लेइसी एभेन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेइसी एभेन्स
सन् २०१८ अप्रिलमा एभेन्स
वास्तविक नाममेसी एभेन्स
जन्म (1990-03-24) मार्च २४, १९९० (उमेर ३४)
जर्जिया, अमेरिका
निवासस्थानदक्षिण क्यारोलिना, अमेरिका
जीवनसाथी(हरू)अलफन्सो इस्ट्रेला क्याडलिक
बच्चा१ (छोरी)
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामलेइसी एभेन्स[१]
मेइसी इस्ट्रेला
मेइसी एभेन्स[२]
रिबु मोब्स[३]
उचाई५ फिट ८ इन्च (१.७३ मी)[१]
उत्पत्तिदक्षिण क्यारोलिना[१]
प्रशिक्षकटम काइजारो
डब्ल्युडब्ल्युई प्रशिक्षण केन्द्र
पदार्पणसन् २०१४

मेइसी इस्ट्रेला केड्लिक (जन्म:२४ मार्च १९९०) एक अमेरिकी व्यावसायीक महिला कुस्ती खेलाडी हुन् जो हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी लेइसी एभेन्सको नामले कुस्ती खेल्ने गर्छिन्।

उनी अमेरिकी नौसेना सैन्य प्रहरी कार्यकारीको रूपमा सेवा गर्ने क्रममा उनले कुस्तीमा प्रशिक्षण लिन सुरु गरेकी थिइन्। उनले संयुक्त राज्यको स्थित स्वतन्त्र सर्किटमा प्रशिक्षण र कुस्ती कार्यकालको सुरुवात गरेकी थिइन्। सन् २०१६ मा उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा कुस्ती खेल्न सुरु गरेकी थिइन्। उनले डब्ल्युडब्ल्युईद्वारा आयोजित पहिलो मे यो क्लासिकमा पनि एक प्रतिस्पर्धाीको रूपमा भाग लिएकी थिइन्। जापानी महिला कुस्ती खेलाडी काइरी सेनसँगको द्वन्द्व चलिरहेका बेला उनले सन् २०१८ डिसेम्बरमा डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गरेकी थिइन् भने पछि उनको र महिला विजेता बेकी लिन्च बीच लिन्चको महिला उपाधिका लागिद्वन्द्व चलेको थियो।

व्यावसायिक कुस्ती खेलजीवन[सम्पादन गर्नुहोस्]

स्वतन्त्र सर्किट (सन् २०१४–२०१५)[सम्पादन गर्नुहोस्]

इस्ट्रेलाले सन् २०१४ मा जर्जिया स्थित स्टेट्सबरोमा रहेको अमेरिकी कुस्ती प्रशिक्षण केन्द्रमा टम काइज्जोको नेतृत्वमा प्रशिक्षण लिन सुरु गरेकी थिइन् छिन्। उनले पछि उक्त पदोन्नतिका लागि पर्दापण खेल सन् २०१४ मा खेलेकी थिइन् भने पछि उनले उक्त पदोन्नतिको विश्व ह्याभिवेट उपाधि जित्न सफल भएकी थिइन्।[४]

डब्ल्युडब्ल्युई[सम्पादन गर्नुहोस्]

एनएक्सटी (सन् २०१६–२०१९)[सम्पादन गर्नुहोस्]

जुन २०१८ मा, एभेन्स (बायाँ) र बियाङ्का ब्लेयर

सन् २०१६ अप्रिल १२ का दिन इस्ट्रेलाले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले त्यसपछि डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा एकल तथा ट्याग टिम खेल खेल्न सुरु गरेकी थिइन्।[५][६] अक्टोबर २०, २०१६ का दिन उनले डब्ल्युडब्ल्युईद्वारा आयोजित एक कुस्ती कार्यक्रममा उक्त पदोन्नतिका लागि पर्दापण गरेकी थिइन् जहाँ उनी एक महिला ब्याटल रोयलमा भाग लिएकी थिइन् तर उक्त खेलबाट उनी निस्कासन भइन् भने खेल एम्बर मुनले आफ्नो पक्षमा पार्न सफल भएकी थिइन्।[७] उक्त खेलको तीन महिना पश्चात् डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा पर्दापण गरेकी थिइन् जहाँ उनले उक्त पदोन्नतिका लागि पहिलो खेलमा साराहा ब्रिड्जसँग एक टोली गठन गर्दै द आइकोनिक्स (बिली केपिटन रोइस) विरुद्धको खेल खेलेका थिए तर उक्त खेलमा उनीहरूको टोली द आइकोनिक्ससँग पराजित भएका थिए।[८][९][१०] सन् २०१७ मा इस्ट्रेलाले आफ्नो रिङ नाम लेइसी एभेन्समा परिवर्तन गरेकी थिइन्।[११] सन् २०१७ जुलाई महिनामा एभेन्सले डब्ल्युडब्ल्युई द्वारा आयोजित मे योङ क्लासि नामक एक प्रतिस्पर्धामा एक प्रतियोगीको रूपमा भाग लिने जानकारी गराएकी थिइन् भने उक्त प्रतियोगिता सन् २०१७ मा डब्ल्युडब्ल्युईले पहिलोपटक आयोजना गरेको थियो।[१२] उक्त कार्यक्रम अन्तर्गत एभेन्सले पहिलो चरणमा टेनारा कोन्टीलाई हराउन सफल भएकी थिइन् भने तर उनी उक्त प्रतियोगिताको दोस्रो चरणको खेल चलिरहँदा टोनी स्टोर्मसँग पराजित हुँदै उक्त प्रतियोगिताबाट बाहिरिएकी थिइन्। [१३][१४]

सन् २०१८ जनवरी १७ का दिन आयोजित एनएक्सटीको एक शृङ्खलामा एभेन्स नकारात्मक भूमिकामा देखा पर्न सुरु गरेकी थिइन् जब उनले तत्कालका एनएक्सटीका महाप्रबन्धक विलियम रिगललाई निकी क्रस, एम्बर मुन र काइरी सेन जस्ता कुस्ती खेलाडीलाई आरोप लगाएकी थिइन्।[१५][१६][१७][१८][१९] सन् २०१८ देखि उनको काइरी सेनसँग द्वन्द्व चलेको थियो भने उनीहरू बीचको दुई खेलमा एक एभेन्सले र एक सेनले जितेका थिए तर पछि उनीहरूको एकअर्काको खेलमा हस्तक्षेप गर्दै एकअर्कालाई आक्रमण गर्दै क्रम जारी राखेका थिए।[२०] अन्ततोगत्वा सन् २०१७ जुन ६ का दिन आयोजित एनएक्सटीको एक शृङ्खलामा लेइसी एभेन्स र काइरी सेन बीचको खेल जारी गरिएको थियो जहाँ एभेन्स सेनसँग पराजित भएकी थिइन् भने उक्त पराजितसँग उनको र सेन बीचको द्वन्द्व अन्त्य भएको थियो।[२१][२२] उक्त वर्षको बाँकी रहेका महिनाहरूमा एभेन्सले डाकोटा काई र क्यान्डीस लिरे जस्ता कुस्ती खेलाडीहरूलाई पराजित गर्दै एक अपराजित यात्रा कायम गर्न सफल भएकी थिइन्।[२३][२४] सन् २०१७ डिसेम्बरमा उनले एनएक्सटी महिला उपाधिका लागि पहिलो दावेदार बन्नका लागि एक ब्याटल रोयल खेलमा भाग लिएकी थिइन् तर उक्त खेल बियाङ्का बालेयले[२५] जित्न सफल भएकी थिइन्। [२६]

र र स्म्याकडाउन कार्यक्षेत्रमा पर्दापण (सन् २०१९–२०२१)[सम्पादन गर्नुहोस्]

सन् २०१८ डिसेम्बर १७ मा दिन एनएक्सटीबाट पदोन्नति भएर डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गर्ने ६ कुस्ती खेलाडी मध्ये एभेन्स पनि एक थिइन्।[२७][२८] उनले डब्ल्युडब्ल्युईको मेन इभेन्ट नामक कार्यक्रममा उनको पहिलो खेल नेटालियाको विरुद्धमा खेलेकी थिइन् जुन खेल सन् २०१९ जनवरी ७ का दिन आयोजना गरिएको थियो। मेन इभेन्ट उनको सामना नेटालियासँग भएको थियो तर उक्त खेलमा उनी नेटालियासँग पराजित भएकी थिइन्।[२९][३०][३१] एभेन्सले आधिकारिक रूपमा डब्ल्युडब्ल्युई द्वारा सञ्चालन गरिएको रोयल रम्बल सन् २०२९ मा डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गरेकी थिइन्। उनले रोयल रम्बलमा पहिलो स्थानमा रिङ प्रवेश गर्दै द आइकोनिक्स (पिटन रोइसबिली के) लाई खेलबाट निस्कासन गराएकी थिइन् तर खेलको २९औँ मिनेटमा उनलाई सार्लेट फ्लेयरले खेलबाट निस्कासन गराएकी थिइन्।[३२] उक्त कार्यक्रम पश्चात् एभेन्स डब्ल्युडब्ल्युई द्वारा हरेक हप्ता आयोजना गरिने र स्म्याकडाउनमा देखा पर्दै खेल हेर्न उपस्थित दर्शकलाई हात हल्लनउने क्रम जारी राख्दै उक्त पदोन्नतिका लागि भने खेलहरूमा समावेश भएकी थिइनन्। [३३][३४]

डब्ल्युडब्ल्युईद्वारा सञ्चालन गरिएको रेसलमेनियाको ३५औँ शृङ्खला पश्चात् एभेन्स सन् २०१९ सुपरस्टार सेक अफ अन्तर्गत डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र मा आवद्ध भएकी थिइन्।[३५][३६] उनी उक्त पदोन्नतिमा सरुवा भएपछि उनले हरेक हप्ता तत्कालका स्म्याकडाउन तथा महिला विजेता बेकी लिन्चलाई आक्रमण गर्न सुरु गरेकी थिइन् जसकारण उनीहरू बीच द्वन्द्वको सुरुवात भएको थियो।[३७][३८][३९] एभेन्स बारम्बार महिला विजेता लिन्चलाई आक्रमण गरेका कारण उनीहरू बीच मे १९, २०१९ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित मनी इन द बेङ्कमा महिला उपाधिका लागि खेल जारी गरिएको थियो तर उक्त खेलमा उनले आत्मसमर्पण गरेका कारण लिन्चले खेल जितेकी थिइन्। त्यसको केही मिनेट पश्चात् लिञ्च र सार्लेट फ्लेयर बीच स्म्याकडाउन महिला उपाधिका लागि पनि खेल आयोजना गरिएको थियो जहाँ एभेन्सले फ्लेयरलाई स्म्याकडाउन महिला उपाधि जित्नका लागि सहयोग गरेकी थिइन् जसकारण लिन्च फ्लेयरसँग पराजित हुँदै स्म्याकडाउन महिला उपाधि गुमाएकी थिइन्। सन् २०१९ को मध्ये देखि उनले पुनः तत्कालका महिला विजेता लिन्चलाई उनक‍ महिला उपाधिका लागि चुनौती दिन सुरु गरेकी थिइन्।[४०][४१][४२][४३][४४][४५][४६] डब्ल्युडब्ल्युईद्वारा आयोजना गरिएको स्टम्पिङ ग्राउन्ड नामक एक कार्यक्रममा एभेन्स र लिन्चको सामना महिला उपाधिका लागि भएको थियो तर उक्त खेलमा पनि उनी लिन्चसँग पराजित भएकी थिइन्। एभेन्स र बेरन कोर्बिनले तत्कालका युनिभर्सल विजेता सेथ रोलिन्स महिला विजेता बेकी लिन्चलाई उनीहरूको उपाधिका लागि चुनौती दिएका जसकारण उनीहरू बीचको खेल एक मिश्रित ट्याग टिम खेल बन्न पुगेको थियो।[४७] एक्स्ट्रिम रूल नामक एक कुस्ती कार्यक्रममा उक्त दुई टोली बीच दुवै महिला उपाधि र युनिभर्सल उपाधिका लागि खेल जारी गरिएको थियो तर उक्त खेलमा पनि कोर्बिन र एभेन्स टोली लिन्च र रोलिन्ससँग पराजित भएका थिए जसको फलस्वरूप उनीहरूको बीचको द्वन्द्व अन्त्य भएको थियो।

सन् २०१९ अक्टोबर ११ का दिन उनी सन् २०१९ सुपरस्टार सेक अफ अन्तर्गत पुनः डब्ल्युडब्ल्युई स्म्याकडाउनमा सरुवा भएकी थिइन्।[४८][४९][५०][५१][५२][५३] डब्ल्युडब्ल्युईले साउदी अरबमा सञ्चालन गरेको क्राउन जोर्लस् नामक एक कुस्ती कार्यक्रममा एभेन्सको सामना नेटालियासँग भएको थियो भने उक्त खेलमा पनि उनी नेटालियासँग पराजित भएकी थिइन् जुन एक ऐतिहासिक खेल थियो।[५४] सन् २०१९ नोभेम्बर २९ का दिन आयोजित स्म्याकडाउनक‍ एक शृङ्खलामा एभेन्सले सासा बेङ्क्सबेइलीका कारण सरभाइभर सिरिजमा टोली एनएक्सटीसँग हार बेहोर्नु परेक‍ जानकारी गराएकी थिइन् जसकारण बेइली[५५] र उनको खेल सन् २०२० जनवरी २६ का दिन आयोजित रोयल रम्बलमा स्म्याकडाउन महिला उपाधिका लागि खेल जारी गरिएको थियो तर उक्त खेलमा उनले स्म्याकडाउन महिला उपाधि जित्न असमर्थ रहिन्।[५६]

रेसलमेनिया ३६ मा एभेन्स स्म्याकडाउन महिला उपाधिको लागि पाँचतर्फी उन्मूलन प्रतियोगिताको सहभागीको रूपमा आएकी थिइन्। सासा बेङ्क्सको हस्तक्षेपपछि बेइलीसमक्ष पराजय भोगेकी थिइन्। अप्रिल २४, २०२० को स्म्याकडाउन प्रकरणमा एभेन्सले मे १० मा भएको मनि इन द बेङ्क कार्यक्रममा सहभागी हुने अवसरका लागि छनोट खेलमा सासा बेङ्क्सको सामना गरेकी थिइन्।[५७][५८] एभेन्सले उक्त खेल आफ्नो पक्षमा पार्न सफल भएकी थिइन्। पछि उनलाई ब्रान्डमा स्थानान्तरण गरिएको थियो।[५९]

जनवरी ४, २०२१ को को प्रशारणमा उनले रिक फ्लेयरसँग देखा परेकी थिइन् भने उनले महिला ट्याग टिम उपाधिको लागि सार्लेट फ्लेयर र आसुका खेलमा फ्लेयरसँग हस्तक्षेप गरेकी थिइन्। त्यसपछिका हप्ताहरूमा रिक फ्लेयरले एभेन्ससँग काम गर्दै आफ्नी छोरी सार्लेटको ध्यान विकर्षण गरेकी थिइन्।[६०] फेब्रुअरी १५ मा एभेन्स गर्भवती रहेको घोषणा गरिएको थियो र त्यस रातको को प्रशारणमा एक कहानीमा समावेश गरियो, जसमा रिक फ्लेयरलाई पिताको रूपमा सङ्केत गरिएको छ।[६१] एभेन्स इलिमिनेसन च्याम्बरमा महिला उपाधिको लागि असुकाको सामना गर्ने योजना बनाएकी थिइन् तर उनको गर्भावस्थाको कारण खेल रद्द गरिएको थियो। फलस्वरूप रिक फ्लेयरसँगको कथा रद्द गरिएको थियो।[६२] उनले उक्त समारोहमा उनले उपाधि जित्ने योजना बनाएको जनाइएको थियो। [६३]

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

  • अमेरिकी प्रिमियर रेस्लिङ
    • एपिडब्ल्यू विश्व ह्याभिवेट उपाधि (१ पटक)
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • १०० महिला कुस्ती खेलाडी मध्ये शीर्ष २३ मा पर्न सफल (सन् २०१९) [६४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "Lacey Evans", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अक्टोबर १३, २०१९ 
  2. "Billie Kay & Peyton Royce def. Sarah Bridges & Macey Evans", अन्तिम पहुँच मार्च १६, २०१७ 
  3. Wilson (अगस्ट ३०, २०१५), "Report: Indy Women’s Wrestler Ruby Mobs Getting WWE Tryout - ProWrestling.com", अन्तिम पहुँच मार्च १६, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल २३, २०१९ मिति
  4. "Which independent stars just signed with WWE?", अन्तिम पहुँच मार्च १६, २०१७ 
  5. "NXT Lakeland, FL, live results: Asuka faces the winner of a battle royal", अक्टोबर २०, २०१६, अन्तिम पहुँच मार्च १६, २०१७ 
  6. Middleton, Marc (नोभेम्बर १७, २०१६), "WWE WrestleMania 33 Ticket Party Match Results And Media, Austin Aries Reveals WM Dream Opponent", Wrestling Inc., अन्तिम पहुँच नोभेम्बर २५, २०१६ 
  7. "Csonka’s NXT Review 1.11.17", 411mania, अन्तिम पहुँच मार्च १६, २०१७ 
  8. "Nikki Cross def. Macey Estrella", अन्तिम पहुँच मार्च १६, २०१७ 
  9. James, Justin (मे ३, २०१७), "5/3 NXT TV review: Women’s Battle Royal with confusing finish, Hideo Itami in action, Heavy Machinery continue to impress", Pro Wrestling Torch, अन्तिम पहुँच मे ४, २०१७ 
  10. "Sonya Deville def. Lacey Evans", अन्तिम पहुँच जुन ९, २०१७ 
  11. "First competitors revealed for Mae Young Classic" 
  12. Williams, JJ (जुलाई १३, २०१७), "WWE Mae Young Classic taping spoilers: The tournament begins", Wrestling Observer Newsletter, अन्तिम पहुँच जुलाई १४, २०१७ 
  13. Williams, JJ (जुलाई १४, २०१७), "WWE Mae Young Classic taping spoilers: The finals are set", Wrestling Observer Newsletter, अन्तिम पहुँच जुलाई १५, २०१७ 
  14. Trionfo, Richard (जनवरी १७, २०१८), "WWE NXT REPORT: FISH AND O'REILLY HAVE OPPONENTS FOR TAKEOVER, SO DOES EMBER, STRONG MAKES A CHALLENGE, GARGANO PROVES HIMSELF NEXT WEEK, AND A FEATURE ON TM61", PWInsider 
  15. Trionfo, Richard (अप्रिल ४, २०१८), "WWE NXT REPORT: LOOKING AT THE MATCHES AT TAKEOVER, THE DUSTY RHODES CLASSIC FINALS, DAIN VERSUS SULLIVAN", PWInsider 
  16. Trionfo, Richard (अप्रिल ११, २०१८), "WWE NXT REPORT: RECAPPING TAKEOVER, LOOKING AT THE NEW CALL UPS TO THE MAIN ROSTER, SANE VERSUS EVANS, AND THE WAR RAIDERS MAKE AN IMMEDIATE IMPACT", PWInsider 
  17. Trionfo, Richard (मे २, २०१८), "WWE NXT REPORT: STRONG VERSUS DUNNE, LERAE VERSUS BELAIR, AND MORE", PWInsider 
  18. Trionfo, Richard (मे १६, २०१८), "WWE NXT REPORT: BIG SIX MAN TAG MATCH, RICOCHET VERSUS DREAM, CANDICE CONFRONTS CIAMPA, NIKKI CROSS . . . REPORTER, AND MORE", PWInsider 
  19. Trionfo, Richard (मे २३, २०१८), "WWE NXT REPORT: HANDICAP MATCH, EVANS VERSUS SANE, WHAT IS GARGANO'S FUTURE?, AND MORE", PWInsider 
  20. Trionfo, Richard (जुन ६, २०१८), "WWE NXT REPORT: CIAMPA AND GARGANO, EVANS VERSUS SANE, YOU DO NOT TELL NIKKI CROSS "NO", AND MORE", PWInsider 
  21. Trionfo, Richard (जुलाई १८, २०१८), "WWE NXT REPORT: FOCUSING ON THE WOMEN, NUMBER ONE CONTENDER, VIDEO FEATURE ON WAR RAIDERS, AND MORE", PWInsider 
  22. Trionfo, Richard (जुलाई २५, २०१८), "WWE NXT REPORT: BLACK VERSUS CIAMPA FOR THE TITLE, CONTRACT SIGNING, THE UNDISPUTED ERA HAVE SOME SUITORS FOR THEIR TITLES", PWInsider 
  23. Trionfo, Richard (सेप्टेम्बर १९, २०१८), "WWE NXT REPORT: CHAMPION VERSUS CHAMPION, DREAM ONLY KNOWS ONE NAME, JAXSON RYKER'S IN RING DEBUT, AND MORE", PWInsider 
  24. Trionfo, Richard (अक्टोबर ३, २०१८), "WWE NXT REPORT: LORCAN AND BURCH SPEAK, THE 'WRESTLING FAMILY' IN ACTION, AND MORE", PWInsider 
  25. Trionfo, Richard (डिसेम्बर १२, २०१८), "WWE NXT REPORT: MORE QUALIFIERS FOR NUMBER ONE CONTENDER MATCH, MIGHTY VERSUS LORCAN AND BURCH, RICOCHET FACES A BLAST FROM THE PAST OF NXT", PWInsider 
  26. Trionfo, Richard (डिसेम्बर २६, २०१८), "WWE NXT REPORT: NUMBER ONE CONTENDER FOR SHAYNA, STORY TIME WITH TOMMASO AND GOLDIE, TAG TITLE MATCH, AND MORE", PWInsider 
  27. Johnson, Mike (डिसेम्बर १७, २०१८), "WWE ANNOUNCES SIX NXT STARS COMING TO MAIN ROSTER", PWInsider 
  28. Trionfo, Richard (डिसेम्बर १७, २०१८), "NEW FACES COMING TO WWE: LIVE ONGOING WWE RAW REPORT", PWInsider 
  29. Perez, Jose (जनवरी ७, २०१९), "TWO MAIN ROSTER DEBUTS: WWE MAIN EVENT SPOILERS", PWInsider 
  30. Trionfo, Richard (जनवरी १४, २०१९), "WWE RAW REPORT: BE CAREFUL WHOSE CAR YOU DESTROY, CHANGE TO MAIN EVENT, INFO ON WOMEN'S TAG TITLES, DEBUTS, AND AN IC TITLE MATCH", PWInsider 
  31. Trionfo, Richard (जनवरी २१, २०१९), "WWE RAW REPORT: MORE NAMES FOR THE RUMBLE, TAG TITLE MATCH, BALOR AND BROCK, AND MORE", PWInsider 
  32. Johnson, Mike (जनवरी २७, २०१९), "COMPLETE WWE ROYAL RUMBLE 2019 COVERAGE", PWInsider, अन्तिम पहुँच जनवरी २७, २०१९ 
  33. Trionfo, Richard (मार्च ४, २०१९), "WWE RAW REPORT: NEW MATCHES FOR SUNDAY, TAG TITLE MATCH, A RESPECT GAUNTLET, THE SHIELD IS BACK?, AND MORE", PWInsider 
  34. Trionfo, Richard (मार्च ११, २०१९), "WWE RAW REPORT: BATISTA AND HHH IS ON, ANGLE MAKES AN ANNOUNCEMENT, WE HAVE A WRESTLEMANIA HOST, BRAUN AND VEHICLES PART A LOT, LACEY WALKS TO A DIFFERENT PART OF THE ARENA, AND MORE", PWInsider 
  35. Trionfo, Richard (फेब्रुअरी १९, २०१९), "WWE SMACKDOWN REPORT: IT IS HAPPENING AT FASTLANE, NXT GUYS GO 6–0 THIS WEEK, ASUKA IS ON THIS WEEK'S SHOW, AND MORE", PWInsider 
  36. Trionfo, Richard (मार्च ५, २०१९), "WWE SMACKDOWN REPORT: CHARLOTTE AND BECKY TALK, THE US TITLE OPEN CHALLENGE, ALI RETURNS, AND MORE", PWInsider 
  37. Trionfo, Richard (फेब्रुअरी १७, २०१९), "WWE ELIMINATION CHAMBER PPV REPORT: TWO CHAMBER MATCHES, SIX TITLE MATCHES, DID BECKY LYNCH DO ANYTHING, AND MORE", PWInsider 
  38. Trionfo, Richard (मार्च १०, २०१९), "COMPLETE WWE FASTLANE PPV COVERAGE: THE SHIELD ONE LAST TIME, WRESTLEMANIA IS TAKING SHAPE, MANY TITLE MATCHES, AND MANY ELIAS APPEARANCES", PWInsider 
  39. Carapola, Stuart (अप्रिल ७, २०१९), "COMPLETE WRESTLEMANIA 35 COVERAGE: NEW CHAMPIONS ARE CROWNED, TRIPLE H PUTS HIS CAREER ON THE LINE, DOES KOFI GET HIS MOMENT, THE WOMEN MAKE HISTORY WITH ALL THE GOLD ON THE LINE, AND MORE", PWInsider 
  40. Trionfo, Richard (अप्रिल ८, २०१९), "WWE RAW REPORT: TITLE VERSUS TITLE, THE MAN HAS A NEW CHALLENGER?, DEAN'S LAST MATCH, AND MORE", PWInsider 
  41. Carapola, Stuart (अप्रिल ९, २०१९), "WWE SMACKDOWN REPORT: KOFI'S CELEBRATION, SAMI PULLS A LACEY, TAG TITLE MATCH TIMES TWO, AND MORE", PWInsider 
  42. Trionfo, Richard (अप्रिल १५, २०१९), "WWE RAW REPORT: A LOT OF NEW FACES, A NUMBER ONE CONTENDER FOR BECKY, SAMI HAS FUN WITH MONTREAL, AND MORE", PWInsider 
  43. Trionfo, Richard (अप्रिल २२, २०१९), "WWE RAW REPORT: SETH HAS HIS OPPONENT FOR MITB, BRAY GOES PEE WEE, THERE IS NO BOBBY ONLY ROBERT, AND MORE", PWInsider 
  44. Trionfo, Richard (अप्रिल २९, २०१९), "WWE RAW REPORT: A CONTRACT SIGNING, THE RETURN OF GTV?, WHO IS IN MONEY IN THE BANK, AND MORE", PWInsider 
  45. Trionfo, Richard (मे ६, २०१९), "WWE RAW REPORT: THE WILD CARD RULE, TAKING OUT THE TRASH, AND MORE", PWInsider 
  46. Trionfo, Richard (मे १३, २०१९), "WWE RAW REPORT: A CONTRACT SIGNING, A CHANGE TO MONEY IN THE BANK?, FIREFLY FUN HOUSE GOES DARKER, AND MORE", PWInsider 
  47. Trionfo, Richard (मे १९, २०१९), "COMPLETE WWE MONEY IN THE BANK REPORT: TWO LADDER MATCHES, TWO WOMEN'S TITLE MATCHES FOR BECKY, WHO SITS ON THE THRONES WITH THE BRIEFCASES, AND MORE", PWInsider 
  48. Trionfo, Richard (मे २०, २०१९), "WWE RAW REPORT: A NEW TITLE, DID BROCK CASH IN?, ALEXA AND NIKKI ARE STILL FRIENDS, AND MORE", PWInsider 
  49. Trionfo, Richard (मे २१, २०१९), "WWE SMACKDOWN REPORT: BIG E IS BACK, ANOTHER RETURN, HATH SHANE FORSAKEN ELIAS FOR ANOTHER?, AND MORE", PWInsider 
  50. Trionfo, Richard (मे २७, २०१९), "WWE RAW REPORT: SHANE WRESTLES, BROCK DANCES, DOLPH TALKS, AND BROCK ALSO LEARNS ABOUT THE MITB CASH IN STIPULATION", PWInsider 
  51. Trionfo, Richard (मे २८, २०१९), "WWE SMACKDOWN REPORT: NEW CHAMPIONS, FRIENDS NO MORE?, APPRECIATE SHANE, KOFI VERSUS OWENS, AND MORE", PWInsider 
  52. Trionfo, Richard (जुन ३, २०१९), "WWE RAW REPORT: UNDERTAKER, A NEW US CHAMPION, THE CASH IN?, AND MORE", PWInsider 
  53. Trionfo, Richard (जुन १०, २०१९), "WWE RAW REPORT: TAG TITLE MATCH, ALL WOMEN'S CHAMPIONS IN ACTION, A SHANE-A-BRATION, AND MORE", PWInsider 
  54. Schwartz, Nick (अक्टोबर ११, २०१९), "WWE Draft results: See all the picks from night 1", USA Today, अन्तिम पहुँच अक्टोबर १३, २०१९ 
  55. Chiari, Mike, "Nattie Beats Lacey Evans in 1st Women's Match in Saudi Arabia at WWE Crown Jewel", Bleacher Report (अङ्ग्रेजीमा), अन्तिम पहुँच नोभेम्बर १, २०१९ 
  56. Beaston, Erik, "WWE SmackDown Results: Winners, Grades, Reaction and Highlights from November 29", Bleacher Report (अङ्ग्रेजीमा), अन्तिम पहुँच नोभेम्बर २९, २०१९ 
  57. Powell, Jason (जुलाई १०, २०२०), "7/10 WWE Friday Night SmackDown results: Powell's review of the Big E and Kofi Kingston vs. Shinsuke Nakamura and Cesaro for the SmackDown Tag Titles, WWE Women's Tag Champions Sasha Banks and Bayley vs. Alexa Bliss and Nikki Cross in a non-title match, Jeff Hardy on Miz TV", Pro Wrestling Dot Net, मूलबाट डिसेम्बर १५, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १०, २०२० 
  58. DeFelice, Robert (जुलाई १०, २०२०), "Cesaro & Nakamura Set A Table For Two, Sasha & Bayley Shine Bright – Post-SD Fight Size", Fightful, मूलबाट अक्टोबर २६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ७, २०२१ 
  59. WWE.com Staff (अक्टोबर ९, २०२०), "See all the results from the 2020 Draft", डब्ल्युडब्ल्युई, मूलबाट नोभेम्बर ३, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १२, २०२० 
  60. Rose, Bryan (जनवरी ३१, २०२१), "WWE Royal Rumble: Women's entrant order and eliminations", Wrestling Observer Newsletter, मूलबाट फेब्रुअरी १५, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ७, २०२१ 
  61. Thomas, Jeremy (फेब्रुअरी १५, २०२१), "Lacey Evans Announces She's Pregnant On Raw, Legit Pregnancy Being Worked into Storyline", 411MANIA, मूलबाट फेब्रुअरी १६, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १६, २०२१ 
  62. Martínez, Sebastián (फेब्रुअरी २३, २०२१), "WWE Raw: Los Flair inician el fin de su historia – Asuka pierde un diente" [WWE Raw: The Flairs begin the end of their story – Asuka loses a tooth], Solowrestling.com (स्पेनीमा), मूलबाट मार्च ८, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २३, २०२१ 
  63. Sapp, Sean Ross (मार्च ९, २०२१), "Lacey Evans Was Slated To Beat Asuka For WWE Raw Women's Title Before Pregnancy", Fightful, मूलबाट मार्च १०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १०, २०२१ 
  64. "Pro Wrestling Illustrated Top 100 Female Wrestlers Results", Wrestling Travel, अन्तिम पहुँच नोभेम्बर ९, २०१९  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १५, २०१९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]