओडब्ल्यू विश्व विजेता सान्टाना गेरेटसँग उनको उपाधिका लागि द्वन्द्व चलेको थियो।[२०][२१] फेब्रुअरी १५, २०१९ मा दिन आयोजित डब्ल्यूओडब्ल्यूको एक श्रृङ्खलामा उनले जङ्गल गिर्ललाई उपाधिका लागि खेलमा पराजित गर्दै पहिलोपटक विश्व उपाधि जित्न सफल भएकी थिइन्।[२२][२३][२४]

इम्प्याक्ट रेस्लिङ (सन् २०१८–हाल)[सम्पादन गर्नुहोस्]

ब्लाञ्चर्डले सन् २०१८ को सुरुवात तिर एक अमेरिकी कुस्ती पदोन्नति इम्प्याक्ट रेस्लिङमा पर्दापण गरेकी थिइन् जहाँ उनी काइरा होगन र टाया भल्किरीसँग सहकार्य गर्दै उनीहरूको टोलीमा आवद्ध भएकी थिइन्।[२५] त्यसको केही हप्ता पश्चात् ब्लाञ्चर्डलाई होगनले उनलाई आक्रमण गरेपछि उनीहरू बीचको खेल आयोजना गरिएको थियो जहाँ ब्लाञ्चर्डले होगनलाई पराजित गर्न सफल भएकी थिइन् जुन उनको उक्त पदोन्नति अन्तर्गतको पहिलो खेल थियो।[२६] इम्प्याक्ट रेस्लिङद्वारा आयोजित वार्षिक कार्यक्रम स्लामेभर्सरीको १६औँ श्रृङ्खलामा ब्लाञ्चर्ड उक्त पदोन्नतिको पहिलो पे पर भ्यु खेल खेल्दै एलीलाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन्।[२७] १२ अगष्ट २०१८ का दिन आयोजित इम्प्याक्ट रेस्लिङक‍ एक श्रृङ्खलामा ब्लाञ्चर्डले एली र सु युङलाई एक खेलमा पराजित गर्दै पहिलोपटक इम्प्याक्ट नकआउट उपाधि जित्न सफल भएकी थिइन् जुन उनको उक्त पदोन्नति अन्तर्गतको पहिलो उपाधि जित थियो।[२८] वान नाइट स्ट्यान्ड नामक एक कुस्ती वार्षिक कार्यक्रममा उनले उनको नकआउट्स उपाधि सफलतापूर्वक गेसिल स विरुद्धको खेलमा कायम गर्न सफल भएकी थिइन्।[२९] अक्टोबर महिनामा उनको द्वन्द्व अर्की एक प्रख्यात महिला कुस्ती खेलाडी टाया भल्किरीसँग भएक‍ थियो जसलाई ब्लाञ्चर्डले विभिन्न कार्यक्रमहरूमा पराजित गरेकी थिइन्।[३०]

जनवरी ६, २०१९ का दिन इम्प्याक्ट रेस्लिङद्वारा आयोजित होमकमिङ नामक एक कार्यक्रममा ब्लाञ्चर्डको सामाना भल्किरीसँग उनको उपाधिका लागि भएको थियो जुन खेलमा अतिथि निर्णायकको रूपमा गेल किम आएकी थिइन्।[३१] उक्त खेलकी अतिथि निर्णयक गेल किमले ब्लाञ्चर्डलाई आक्रमण गरेका कारण (जसलाई ब्लाञ्चर्डले नेपथ्यमा आक्रमण गरेकी थिइन्) उनले नकआउट्स उपाधि भल्किरी विरुद्धको खेलमा गुमाएकी थिइन्।[३०] ब्लाञ्चर्डले उनको गुमेको उपाधिका लागि पुनः भल्किरीसँग खेल खेलेकी थिइन् जहाँ उनी उपाधि जित्न असमर्थ रहिन्।[३१] ब्लाञ्चर्डले नकआउट्स उपाधि जित्न असफल रहेपछि उनको गेल किमसँग द्वन्द्व चर्किएको थियो जहाँ उनीहरूको दुवैले एक अर्काको खेलमा हस्ताक्षर गर्दै एकअर्कालाई आक्रमण गर्न सुरु गरेका थिए।[३२] उनीहरू बीचको द्वन्द्वका करण इम्प्याक्ट रेस्लिङ द्वारा आयोजित रेबिलेसन नामक एक कार्यक्रम २८ अप्रिलका दिन आयोजना गरिएक‍ थियो जहाँ ब्लाञ्चर्डले किमलाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन् भने उक्त खेल किमको उक्त पदोन्नतिका लागि अन्तिम खेल बन्न पुगेको थियो।[३३][३४]

जुलाई ७, २०१९ का दिन ब्लाञ्चर्डले सेमी क्यालहेन नामक एक पुरुष कुस्ती खेलाडीसँग एकल खेल खेलेकी थिइन् जुन खेल स्लामेभर्सरी १८ का दिन आयोजना गरिएको थियो तर उक्त खेलमा उनी सेमीसँग पराजित भएकी थिइन्।[३५] उनी पछि इम्प्याक्ट एक्स डिभिजन उपाधिका लागि सिँढी खेलमा सामेल भएकी थिइन् जुन खेल २० अक्टोबर २०१९ का दिन बाउन्ड फर ग्लोरी नामक एक कुस्ती कार्यक्रममा आयोजना गरिएको थियो।[३६][३७][३८] नोभेम्बर १९, २०२९ का दिन ब्लाञ्चर्ड इम्प्याक्ट विश्व उपाधिका लागि पुरुषहरूको गनलेट खेलमा सामेल भएकी थिइन् जहाँ उनले उक्त खेल जित्दै विश्व उपाधिका लागि पहिलो दावेदार बन्न सफल भएकी थिइन्।[३९][४०] १२ जनवरी २०२० का दिन उनले तात्कालिक इम्प्याक्ट विश्व विजेता सेमी क्यालहेनलाई एकल खेलमा पराजित गर्दै उक्त उपाधि हात पर्न सफल भएकी थिइन् भने उनले उक्त उपाधि जित्ने पहिलो महिला कुस्ती खेलाडीको कीर्तिमान पनि राख्न सफल भएकी थिइन्।[४१][४२]

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

ब्लान्चर्ड सिएफडब्ल्यू महिला विजेताको रूपमा
  • अमेरिकी प्रो रेस्लिङ एलायन्स
    • एपिडब्ल्यूए विश्व महिला उपाधि (१ पटक)[४३]
  • क्यानडेली रेस्लिङ फेडरेसन
    • सिएफडब्ल्यू महिला विजेता (१ पटक)[४४]
  • द क्र्यास
    • द क्र्यास महिला विजेता (१ पटक)
  • इष्ट कोष्ट रेस्लिङ फेडेरेसन
    • इसिडब्ल्यूए महिला विजेता (१ पटक)[४५]
    • इसिडब्ल्यूए सुपर ८ चिकफाइट प्रतियोगिता (सन् २०१४)[४६]
  • एक्सोडस रेस्लिङ एलायन्स
    • इडब्ल्यूए फ्लोरिडा ह्याभिवेट विजेता (१ पटक, पहिलो)[४७]
    • इडब्ल्यूए ह्याभिवेट विजेता (१ पटक)[४८]
  • इम्प्याक्ट रेस्लिङ
    • इम्प्याक्ट विश्व विजेता (१ पटक)
    • इम्प्याक्ट नकआउट्स विजेता (१ पटक)
    • मासअप प्रतियोगिता – सेमी क्यालहेनसँग
    • इम्प्याक्ट वर्ष समाप्ति पुरस्कार (४ पटक)
      • वर्षको नकआउट्स (सन् २०१८)[४९]
      • वर्षको उत्कृष्ट चाल (सन् २०१९) क्रस जेरिकोको कडब्रेकर[५०]
      • वर्ष कुस्ती खेलाडी (सन् २०१९)
      • वर्षको उत्कृष्ट खेल (सन् २०१९) स्लामेभर्सरी १७ मा सेमी क्यालहेन विरुद्ध
  • लुचा लिब्रे एएए विश्वव्यापी
    • एएए रेइना दे रिनास विजेता (१ पटक)
  • लकी प्रो रेस्लिङ
    • किङ्स एन्ड क्विन्स प्रतियोगिता (सन् २०१५) – एन्टोनी ग्रेनीसँग[५१]
  • पिसिडब्ल्यू अल्ट्रा
    • पिसिडब्ल्यू अल्ट्रा महिला विजेता (१ पटक)[५२]
  • प्रो रेस्लिङ एक्सप्रेस
    • पिडब्ल्यूएक्स महिला विजेता (१ पटक)
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • १०० महिला कुस्ती खेलाडी मध्ये शीर्ष ५ मा पर्न सफल (सन् २०१९)
  • रिमिक्स प्रो रेस्लिङ
    • रिमिक्स प्रो फ्युरी रेस्लिङ विजेता (१ पटक)[५३]
  • राइज रेस्लिङ
    • फोनिक्स अफ राइज विजेता (१ पटक)[५४]
    • राइज वर्ष समाप्ति पुरस्कार (२ पटक)
      • वर्षको उत्कृष्ट खेल (सन् २०१८) मार्सिडेज मार्टिनेज विरुद्ध[५५]
  • सिमर विमिन एथलेटिक्स
    • सिमर ट्याग टिम विजेता (१ पकट) – भेनसी कार्भिनसँग[५६]
  • स्पोर्ट्स इलुस्ट्रेटेड
    • १०० महिला कुस्ती खेलाडी मध्ये शीर्ष ३ मा पर्न सफल (सन् २०१८)[५७]
    • १०० महिला कुस्ती खेलाडी मध्ये दोस्रो स्थानमा पर्न सफल (सन् २०१९)[५८]
  • वारियर रेस्लिङ
    • डब्ल्यूडब्ल्यू महिला विजेता (१ पटक)[५९]
  • विमिन अफ रेस्लिङ
    • डब्ल्यूओडब्ल्यू विश्व विजेता (१ पटक)
  • विमेन सुपरस्टार अनसेन्सर्ड
    • डब्ल्यूएसडब्ल्यू विजेता (१ पटक)
  • रेसलसर्कट
    • डब्ल्यूसी लेड अफ रेस्लिङ विजेता (१ पटक)[६०]
    • डब्ल्यूसी साइडसो विजेता (१ पटक)[६०]
  • जेलो प्रो
    • जेलो प्रो महिला विजेता (१ पटक)[६१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Tessa Blanchard To Make AAA Debut – - Squared Circle Sirens", अन्तिम पहुँच १२ मे २०१९  वेब्याक मेसिन अभिलेखिकरण ३ मे २०१९ मिति
  2. Devores, Courtney (जुलाई ९, २०१५), "Tessa Blanchard, 3rd-generation wrestler, on Sunday’s Super Kick card at Cabarrus Arena", The Charlotte Observer 
  3. Oliver, Greg (मे २०, २०१५), "Tessa Blanchard old-school through and through", canoe.com 
  4. Herzog, Kenny (२०१९-१२-१६), "The Future of Pro Wrestling Is Tessa Blanchard", The Ringer, अन्तिम पहुँच २०२०-०१-१५ 
  5. "Lucha Underground: The Battle of the Bulls" 
  6. Thompson, Andrew (अक्टोबर २१, २०१८), "Tessa Blanchard And Mercedes Martinez Wrestled For 75 Minutes At 'RISE 10'; Longest Women's Match Of All-Time", Fightful 
  7. Bath, Dave, "ALL IN LIVE RESULTS: YOUNG BUCKS, CODY, OMEGA, OKADA, MYSTERIO, MORE", Wrestling Observer Newsletter, अन्तिम पहुँच सेप्टेम्बर १, २०१८ 
  8. "Alexa Bliss def. Tessa Blanchard", WWE 
  9. "NXT results: Samoa Joe squares off with Eric Young", WWE 
  10. "Carmella def. Tessa Blanchard", WWE 
  11. "Breaking down the 32-woman field in the inaugural Mae Young Classic", ESPN.com, अगस्ट २१, २०१७। 
  12. Richcreek, Katie (अगस्ट २४, २०१७), "Tessa Blanchard seeks to honor family name at Mae Young", ESPN.com 
  13. "5★Star GP2016参戦外国人選手", World Wonder Ring Stardom (जापानीमा), जुलाई ४, २०१४, मूलबाट जुलाई २६, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १५, २०१७ 
  14. "【5★Star GP】美闘陽子が初V 紫雷イオとのタイトル戦緊急決定", Tokyo Sports (जापानीमा), सेप्टेम्बर २२, २०१६, अन्तिम पहुँच मे १५, २०१७ [dead link]
  15. "2017年4月30日 シンデレラ・トーナメント2017", World Wonder Ring Stardom (जापानीमा), अप्रिल ३०, २०१७, अन्तिम पहुँच मे १५, २०१७ 
  16. "2017年5月14日 Gold May2017", World Wonder Ring Stardom (जापानीमा), मे १४, २०१७, मूलबाट मे १४, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १५, २०१७ 
  17. "TESSA BLANCHARD SIGNS WITH WOW – WOMEN OF WRESTLING", AXS TV, अन्तिम पहुँच सेप्टेम्बर ५, २०१८  वेब्याक मेसिन अभिलेखिकरण मार्च १२, २०१९ मिति
  18. Powell, Jason, "1/18 WOW on AXS review: Tessa Blanchard appears, Santana Garrett vs. Jungle Grrrl for the WOW Championship, The Beast vs. Stephy Slays, Abilene Maverick vs. Fire, Khloe Hurtz vs. Eye Candy", Pro Wrestling Dot Net, अन्तिम पहुँच जनवरी १९, २०१९ 
  19. Powell, Jason, "1/25 WOW on AXS review: "Beverly Hills Babe" Amber O’Neal vs Tessa Blanchard, Jessie Jones vs. Azteca, The Voodoo Doll vs. Princess Aussie", Pro Wrestling Dot Net, अन्तिम पहुँच जनवरी २५, २०१९ 
  20. Maglio, Tony, "‘WOW – Women of Wrestling’ Renewed for Season 2 by AXS TV", The Wrap, अन्तिम पहुँच मार्च १६, २०१९ 
  21. Csonka, Larry, "Csonka’s WOW – Women Of Wrestling Review 11.02.19", 411MANIA, अन्तिम पहुँच नोभेम्बर २, २०१९ 
  22. Csonka, Larry, "Csonka’s WOW – Women Of Wrestling Review 9.14.19", 411MANIA, अन्तिम पहुँच सेप्टेम्बर १४, २०१९ 
  23. Csonka, Larry, "Csonka’s WOW – Women Of Wrestling Review 11.09.19", 411MANIA, अन्तिम पहुँच नोभेम्बर ११, २०१९ 
  24. Csonka, Larry, "Csonka’s WOW – Women Of Wrestling Season 2 Finale Review (Pt. 2)", 411MANIA, अन्तिम पहुँच नोभेम्बर २५, २०१९ 
  25. "IMPACT REDEMPTION LIVE RESULTS: ARIES VS. PENTAGON JR. VS. FENIX", Wrestling Observer, अप्रिल २२, २०१८। 
  26. Powell, Jason (जुलाई २२, २०१८), "7/22 Powell’s Impact Wrestling Slammiversary live review: Austin Aries vs. Moose for the Impact World Championship, LAX vs. OGz for the Impact Tag Titles, Su Yung vs. Madison Rayne for the Knockouts Championship, Matt Sydal vs. Brian Cage for the X Division Championship", Pro Wrestling Dot Net 
  27. Carapola, Stuart (अगस्ट ३०, २०१८), "COMPLETE IMPACT WRESTLING – REDEFINED REPORT: BRIAN CAGE AND FENIX TEAR IT UP FOR THE X DIVISION TITLE, ANOTHER FOUR HORSEMEN DAUGHTER BECOMES WORLD WOMEN'S CHAMPION, AND A STUNNING SWERVE IN THE MAIN EVENT THAT DOESN'T INVOLVE ANY CONTRIVED LEGO SPOTS", PWInsider 
  28. Ames, Eric (अगस्ट २५, २०१८), "*SPOILERS* IMPACT & Destiny Wrestling ‘Bad Intentions’ Taping Results (8/25/18)", The Chairshot 
  29. Carapola, Stuart (सेप्टेम्बर ६, २०१८), "ONGOING IMPACT WRESTLING REPORT: THE KATARINA-GRADO-HENDRY LOVE TRIANGLE COMES TO A HEAD, THE ELDERS OF THE CRIMINAL UNDERWORLD INTERVENE IN THE LAX-OGz WAR, MOOSE EXPLAINS HIS ACTIONS, AND MORE", 411MANIA 
  30. ३०.० ३०.१ Carapola, Stuart (सेप्टेम्बर २७, २०१८), "COMPLETE IMPACT WRESTLING REPORT: THE LUCHA BROTHERS KIDNAP DAVE CRIST FOR OUR MONTHLY HOSTAGE CRISIS, EDDIE KINGSTON MAKES A BIG STATEMENT THAT HITS KONNAN CLOSE TO HOME, A TAG MAIN EVENT, AND MORE", PWInsider 
  31. ३१.० ३१.१ Johnson, Mike (अक्टोबर १४, २०१८), "AUSTIN ARIES VS. JOHNNY IMPACT, CONCRETE JUNGLE MATCH AND MORE: COMPLETE IMPACT WRESTLING BOUND FOR GLORY COVERAGE FROM NYC", PWInsider 
  32. Carapola, Stuart (नोभेम्बर १, २०१८), "COMPLETE IMPACT WRESTLING REPORT: THE NEW DESI ARNAZ HIT SQUAD DEBUTS, ALLIE STRUGGLES WITH THE DEMON LIVING WITHIN HER, HOMICIDE BATTLES PENTAGON JR, AND MORE", PWInsider 
  33. Carapola, Stuart (नोभेम्बर २९, २०१८), "COMPLETE IMPACT WRESTLING REPORT: FALLAH BAHH & KM LOSE IT ALL IN VEGAS, WE VISIT EDDIE EDWARDS IN THE MENTAL HOSPITAL, ELI DRAKE & TOMMY DREAMER TAKE IT TO THE EXTREME & MORE", PWInsider 
  34. Carapola, Stuart (डिसेम्बर ६, २०१८), "COMPLETE IMPACT WRESTLING REPORT: THE ULTIMATE X QUALIFIERS BEGIN, RAVEN HELPS SPRING EDDIE EDWARDS OUT OF THE NUTHOUSE, IMPACT AND TAYA TAKE ON MOOSE AND TESSA, AND MORE", PWInsider 
  35. Johnson, Mike (जनवरी ६, २०१९), "IMPACT VS. CAGE, LAX VS. LUCHA BROTHERS STEALS THE SHOW, NEW CHAMPIONS CROWNED & MORE: COMPLETE IMPACT WRESTLING HOMECOMING PPV COVERAGE", PWInsider 
  36. Carapola, Stuart (मार्च २९, २०१९), "COMPLETE IMPACT WRESTLING – AGAINST ALL ODDS REPORT, FEATURING THE SINGLE MOST INSANE CLOSING SEGMENT OF ALL TIME", PWInsider 
  37. Carapola, Stuart (अप्रिल १२, २०१९), "COMPLETE IMPACT WRESTLING REPORT: WILLIE MACK MAKES A NEW FRIEND, THE NORTH HAS ARRIVED, JOHNNY IMPACT PULLS ANOTHER ONE OVER ON BRIAN CAGE, AND MORE", PWInsider 
  38. Carapola, Stuart (अप्रिल १९, २०१९), "COMPLETE IMPACT WRESTLING REPORT: A TURNING POINT IN THE BUDDING PARTNERSHIP OF ELI DRAKE AND EDDIE EDWARDS, DESMOND XAVIER SCORES A MAJOR UPSET, MADMAN FULTON CRUSHES TOMMY DREAMER, AND MORE", PWInsider 
  39. "Impact Bound for Glory live results: Brian Cage vs. Sami Callihan", WON/F4W - WWE news, Pro Wrestling News, WWE Results, UFC News, UFC results, अक्टोबर २०, २०१९। 
  40. "11/19 IMPACT WRESTLING REPORT: Thomas's report on hour-long Gauntlet Match with Moose, Tessa Blanchard, Brian Cage, Michael Elgin, Rich Swann, Daga -", नोभेम्बर २०, २०१९। 
  41. Moore, John (जनवरी १२, २०२०), "1/12 Impact Wrestling Hard To Kill results: Moore’s live review of Sami Callihan vs. Tessa Blanchard for the Impact World Championship, The North vs. Rich Swann and Willie Mack for the Impact Tag Titles, Ace Austin vs. Trey for the X Division Championship, Rob Van Dam vs. Brian Cage", Pro Wrestling Dot Net, अन्तिम पहुँच जनवरी १२, २०२० 
  42. Satin, Ryan (जनवरी १२, २०२०), "WATCH: Tessa Blanchard Wins Impact World Championship At Hard To Kill", Pro Wrestling Sheet 
  43. Kreikenbohm, Philip, "APWA World Ladies Championship « Titles Database", cagematch.net। 
  44. Kreikenbohm, Philip, "CWF Wrestlelusion VII « Events Database « CAGEMATCH – The Internet Wrestling Database", www.cagematch.net 
  45. Kreikenbohm, Philip, "ECWA Women's Championship « Titles Database", cagematch.net। 
  46. Kreikenbohm, Philip, "Super 8 ChickFight Tournament « Tournaments Database", cagematch.net। 
  47. Kreikenbohm, Philip, "EWA Florida Heavyweight Championship « Titles Database", cagematch.net। 
  48. Kreikenbohm, Philip, "EWA Heavyweight Championship « Titles Database", cagematch.net। 
  49. Impact Best of 2018 Fans' Choice Awards Reveal with Anthony Carelli and Alicia Atout! Behind the Lights Episode 34 retrieved December 20, 2018
  50. "Exclusive: X-Division Star & Finisher of the Year", इम्प्याक्ट रेस्लिङ 
  51. Kreikenbohm, Philip, "Kings And Queens Tournament « Tournaments Database", cagematch.net। 
  52. Kreikenbohm, Philip, "PCW ULTRA May The 4th « Events Database « CAGEMATCH – The Internet Wrestling Database", www.cagematch.net 
  53. Kreikenbohm, Philip, "Remix Pro Fury Championship « Titles Database", cagematch.net। 
  54. "Phoenix Of RISE Championship « Titles Database « CAGEMATCH – The Internet Wrestling Database", www.cagematch.net, अन्तिम पहुँच १७ फेब्रुअरी २०१९ 
  55. "Your Votes Are In – Announcing The 2018 RISE Year-End Award Winners!", राइज रेस्लिङ, डिसेम्बर २४, २०१८। 
  56. Bentley, Martin (नोभेम्बर १४, २०१६), "11/13 Shimmer 89 & 90 results from Berwyn, IL", Pro Wrestling Insider, अन्तिम पहुँच नोभेम्बर १४, २०१६ 
  57. December 28, Justin Barrasso, "Counting down the top 10 women's wrestlers of 2018", SI.com, अन्तिम पहुँच १७ फेब्रुअरी २०१९ 
  58. Barrasso, Justin, "The Top 10 Women Wrestlers of 2019", SI.com, अन्तिम पहुँच डिसेम्बर ३१, २०१९ 
  59. "WW Women's Championship « Titles Database « CAGEMATCH - The Internet Wrestling Database", www.cagematch.net 
  60. ६०.० ६०.१ "07/22/2017 – Show Results: Squared Ring Circus", WrestleCircus, मूलबाट सेप्टेम्बर ११, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २३, २०१७  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ११, २०१७ मिति
  61. Kreikenbohm, Philip, "Zelo Pro Women's Championship « Titles Database « CAGEMATCH – The Internet Wrestling Database", www.cagematch.net 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]