आलेक्सान्दर मित्रोभिच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आलेक्सान्दर मित्रोभित्र
मित्रोभिच २०१८ फिफा विश्वकपमा सर्बियाको प्रतिनिधित्व गर्दै
व्यक्तिगत जानकारी
पुरा नाम आलेक्सान्दर मित्रोभिच[१]
जन्म मिति (1994-09-16) १६ सेप्टेम्बर १९९४ (उमेर २९)[२]
जन्म स्थान स्मेदेरेभो, सर्बिया
उचाइ १.८९ मि[२]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
फुलह्याम
सङ्ख्या
युवा करियर
सन् २००५–२०११ पार्तिजान
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०११–२०१२ तेलेओप्तिक २५ (७)
सन् २०१२–२०१३ पार्तिजान २८ (१३)
सन् २०१३–२०१५ अँदलेच्त ६९ (३६)
सन् २०१५–२०१८ न्युक्यासल ६५ (१४)
सन् २०१८फुलह्याम (रिणमा) १७ (१२)
सन् २०१८– फुलह्याम ८१ (३९)
अन्तर्राष्ट्रिय करियर
२०११–२०१३ १८ वर्ष मुनि १३ (५)
सन् २०१३–२०१७ २१ वर्ष मुनि (४)
सन् २०१३– सर्बिया ५८ (३५)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २१:१२, ८ अक्टोबर २०२०
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २१:१२, ७ सेप्टेम्बर २०२०

आलेक्सान्दर मित्रोभिच (जन्म १६ सेप्टेम्बर १९९४) एक सर्बियाका व्यावसायिक फुटबल खेलाडी हुन् जो प्रिमियर लिग क्लब फुलह्यामसर्बिया राष्ट्रिय फुटबल टोलीको लगि अग्रपङ्क्तिबाट खेल्छन् ।

पार्तिजानका उत्कृष्ट अग्रपङ्क्तिका खेलाडीहरू मध्ये एक, मित्रोभिचलाई अर्को सर्बियाली क्लब तेलेओप्तिकमा ऋणमा आबद्ध गरिएसँगै उनी व्यावसायिक फुटबल खेलाडी बन्न पुगेका थिए जहाँ पछि उनी उक्त क्लबको नियमित खेलाडीको रूपमा मैदान उत्रने गर्दथे। क्लबले सर्बियाली सुपरलिगाको प्रथम संस्करणको उपाधि हात पारेको थियो जसमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

१८ वर्षको उमेरमा, मित्रोभित्रलाई युइएफए पत्रकारहरूको एक चयनद्वारा यूरोपमा १९ वर्ष भन्दा कम उमेरका १० प्रतिभाहरू मध्ये एक को रूपमा नामाङ्कित गरिएको थियो।[३] त्यसपछि उनी बेल्जियमको फुटबल क्लब अँदरलेच्तमा सर्वाधिक धेरै €५० लाखमा आबद्ध भएका थिए भने उनले समग्र दुई संस्करण खेल्दै ९० खेलहरूमा ४४ गोल गरेका थिए। क्लबमा आबद्ध भए लगत्तैको संस्करणमा, क्लबले बेल्जियमी प्रो लिगको उपाधि जित्दा उनको भूमिका महत्त्वपूर्ण रहेको थियो जहाँ उनी क्लबको शीर्ष गोलकर्ता बनेका थिए। सन् २०१५ मा, उनलाई £१ करोड ३० लाखमा न्युक्यासल युनाइटेडमा हस्ताक्षर गराइएको थियो। सन् २०१८ मा उनलाई ऋणमा न्युक्यासल बाट फुलह्यामा आबद्ध गराइएको थियो भने उनलाई पछि, क्लबलाई प्रिमियर लिगमा पदोन्नति गर्न मद्दत गरेकोमा स्थायी रूपमा फुलह्यामा सम्मिलित गरिएको थियो।

मित्रोभिचले सन् २०१३ मा भएको १९-वर्ष मुनिको युरोपेली प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे बापत, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको रूपमा चयन गरिएको थियो। त्यस वर्ष पश्चात्, उनी सर्बियाको प्रतिनिधित्व गर्ने वरिष्ठ खेलाडी बन्न पुगेका थिए जहाँ उनले हालसम्म, देशको तर्फबाट ५० भन्दा बढी उपस्थिति जनाइसकेका छन् भने उनले २०१८ फिफा विश्वकपमा सर्बियाको प्रतिनिधित्व गरेका थिए।

क्लब खेलजीवन[सम्पादन गर्नुहोस्]

सुरुवाती वर्षहरू[सम्पादन गर्नुहोस्]

स्मेदेरेभोमा जन्मिएका मित्रोभिच पार्तिजान सहर आएका थिए जहाँ उनी यसै सहरको क्लबमा आबद्ध भएका थिए। प्रथम टोलीमा पदोन्नति हुनु पूर्व, उनले युवा क्लब तेलेओप्तिकमा सामेल भएका थिए जहाँ उनी सन् २०११-१२ को संस्करणमा प्रदर्शन गरेका थिए। उनले उक्त क्लब अन्तर्गतको २५ वटा लिग खेलमा, ७ गोल गरेका थिए।[४]

पार्तिजान[सम्पादन गर्नुहोस्]

२७ जुन २०१२ मा, मित्रोभिचले चार वर्षको अनुबन्धमा सर्बियाली फुटबल क्लब पार्तिजानसँग उनको पहिलो व्यावसायिक सम्झौतामा हस्ताक्षर गरेका थिए।[५] उनले क्लबको लागि आधिकारिक प्रदापण च्याम्पियन्स लिग छनोट खेलमा माल्टेली क्लब भलेत्ताको बिरुद्धमा गरेका थिए जहाँ उनले विकल्प खेलाडीको रूपमा मैदान प्रवेश गर्दै ९ मिनेट पछि गोल गरेका थिए।[६] २३ मा अगस्ट २०१२, मित्रोभिच त्रोम्सुको विरुद्ध युइएफए युरोपा लिगको छनोट खेलमा हेडिङ मार्फत गोल गरेका थिए। त्यसको तीन दिन पश्चात्, उनले आफ्नो प्रथम लिग खेलमा गृह मैदानमा, यागोदिनाको विरुद्ध गोल गरेका थिए।[७] १७ नोभेम्बर २०१२ मा, मित्रोभिचले आफ्नो पहिलो प्रतिद्वतात्मक खेलको उद्घाटन, गोल गर्न सफल भएका थिए तथापि, टोली क्रभेना जभेज्दाको विरुद्ध ३–२ गोल अन्तरले पराजित भएको थियो। त्यसको पाँच दिन पश्चात्, उनले १-१ को बराबरीमा अजरबैजानी टोली नेफ्ची बाकुसँग युरोपा लिग समूह चरणमा पनि गोल गरेका थिए। आफ्नो पहिलो संस्करणको अन्त्यसम्ममा, मित्रोभिचले ३६ उपस्थितिमा १५ गोल गरेका थिए जहाँ उनी प्रतियोगितामा पार्तिजानका शीर्ष गोलकर्ता थिए भने उनी टोलीका सबैभन्दा कान्छो खेलाडीहरू मध्ये पनि एक थिए।[८] उसको प्रदर्शनका कारण, उनले येलेन सुपरलिगाको संस्करणको श्रेष्ठ टोलीको रूपमा स्थान हासिल गर्न सफल भएका थिए।[९] यसका अतिरिक्त, सर्बियाली खेलकुद वेबसाइट मोजार्तले मित्रोभिचलाई राष्ट्रिय लिगमा उक्त संस्करणको लागि २५ सर्वश्रेष्ठ खेलाडीहरू मध्येमा तेस्रो दर्जा राखेको थियो।[१०]

अँदरलेच्त[सम्पादन गर्नुहोस्]

सन् २०१४ मा, मित्रोभिच अँदरलेच्तको तर्फबाट खेल्दै

१२ अगस्त २०१३ मा, मित्रोभिचलाई अँदरलेच्तमा आधिकारिक रूपमा आबद्ध गरिने घोषणा गरिएको थियो।[११] उनलाई ३० अगस्त मा मित्रोभिच र उनको परिवारको अनुरोधमा बेल्जियमी क्लबमा सम्मिलित गरिएको थियो।[१२] क्लब स्थानान्तरण शुल्क €५० लाख रहेको थियो जुन यस क्लबको सर्वाधिक धेरै हो।[१३] १ सेप्टेम्बरमा, मित्रोभिचले क्लबका लागि आफ्नो पहिलो खेलमा गोल गर्नका लागि दुई सहायता गरेका थिए[१४] जहाँ उनी दोस्रो हाफको सुरुवात तर्फ जोल्ता वराजेमको बिरूद्ध लिग खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए।[१५]

मित्रोभिचले बेल्जियममा आफ्नो पहिलो संस्करणमा, जम्मा १६ गोल गरेका थिए जहाँ अँदरलेच्तले घरेलु लिगको ३३औँ उपाधि हासिल गर्न सफल भएको थियो।[१६]

मित्रोभिच आबद्ध क्लबले सन् २०१४-१५ को संस्करणमा, ल‍ोरकन फुटबल क्लबलाई २–१ गोल अन्तरका साथ बेल्जियम सुपरकपमा पराजित गरेको थियो।[१३] ५ नोभेम्बर २०१४ मा, उनले युइएफए च्याम्पियन्स लिगमा आर्सनलको विरुद्धको खेलको ९० मिनेटमा, गोल गर्दै अङ्क बराबरी गरेका थिए जहाँ अँदरलेच्तले गोल अन्तरलाई ३–० बाट ३–३ मा, पुर्‍याएको थियो।[१७] समग्रमा उनले व्यावसायिक लिगमा, जम्मा खेलेका २८ खेलहरूमा २० गोल गर्दै उच्च गोलकर्ता बनेका थिए।[१८] २२ मार्च २०१५ मा ब्रुसेल्समा, भएको घरेलुु लिगको फाइनल खेलमा एकमात्र गोल गरेका थिए तथापि, टोली क्लब ब्रुगसँग २–१ गोल अन्तरका साथ पराजित भएको थियो।[१९]

न्युक्यासल युनाइटेड[सम्पादन गर्नुहोस्]

मित्रोभिच न्युक्यासलको तर्फबाट पहिलो खेल खेल्नु अघि

२१ जुलाई २०१५ मा, मित्रोभिच पाँच वर्षको सम्झौतामा न्युक्यासल युनाइटेडमा अनुबन्धित भएका थिए।[२०] बताइए अनुसार, उनलाई £१ करोड ३० लाखमा अनुबन्धित गरिएको थियो। उनले न्युक्यासल क्लबको खेलाडीको रूपमा, ९ अगस्तमा आफ्नो पहिलो खेल खेलेका थिए[२१] जहाँ उनले आफ्नो पहिलो खेल सेन्ट जेम्स पार्क रङ्गशालामा, साउथह्याम्टनको विरुद्धमा खेलेका थिए। खेलमा उनलाई १५ मिनेट मात्र खेलेका थिए।[२२] उनले पहिलो खेलमा नै म्याट तार्गेटलाई फल गरेर लडाए पश्चात्, उनले पहेँलो कार्ड प्राप्त गरेका थियो। बीस दिन पछि, उसलाई ०-१ को पराजित खेलको १५औँ मिनेटमा आर्सनलका फ्रान्सिस कोकेलिनलाई फल गरेका कारण लागि उक्त खेलबाट निष्कासन गरिएको थियो। [२३]

३ अक्टोबरमा, मित्रोभिचले न्युक्यासलको तर्फबाट पहिलो गोल गरेका थिए तथापि, क्लब म्यानचेस्टर सिटीसँग ६-१ को भारी गोल अन्तरले पराजित गरेका थिए।[२४] २० मार्च २०१६ मा, उनले टाइन – वेयर डर्बीमा प्रतिद्वन्द्वी सुन्दरल्यान्डको बिरूद्ध १-१ ले बराबरीमा गोल गरेका थिए।[२५] मित्रोभिच गोल गरेको अवसरमा, आफ्नो गन्जी उतारेका थिए र उनका समर्थकहरू उनी भएकै ठाउँमा (खेल मैदान) आएर उत्सव मनाएका थिए जसले गर्दा उनलाई निषेध आदेश दिइएको थियो।[२६]

२ अप्रिलमा, मित्रोभिचले नर्विच सिटीलाई ३–२ ले हराउँदा उनले दुई गोल गरेका थिए जहाँ उनले एक गोल पेनाल्टी मार्फत गरेका थिए।[२७]संस्करणको अन्तिममा, न्युक्यासल युनाइटेड प्रिमियर लिगबाट पदघट भएर च्याम्पियनसिपमा पुगेको थियो। टोटनह्याम विरुद्धको खेलमा, न्युक्यासलले ५-१ गोल अन्तरले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो जहाँ उनले एक गोल गरेका थिए।[२८] उनी प्रिमियर लिगको एकै खेलामा, गोल गर्ने, गोल गर्न सहयोग गर्ने र निष्कासन हुनेहरू मध्ये इतिहासको छैटौँ खेलाडी बनेका थिए।[२९]

संस्करणमा, रातो कार्डका प्राप्त गरेसँगै पहिलो चार खेलबाट निलम्बित भएपछि, मित्रोभिचले २३ अगस्तमा, इएफएल कप अन्तर्गतको आफ्नो पहिलो खेल चेल्तेनहामको विरुद्ध खेलेका थिए जहाँ उनी टाउकाको चोटबाट मैदान बाहिरिएका थिए।[३०] फलस्वरूप, मित्रोभिचले १३ सेप्टेम्बर सम्म प्रतीक्षा गर्दै च्याम्पियनसिपमा प्रदापण गरेका थिए जहाँ उनले सन् २०१६–१७ को च्याम्पियसिपको संस्करणमा, पहिलो खेलमा गोल क्विन्स पार्क रेन्जर्सको विरुद्ध गरेका थिए। ६-० को फराकिलो जित निकालेको खेलमा, उनले पाँचौँ गोल गरेका थिए।[३१] २५ अक्टोबरमा, उनले प्रेस्टन नर्थ एन्डलाई ६-० को जितमा गोल गर्न महत्त्वपूर्ण सहायता प्रदान गरेका थिए। जित पश्चात्, न्युक्यासल इएफएल कपको क्वार्टर फाइनलमा प्रवेश गरेको थियो। उक्त सप्ताहन्तमा, मित्रोभिचले प्रेस्टन नर्थ एन्डलाई २-१ पाराजित गर्दा दुईवटै गोल उनले गरेका थिए।[३२]

७ जनवरी २०१७ मा, मित्रोभसचले बर्मिङ्घम सिटी बिरूद्ध एफए कपको तेस्रो चरणको खेल सहभागी भएका थिए तर ड्यारेल मर्फीले गोल गरेको खेलमा भने उनी घाइते भएका थिए।[३३] ११ फेब्रुअरीमा, मित्रोभिचले उल्भरह्याम्प्टन वान्डरर्स विरुद्धको खेलमा एकमात्र निर्णयक गोल गरेका थिए। तथापि, यस भन्दा अगाडिको खेलमा पहेँलो कार्ड पाइसकेको हुनाले, उनलाई सावधानीका रूपमा आधा समयमा प्रतिस्थापित गरिएको थियो।[३४]

३० अगस्त २०१७ मा, वेस्टह्यामका मानुएल लान्जिनीको टाउकोमा कुहिनोले प्रहार गरेको दृश्य भेटिएपछि उनलाई तीन खेलहरूको लागि निलम्बन गरिएको थियो।[३५][३६] २१ अक्टोबरमा मित्रोभिच, क्रिस्टल प्यालेस विरुद्धको खेलमा टोलीमा फर्किएका थिए जहाँ क्लबले १-० ले खेल जितेको थियो। उनी होसेलुलाई प्रतिस्थापन गर्दै खेलको ७८औँ मिनेटमा मैदान प्रवेश गरेका थिए।[३७] डिसेम्बरको मध्यमा, मत्रोभिचलाई मेरुदण्डमा चोट लागेको थियो जसका कारण उनले एक महिना सम्म आराम गरेका थिए र जनवरीमा पुन: खेलमा फर्किएका थिए। डिसेम्बरको अन्त्यतिर, सर्बियाली खेल दैनिक जुर्नलमा मित्रोभिचले क्लब छोड्न चाहेको बताएका थिए।[३८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "List of players under written contract registered between 01/07/2015 and 31/07/2015" (PDF), The Football Association, पृ: २४, अन्तिम पहुँच १५ फेब्रुअरी २०१८ 
  2. २.० २.१ "Premier League Player Profile Aleksandar Mitrovic", Barclays Premier League, २०१६, अन्तिम पहुँच २ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण २९ मे २०१६ मिति
  3. "Ten Under-19 talents to watch", युरोपेली फुटबल सङ्घ, २ अगस्ट २०१३, अन्तिम पहुँच ५ अगस्ट २०१३ 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Soccerway
  5. "Mlade snage nadolaze" (सर्बियालीमा), FK Partizan, २७ जुन २०१२, मूलबाट १६ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अगस्ट २०१२  = Archive.today अभिलेखिकरण १६ अप्रिल २०१३ मिति
  6. "Partizan ease past Valletta", युरोपेली फुटबल सङ्घ, २४ जुलाई २०१२, अन्तिम पहुँच ३० अगस्ट २०१२ 
  7. "Neftçi and Partizan inseparable again", युरोपेली फुटबल सङ्घ, २२ नोभेम्बर २०१२, अन्तिम पहुँच १५ नोभेम्बर २०१३ 
  8. "Mitrović: Nadam se ostanku u Partizanu, većoj minutaži i trofeju najboljeg strelca", Mozzart Sport (सर्बियालीमा), २७ मे २०१३, मूलबाट ९ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २०१३ 
  9. "Idealnih 11 Superlige: Partizan pet, Voša tri, Zvezda, Hajduk i Srem po jednog predstavnika! (VIDEO)", Mozzart Sport (सर्बियालीमा), २७ मे २०१३, मूलबाट ११ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २०१३ 
  10. "TOP 25 najboljih fudbalera Superlige u izboru MOZZART Sporta (VIDEO)", Mozzart Sport (सर्बियालीमा), २ जुन २०१३, मूलबाट ४ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुन २०१३ 
  11. "Saopštenje FK Partizan" (सर्बियालीमा), FK Partizan, १२ अगस्ट २०१३, अन्तिम पहुँच १५ नोभेम्बर २०१३ 
  12. "Saopštenje FK Partizan" (सर्बियालीमा), FK Partizan, १३ अगस्ट २०१३, अन्तिम पहुँच १७ अगस्ट २०१३ 
  13. १३.० १३.१ "Aleksandar Mitrovic: We profile the striker after he joins Newcastle", Sky Sports, २१ जुलाई २०१५। 
  14. "Arsenal throw away three-goal lead against Anderlecht", द गार्जियन, ५ नोभेम्बर २०१४, अन्तिम पहुँच ५ नोभेम्बर २०१४ 
  15. "Olympiakos 3–1 Anderlecht: Saviola double sends Greek champions through", गोल डटकम, १० डिसेम्बर २०१३, अन्तिम पहुँच १५ मे २०१६ 
  16. "Saviola the hero as Olympiacos squeeze through", युरोपेली फुटबल सङ्घ, १० डिसेम्बर २०१३, अन्तिम पहुँच १५ मे २०१५ 
  17. "Anderlecht soulève sa douzième Supercoupe face à Lokeren" (फ्रान्सेलीमा), RTBF, २० जुलाई २०१४। 
  18. "Anderlecht soulève sa douzième Supercoupe face à Lokeren" (फ्रान्सेलीमा), RTBF, २० जुलाई २०१४। 
  19. "Bruges arrache la Coupe de Belgique" (फ्रान्सेलीमा), UEFA, २२ मार्च २०१५। 
  20. Davis, Matt (९ अगस्ट २०१५), "Newcastle 2–2 Southampton", BBC Sport, अन्तिम पहुँच ९ अगस्ट २०१५ 
  21. Abraham, Timothy (२९ अगस्ट २०१५), "Newcastle 0–1 Arsenal", बिबिसी खेलकुद, अन्तिम पहुँच २९ अगस्ट २०१५ 
  22. Bevan, Chris (३ अक्टोबर २०१५), "Man City 6–1 Newcastle", बिबिसी खेलकुद, अन्तिम पहुँच १८ अक्टोबर २०१५ 
  23. Gholam, Simeon (२० मार्च २०१६), "Newcastle 1 - 1 S'land - Match Report & Highlights", स्काई स्पोर्ट्स, अन्तिम पहुँच १ सेप्टेम्बर २०२० 
  24. Spellman, Damian (२१ मार्च २०१६), "Newcastle fan who invaded pitch after Aleksandar Mitrovic goal given banning order", आइरिस इन्डिपेन्डेन्ट, अन्तिम पहुँच १ सेप्टेम्बर २०२० 
  25. "Match report: Norwich City 3 Newcastle United 2", द इन्डिपेन्डेन्ट, अन्तिम पहुँच ५ अप्रिल २०१६ 
  26. चौधरी, साज (१५ मे २०१५), "Newcastle United 5–1 Tottenham Hotspur", बिबिसी खेलकुद 
  27. "OptaJoe on Twitter: "6 – Aleksandar Mitrovic is the sixth player in PL history to score a goal, assist a goal and get sent off in the same game. Mixed."", १५ मे २०१६, अन्तिम पहुँच २० जुन २०१६ – ट्विटरद्वारा। 
  28. Waugh, Chris (१ जुन २०१६), "Aleksandar Mitrovic's ban means Newcastle boss Rafa Benitez will make signing striker a priority", इभिनिङ क्रोनिकल 
  29. Waugh, Chris (२४ अगस्ट २०१६), "Newcastle 2–0 Cheltenham: Why was Perez bandaged? Is Mitrovic OK? How damaging could this win be?", इभिनिङ क्रोनिकल 
  30. "Preston North End 1–2 Newcastle United", बिबिसी खेलकुद, २९ अक्टोबर २०१६, अन्तिम पहुँच २८ अक्टोबर २०१६ 
  31. Edwards, Luke (२८ अक्टोबर २०१६), "Aleksandar Mitrovic: 'My father said I would be a criminal or a kick boxer'", द डेली टेलिग्राफ, अन्तिम पहुँच २९ अक्टोबर २०१६ 
  32. "Birmingham City 1–1 Newcastle United", बिबिसी खेलकुद, ७ जनवरी २०१७, अन्तिम पहुँच ८ जनवरी २०१७ 
  33. "Wolverhampton Wanderers 0–1 Newcastle United", बिबिसी खेलकुद, ११ फेब्रुअरी २०१७, अन्तिम पहुँच ३१ अगस्ट २०१७ 
  34. "Aleksandar Mitrovic: Newcastle forward to serve three-match suspension", बिबिसी खेलकुद, ३० अगस्ट २०१७, अन्तिम पहुँच ३१ अगस्ट २०१७ 
  35. "Newcastle United 1–0 Crystal Palace", BBC Sport, २१ अक्टोबर २०१७, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८ 
  36. Hardy, Martin (२१ अक्टोबर २०१७), "Newcastle leave it late to condemn Crystal Palace to an eight loss in nine", द इन्डिपेन्डेन्ट, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८ 
  37. Starforth, Miles (१५ डिसेम्बर २०१७), "Rafa Benitez reveals why Aleksandar Mitrovic will miss Newcastle's visit to Arsenal", Shields Gazette, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८ 
  38. "ИНТЕРВЈУ, Александар Митровић: Није реално да се вратим у Партизан!", Sportski žurnal (सर्बियालीमा), २७ डिसेम्बर २०१७, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]