सज्जनराज वैद्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सज्जन राज वैद्यबाट अनुप्रेषित)
सज्जन राज वैद्य
न्यु योर्क सहरमा सज्जन राज वैद्यको प्रत्यक्ष प्रदर्शन ।
व्यक्तिगत विवरण
उत्पत्तिकाठमाडौँ, नेपाल
विधापप सङ्गीत, स्वतन्त्र सङ्गीत
पेशा
  • गायक
  • गीतकार
  • गिटार वादक
  • रेकर्ड निर्माता
वाद्ययन्त्र
  • गायन
  • गिटार
  • पियानो
  • बेस गिटार
सक्रिय वर्षसन् २०१४ - अहिलेसम्म
वेबसाइटsajjanrajvaidya.com'

सज्जन राज वैद्य एक नेपाली गायक, गीतकार, गिटार वादक र रेकर्ड निर्माता हुन् । उनले सन् २०१४ मा आफ्नो पहिलो गीत "आज मात्र" निकालेका थिए ।[१] सन् २०१६ मा "हवाईजहाज"[२][३][४] र सन् २०१८ मा "चिठीभित्र"[२][५][६] निकालेपछि उनी प्रख्यात भएका हुन् । "हतारिँदै, बतासिँदै" उनको सबैभन्दा नाम चलेको गीत हो ।[७][८] उनले फेब्रुअरी २०२० मा "बराली लग्यो यो हावाले (BLYHL)" नामक गीत निकाले । उनले मे १६, २०२० मा निकालेको "फुत्की जाने जोवन" मा २०१९-२० कोरोना भाइरस प्रकोपमा विश्वभरिका, विशेष गरी नेपाली नागरिकहरूका भिडियो देख्न सकिन्छ ।[९]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

वैद्य काठमाडौँ, नेपालमा जन्मेका र हुर्केका थिए ।[२] उनले आफ्नो सङ्गीतसँगको लगावको श्रेय आफ्नो परिवारलाई दिन्छन् । उनको सङ्गीत र त्यसप्रतिको दृष्टि उनको परिवारबाट प्रभावित भएको उनले बताएका छन् ।[२][१०]

वैद्य दी इगल्ज़, यूबी ४०, लिङ्किन​ पार्ककर्णदास जस्ता गीतकारहरूबाट प्रभावित छन् । विद्यालयमा हुँदा प्रत्यक्ष प्रदर्शन गर्न थालेका वैद्यले पछि फेसबुकमा आफ्नो गीतहरू राख्न थाले ।[८][११]

कार्य जीवन[सम्पादन गर्नुहोस्]

सन् २०१४ को "आज मात्र" वैद्यको प्रथम प्रमुख कार्य थियो ।[८][११][१२] उनको दोस्रो गीत "हवाईजहाज" ले टन्नै सफलता हासिल गर्यो ।[२][३][४] उक्त गीतको भिडियो फज फ्याक्ट्री प्रोडक्शन्सले बनाएको थियो ।[१३][१४] उनले सन् २०१८ मा "मुस्कान" नामक गीतलाई दोस्रो पल्ट निकाले ।[१२] त्यही वर्ष उनले "अनौठो मुटु" निकाले ।[१] जनवरी १, २०१९ मा उनले "हतारिँदै, बतासिँदै" निकाले, जसको भिडियोमा विषमयौनिक जोडीका साथै दुई समयौनिक पुरुष बिचको चुम्बन देखाइन्छ, जुन नेपाली मिडियामा दुर्लभ छ ।[७] यस भिडियोले गर्दा वैद्य एलजिबिटी समुदायको प्रतिनिधित्व गर्ने केही नेपाली कलाकारहरूको सूचीमा पर्न गएका छन् ।

"हतारिँदै, बतासिँदै" लेख्दा भिडियोको कुनै विचार नगरेका वैद्यले पछि मात्रै एलजिबिटी समुदायको कमै हुने प्रतिनिधित्वमा प्रकाश पर्न खोजेको बताए ।[८] यस गीतलाई नेपालको जून २०१९ मा आयोजित पहिलो गौरव यात्रामा बजाइएको थियो ।[१५]

कथा[सम्पादन गर्नुहोस्]

कथा सन् २०१८ मा वैद्यको युट्युब च्यानलमा प्रकाशित भिडियो शृङ्खला हो ।[१६] यस शृङ्खलामा कलाकारहरूले आफ्नो वा अन्य कलाकारको गीतको प्रत्यक्ष प्रदर्शन गरी उक्त गीत मूल भाव र रचना प्रक्रियाबारे छलफल गर्छन् ।

भागहरू[सम्पादन गर्नुहोस्]

  • नथिङ इन माइ हेड बिसाइड्स तिमी
  • मेल्लो
  • मरिजाउँ (बिक्की गुरुङका साथ)

गायन[सम्पादन गर्नुहोस्]

  • “आज मात्र” (सन् २०१४)
  • “हवाईजहाज” (सन् २०१६)
  • "मायालु" (सन् २०१७)
  • "चिठीभित्र" (सन् २०१८)
  • "अनौठो मुटु" (सन् २०१४ मा प्रकाशित, सन् २०१८ मा पुनः प्रकाशित)
  • "मुस्कान" (सन् २०१४ मा प्रकाशित, सन् २०१८ मा पुनः प्रकाशित)
  • नथिङ इन माइ हेड बिसाइड्स तिमी (सन् २०१८)
  • "हतारिँदै, बतासिँदै" (सन् २०१९)
  • "पहार" (सन् २०१९)
  • "कुराकानी" (सन् २०१९)
  • "सम्बडी एल्स" (सन् २०२०)
  • "सुकुम्बासी" (सन् २०२०)
  • "बराली लग्यो यो हावाले (BLYHL)" (सन् २०२०)
  • "फुत्की जाने जोवन" (सन् २०२०)
  • "लुकामारी" (सन् २०२१)
  • "उल्टा पाइला" (सन् २०२१)

सम्मान[सम्पादन गर्नुहोस्]

  • सर्वोत्कृष्ट नयाँ कलाकार (सन् २०१८)[१७][१८][१९]
  • मासिक कलाकार (मार्च २०१९)[८]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Sajjan Raj Vaidya Releases New Version of 'Mooskaan'", NeoStuffs, २३ अप्रिल २०१८, अन्तिम पहुँच १७ जनवरी २०१९ 
  2. २.० २.१ २.२ २.३ २.४ Poudel, Ashish, "Sajjan Raj Vaidya [PARTYNEPAL Exclusive Interview] – Party Nepal", partynepal.com, अन्तिम पहुँच ८ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१९ मिति
  3. ३.० ३.१ Productions, Fuzz Factory, "Sajjan Raj Vaidya: Hawaijahaj", Fuzz Factory Productions, अन्तिम पहुँच ८ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१९ मिति
  4. ४.० ४.१ "Hawaijahaj by Sajjan Raj Vaidya with lyrics", etcNepal.com, १४ फेब्रुअरी २०१८, अन्तिम पहुँच ८ जनवरी २०१९ 
  5. Kathmandu Tribune (२६ जनवरी २०१८), "Current top 10 musicians in Nepal", News, sport and opinion from the Kathmandu Tribune's global edition, अन्तिम पहुँच १७ जनवरी २०१९ 
  6. "Chitthi Bhitra by Sajjan Raj Vaidya with lyrics", etcNepal.com, १४ फेब्रुअरी २०१८, अन्तिम पहुँच ८ जनवरी २०१९ 
  7. ७.० ७.१ "A new music video breaks social taboos and presents a poignant homosexual love story", kathmandupost.ekantipur.com, अन्तिम पहुँच ८ जनवरी २०१९ 
  8. ८.० ८.१ ८.२ ८.३ ८.४ "Himalayan Times", epaper.thehimalayantimes.com (en-USमा), अन्तिम पहुँच २०१९-०३-२२ 
  9. https://myrepublica.nagariknetwork.com/mycity/news/sajjan-raj-vaidya-releases-phutki-jaaney-jovan
  10. "SONGS THAT SOOTHE with SAJJAN RAJ BAIDYA", TNM (en-USमा), अन्तिम पहुँच २०१९-०७-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२४ मिति
  11. ११.० ११.१ Nepal, WOW Magazine (२०१९-०६-३०), "Everything that happens is from now on… Sajjan Raj Vaidya", WOW Magazine Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०७-०१  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-२३ मिति
  12. १२.० १२.१ "The New York based singer Sajjan Raj Vaidya releases a song "Mooskaan"", musicwire, २३ अप्रिल २०१८, अन्तिम पहुँच ८ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१९ मिति
  13. "Nepali music videos are striving to break new ground and reaching for new heights, but there is a long way to go", kathmandupost.ekantipur.com, अन्तिम पहुँच ११ जनवरी २०१९ 
  14. "Rohit Shakya: Fostering Creativity With Fuzz Factory Productions", TNM, अन्तिम पहुँच ८ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
  15. "Kathmandu’s LGBTIQ community celebrates their queerness", kathmandupost.ekantipur.com (Englishमा), अन्तिम पहुँच २०१९-०७-०१ 
  16. "Katha: Episode II", Sajjan Raj Vaidya (en-USमा), २०१९-०२-१४, अन्तिम पहुँच २०१९-०७-०१  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०७ मिति
  17. "Radio Kantipur honours year's outstanding musical talents", kathmandupost.ekantipur.com, अन्तिम पहुँच १० जनवरी २०१९ 
  18. "Here Are All The Winners From The Radio Kantipur National Music Awards 2074", Nepally, १० फेब्रुअरी २०१८, अन्तिम पहुँच १० जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण ८ अप्रिल २०१८ मिति
  19. "Radio Kantipur's National Music Awards 2074: Complete List of Nominees", NeoStuffs, २६ जनवरी २०१८, अन्तिम पहुँच ८ जनवरी २०१९ 

बाह्य कडी[सम्पादन गर्नुहोस्]