योसिप ब्रोज तितो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जोसिप ब्रोज टिटोबाट अनुप्रेषित)

योसिप ब्रोज तितो ( सिरिलिक लिपि: Јосип Броз Тито, , उच्चारण [jǒsip brôːz]  ; ७ मे १८९२-४ मे १९८०), सामान्यतः तितो को नामले परिचित (/ˈtt/[१], युगोस्लाभ कम्युनिष्ट क्रान्तिकारी तथा राजनेता थिए। दोस्रो विश्वयुद्धको क्रममा उनी पार्टीिसनका नेता थिए जसलाई प्रायः नाजी जर्मन नियन्त्रित यूरोपमा सबैभन्दा प्रभावकारी प्रतिरोध आन्दोलनको रूपमा लिइन्छ । उनले सन् १९४३ देखि १९८० सम्म विभिन्न भूमिकामा सेवा गरेका थिए। [२] उनले १४ जनवरी १९५३ देखि ४ मे १९८० सम्म समाजवादी सङ्घीय गणतन्त्र युगोस्लाभियाका अध्यक्षको रूपमा पनि काम गरेका थिए।

जबकि केहीले उनको आफ्नो राष्ट्रपतिको पदलाई अधिनायकवादको रूपमा आलोचना गर्छन् [३] र उनलाई स्टालिन जस्तै क्रुर तानाशाहको रूपमा समेत तुलना गर्छन्, धेरैले उनलाई उदार तानाशाह मान्छन्। उनी युगोस्लाभिया र विदेशमा एक लोकप्रिय सार्वजनिक व्यक्तित्व थिए। [४] उनलाई युगोस्लाभियाको एकीकरणको प्रतीकको रूपमा हेरिएको थियो ,[५] उनका आन्तरिक नीतिहरूले युगोस्लाभ महासंघका राष्ट्रहरूको शान्तिमय सह-अस्तित्व कायम राख्यो। भारतको जवाहरलाल नेहरू, इजिप्टका गमाल अब्देल नासेर र घानाका क्वामे नक्रुमहको साथ असंलग्न अभियान आन्दोलनका प्रमुख नेताको रूपमा उनले थप अन्तर्राष्ट्रिय ध्यान खिचे। [६] शीत युद्ध दुवै ब्लकमा विदेश अत्यधिक अनुकूल सम्बन्ध कायम गर्दै, उनले लिजन अफ अनर, र अडर अफ बाथ सहित ९८ विदेशी सम्मान प्राप्त गरे।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

दोस्रो विश्व युद्ध[सम्पादन गर्नुहोस्]

६ अप्रिल १९४१, मा हङ्गेरी अधिराज्य (१९२०-१९४६), र इटालीको सहयोग सहित नाजी जर्मन फौजले युगोस्लाभिया माथी आक्रमण सुरु गर्यो। १० अप्रिलमा, स्लाभ्को क्भाटेरनिकले क्रोयसियालाई स्वतन्त्र राज्य घोषणा गरे, र टिटोले युगोस्लाभिया कम्युनिष्ट पार्टीको केन्द्रिय कमिटी भित्र सैन्य कमिटी निर्माण गरे।[७] सबै तिरबाट आक्रमण भएपछि, युगोस्लाभियाको सेना छिन्नभिन्न भयो। १७ अप्रिल १९४१ मा, राजा पिटर द्वितीय र सरकारका अन्य सदस्य देश छाडेर भागेपछी, बाँकी सरकार र सेनाका प्रतिनिधिहरूले बेलग्रेडमा जर्मन अधिकारीहरू सँग भेट गरे। उनीहरू तुरुन्तै सैन्य प्रतिरोध अन्त्य गर्न मञ्जुर भए। १ मे १९४१ मा, टिटोले मानिसहरूमा जर्मन आक्रमण र कब्जा विरुद्धको लडाइँमा एक हुन पम्फ्लेट जारी गरे। [८] २७ जुन १९४१ मा, युगिस्लाभिया कम्युनिष्ट पार्टीको केन्द्रिय कमिटीले टिटोलाई राष्ट्रिय मुक्ती सेनाको सबै परियोजनाको सर्वोच्च सेनापती नियुक्त गरियो। १ जुलाई १९४१ मा, कम्युनिष्ट अन्तराष्ट्रियले तत्काल कदमको लागि सुक्ष्म निर्देशन पठायो। [९]

टिटो र इभान रिबर सुत्जेस्कामा, १९४३

टिटो १६ सेप्टेम्बर १९४१ सम्म बेलग्रेडमा बसे। त्यसपछि कम्युनिष्ट पार्टीका सबै सदस्य सहित बेलग्रेड छाडेर विद्रोही नियन्त्रित क्षेत्रतर्फ लागे।[१०] कोहि कोहिको अनुमान अनुसार[को?] टिटो हर्मन को सल्लाह अनुसार नै बेलग्रेड छाडेका थिए किनभने उनको काम भनेको विद्रोही शक्तिलाई बिभाजन गर्नु थियो, जस्तो लेनिनको रसिया आगमन पछि भएको थियो।[११] टिटो रेलबाट यात्रा गर्दै १८ सेप्टेम्बर १९४१ मा रोबिजे गाउँमा आइपुगे।[१२]

राष्ट्रपतिकाल[सम्पादन गर्नुहोस्]

टिटो-स्टालिन मतभेद[सम्पादन गर्नुहोस्]

जोसिप ब्रोज टिटो अमेरिकी पूर्व प्रथम महिला एलियानर रुजबेल्ट सँग उनको जुलाई १९५३ को युगोस्लाभियाको भ्रमणको क्रममा भेटवार्ता गर्दै
Kardelj, Ranković and Tito in १९५८
जोसिप ब्रोह टिटो आफ्नो जन्मस्थल कुम्रोभेक भ्रमणको क्रममा १९६१ मा

मित्र शक्तिद्वारा मुक्त पूर्वी-मध्य युरोपको अन्य अन्य भन्दा फरक, युगोस्लाभीया धुरी राष्ट्रको अधिपत्यबाट आफैं लाल सेनाको सिमित सहयोगबाट मुक्त भयो। युगोस्लाभियालाई मुक्त गर्ने टिटोको नेतृत्वदायी भुमिकाले उनको स्थान पार्टी र युगोस्लाभ जनताको माझ एकदमै बलियो भयो। दोश्रो विश्व युद्ध पश्चात् औपचारिक रूपमा टिटो स्टालिनको सहयोगी भए पनि, सोभियतले १९४५ को प्रारम्भमा युगोस्लाभ पक्षमा जासुसको घेरा परिचालन गरेको थियो, यसले गठबन्धनलाई असहज बनायो।[१३]

दोश्रो विश्व युद्ध अन्त्य भए तत्कालै, युगोस्लाभिया र पश्चिमी ब्लक बीच कयौं सशस्त्र घटनाहरू भए। युद्ध को अन्त्य पछि युगिस्लाभियाले इटालीको भुभागको इसत्रिया र जदार र रिजेका को सहर कब्जा गर्यो। यसले पश्चिमी मित्र र युगोस्लाभिया बीच कयौ शसस्त्र घटना भए। अमेरिकी ट्रान्सपोर्ट एयरक्राफ्ट मा युगोस्लाभ लडाकु विमानले गरेको आक्रमण यसमा उल्लेखनीय मानिन्छ। पश्चिमले यसको आलोचना गर्यो। १९४६ मा, युगोस्लाभ एयर फोर्सले दुई अमेरिकी ट्रान्सपोर्ट एयरक्राफ्ट गिरायो। यात्रीहरू र पहिलो विमानको चालक दललाई गोप्य रूपमा समात्यो। दोश्रो विमान र चालक दलको पूर्ण क्षति भयो। यसबाट अमेरिका आक्रोशित भयो र युगोस्लाभ सरकारलाई कस्टडी मा रहेका अमेरिकीलाई मुक्त गर्न अल्टिमेटम अन्तिम चेतावनी दियो र गिराइएको विमानमा पहुँच दिन र यो घटनाको पूर्ण छानबिनको माग राख्यो।[१४] स्टालिनले यो उत्तेजित घटनाको विरोध गरे, किनकी उनलाई लाग्थ्यो कि दोश्रो विश्व युद्धको क्षतिको कारण र अमेरिकाको परमाणु हतियार सञ्चालनमा आइसकेको थियो भने सोभियत सङ्घले आफ्नो पहिली परीक्षण गर्न बाँकी नै भएकाले, सोभियत सङ्घ पश्चिमको सामना गर्न तयार छैन। यस बाहेक, टिटो ग्रीक गृहयुद्धमा कम्युनिष्टको पक्षमा खुला रूपले लागे, भने स्टालिन यसबाट टाढा नै रहे। स्टालिनले चर्चिलसँग त्यहाँ सोभियत स्वार्थ नलाद्ने कुरा मानेका थिए। यद्यपि उनले राजनीतिक रूपमा ग्रीक कम्युनिष्टको संघर्षलाई समर्थन गरे। उनले संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषदमा धेरै पटक उनले समर्थन देखाए। १९४८ मा, सबल स्वतन्त्र अर्थतन्त्र स्थापना गर्ने आकांक्षाले, टिटिले मस्कोबाट स्वतन्त्र भएर आफ्नो आर्थिक विकासको योजना बनाए। यसको नतिजा स्वरुप, सोभियत र युगोस्लाभिया बीच कुटनैतिक सम्बन्ध चिसिदै गयो, तिक्ततापूर्ण चिठी पत्र आदानप्रदान भए जसमा टिटोले लेखे " हामीले सोभियत प्रणाली अध्ययन गर्यौ र यसलाई उदाहरणको रूपमा लियौं, तर फरक स्वरूपमा विकास गर्छौ।" [१५]

४ मे मा सोभियतले टिटो र युगोस्लाभिया कम्युनिष्ट पार्टीलाई गल्ती स्वीकार गर्न र सच्च्याउन असमर्थ भएकोमा चेतावनी दिदै पत्र लेख्यो, र जर्मन विरुद्ध उनीहरूको सफलता प्रति निकै घमण्ड गरेको आरोप लगायो र लाल सेनाले उनीहरूलाई बिनाश हुनबाट बचाएको कुरा बतायो । १७ मे मा टिटोले यो कुरा जुन महिनामा हुने कोमिनफर्म को बैठकमा सुल्झाउने पत्र लेखे। तर, युगोस्लाभिया माथी खुला आक्रमण हुने डरले टिटो कोमिनफर्मको बैठकमा उपस्थित भएनन् । १९४९ मा,हङ्गेरियन र सोभियन सेना उत्तरी युगोस्लाभ मोर्चामा आमनेसामने हुँदा, यो संकट झण्डै सशस्त्र द्वन्द्वमा पुग्यो।[१६] युगोस्लाभिया माथी सोभियतको अनुगामी राज्यहरू हङ्गेरी, रोमानिया, बुल्गेरिया र अल्बानिया द्वारा आक्रमण र टिटोलाई सत्ताबाट हटाउने को योजना १९४९ मा गरिएको थियो। २८ जुनमा, कोमिनफर्मको अन्य सदस्य राष्ट्रहरूले युगोस्लाभियालाई निष्कासन गरे। हङ्गेरी र रोनानियाली सेनाहरूको सङ्ख्या सोभियत सेना सँगै वृद्धि गरियो र युगोस्लाभ सिमामा आमनेसामने भयो। मस्कोको अनुमान थियो टिटोले सोभियत समर्थन गुमाइसके, र अब टिटो सकिए। स्टालिनले भनेका थिए,"म सानो औंला चलाउँछु अनि टिटो बाँकी रहदैनन्।"[१७] युगोस्लाभियालाई समाजवादी राज्यहरूको अन्तराष्ट्रिय संघबाट निष्कासन गरियो, भने पूर्वी युरोपको अन्य समाजवादी राज्यमा "टिटोवादी" आरोप लागेकाहरूलाई सफायको अभियान चलाइयो। स्टालिनले यो कुरा व्यक्तिगत रूपमा लिए र टिटोको कयौं हत्या प्रयास गरे, तर कुनै सफल भएनन्। दुई नेता बीच यसको प्रत्युत्तरमा, टिटोले खुला रूपमा लेखे:

मलाई मार्नको लागि मान्छे पठाउन बन्द गर। हामीले ती मध्ये पाँच जनालाई समाइसक्यौ, एक जनालाई बम सहित र अरुलाई राइफल सहित। [...] यदि तिमीले हत्यारा पठाउन बन्द गरेनौ भने, म एक जनालाई मस्को पठाउने छु र मलाई दोश्रो कोहि पठाउन पर्ने छैन।

— जोसिप ब्रोज टिटो[१८]
उत्तर भियतनामी नेता हो चि मिन्ह को साथमा टिटो,बेल्ग्रेड, १९५७


टिटोको सोभियत संघसंग तिक्ततापूर्ण सम्बन्धले, युगोस्लाभियालाई इसिएबाट अमेरिकी सहायता , जुन मार्सल प्लान जस्तै गरी प्रसासित थियो, दिलायो। यद्यपि, उनी पश्चिमी गुटमा सामेल हुन मानेनन्। १९५३ मा स्टालिनको मृत्यु पछि मात्र सोभियत सङ्घ संगको सम्बन्ध सुधार हुन थाल्यो र टिटोले कोमेकोनबाट पनि सहायता पाउन थाले। यसरी टिटो ले पूर्व -पश्चिमको शत्रुतामा खेलेरे फाइदा उठाए। कुनै एकको पछि लाग्नुको साटो उनले असंलग्न अभियान आन्दोलनको सुरुवात गरे, जुनले ती देशहरूको लागि तेश्रो मार्गको काम गर्यो, जो पूर्व-पश्चिम बिभाजन भन्दा अलग रहन रुचाउथे।[६]

असंलग्न आन्दोलन[सम्पादन गर्नुहोस्]

टिटोको कुटनैतिक राहदानी, १९७३
अमेरिकि-युगोस्लाभ शिखर सम्मेलन, १९७८


टिटोको नेतृत्वमा, युगोस्लाभिया असंलग्न अभियानको संस्थापक सदस्य बन्यो। १९६१ मा, टिटोले इजिप्टको गमाल अब्देल नासेर, भारतको जवाहरलाल नेहरु, इन्डोनेसिया को सुकार्नो, र घानाको क्वामे क्रुमाह सहित यो आन्दोलनको स्थापना गरे। यसले तेश्रो विश्वका देशहरू बीचको सम्बन्धलाई अझै मजबुत बनायो। यो कदमले युगोस्लाभियाको कुटनैतिक स्थितिलाई सुधार गर्न निकै मद्दत गर्यो। टिटोले असंलग्न आन्दोलनलाई आफुलाई विश्व नेताको रूपमा प्रस्तुत गर्ने उपायको रूपमा देखे र त्यसले पूर्वी र पश्चिम दुवै सँग उनको बार्गेनिङ गर्ने शक्तिमा सुधार गर्न सक्थ्यो।[१९] १ सेप्टेम्बर १९६१, मा जोसिप ब्रोज टिटो असंलग्न आन्दोलनको पहिलो महासचिव बने।

सुधारहरू[सम्पादन गर्नुहोस्]

१९५० को दशकमा, टिटोले युगोस्लाभ कामदारहरूलाई गेस्टर्बिटर (अतिथि कामदार)को रूपमा पश्चिम युरोपका देशहरू, मुख्यतः पश्चिम जर्मनी जान अनुमती दिए।[२०] धेरै युगोस्लाभहरूमा यो पश्चिमाहरूसँग र संस्कृति संगको यो खुलापनले धेरै युगोस्लाभले आफुहरूलाई सांस्कृतिक रूपमा पूर्वी युरोपभन्दा पनि पश्चिम युरोपसँग नजिक भएको पाए।[२१] ७ अप्रिल १९६३ मा, देशले आफ्नो आधिकारिक नाम समाजवादी सङ्घीय गणतन्त्र युगोस्लाभिया राख्यो। उनका सुधारहरूले नीजी क्षेत्रलाई प्रोत्साहन गर्यो र धार्मिक अभिव्यक्तलाई खुकुलो बनायो।[२२] टिटो लगत्तै अमेरिका महादेशको भ्रमणमा गए। चिलीमा, उनको भ्रमणको विषयलाई लिएर दुई जना सरकारी मन्त्रीहरूले राजीनामा दिए।[२३][२४] १९६० को शरदमा टिटोले राष्ट्रपती ड्वीट डि. आइजनहावरसंग संयुक्त राष्ट्र महासभाको बैठकको क्रममा भेट गरे। टिटो र आइजनहावरले सैन्य नियन्त्रण देखि आर्थिक विकास सम्मका विषयमा कुराकानी गरे। जब आइजनहावरले युगोस्लाभियाको तठस्तता प्रति "उनको पक्षको तटस्थता" को रूपमा व्याख्या गरे, टिटोले जवाफ दिए कि तटस्थताको अर्थ निष्कृयता होइन कि कुनै पक्षको पक्ष नलिनु हो।[२५]

सम्मान[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Tito". Random House Webster's Unabridged Dictionary
  2. "Josip Broz Tito", Encyclopædia Britannica Online, अन्तिम पहुँच २७ अप्रिल २०१० 
  3. McGoldrick 2000.
  4. Melissa Katherine Bokovoy, Jill A. Irvine, Carol S. Lilly, State-society Relations in Yugoslavia, 1945–1992; Palgrave Macmillan, 1997 p. 36 आइएसबिएन ०-३१२-१२६९०-५ "...Of course, Tito was a popular figure, both in Yugoslavia and outside it."
  5. Martha L. Cottam, Beth Dietz-Uhler, Elena Mastors, Thomas Preston, Introduction to political psychology, Psychology Press, 2009 p. 243 आइएसबिएन १-८४८७२-८८१-६ "...Tito himself became a unifying symbol. He was charismatic and very popular among the citizens of Yugoslavia."
  6. ६.० ६.१ Peter Willetts, The Non-aligned Movement: The Origins of a Third World Alliance (1978) p. xiv
  7. Tomasevich 2001, p. 52.
  8. Kocon 1988, p. 84.
  9. Roberts 1987, p. 24.
  10. Nikolić, Kosta (२००३), Dragan Drašković, Radomir Ristić, सम्पादक, Kraljevo in October 1941, Kraljevo: National Museum Kraljevo, Historical Archive Kraljevo, पृ: २९। 
  11. Nikolić, Kosta (२००३), Dragan Drašković, Radomir Ristić, सम्पादक, Kraljevo in October 1941, Kraljevo: National Museum Kraljevo, Historical Archive Kraljevo, पृ: ३०। 
  12. Nikolić, Kosta (२००३), Dragan Drašković, Radomir Ristić, सम्पादक, Kraljevo in October 1941, Kraljevo: National Museum Kraljevo, Historical Archive Kraljevo, पृ: २९। 
  13. West, Richard (२०१२-११-१५), "12 The Quarrel with Stalin", Tito and the Rise and Fall of Yugoslavia (अङ्ग्रेजीमा), Faber, आइएसबिएन 9780571281107 
  14. https://scholarship.rice.edu/bitstream/handle/1911/89147/RICE0184.pdf?sequence=1&isAllowed=y
  15. https://schoolworkhelper.net/tito-stalin-dispute-1948-timeline-analysis-significance/
  16. "No Words Left?", Time Magazine, २२ अगस्ट १९४९, अन्तिम पहुँच २७ अप्रिल २०१०  वेब्याक मेसिन अभिलेखिकरण २१ जुलाई २०१३ मिति
  17. Laar, M. (२००९), The Power of Freedom. Central and Eastern Europe after 1945, Centre for European Studies, पृ: ४४, मूलबाट ११ नोभेम्बर २०१३-मा सङ्ग्रहित। 
  18. Medvedev, Zhores A.; Medvedev, Roy A.; Jeličić, Matej; Škunca, Ivan (२००३), The Unknown Stalin, I. B. Tauris, पृ: 61–62, आइएसबिएन 978-1-58567-502-9 
  19. West 1995, पृष्ठ 281.
  20. West 1995, पृष्ठ 286.
  21. West 1995, पृष्ठ 271.
  22. "Socialism of Sorts", Time Magazine, १० जुन १९६६, अन्तिम पहुँच २७ अप्रिल २०१०  वेब्याक मेसिन अभिलेखिकरण २३ जुन २०११ मिति"Today, as the rest of Eastern Europe begins to catch on, Yugoslavia remains the most autonomous, open, idiosyncratic and unCommunist Communist country anywhere on earth. ...Families are being encouraged by the Communist government to indulge in such capitalist practices as investing in restaurants, inns, shoe-repair shops and motels. ...Alone among Red peoples, Yugoslavs may freely travel to the West. ...Belgrade and the Vatican announced that this month they will sign an agreement according new freedom to the Yugoslav Roman Catholic Church, particularly to teach the catechism and open seminaries."
  23. "Protests Mark Tito's Chile", Toledo, Ohio, USA, Toledo Blade, २३ सेप्टेम्बर १९६३। 
  24. Lučić, Ivica (२००८), "Komunistički progoni Katoličke crkve u Bosni i Hercegovini 1945–1990", National Security and the Future 9 (3): 41–72, अन्तिम पहुँच २६ अप्रिल २०१० 
  25. Lees, Lorraine M. (२०१०), Keeping Tito Afloat: The United States, Yugoslavia, and the Cold War, 1945–1960, Penn State Press, पृ: 233, 234, आइएसबिएन 978-0271040639