प्रयोगकर्ता:डम्बरबहादुर गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तमु ह्युल छाेंज धीं गुरुङ राष्ट्रिय परिषद नेपालमा रहेका गुरुङ जातिको साझा तथा आधिकारिक एकमात्र संस्था हो । तत्कालीन गुरुङ संस्था तमु छाेंज धीं र तमु (गुरुङ) राष्ट्रिय परिषद बीचमा बि.स. २०६५ भएको एकीकरणबाट यो स्थापना भएको हो । यो संस्थाकाे नेपाल भरिका ६८ जिल्लामा समिति र आवद्ध संस्थाहरु, भातृभगिनी संस्थाहरु र बिदेशमा सम्बन्धन प्राप्त संस्थाहरु रहेका छन । यो संंस्थाकाे केन्द्रीय काठमाडौं -२९ मित्रनगरमा रहेको छ । यो गैरराजनैतिक, गैरमुनाफाकारींं, गैरसरकारी र गुरुङ समुदायमा आधारित क्रियाशील संस्था हो ।