स्तिना ब्ल्याकस्तेनिउस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्तिना ब्ल्याकस्तेनिउस
व्यक्तिगत जानकारी
पुरा नाम एमा स्तिना ब्ल्याकस्तेनिउस
जन्म मिति (1996-02-05) ५ फेब्रुअरी १९९६ (उमेर २८)
जन्म स्थान भद्स्तिना, स्विडेन
उचाइ १.७४ मी (५ फिट   इन्च)
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
लङ्सपिङ एफसी
सङ्ख्या २०
युवा करियर
भद्स्तिना जिआइएफ
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २०११–२०१२ भद्स्तिना जिआइएफ ३५ (५९)
२०१३–२०१६ लिङ्सपिङ एफसी ७९ (३९)
२०१७–२०१९ मोन्टेपिलर ३८ (२६)
सन् २०१९– लिङ्सपिङ एफसी १५ (६)
अन्तर्राष्ट्रिय करियर
सन् २०१२–२०१३ १७ वर्ष भन्दा मुनि १६ (११)
सन् २०१३–२०१५ १९ वर्ष भन्दा मुनि २९ (३४)
सन् २०१६ २० वर्ष भन्दा मुनि (८)
सन् २०१५– स्विडेन ५४ (१४)
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२:४०, १२ डिसेम्बर २०१९ [१]

एमा स्तिना ब्ल्याकस्तेनिउस (स्वीडेनी: Stina Blackstenius) (जन्म: ५ फेब्रुअरी १९९६), स्विडेनकी महिला फुटबल खेलाडी हुन्।[२] उनी हाल स्विडेन महिला राष्ट्रिय टोली र दमल्सेभेन्स्कनको क्लब लिङ्सपिङ फुटबल क्लबका लागि अग्रपङ्क्तिको भूमिकामा मैदान उत्रने गर्दछिन्। उनले सन् २०११ देखि उनको गृह क्लब भद्स्तीना जिआइएफका लागि फुटबल खेल्न सुरु गरेकी थिइन्। उनले सन् २०१३ मा उक्त क्लब छोडि दमल्सेभेन्स्कनको उच्च प्रदर्शन गर्ने लिङ्सपिङ फुटबल क्लमा भित्रिएकी थिइन्।[३][४] उनले सन् २०१६ मा, लिङ्सपिङको साथ ओलम्पिक प्रतियोगितामा स्वर्ण पदक हात पार्न सफल भएकी थिइन् जुन क्लबको दोस्रो स्वर्ण पदक रहेको थियो।[५] ब्ल्याकस्तेनिउसले स्भेन्सा कुपेनमा तीन पटक फाइनल खेल खेलिसकेकी छिन् भने जस मध्ये २ पटकको उपाधि (सन् २०१३/१४ र सन् २०१३-१५) हात पार्नका लागि उनले टोलीलाई मद्दत गरेकी थिइन्। टोलीले हात पार्न उनको सहयोग अतुलनीय रहेको थियो।[६] जनवरी २०१७ देखि उनी, दुई वर्षे सम्झौता अनुरूप डिभिजन १ फिमिनिनमा खेल्ने क्लब मोन्टेपिलर एचएससीमा खेलेकी थिइन् भने जनवरी २०१९ देखि उनी पुन: लिङ्सपिङमा फर्कदै, अग्रपङ्क्तिको भूमिमा निर्वाह गरिरहेकी छिन्।[७]

सन् २०१५ मा, उनले स्विडेनको महिला राष्ट्रिय टोली अन्तर्गतको समूह ख मा पर्दापण गरेकी थिइन्। उनले सन् २०१६ को रियो दि जेनेरियो ओलम्पिकमा पनि भाग जनाएकी थिइन्। सन् २०१९ को फिफा महिला विश्वकपमा उनी स्विडेनको प्रमुख खेलाडीको रूपमा रहेकी थिइन् र उनले टोलीलाई तेस्रो स्थान प्राप्त गर्न विभिन्न प्रकारले मद्दत गरेकी थिइन्। उनले पहिला स्विडेनको १७ वर्ष मुनिको महिला राष्ट्र टोलीका साथ युरोपेली उपाधि जित्नमा पनि सहयोग गरेकी थिइन्।[८]

निजीजीवन[सम्पादन गर्नुहोस्]

स्तिना ब्ल्याकस्तेनिउसको जन्म सन् १९९६ मा स्विडेनको सहर भद्स्तिनामा भएको थियो।[९] उनको बुबाको नाम म्यानुस ब्ल्याकस्तेनिउस हो भने उनको आमाको नाम लिना विबर्ग हो। उनका एकजना दाई र एकजना बहिनी छिन्। उनले सानो उमेर छँदा नै विभिन्न खेलहरू प्रति रुची राखेकी थिइन्। उनले पहिला फुटबल, हेन्डबल र एथलेटिक्स खेल्ने गर्दथिन् भने सन् २०१३ सम्म उनी हेन्डबल खेल्ने गर्दथिन्। [१०][११] उनले अर्थशास्त्र विषय लिएर पठनपाठन गरेकी थिइन्। सन् २०१५/२०१६ को हिँउदमा उनी लिङ्सपिङमा गएकी थिइन्।[१२]

क्लब कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् २००२-२०१६: भद्स्तिना जिआइएफ र लिङ्सपिङ फुटबल क्लब[सम्पादन गर्नुहोस्]

उनले सन् २००२ मा, ६ वर्षको उमेर देखि नै भद्स्तिना जिआइएफमा खेल्न सुरु गरेकी थिइन्। [१३] सन् २०११ को संस्करणमा, उनले क्लबका लागि तेस्रो स्तरको फुटबल प्रतियोगितामा खेल्दै १८ खेलहरूमा २१ गोल गर्न सफल भएकी थिइन् भने अर्को संस्करणमा उनले १७ खेलमा ३८ गोल गरेकी थिइन्। उनलाई वर्षको उत्कृष्ट खेलाडीको रूपमा पुरस्कृत पनि गरिएको थियो।[१४]

उनले सन् २०१३ मा, लिङ्सपिङसँग खेल्नका लागि तीन वर्से सम्झौतामा हस्ताक्षर गरेकी थिइन्।[१५] उनले १७ अप्रिल २०१३ मा, दमल्सेभेन्स्कनमा पहिलो खेल खेलेकी थिइन् जहाँ उनी ६८ अौँ मिनेटमा कोपर्बरग्स/योहतेबोर्यको विरुद्ध मैदान प्रवेश गरेकी थिइन्। सोही वर्षको मे २८ मा उनले रुसेनगोद विरुद्धको खेलमा पहिलो गोल गरेकी थिइन् जसमा टोली ३-१ को जित निकाल्न सफल भएको थियो।[१६] सोही संस्करणको अन्तिम ५ खेलमा उनले ६ गोल गर्न सफल भएकी थिइन्। समग्रमा उनले २० शृङ्खला खेलमा, ८ गोल र ३ सहायता गरेकी थिइन्। लिङ्सपिङ तेस्रो स्थानमा आएको थियो जसले गर्दा क्लब युइएफए महिला च्याम्पियन्स लिगमा छनोट भएको थियो। जनवरी २०१४ मा, उनले आफ्नो सम्झौतालाई थप ३ वर्षका लागि बढाएकी थिइन्।[३] ७ अगष्ट २०१४ मा, ब्ल्याकस्तेनिउसले लिङ्सपिङ फुटबल क्लबसँग, स्भेन्सा कुपेनमा सहभागितम दर्ता गर्दै टोलीलाई उपाधि जित्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।[४] फाइनलमा टोलीले क्रिस्तनस्तादलाई हराउँदै उपाधि जितेको थियो। उनले उक्त प्रतियोगिता भरि ६ खेलमा ७ गोल गरेकी थिइन्। लिङ्सपिङमा रहदा उनले क्लबको तर्फबाट तीनवटा उपाधि जितेकी थिइन्।[१७]

दमल्सेभेन्स्कका लागि दोस्रो संस्करणमा उनको प्रदर्शन खस्किएको थियो।[५] १६ खेलमा उनले जम्मा ३ गोल गरेकी थिइन् जसले गर्दा अन्तिम सम्ममा लिङ्सपिङ तालिकाको चौथो स्थानमा रहेको थियो।[५] स्भेन्का कुपेनमा लिङ्सपिङ दोस्रो चरणमा प्रवेश गरेको थियो जहाँ दोलीले नरसपिङ दिएफकेसँग खेलेको थियो। उक्त खेलमा उनको ह्याट्रिक (एकै खेलमा ३ गोल) गर्न सफल भएकी थिइन् जसले गर्दा टोलीले ६-० को सहज जित निकालेको थियो।[१८] ९ अगष्ट २०१५ भएको फाइनल खेलमा टोली रुसेनगोदसँग आमने साम्ने भएको थियो जसमा टोलीले रुसेनगोदलाई २-० पाखा लगाएको थियो। उक्त खेलमा दुबै गोल उनको नाममा रहेको थियो। उक्त संस्करणमा उनले युइएफए महिला च्याम्पियन्स लिगमा पनि सहभागिता जनाउने अवसर प्राप्त गरेकी थिइन्।[१९] लिङ्सपिङ सिधै १६ को चरण लागि छनोट भएको थियो जसमा टोलीले आफ्नो पहिले खेल ८ अक्टोबर २०१४ मा खेलेको थियो।[२०] तथापि, टोली लिभरपुलसँग २-१ गोल अन्तरले पराजित हुन पुगेको थियो। उनले च्याम्पियन्स लिग भरि जम्मा चार खेल खेलेकी थिइन् तथापि गोल गर्नबाट भने चुकेकी थिइन्। [२१] ब्ल्याकस्तेनिउसले सन् २०१६ को दमल्सेभेन्स्कनमा ५ गोल गरेकी थिइन्।[२२] उनले १५ जुन २०१६ मा, भित्सो जिआइके विरुद्ध ह्याट्रिक गरेकी थिइन् र टोलीले ८-० को फराकिलो जित निकालेको थियो।[२३] २ सेप्टेम्बर २०१६ को खेलमा पनि उनले ह्याट्रिक गरेकी थिइन्।[२४]

सन् २०१७-२०१९: मोन्टेपिलर एचएससी[सम्पादन गर्नुहोस्]

सन् २०१६ को अन्त्यमा, ब्ल्याकस्तेनिउसले लिङ्सपिङसँग सम्झौता लम्ब्याउन नचाहेको जनाएकी थिइन्।[२४][२५] उनलाई आफ्नो क्लबमा ल्याउनका लागि, ८ क्लबहरू जस्तै पेरिस सेन्ट-जर्मेन फिमिनिन, बायान मुन्छेन, चेल्सी आदीले प्रयास गरेका थिए।[२६] ३ जनवरी २०१७ मा, डिभिजन १ फिमिनिनको क्लब मोन्टेपिलर एचएससीले साढे दुई वर्षका लागि उनलाई क्लबमा भित्राएको घोषणा गरेको थियो।[२७] ब्ल्याकस्तेनिउसले मोन्टेपिलरसँगको पहिलो खेल ७ जनवरी २०१७ मा कुप दि फ्रान्समा खेलेकी थिइन्। मोन्टेपिलरले दोमन्त फुटबल क्लबसँग प्रतिस्पर्धा गरेको थियो जसमा क्लब १६-० को फराकिलो अन्तर सहित पराजित भएको थियो।[२८] उक्त खेलमा उनले ४ गोल गर्न सफल भएकी थिइन्। १२ मार्च २०१७ मा भएको क्वाटर फाइनल खेलमा, टोली सेन्ट-इतिनिसँग १-० ले पराजित हुँदै बाहिरिएको थियो।[२९]

३ सेप्टेम्बर २०१७ मा, ब्ल्याकस्तेनिउसले क्लबसँगको दोस्रो संस्करण दुई गोलबाट सुरु गरेकी थिइन् जहाँ टोलीले एल्बीलाई ७-० ले पराजित गरेको थियो। [३०] उनले १० सेप्टेम्बर २०१७ मा, मोन्टेपिलरको ८-० को फराकिलो जितमा एक र २४ सेप्टेम्बर २०१७ मा, १-४ को जितमा एक गरी दुई गोल गरेकी थिइन्।[३१] चौथो चरणमा, ब्ल्याकस्तेनिउसले कुनैपनि गोल गर्न नसक्दा ओलम्पिके ल्योनाइससँग ५-० ले पराजित भएको थियो। [३२] दुबै मोन्टेपिलर र ब्ल्याकस्तेनिउसले सन् २०१८/१९ को संस्करणमा राम्रो सुरुवात गरेका थिए। कुप दि फ्रान्समा उनले मोन्टेपिलरको लागि ३ गोल गरेकी थिइन्। टोलीले मिट्ज फुटबल क्लबलाई ११-० को भारि अन्तरका साथ पराजित गरेको थियो जसमा उनले ५ गोल गरेकी थिइन्।[३३] २७ अक्टोबर २०१८ मा भएको लिलेसँगको खेलमा, उनले एक गोल गरेकी थिइन् जसमा खेल १-१ को बराबरीमा टुङ्गिएको थियो। उनले ४३ अौँ लिग खेलमा २६ गोल गरेकी थिइन्। १२ जनवरी २०१९ मा उनले मोन्टेपिलरसँग आफ्नो अन्तिम खेल खेलेकी थिइन्।[३४]

सन् २०१९ - हाल: लिङ्सपिङ फुटबल क्लमा फिर्ता[सम्पादन गर्नुहोस्]

३० जनवरी २०१९ मा, लिङ्सपिङले उनलाई दुई वर्षको सम्झौता अनुसार क्लबमा ल्याएको पुष्टि गरेको थियो।[३५]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् २०१३-२०१६: युवा राष्ट्रिय टोली[सम्पादन गर्नुहोस्]

स्विडेनको १९ वर्ष मुनिको टोलीको रूपमा उनले सन् २०१५ मा भएको १९ वर्ष मुनिको युइएफए महिला च्याम्पियन्स लिग सहभागिता जनाएकी थिइन्।[३६] उनले उक्त प्रतियोगिता भरि ६ गोल गरेकी थिइन् जसमा उनले २ दुई गोल प्रतिद्वन्द्वी स्पेनको विरुद्धमा गरेकी थिइन्।[३७] ब्ल्याकस्तेनिउसले २७ अक्टोबर २०१५ मा, सन् २०१७ मा भएको युइएफए युरो छनोटमा स्विडेनको वरिष्ठ टोलीका तर्फबाट आफ्नो पहिलो खेल खेलेकी थिइन् जसमा टोलीलाई जिताउनका लागि उनले अहम् भूमिका निर्वाह गरेकी थिइन्। ब्ल्याकस्तेनिउसले स्वीडेको १७ वर्ष मुनिको टोलीका लागि १६ खेलहरू खेलेकी थिइन्।[८] सन् २०१३ मा भएको १७ वर्ष मुनिको राष्ट्रिय टोलीको छनोट खेलमा उनले क्रोएसियाको विरुद्ध ३ गोल गरेकी थिइन् जसमा टोलीले क्रोएसियालाई ९-० ले पराजित गरेको थियो। सोही प्रतियोगिताको फाइनलमा स्विडेन पोल्यान्डसँग ०-१ गोल अन्तरले पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाएको थियो। [३८] उनको लागि यो पहिलो पदक रहेको थियो। उनले टोलीका लागि ११ गोल गरेकी थिइन्।[३९]

सन् २०१६ को मध्य तिर, २० वर्ष मुनिको विश्वकपका लागि, उनलाई स्विडेनको २० वर्ष मुनिको टोलीमा स्थानान्तरण गरिएको थियो जसमा उनले पहिलो खेल पपुवा न्यु गिनीको विरुद्धमा खेलेकी थिइन्।[४०] उत्तर कोरियासँग पराजित भएको टोलीले आयोजक पपुवा न्यू गिनीलाई ६-० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो जसमा उनले ४ गोल गरेकी थिइन्।[४१]

सन् २०१५-हाल: राष्ट्रिय टोली[सम्पादन गर्नुहोस्]

स्तिना ब्ल्याकस्तेनिउसलाई स्वीडेको वरिष्ठ महिला टोलीमा नियुक्त गरिएको थियो। उनले टोलीको तर्फबाट आफ्नो पहिलो खेल सन् २०१७ मा भएको युरोपेली च्याम्पियनसिपको छनोट खेल डेनमार्कको विरुद्ध २७ अक्टोबर २०१५ मा खेलेकी थिइन्।[४२] उनलाई ७९ अौँ मिनेटमा मैदानमा प्रवेश गराइएको थियो र टोलीले १-० को जित निकाल्न सफल भएको थियो। उनले स्वीडेको लागि सन् २०१६ को ओलम्पिक छनोटमा पनि खेलेकी थिइन्। टोली सन् २०१६ ओलम्पिक खेलमा प्रवेश गर्न सफल भएको थियो।[४३]

८ अप्रिल २०१६ मा भएको, सन् २०१७ को युरोपेली च्याम्पियनसिपको छनोट खेलमा उनले स्विडेनको वरिष्ठ टोलीको तर्फबाट आफ्नो पहिलो गोल गरेकी थिइन् जसमा टोलीले स्लोभाकियालाई ३-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो। [४४] उनलाई सन् २०१६ को गृष्मकालिन ओलम्पिकमा भाग जनाउनका लागि टोलीमा आह्वान गरिएको थियो जसमा उनले अमेरिकाको विरुद्ध गोल गरेकी थिइन्। फाइनल खेलमा टोली जर्मनीसँग पराजित हुँदै रजत पदक प्राप्त गरेको थियो। ब्ल्याकस्तेनिउस र लोत्ता सिलिन प्रतियोगिताका अग्रणी गोलकर्ताका रूपमा रहेका थिए।[४४]

स्विडेन सन् २०१९ फिफा महिला विश्वकपको लागि छनोट भएको थियो। उनले ५ अप्रिल २०१८ मा हङ्गेरीको विरुद्धमा गोल गरेकी थिइन्। उनले सोही वर्षको जुन ७ मा, राष्ट्रको लागि ९ अौँ र दशौँ गोल गरेकी थिइन्।[४५][४६] उनले सन् २०१९ मा फ्रान्समा भएको महिला विश्वकपको लागि छनोट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई विश्वकपमा प्रवेश गराउनका लागि महत्त्वपूर्ण गोल गरेकी थिइन्।[४७] उनले स्विडेनको लागि पहिलो खेल चिलीको विरुद्ध खेलेकी थिइन् जसमा टोलीले २-० को जित दर्ता गरेको थियो।[६] १६ को चरणमा उनले क्यानडाको विरुद्धमा एक मात्र गोल गरेकी थिइन्।[४८] क्वाटर फाइनलमा उनले जर्मनीको विरुद्धमा १ गोल गरेकी थिइन् र टोलीलाई २-१ को जितमा सहयोग गरेकी थिइन्। उनले राष्ट्रको लागि ६ खेल खेल्दै दुई गोल गरेकी थिइन्।[७][४९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Stina Blackstenius player page" (स्विडेनीमा), svenskfotbol, अन्तिम पहुँच १३ डिसेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण १० अप्रिल २०१९ मिति
  2. "Personsök", birthday.se, अन्तिम पहुँच ५ augusti २०१७ 
  3. ३.० ३.१ "Linköping vinnare av Svenska cupen 2014", Expressen, Martin, २०१४-०८-०७, अन्तिम पहुँच २०१६-०८-२९ 
  4. ४.० ४.१ "Blackstenius bakom Linköpings cupseger", Expressen, Bråstadt, २०१५-०८-०९, अन्तिम पहुँच २०१६-०८-३० 
  5. ५.० ५.१ ५.२ "Årets genombrott 2015: Stina Blackstenius", fogis.se, २०१५-११-०९, अन्तिम पहुँच २०१६-०८-२९ 
  6. ६.० ६.१ "Germany beat Sweden in Olympic final to win their first women's football gold", The Guardian (स्विडेनीमा), २०१६-०८-२०, अन्तिम पहुँच २०१६-०८-३० 
  7. ७.० ७.१ "VM-brons till Sverige – besegrade England med 2-1", Sveriges Television, Ida, २०१९-०७-०६, अन्तिम पहुँच २०१९-०७-०६ 
  8. ८.० ८.१ "Blackstenius crowned WU19 EURO top scorer", Uefa (अङ्ग्रेजीमा), २०१५-०७-२७, अन्तिम पहुँच २०१५-०७-२७ 
  9. "Stina drömde aldrig om landslaget", Motala & Vadstena Tidning, Augustsson, २०१५-१०-२४, अन्तिम पहुँच २०१७-०५-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-२८ मिति
  10. "Vadstenatalang klar för allsvenska LFC", lokaltidningen.se, Alsen, २०१३-०१-२१, अन्तिम पहुँच २०१७-०५-२६ 
  11. "Svenska anfallaren är hoppfull inför finalen", Expressen (Sunnervik), २०१५-०७-२६, अन्तिम पहुँच २०१७-०५-२६ 
  12. ""Var en jobbig period – jag mådde inte bra"", Aftonbladet, Fredriksson, २०१६-०५-२८, अन्तिम पहुँच २०१७-०५-२८ 
  13. "SUPERTALANG KLAR FÖR LFC", linkopingfc.com, २०१२-१२-२७, अन्तिम पहुँच २०१४-१०-२१ 
  14. "# 9 Stina Blackstenius", linkopingfc.com, अन्तिम पहुँच २०१४-१०-२१ 
  15. "Sveriges 30 största talanger listas", damfotboll.com, Johansson, २०१४-१०-१७, अन्तिम पहुँच २०१४-१०-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२४ मिति
  16. "Blackstenius fortsätter i LFC", Sveriges Television, Holmqvist, २०१४-०१-०९, अन्तिम पहुँच २०१४-१०-२१ 
  17. Peterson Gustaf (२०१५-०३-२८), "Europaäventyret är över för LFC", linkopingfc.com, अन्तिम पहुँच २०१६-०८-३० 
  18. Carls David (२०१६-०८-२८), "Finaldepp för LFC i cupen", Östgöta Correspondenten, अन्तिम पहुँच २०१६-०८-३० 
  19. Rickard (२०१६-०६-१५), "Linköping krossade Vittsjö", Sveriges Television, Ekman, अन्तिम पहुँच २०१६-०९-१४ 
  20. Weinem Pontus (२०१६-०९-०२), "Ny målsuccé för Stina Blackstenius", Expressen, अन्तिम पहुँच २०१६-०९-१४ 
  21. "Linköpings FC - Svenska Mästare 2016!", linkopingfc.com, २०१६-१०-१६, अन्तिम पहुँच २०१६-१०-१७ 
  22. "LFC-spelare kan vinna priser", Östgöta Correnspondenten, २०१६-१०-२८, अन्तिम पहुँच २०१६-११-०५ 
  23. "Blackstenius lämnar Linköping", Dagens Nyheter, २०१६-१२-२९, अन्तिम पहुँच २०१६-०१-०३ 
  24. २४.० २४.१ "Kontraktet påskrivet – Stina Blackstenius på plats i Montpellier", Sveriges Television, २०१७-०१-०३, अन्तिम पहुँच २०१६-०१-०३ 
  25. "Stina Blackstenius est Montpelliéraine !", mhscfoot.com (फ्रान्सेलीमा), २०१७-०१-०३, अन्तिम पहुँच २०१६-०१-०३ 
  26. Bergsten Per (२०१७-०१-०८), "Blackstenius utan mål i debuten", Östgöta Correspondenten, अन्तिम पहुँच २०१७-०१-०९ 
  27. Aron (२०१७-०२-१९), "Blackstenius fyramålsskytt i galen cupkross - vann med 16-0", Fotbollskanalen.se, Eriksson, अन्तिम पहुँच २०१७-०२-२० 
  28. Malmkvist Alexander (२०१७-०१-१४), "TV: Blackstenius drömstart - avgjorde mot PSG i sin första match", fotbollskanalen.se, अन्तिम पहुँच २०१७-०१-१५ 
  29. Fredriksson Emelie (२०१७-०५-१३), "Blackstenius gjorde fyra mål i Frankrike", Aftonbladet, अन्तिम पहुँच २०१७-०५-१३ 
  30. "Blackstenius tvåmålsskytt för Montpellier", Hallands Nyheter, २०१७-०९-०३, अन्तिम पहुँच २०१७-०९-०४ 
  31. "Blackstenius tvåmålsskytt mot Marseille", Sydsvenskan, २०१७-०९-२४, अन्तिम पहुँच २०१७-१०-०१ 
  32. "Svensklaget föll ihop i toppmöte", Svenska Dagbladet, २०१७-०९-३०, अन्तिम पहुँच २०१७-१०-०१ 
  33. "Blackstenius och Sembrant målskyttar när Montpellier vann", fotbollskanalen.se, Forsberg, २०१७-११-०८, अन्तिम पहुँच २०१७-११-१८ 
  34. Karlsson (२०१८-१०-२०), "Uppvisning av Blackstenius när Montepellier vann", Aftonbladet, अन्तिम पहुँच २०१८-१०-२८ 
  35. "Stina Blackstenius is back!", linkopingfc.com, Linköpings FC, २०१९-०१-३०, अन्तिम पहुँच २०१९-०१-३१ 
  36. "Blackstenius inspires Sweden to WU19 EURO glory", Uefa, २०१५-०७-२७, अन्तिम पहुँच २०१५-०७-२७ 
  37. "Facts and figures from the competition", Uefa, अन्तिम पहुँच २०१५-०७-२७ 
  38. "Truppen till U20-VM nominerad", svenskfotboll.se, २०१६-१०-१८, अन्तिम पहुँच २०१६-११-०५ 
  39. "6-0 mot Papua Nya Guinea", svenskfotboll.se, २०१६-११-१६, अन्तिम पहुँच २०१६-११-१६ 
  40. Janlind Fredrik (२०१६-११-२०), "Svenska missen – utslaget ur U20-VM", Göteborgs-Posten, अन्तिम पहुँच २०१६-११-२० 
  41. "Stina Blackstenius om landslagsdebuten", Sveriges Radio, २०१५-१०-२८, अन्तिम पहुँच २०१६-०३-२४ 
  42. Hasselgren Fredrik (२०१६-०३-०६), "Stina Blackstenius kliver fram i anfallskonkurrensen", damfotboll.com, अन्तिम पहुँच २०१६-०३-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-२८ मिति
  43. Widerber Jonas (२०१६-०३-०९), "Sverige klart för Rio-OS efter rysare", Skånska Dagbladet, अन्तिम पहुँच २०१६-०३-२४ 
  44. ४४.० ४४.१ Sunnervik Linus (२०१६-०४-०८), "Stina Blackstenius första landslagsmål", Expressen, अन्तिम पहुँच २०१६-०८-३० 
  45. "Women’s Olympic Football Tournament, Rio 2016", फिफा (स्विडेनीमा), अन्तिम पहुँच २०१६-०८-१२ 
  46. "Women’s Olympic Football Tournament, Rio 2016", Fifa (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१६-०८-१२ 
  47. "Truppen till EM i Holland", svenskfotboll.se, २०१७-०६-२०, अन्तिम पहुँच २०१७-०७-२२ 
  48. Jespersson David (२०१९-०६-२४), "Äntligen – Blackstenius bryter jobbiga måltorkan", Sveriges Television, अन्तिम पहुँच २०१९-०७-०६ 
  49. Anders (२०१९-०६-२९), "Blackstenius avgjorde igen – Sverige i VM-semifinal", Dagens Nyheter, Sännås, अन्तिम पहुँच २०१९-०७-०६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]