वार्तालाप:एके फजलुल हक

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठको नाम पुनर्निर्देश हटाइ सार्न अनुरोध →२० साउन २०७७[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारिएन (गैर-प्रबन्धकद्वारा छलफल बन्द) -- Saroj Uprety (कुरा गर्ने) १०:००, १७ अगस्त २०२० (नेपाली समय)


एके फजलुल हकआबुल काशेम फजलुल हक- सहि नामहिमाल सुबेदी (कुरा गर्ने) ०८:२९, ४ अगस्त २०२० (नेपाली समय)

  •  असमर्थन वर्तमान नाम ठीक छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४७, ४ अगस्त २०२० (नेपाली समय)
  •  समर्थन सर्वप्रथम त यो लेखलाई मैले शेरेबाङ्ला नामकबाट बनाएको थिएँ जुन उनको उपनाम हो (यस अघि शेख मुजिबुर रहमानमा पनि मैले सुरुमा उपनामबाट शीर्षक बनाई वास्तविक नाममा सारेको थिएँ। यो लेखलाई मैले भोलिपल्ट (आज) सार्छु भन्दै बाङ्लाबाट ज्ञानबाकस र सन्दर्भहरू पनि अनुवाद नगरि राखेको थिएँ। यो पृष्ठका सामग्रीहरू सबै बाङ्लाबाट साभार गरिन्छन् भने यो अर्को हप्ताको प्रमुख लेख पनि हो। सबैभन्दा पहिला त कुनैपनि पृष्ठलाई १ महिनाअधिदेखि छलफल बिना नसारिएको अवस्थामा अचानक पृष्ठ सार्नुनै गलती भएको मेरो बुझाई छ (छलफल नगरि सार्ने हो भने थुप्रै पृष्ठको नाम परिवर्तन हुन्छन्)। यो निर्माणाधीन पृष्ठ भएकाले यस सम्बन्धि हालै छलफल गर्नु उचित थिएन तर यस्तै भयो। केही विकिपिडियामा फजलुल हक, फजलुल अलहक, आबुल काशेम र एके फजलुल हक नाम गरि पृष्ठ तयार पारिएका छन् तर उनको आधिकारिक नाम आबुल काशेम फजलुल हक हो। मैले चाहेको भए फजलुल अलहक पनि बनाउन सक्थेँ जुन नामबाट पनि उनी परिचित छन्। यस पृष्ठलाई कसैले पनि सार्ने चेष्टा गरेन तर सुधारिँदो क्रममा रहेको पृष्ठलाई के आधारमा सारियो मलाई अचम्म लाग्छ, यदी सार्नै पर्ने खण्डमा छलफल चलाउनु आवश्यक थियो तर त्यो गरिएन जुन अहिलेको खण्डमा मान्ये छैन। यस पृष्ठको नाम परिवर्तन हुनुपर्छ पुनर्निर्देशन हटाईहिमाल सुबेदी (कुरा गर्ने) १२:५३, ४ अगस्त २०२० (नेपाली समय)
शेरेबाङ्ला नाम उपनाम भएकोले विकिपिडियाको नीति नियम अनुसार यसलाई वास्तविक नाममा (एके फजलुल हक- धेरै प्रयोगमा भएकोले) सार्नको लागि कुनै छलफल गर्नु आवश्यक पर्दैन। अनि @Biplab Anand:यो लेखलाई मैले भोलिपल्ट (आज) सार्छु भन्दै बाङ्लाबाट ज्ञानबाकस र सन्दर्भहरू पनि अनुवाद नगरि राखेको थिएँ!मैले चाहेको भए फजलुल अलहक पनि बनाउन सक्थेँ विकिपिडिया निजी वेबसाइट हो र? मनको कुरा कसरी थाहा पाउने? यो चुनौती दिने ठाउँ हो र? --निर्मल दुलाल (कुरा गर्नुहोस) १४:२२, ४ अगस्त २०२० (नेपाली समय)
  • म अरु पृष्ठमा काम गर्दिनँ, बाङ्लादेश सम्बन्धित पृष्ठको गलत नाम म स्वीकर गर्दिनँ (नेपाली वृहत् शब्दकोशमा उल्लेखित बाहेक)। यहाँ अहिले कसैले पनि बिना छलफल पृष्ठ सारिरहेका छनन् चाँहे गलतनै भएपनि शीर्षक। एके फजलुल हक भएका विकिपिडियामा "ए" पछि थोप्लो र "के" पछि पछि थोप्लो राखिएको छ तर पृष्ठ सार्ने बेलामा किन राखिएन थोप्लो? यो एकल निर्णय गर्ने ठाउँ पनि हैन अझ झन भर्खरै बनेको पृष्ठमा त छलफल अनावश्यक हुन्छ। मैले यो मेरो निजी वेबसाइट हो भनेर पनि भनेको छैन र कसैलाई चुनौती म दिन्न। यो कुरा नभुल्नुस् कि यो एकल निर्णय गर्नु थलो हैन। यस पृष्ठको नाम आबुल काशेम फजलुल हक हो र त्यहीनै हो।हिमाल सुबेदी (कुरा गर्ने) १४:३७, ४ अगस्त २०२० (नेपाली समय)
  • यदि हामी en:Wikipedia:COMMONNAME नियमसँग सहमत छौं भने, वर्तमान नाम सहि छ।--Saroj Uprety (कुरा गर्ने) १४:५२, ४ अगस्त २०२० (नेपाली समय)
  • Nirmal Dulal ज्यू, तपाईँद्वारा पृष्ठ सार्नको लागि दिनुभएको कारण ठीक छ तर वर्तमान समयमा छलफलको अनिवार्यता रहेकोले तपाईँले पृष्ठ सार्नुभन्दा पहिले छलफल गर्नुपर्ने थियो। विकिपिडिया के होइन पृष्ठले विकिपिडियाको प्रारम्भिक विषयवस्तुको जानकारी दिन्छ तर जिम्मेवार प्रयोगकर्ता हिमाल सुबेदीलाई पटक पटक मानक शब्दको प्रयोग गर्न भन्दा समेत वहाँले अझैपनि 'बाङ्लादेश', 'बाङ्ला' लगायत अन्य यस्ता शब्दको प्रयोग गर्दै आइरहनुभएको छ जसले गर्दा विकिपिडियाको नीति र दिशानिर्देश पालना गरेको देखिदैन। सुबेदी जीले बङ्गलादेश सम्बन्धी पृष्ठको गलत नाम स्वीकार गर्नुहुन्न भनेर भन्नुभयो, यसै लेखको कुरा गर्दा पहिला यसको नाम 'शेरेबाङ्ला' थियो जुन हाल आएर 'आबुल काशेम फजलुल हक' मा सार्न प्रस्ताव गरिएको छ (भनेपछि पहिलेको शीर्षक गलत थियो?, प्रस्तावित शीर्षक पहिले नै किन बनाउनुभएन?)। मैले चाहेको भए अन्य शीर्षकपनि बनाउन सक्थे भन्नुको तात्पर्य के होला (यो नरम भाषा हो?)। तपाईँले यो एकल निर्णय गर्ने थलो हैन भनेर भन्नुभयो तर तपाईँले पृष्ठको नाम 'आबुल काशेम फजलुल हक' हो भनेर निर्णय गरिसक्नुभएको छ, (यसलाई के भन्ने?)। समुदायको धारणा तपाईँको लागि महत्वपूर्ण छ कि छैन? तपाईँले समुदायको निर्णयलाई मान्नुहुन्छ कि मान्नुहुन्न? हेक्का रहोस्, नेपाली विकिपिडिया स्वतन्त्र विश्वकोश हो जहाँ प्रत्येक प्रयोगकर्ताको मतको कदर र सम्मान गरिनुपर्छ। आजैदेखि आफ्नो क्रियालाई व्यवस्थापन गर्नुहोस् र समुदायको निर्णयलाई सम्मान गर्नुहोस्। मेरो शब्दलाई सुझाव तथा चेतावनी दुवैको रूपमा लिनुहोला र यसै अनुरुप आगामी सम्पादन कार्य अगाडि बढाउनुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:४१, ४ अगस्त २०२० (नेपाली समय)
  • नेपालका प्रधानमन्त्री केपी ओलीको नाम पूर्ण रूपमा लेखिएको छ, यसलाई पनि पूर्ण रूपमा नै लेख्दा ठिक होला, किनभने सबै व्यक्तिको नाम छोटकरीमा गर्न मिल्दैन।पर्वत सुबेदी (कुरा गर्ने) १८:०९, ४ अगस्त २०२० (नेपाली समय)
  • Biplab Anand कतिपय अवस्था यस्तो हुन्छ जतिबेला म चाहेर पनि र नीतिमा हुँदैहुँदै पनि बङ्गलादेश र बङ्गाली शब्द प्रयोग गर्न सक्दिनँ उदाहरणका लागि यो हेर्नुहोस् यस पृष्ठसँग एउटा शीर्षक जोडिएको छ जसलाई म बङ्गलादेश लेख्न सक्दिनँ। हाल मैले विकिपिडिया बाहिर बाङ्लादेश लेखेता पनि बङ्गलादेश प्रयोग गरिरहेको छु खासगरी नयाँ पृष्ठहरूमा। अनि अर्को कुरा उनको उपनाम मात्र शेरेबाङ्ला हो वास्तविक नाम आबुल काशेम फजलुल हक हो। उदाहरणका लागि हामी पुष्पकमल दाहाललाई प्रचण्ड भन्छौँ र उनी प्रचण्ड नामबाटै बढी परिचित छन् (थप: नेत्र विक्रम चन्द्र भन्दा विप्लवबाट अधिक परिचित छन् उनी (रामबहादुर थापा भन्दा बादलबाट बढी परिचित (यी सबै व्यक्ति राजनितीसँग जोडिएका छन् जहाँ कुनैन कुनै प्रकारले उपनामहरूको प्रयोग गरिन्छ विश्वव्यापी रूपमा)) तर यो उनको वास्तविक नाम हैन उपनाम हो। पृष्ठको सुरुवात गर्दा शेरेबाङ्ला बनाउनुको मुख्य कारण पनि त्यही हो जुनबाट परिचित छ व्यक्ति त्यो नाममा पुनर्निर्देशन हुनु पर्छ भन्ने हिसाबले। मैले चाहेको भए अन्य शीर्षकपनि बनाउन सक्थे भन्नुको तात्पर्य के होला-- यसको तात्पर्य भनेको, उनी शेरेबाङ्लाबाट परिचित छन् तर उनको यो भन्दापनि बढी उपनामहरू छन् जस्तै: हक साहेब, फजलुल हक मात्र, फजलुल अलहक चाहेको खण्डमा मैले जुनकुनै शीर्षक छनोट गर्न सक्थेँ तर उनी शेरेबाङ्लाबाट बढी परिचित छन् त्यसकारण पनि पृष्ठको सुरुवाती नाम शेरेबाङ्ला राखेको हो मैले तर एके भनेपछि म त अचम्ममा परेँ। होला केही विकिपिडियाले लेखेका छन् एके पनि तर त्यहाँ शब्द बीच थोप्लो राखिएको छ। एक त छलफल नगरी पृष्ठ सार्दा मलाई अचम्म लाग्यो। अहिले म यहाँ के देखिरहेको छु भने कुनै प्रयोगकर्ता बीच समन्वयको एकदम कमी छ जसले गर्दा एकअर्काको पृष्ठको शीर्षक पछाडि हामी सबै दौडिरहेका छौँ गलत भयो भन्दै जसकारण पनि यहाँ हरेक प्रयोगकर्तालाई उसको काम प्रति हेराइको दृष्टिकोण पनि फरक हुन गएको छ भने सकारात्मकता भन्दा नकारात्मकता फैलिँदै गएको छ। सर्वप्रथम सबै प्रयोगकर्ता बीच समन्वयको खाँचो छ। १ वर्ष अगाडि महिनाको एकफेर अनलाइन मार्फत विकि भेटघाट गर्ने भन्ने विषयमा अधिक भन्दा अधिक समर्थन आउँदा सम्म पनि अगाडिको प्रक्रिया चलेको छैन। म मान्छु की सबैको धारणा एउटै हुँदैन तर वास्तविकतालाई बुझ्ने प्रयास गरौँ। यति सानो विषयमा पनि यतिधेरै छलफल आवश्यक थिएन। अहिले यस पृष्ठको शीर्षक नसारिएको भयो यो पृष्ठमा मैले थुप्रै सामग्रीहरू थपि सकेको हुने थिएँ तर बिहान उठ्दा पृष्ठको शीर्षक परिवर्तन भैसकेको रैछ जसकारण ममा निराशता छाएको छ। कृपया मेरो मनोबल गिराउने काम नगर्नुहोला र अनि अर्को कुरा हरेको कुरालाई सकारात्मक रूपबाट सोची अगाडि बढ्नुहोला, सुक्रन जजिलन अल्लाह हाफिजहिमाल सुबेदी (कुरा गर्ने) १८:४०, ४ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।