भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भौतिक योजना तथा निर्माण मन्त्रालय नेपाल सरकारको सबैभन्दा माथिल्लो सरकारी निकाय हो जसले भौतिक पूर्वाधारहरूनिर्माण, योजन्बद्ध शहरी विकाश, निर्माण कार्यमा किफायती तथा उच्च स्तरीय प्रविधिको प्रयोग, निर्माण मापदण्डहरूनिर्धारण तथा त्यस सम्बन्धि नीति नियमहरू वनाउने गर्दछ। पहिलेको निर्माण तथा यातायात मन्त्रायलाई हेरफेर गरेर यो मन्त्रालयको स्थापना भएको हो।

उद्देश्यहरू[सम्पादन गर्नुहोस्]

भौतिक योजना तथा निर्माण मन्त्रालयका उद्देश्यहरू यस प्रकार छन्।

  • देशका विभिन्न भौगोलिक क्षेत्रहरूलाई आर्थिक विकासका भौतिक पूर्वाधारहरूलाई परिपूरक गर्ने गरी विभिन्न मार्गहरूलाई एक अर्कोसँग आबद्ध गरी आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा टेवा पुर्‍याउन सडक, पुल, मूलबाटोहरू, रोपमार्ग र जलमार्गहरूको समष्टिगतविकास, विस्तार, प्रवर्द्धन र सर्म्बर्द्धन गरी राष्ट्रिय यातायात प्रणालीको विकास गर्ने।
  • देशका ग्रामीण क्षेत्रका गाउँहरूलाई बजारसँग आबद्ध गर्नुको साथै पर्यटन, कृषि, विद्युतआदि विभिन्न आर्थिक क्षेत्रसँग सम्बन्धित राष्ट्रिय महत्त्वका र अन्य आर्थिक क्षेत्रको विविध क्रियाकलाप एवमं आयाजे नाहरूमा टेवा पुर्‍याई सन्तुलन कायम गर्ने।
  • सहर-ग्रामीण अर्न्तर्सम्बन्ध तथा सन्तुलित क्षेत्रीय विकासको आवश्यकता अनुरूप ग्रामीणविकासको परिपूरकको रूपमा योजनाबद्ध सहरी विकासलाई अगाडि बढाउने।
  • सहरी क्षेत्र वा नयाँ क्षेत्रको भौतिक विकासको निमित्त आवास तथा भौतिक परियोजना तयारगर्ने।
  • सम्पूर्ण नेपाली जनताको स्वास्थ्य रक्षाको लागि स्वच्छ पिउने पानी तथा र्सार्वजनिक सरसफाईकोसमुचित प्रबन्ध मिलाउने।

कार्यक्षेत्र र जिम्मेवारी[सम्पादन गर्नुहोस्]

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०६४ बमोजिम यस मन्त्रालयलाई देहाय बमोजिमको जिम्मेवारी र कार्यहरू तोकिएका छन्।

  • भौतिक पूर्वाधारको विकास सम्बन्धी नीति योजना तथा कार्यक्रमको तर्जुमा कार्यान्वयन अनुगमन र मूल्याङ्कन
  • आवास नीति योजना र कार्यान्वयन
  • सरकारी भवनको निर्माण तथा मर्मत सम्भार
  • सरकारी भवनको रेखदेख र सुरक्षा
  • भवन एवं अन्य निर्माण सामग्रीहरूको प्रविधि अनुसन्धान तथा विकासका मापदण्डहरूको तयारी तथा कार्यान्वयन
  • शहरीकरण वा नगर विकास सम्बन्धी नीति योजना तथा कार्यक्रमहरू तयार गरी कार्यान्वयन गर्ने गराउने
  • बसोबास र बस्ती विकास
  • खानेपानी र ढल निकास
  • केन्द्रीय सचिवालयको भवन व्यवस्थापन
  • मन्त्रिपरिषद्का सदस्य संवैधानिक अङ्गका प्रमुख आदिको आवास व्यवस्था
  • नगर विकास समितिहरू तथा सरकारी क्षेत्रका आवास निर्माण सम्बन्धी संस्थाहरूको रेखदेख
  • आवास निर्माण सम्बन्धी गैरसरकारी क्षेत्रका संस्थाहरूको प्रवद्र्धन तथा विकास
  • आवास तथा भौतिक योजना क्षेत्रहरूका अन्तर्राष्ट्रिय वा क्षेत्रीय सङ्घ-संस्थाहरूसँग सम्पर्क र सहयोग
  • स्थल-मार्ग जल-मार्ग तथा रज्जु-मार्गको निर्माण तथा विकास सम्बन्धी नीति र योजनाको कार्यान्वयन
  • सडक घोडेटो बाटो बाहेक तथा पुल झोलुङ्गे पुल बाहेक निर्माण मर्मत सम्भार एवं संरक्षण
  • विभिन्न स्थल-मार्ग जल-मार्ग तथा रज्जु-मार्गको निर्माण
  • ईन्जिनियरिङ्ग परिषद् तथा ईाजनियरिङ्ग परामर्श सेवा कन्सल्टेन्सी र सो सम्बन्धी संस्थाहरू
  • स्थल-मार्ग तथा रज्जु-मार्गको निर्माणसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्पर्क
  • स्टोर्मवाटर ड्रेनेज पानी ढल कार्य
  • अञ्चल र जिल्लास्थित सरकारी भवनहरूको रेखदेख र सुरक्षा
  • नेपाल इन्जिनियरिङ्ग सेवाको ट्रान्सपोर्टेशन उपसमूह जनरल विल्डिङ एण्ड आर्किटेक्ट तथा स्यानिटरी उपसमूहको सेवा साचालन।


मन्त्रालय अर्न्तर्गतका निकायहरू[सम्पादन गर्नुहोस्]

सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]

भौतिक योजना तथा निर्माण मन्त्रालय
सिहदरवार, काठमाडौँ, नेपाल
फोन : ४२११७८२, ४२११९३१, ४२११७३२, ४२११६५५
फ्याक्स : ४२११७२०
ईमेल : info@moppw.gov.np; moppwnp@ntc.net.np

आधिकारीक वेबसाईट[सम्पादन गर्नुहोस्]

moppw.gov.np वेब्याक मेसिन अभिलेखिकरण २०१२-०८-०७ मिति