महालेखा नियन्त्रकको कार्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महालेखा नियन्त्रक कार्यालय
महालेखा नियन्त्रक कार्यालय
पूर्वाधिकारीकुमारी चोक
गठनवि.सं. २००८ सालमा महालेखापालको कार्यालयको रूपमा
वि.सं. २०३२ सालमा महालेखा नियन्त्रक कार्यालयका नाममा रुपान्तरित
संस्थापक-
प्रकारसरकारी अड्डा
लक्ष्यबजेट कार्यान्वयनमा सहजीकरण गर्ने, सरकारको आय र व्ययको लेखा राख्ने र सो को केन्द्रिय वार्षिक विवरण तयार गरी महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने
निवृत्तभरण व्यावस्थापन, सरकारी बाँकी असूल उपर र प्रचलित कानुनद्वारा तोकिएका अन्य कार्यहरु
प्रधान कार्यालयकाठमाडौँ
वेबसाइटhttps://www.fcgo.gov.np/
पूर्व नाम
कुमारी चोक

नेपाल सरकारको आर्थिक प्रशासनका विविध पक्षहरू जस्तै बजेट कार्यान्वयन तथा नियन्त्रण, कोष व्यवस्थापन, नेपाल सरकारले लिएका ऋण र लगानीको व्यवस्थापन, लेखा प्रणालीमा परिमार्जन तथा सुधार, आन्तरिक लेखापरीक्षण र लेखा समूहका कर्मचारीहरूको प्रशासन सम्बन्धी कार्यहरू गर्ने आधिकारीक निकाय महालेखा नियन्त्रकको कार्यालय हो ।

आर्थिक प्रशासन सम्बन्धी कामकाज गर्न २००८ सालमा महालेखापालको कार्यालय स्थापना भई पहिलो पटक वजेट तयारी र कार्यान्वयन सम्वन्धी कामको थालनी भएको थियो । पछि २०३२ सालदेखि यस कार्यालयलाई विधिवत रूपमा महालेखा नियन्त्रक कार्यालयमा परिणत गरियो।

उद्देश्यहरू[सम्पादन गर्नुहोस्]

  • सञ्चित कोष वा सरकारी ढुकुटीको सञ्चालन गर्ने,
  • सञ्चित कोषको लेखा अद्यावधिक राख्ने,
  • राष्ट्रको केन्द्रीय वाषिर्क आय-व्ययको लेखा तयार गर्ने,
  • आर्थिक प्रशासन सम्बन्धी नीति नियमको तर्जुमा गर्ने र आर्थिक नियन्त्रण गर्ने।

कार्यक्षेत्र र जिम्मेवारी[सम्पादन गर्नुहोस्]

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम यस कार्यालयले सम्पादन गर्ने कार्यहरू निम्नलिखित छन्।

  • नेपाल सरकारको सञ्चित कोषको लेखा राख्ने र राख्न लगाउने,
  • सरकारी कार्यालयहरूको लागि स्वीकृत बजेट बमोजिमको रकम निकासा दिने र दिन लगाउने,
  • सरकारी कार्यालयहरूको लागि बैङ्क खाता सञ्चालन गर्न स्वीकृति दिने,
  • नेपाल सरकारको आय-व्ययको केन्द्रीय हिसाव तयार गर्ने,
  • नेपाल सरकारको ऋण तथा लगानीको हिसाव राख्ने,
  • वैदेशिक ऋण र अनुदान सम्वन्धी सोधभर्नाको हिसाव राख्ने,
  • नेपाल सरकारको लेखा प्रणाली तर्जुमा गरी कार्यान्वयन गराउने,
  • आर्थिक प्रशासन सम्बन्धमा सरकारी कार्यालयको निरीक्षण गरी आवश्यक निर्देशन दिने,
  • आर्थिक प्रशासन सम्बन्धी विवादहरूमा राय दिने,
  • आथिर्क सूचना सङ्ग्रह एवं प्रवाह हेर्ने,
  • नेपाल सरकारले तोकिदिएको अन्य काम गर्ने।

सम्बन्धित निकायहरू[सम्पादन गर्नुहोस्]

  • कोष तथा लेखा नियन्त्रक कार्यालयहरू ७५ वटा।
  • कौशी तोषाखाना कार्यालय।
  • कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय।

आधिकारीक वेबसाइट[सम्पादन गर्नुहोस्]

www.fcgo.gov.np