विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/जेन्डेया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जेन्डेया[सम्पादन गर्नुहोस्]

२०१९ स्पाइडर-म्यान: फार फ्रम होमको प्रचार कार्यक्रममा

जेन्डेया मेरी स्टोएर्मर कोलेमन (/zɛnˈd.ə/; जन्म सेप्टेम्बर १, १९९६), जेन्डेयाको रूपमा परिचित, एक अमेरिकी अभिनेत्री तथा गायिका हुन्। डिज्नी च्यानल धारावाहिक शेक इट अप (सन् २०१०–२०१३) मा रकी ब्लूको भूमिकाको लागि ख्याती प्राप्त गर्नु अघि, उनले एक बाल कलाकार तथा पृष्ठभूमि नर्तकीको रूपमा आफ्नो कार्यकाल सुरु गरेकी थिइन्। सन् २०१३ मा जेन्डेया प्रतियोगिता शृङ्खला डान्सिङ विथ द स्टार्सको सोह्रौँ संस्करणमा एक प्रतिस्पर्धीको रूपमा रहेकी थिइन्। सन् २०१५ देखि २०१८ सम्म उनले के.सी. कूपरको रूपमा धारावाहिक के.सी. अन्डरकभरमा निर्माण र अभिनय गरेकी थिइन् र सन् २०१९ मा एचबीओ नाटक शृङ्खला युफोरियामा मुख्य भूमिकामा अभिनय गर्न सुरु गरेकी थिइन्। उनको चलचित्र भूमिकाहरूमा साङ्गीतिक नाटक चलचित्र द ग्रेटेस्ट सोम्यान (सन् २०१७) र सुपरहीरो चलचित्रहरू स्पाइडर-म्यान: होमकमिङ (सन् २०१७) र यसको उत्तरकथा स्पाइडर-म्यान: फार फ्रम होम (सन् २०१९) सामेल छन्।

जेन्डेयाले सन् २०११ मा स्वतन्त्र गीत "स्वाग इट आउट" बाट आफ्नो सङ्गीत कार्यकाल सुरु गरेकी थिइन् र सोही वर्ष बेला थोर्नको साथमा "वाच मी" गीत सार्वजनिक गरेकी थिइन्। उनले सन् २०१२ मा हलिउड रेकर्डसँग हस्ताक्षर गर्दै आफ्नो पहिलो एकल गीत, "रिप्ले" सार्वजनिक गरेकी थिइन् जुन संयुक्त राज्य अमेरिकाको बिलबोर्ड हट १०० सङ्गीत तालिकामा ४०औँ स्थानमा पुग्न सफल भएको थियो। सन् २०१३ मा उनको स्व-शीर्षक पहिलो स्टुडियो एल्बम बिलबोर्ड २०० साङ्गीतिक सङ्गालो तालिकाको ५१औँ स्थानमा तालिका पर्दापण गरेको थियो। "द ग्रेटेस्ट सोम्यान" साउन्डट्र्याकबाट लिइएको "रिराइट द स्टार्स" सन् २०१८ मा एकलको रूपमा सार्वजनिक भएको थियो भने यो बेलायतअस्ट्रेलिया राष्ट्रिय सङ्गीत तालिकाको शीर्ष २०औँ स्थानमा पुगेको थियो र बेलायतअमेरिकामा प्लेटिनम र अस्ट्रेलियामा दोहोरो प्लेटिनम प्रमाणित गरिएको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: २०६१, अक्षर: १२५०.५, स्पेस: २८०
  • मुख्य सम्पादक: Saroj Uprety
  • आवेदनकाे कारणहरू: लेखको आधार
१४ जुलाई २०२० ०९:३६ नेपाली समय पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागि मतदानको लागि सिफारिस गर्दछु ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --- Saroj Uprety (कुरा गर्ने) १५:२१, ७ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
प्रमुख लेखको लागि आवश्यक मापदण्डहरू पुरा गरेको हुनाले असार पाँचौ हप्ताको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ।- Saroj Uprety (कुरा गर्ने) ००:०५, १४ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]