रोबी (कम्पनी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोबि आजियाटा लिमिटेड
व्यवसाय प्रकार
लिमिटेड कम्पनी
उद्योगदूरसञ्चार
पूर्ववर्तीटेलिकम मलेसिया अन्तर्राष्ट्रिय बङ्गलादेश लिमिटेड
स्थापित१९९७
केन्द्रीय कार्यालयढाका, बङ्गलादेश
सेवा क्षेत्र
 बङ्गलादेश
उत्पादनहरूमोबाइल टेलिफोन, एज, विमोसप्र, जिपिआरएस, विमोदूस, एचएसडिपिए, एचएसयुपिए, एचएसपिए, एचएसपिए+, एफडिडि-दीर्धकालिन सञ्जाल, एलटिइ-ए, भोएलटिइ,
राजश्व २०१४ मा ९.४%
मूल सङ्गठनमलेसियाआजीयाटा ग्रुप बेरहाड (६८.७%)
भारत भारती एयरटेल (२५%)
जापान एनटिटी डोकोमो (६.३%)
वेबसाइटआधिकारिक वेबसाइट

रोबि आजियाटा लिमिटेड (बङ्गाली: রবি) वा रोबि (लेख्य रूप:रबि, उच्चारित रूप:रोबि) बङ्गलादेशको दोस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक हो। यो मलेसियाको आजियाटा ग्रुप बेरहाड, भारतको भारती एयरटेल लिमिटेड, र जापानको एनटिटी डोकोमो निगम बीचको संयुक्त उपक्रम हो। यसमा ६८.७% आजियाटाको नियन्त्रणमा छ भने २५% भारतीको नियन्त्रण छ र ६.३% जापानको एनटिटी डोकोमोको नियन्त्रण रहेको छ।[१] यसको मुख्यालय बङ्गलादेशको ढाकामा अवस्थित छ।

बङ्गलादेशमा दूरसञ्चार क्षेत्रको पहिलो समायोजन रोबि आजियाटा लिमिटेडको सञ्चालनको सुरुवातसँग १६ नोभेम्बर, २०१६ मा भएको थियो।[२] रोबि र एयरटेलको समायोजन पछि, समायोजित गरिएको कम्पनी रोबि आजियाटा लिमिटेड हो। सफलतापूर्वक समायोजन प्रक्रिया पूरा भएपछि, रोबि बङ्गलादेशको दोस्रो ठूलो मोबाइल फोन सञ्चालकको रूपमा उभिएको छ। सामयोजित यस कम्पनी हाल राष्ट्रव्यापी रूपमा फैलिएको छ।[३]

रोबिले सन् १९९७ मा दूरसञ्चार मलेसिया अन्तर्राष्ट्रिय (बङ्गलादेश)को रूपमा ब्राण्ड नाम एक्टेल राखि सेवा सञ्चालन गरेको थियो । सन् २०१० मा एक्टेल रोबिको नाममा आफ्नो सेवा सञ्चालन गरेको थियो। कम्पनीले आफ्नो नाम रोबिलाई रोबि आजियाट लिमिटेडमा परिवर्तन गरेको थियो। नोभेम्बर २०६ सम्म, रोबि आजियाटाले आफ्नो मोबाइल सेवाका लागि दुई ब्रान्डहरू 'रोबि' र 'एयरटेल' प्रयोग गर्दछ।[४] एयरटेल रोबिको एक स्वतन्त्र उत्पादन हो।

इतिहास[सम्पादन गर्नुहोस्]

ढाकामा अवस्थित रोबिको प्रधान कार्यालय

रोबि आजीयाटा लिमिटेड, दूरसञ्चार मलेसिया र ए.के. खान कम्पनी बीचको संयुक्त कम्पनीको रूपमा शुरुवात भएको थियो । यो पहिला दूरसञ्चार मलेसिया अन्तर्राष्ट्रिय बङ्गलादेश लिमिटेडको रूपमा चिनिन्थ्यो र जून १९९७ मा बङ्गलादेशमा "एक्टेल" को रूपमा चिनिन्थ्यो। सन् २००८ मा, ए.के. खान कम्पनीले जापानको एनटिटि डकोमोको ३० करोड डलरको लागि ३०% भाग बेचेर यस व्यापारबाट निस्किएको थियो।[५]

मार्च २८, २०१० मा, एक्टेललाई 'रोबि' को रूपमा बदलीएको थियो जसको अर्थ बाङ्लामा सूर्य हो। यसले सन् २००९ मा आफ्नो मालिक कम्पनी आजीयाटा समूहको लोगो ग्रहण गरेको थियो।[६] सन् २०१३ मा, पाँच वर्षको उपस्थिति पछि, डोकोमोकोले आजियाटाको लागि आफ्नो स्वामित्वलाई ८% मा झारेको थियो र आजीयाटाले ९२% लिएको थियो।[७]

२८ जनवरी २०१६ मा, रोबि आजीयाटा र एयरटेल बङ्गलादेश समायोजन हुने घोषण गरिएको थियो जसलाई रोबि भनिएको थियो। संयुक्त संस्था दुवै सञ्जालहरू मिलाएर ४० मिलियन प्रयोगकर्तालाई सेवा गरेको थियो। आजीयाटा समूहले ६८.३% , जबकि भारती समूहले २५% बाँकी अंशहरू एनटिटि डकोमोको स्वामित्वमा परेको थियो।[८][९] अन्ततः रोबि र एयरटेल १६ नोभेम्बर, २०१६ मा समायोज गरिएको थियो। [१०]

उत्पादनहरू तथा सेवाहरू[सम्पादन गर्नुहोस्]

रोबिले विभिन्न प्याकेजहरूको क्रम प्रदान गर्दछ। प्रिपेड र पोष्टपेड मोबाइल सेवाहरू प्रदान गर्नुको साथै यसले मूल्य-उत्पादित उत्पादन र सेवाहरू जस्तै संक्षिप्त सन्देश सेवा, जिपिआरएस, एज, साढे तेस्रो पुस्ता, एचएसपीए, साढे चौथो पुस्ता, दीर्घकालीन सञ्जाल, निश्चित विस्तृत पट्टि सेवाहरू प्रदान गर्दछ यसका साथै यसले अन्तर्राष्ट्रिय रोमिङ, मोबाइल बैङ्किङ, एसएमएस बैङ्किङ, कलर रिङ ब्याक टोन, एमएमएस, स्वागत टोनहरू पनि यसले प्रदान गर्दछ। बङ्गलादेशका सबै दूरसञ्चार सेवा प्रदायकहरू बीचमा सबैभन्दा अन्तर्राष्ट्रिय रोमिङ विस्तार क्षेत्र पनि यसैको छ।

ग्राहक सेवा[सम्पादन गर्नुहोस्]

रोबिको सिम, दुबै तर्फको चित्रण

ढाका अन्तर्राष्ट्रिय विमानस्थलमा रोबिको ३२ ग्राहक सेवा केन्द्रहरू र १ वटा बिक्री तथा समर्थन कक्ष रहेका छन्। स्थानीय सेवा सहर र बङ्गलादेश भरिनै पाउन सकिन्छ।[११]

यस बाहेक यस कम्पनीको बङ्गलादेशको सबै क्षेत्रहरूमा सबैभन्दा उत्कृष्ट दीर्घकालीन सञ्जाल इन्टरनेट सेवाको लागि किर्तिमानी कायम गरेको थियो। [१२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "रोबिको प्रेस बिज्ञप्ति" 
  2. "তথ্য" 
  3. "একিভ্উত" 
  4. "रोबि" 
  5. "এনটিটি ডকোমোকে একটেলের ৩০ পিসি শেয়ার মিলিয়ন ডলারে কিনতে হবে"দ্য ডেইলি স্টার। सङ्ग्रह मिति २०१५-१०-१७ 
  6. "Aktel turns into Robi, takes a new logo", Dhaka Mirror, अन्तिम पहुँच २०१५-१०-१७ 
  7. "জাপানের ডকোমো রবিতে অংশীদারি করে"দ্য ডেইলি স্টার। सङ्ग्रह मिति २०१५-१०-१७ 
  8. "मलेसियाको आजीयाटा र भारतको भारती एयरटेलले आफ्ना नियन्त्रित कम्पनीलाई समायोजन गरेका छन्", रेउटर्स, २०१६-०१-२८, अन्तिम पहुँच २०१६-०१-२९ 
  9. "बङ्गलादेशमा आजीयाटा र भारती एयरटेल समायोजन गर्न सहमत भएका छन्", आजियाटा, २०१६-०१-२८, अन्तिम पहुँच २०१६-०१-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-०१ मिति
  10. "Robi sets sail as the Merged Company"रोबि 
  11. "কেয়ার" 
  12. "একটি আজিয়াটা সংস্থা"। রবি। सङ्ग्रह मिति १३ अप्रिल २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट