ह्यारी स्टाइल्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ह्यारी स्टाइल्स
सन् २०१८ मा, स्टाइल्स
जन्मह्यारी एड्वर्ड स्टाइल्स
(1994-02-01) १ फेब्रुअरी १९९४ (उमेर ३०)
रेड्डिच, उस्टरशायर, इङ्ल्यान्ड
पेशा
  • गायक
  • गीतकार
  • अभिनेता
कार्यकालसन् २०१०–हाल
गृहनगरहोल्म्स चापेल, चेशायर, इङ्ल्यान्ड
जम्मा सम्पति£५ करोड ८० लाख
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्रस्वर
लेबल
सहयोगी
वेबसाइटhstyles.co.uk

ह्यारी स्टाइल्स (अङ्ग्रेजी: Harry Edward Styles, जन्म: १ फेब्रुअरी १९९४) एक बेलायती गायक, गीतकार तथा अभिनेता हुन्। उनले सन् २०१० को बेलायती वास्तविक दूरदर्शन गायन प्रतियोगिता "द एक्स फ्याक्टर" मा प्रस्तुति दिएसँगै साङ्गीतिक कार्य जीवनको सुरुवात गरेका थिए। एकल गायकको रूपमा प्रतियोगिताबाट बाहिरिएसँग उनले पुन: प्रतियोगितामा प्रस्तुति दिएका थिए र जेन मलिक, लियाम पेन, नाइअल होरनलुई टम्लिन्सनका साथ उनलाई एक साङ्गीतिक समूहको सदस्यको रूपमा चयन गरिएको थियो जसको नाम वन डाइरेक्सन राखिएको थियो।[२] उक्त प्रख्यात साङ्गीतिक समूहले ५ वटा गिती सङ्गालोका जारी गर्नका साथसाथै ४ वटा विश्व भ्रमण गरेको थियो। समूहले लगभग २०० वटा जति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्न सफल भएको थियो।[३] द एक्स फ्याक्टर पछि वान डिरेक्सनले, सन् २०१० मा साइमन कावलको साइको मनोरञ्जन नामक रेकर्ड लेबलमा हस्ताक्षर गरेका थिए। समूहको सन् २०१६ पछिको अनिश्चितकालीन निष्क्रियता पश्चात् उनले पछि कोलम्बिया रेकर्ड्सका साथ एकल गायकको रूपमा हस्ताक्षर गरेका थिए।[४]

सन् २०१७ मा, स्टाइल्सले उनको पहिलो गीत "साइन अफ द टाइम्स" जारी गरेका थिए जुन गीतले बेलायती चार्टको शीर्ष स्थानमा रहेको थियो भने अमेरिकाको बिलबोर्ड हट १०० मा शीर्ष ४ मा पुगेको थियो। उक्त गीतलाई रोलिङ स्टोनद्वारा "वर्ष गीत" को रूपमा नामकरण गरिएको थियो भने यसको आधिकारिक श्रव्य दृश्यले ब्रिट पुरस्कार प्राप्त गरेको थियो। उनकै नामको उनको पहिलो गिती सङ्गालो अर्को वर्ष जारी गरिएको थियो जुन १४ वटा देशहरूको चार्टमा शीर्ष स्थानमा पुग्नुका साथसाथै यसलाई वर्ष समाप्ति चार्टमा पनि राखिएको थियो।[५] स्टाइल्सले उनको अभिनय सन् २०१७ को क्रिस्टोफर नोलनको युद्ध प्रधान चलचित्र डुनक्रिक मार्फत सुरु गरेका थिए। उनको दोस्रो गिती सङ्गालो "फाइन लाइन" (सन् २०१९) ले अमेरिकामा अङ्ग्रेजी गायकको सर्वाधिक बिक्री भएको प्रस्तुतिका कारण किर्तिमानी कायम गरेको थियो। यही गिती सङ्गालोमा समावेश गीत "एडोर यु" चार्टको शीर्ष १० मा देखा परेको थियो।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

ह्यारी एड्वर्ड स्टाइल्सको जन्म १ फेब्रुअरी १९९४ मा, इङ्ल्यान्डको रेड्डिच, उस्टरशायरमा भएको थियो।[६] उनी एनी कक्स र डेसमन्ड "डेस" स्टाइल्सका छोरा थिए जसले वित्तीय अधिकारीको रूपमा काम गरेका थिए।[७][८][९] धेरै जसो उनका पूर्वजहरू नरफल्कका थिए। उनको पालनपोषण होल्म्स चापेल, चेशायमा भएको थियो[१०] जहाँ उनका परिवारका साथसाथै उनकी दिदि गिम्मा, त्यहाँ बसाइसराइ गरेका थिए।[११] सानोमा उनी डिज्जी वर्ल्ड नामक मनोरञ्जन गृहमा घुम्म गएको सम्झने गर्दछन्।[१२] स्टाइल्सले सोही सहरको एक विद्यालयमा पठनपाठन गरेका थिए।[१३] विद्यालयमा अध्ययन गर्दै गर्दा उनले, ह्वाइट इस्कीमोका प्रमुख गायकको रूपमा रहेका थिए जसले स्थानीय प्रतियोगिताहरू जितेको थियो।[१४] स्टाइल्सका आमाबुबाको उनी ७ वर्षको छँदा सम्बन्ध विच्छेद भएको थियो र उनकी आमाले पछि, रोबिन टुइस्टसँग विवाह गरेकी थिइन् [१४][१५] जसको सन् २०१७ मा, अर्बुद रोगका कारण मृत्यु भएको थियो।[१६] उनका एक सौतेनी दाई माइक र सौतेनी दिदि एमी छन् जुन रोबिन टुइस्टमा सन्तान हुन्। [१०]

बाल्यवस्थामा रहँदा, स्टाइल्सलाई उनका हजुरबुबाले काराओके यन्त्र दिएका थिए जसको मद्दतले उनले एल्भिस प्रेस्लीको गीत " द गर्ल अफ माई बेस्ट फ्रेन्ड" कैद गरेका थिए।[१७] १६ वर्षको उमेरमा उनले होल्म्स चापेलको एक मिठाइँ पसलमा आंशिक रूपमा काम गरेका थिए।[१५]

चलचित्रमा[सम्पादन गर्नुहोस्]

चलचित्र
वर्ष शीर्षक भूमिका टिप्पणीहरू
सन् २०१३ वन डाइरेक्सन: दिस इज अस उनी आफै दस्तावेज, साङ्गीतिक चलचित्र
सन् २०१४ वन डाइरेक्सन: ह्वेर वि आर – द कन्सर्ट फिल्म साङ्गीतिक चलचित्र
सन् २०१७ ह्यारी स्टाइल्स: बिहाइन्ड द एल्बम दस्तावेज
डुनक्रिक एलेक्स
दूरदर्शन
वर्ष शीर्षक भूमिका टिप्पणी
सन् १०१२ आइकार्ली उनी आफै अङ्क: "आइगो वन डाइरेक्सन"
सन् २०१२–२०१९ सटर्डे नाइट लाइभ आयोजक / साङ्गीतिक अतिथि ५ शृङ्खलाहरूमा
सन् २०१७ ह्यारी स्टाइल्स एट द बिबिसी उनी आफै विशेष
सन् २०१७, सन् २०१९ द लेट लेट शो विथ जेम्स कोर्डेन अतिथि आयोजक २ शृङ्खला
सन् २०१८ ह्याप्पी टुगेदर थाह छैन कार्यकारी निर्माता

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. युङ, निल। "ह्यारी स्टाइल्सको जीवनी र इतिहास"अल म्युजिक। सङ्ग्रह मिति १० अप्रिल २०२० 
  2. "Harry Styles Biography" (अङ्ग्रेजी भाषा)। हलिउड लाइफ। सङ्ग्रह मिति १२ डिसेम्बर २०१२ 
  3. Connie Osborne (३ जनवरी २०१४)। Redditch Standard, सम्पादक। "Harry Styles born in Redditch - confirmed" (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ६ नोभेम्बर २०१६ 
  4. "Morto patrigno di Harry Styles, ex 1D"आन्सा (इतालियाली भाषा)। सङ्ग्रह मिति २६ अप्रिल २०२० 
  5. 'Harry Styles tekent platendeal bij Columbia Records'
  6. रोगर्स जुड (१४ मे २०१७), "Harry Styles: teen star turned serious player?", द गार्जियन, लन्डन, मूलबाट २५ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०१७ 
  7. डेली रेकर्ड डटको डटयुके (१६ अप्रिल २०१२)। "Mums of One Direction stars reveal how the boys have grown into music sensations"डेली रेकर्ड। रिच पिएलसी। सङ्ग्रह मिति १० सेप्टेम्बर २०१३ 
  8. क्रोउ, कामेरुन (१८ अप्रिल २०१७)। "Harry Styles' New Direction"रोलिङ स्टोन। सङ्ग्रह मिति ९ जुलाई २०१७ 
  9. बागवेल, म्याट (३ जुन २०१३)। "Harry Styles Is All Smiles As Best Man At His Mum Anne Cox's Wedding"हफपोस्ट। सङ्ग्रह मिति २४ अक्टोबर २०१७ 
  10. १०.० १०.१ न्युजबिट (२२ जुन २०१७), "Harry Styles' stepfather Robin Twist dies aged 57 after 'long cancer battle'", न्युजबिट, बिबिसी, मूलबाट १४ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०१७ 
  11. स्मिथ, रिचर्ड (१४ सेप्टेम्बर २०१३), "One Direction's roots revealed: Varied lives of the boys' ancestors from barber to button maker", डेली मिरर, मूलबाट १४ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ फेब्रुअरी २०१४ 
  12. जेप्सन, लुसिया (२०१३), Harry Styles – Every Piece of Me, साइमोन र सुस्टर, अन्तिम पहुँच ८ अप्रिल २०१८  |आइएसबिएन= प्यारामिटर ग्रहण गरेन (सहायता)
  13. One Direction: Dare to Dream: Life as One Direction
  14. १४.० १४.१ रायन, बेलिन्डा (२९ सेप्टेम्बर २०१०), "Holmes Chapel X Factor star Harry Styles can win show say school bandmates", क्रिउ क्रोनिकल (रिच पिएलसी), मूलबाट २१ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १० सेप्टेम्बर २०१३ 
  15. १५.० १५.१ Simms, Kate (१७ नोभेम्बर २०१०), "Harry Styles has got the X Factor in Holmes Chapel", बिबिसी समाचार, मूलबाट २१ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १० सेप्टेम्बर २०१३ 
  16. "One Direction star Harry Styles's dad on bond between him and his boy", डेली रेकर्ड, रिच पिएलसी, २४ जुन २०१२, मूलबाट १५ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १० सेप्टेम्बर २०१३ 
  17. फिन, नटाली (१ फेब्रुअरी २०१९), "25 Essential Things You Should Know About Harry Styles", इ! समाचार, मूलबाट २३ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]