गृहयुद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गृहयुद्ध भनेको एक देश भित्र कै संगठित समूहहरू बीचको युद्ध हो। कहिलेकाँही गृहयुद्धलाई दुई देशको युद्ध पनि भनिन्छ, जुन कुनै समयमा एउटै देशको भुभाग रहेका थिए । गृहयुद्धमा लड्ने गिरोहको उद्देश्य फरक फरक हुन्छ। कोही सम्पूर्ण देशलाई नियन्त्रण गर्न चाहन्छन् र आफ्नै शासन व्यवस्था प्रणाली लागू गर्न चाहन्छन्, कोही देशको सरकारी नीति बदल्न चाहन्छन् भने कोही देशलाई विभाजित गरेर आफ्नो क्षेत्रलाई स्वतन्त्र बनाउन चाहन्छन्। गृहयुद्ध घातक हुन्छन् - लाखौं मानिसहरु मर्दछन्, लाखौं घरबारविहीन र विस्थापित हुन बाध्य हुन्छन्, देशमा दशकौं सम्म भयङ्कर गरिबी र भोकमरी फैलिन सक्छ र देशको उद्योग लामो समयको लागि चौपट हुन सक्छ। बर्मा, अंगोलाअफगानिस्तान त्यस्ता देशहरू हुन् जसको विगत कुनै समयमा एकदमै उज्ज्वल मानिन्थ्यो, तर गृहयुद्धको यी विश्वको सबैभन्दा पिछडिएका र कमजोर देशहरूमाथि गनिन थाल्यो । गृहयुद्धको क्रममा प्राय: विदेशी सेनाहरूले देशलाई कमजोर पाएर त्यसमा हस्तक्षेप गर्दछन्, जस्तो कि लेबनानको गृहयुद्धमा १९७५-१९९० सम्म चलेको थियो। [१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]