अ जर्नी अफ सम्यक बुद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अ जर्नी अफ सम्यक बुद्ध
चित्र:A Journey of Samyak Buddha poster.jpg
निर्देशकप्रवीण दामले
पटकथाप्रवीण दामले
निर्माताप्रवीण दामले
मुख्य कलाकार
  • गीता अग्रवाल
  • ज्योति भगत
  • रवि पाटिल
  • गौतम डेङ्गरे
  • अभिषेक उराडे
  • मृणाल शर्मा
  • अभय साठे
छायाङ्कनभूषण प्रसाद
सम्पादनभूषण प्रसाद
सङ्गीतप्रवीण दामले
वितरकमनोज नन्दवान, जय विराट इन्टरटेनमेन्ट
प्रदर्शन मिति
  • २ अगस्ट २०१३ (2013-08-02)[१]
देशभारत
भाषाहिन्दी

अ जर्नी अफ सम्यक बुद्ध (अङ्ग्रेजी: A Journey of Samyak Buddha, हिन्दी: अ जर्नी ऑफ सम्यक बुद्ध, अनुवाद:सम्यक बुद्धको यात्रा) गौतम बुद्धको चमत्कारी जन्म, विवाह र बुद्धत्वको पथको यात्राको चित्रण गरिएको सन् २०१३ मा सार्वजनिक गरिएको भारतीय चलचित्र हो । यो जीवनीरूपी चलचित्र बाबासाहेब आम्बेडकरको पुस्तक भगवान् बुद्ध र उनका धम्ममा आधारित छ ।[२]

बुद्ध चरित[सम्पादन गर्नुहोस्]

बौद्ध धर्मका प्रणेता सिद्धार्थ गौतमका बाबु शुद्धोधन तत्कालीन तिलौराकोट राज्यमा शाक्य वंशका राजा थिए । उनकी आमाको नाम मायादेवी थियो । रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटो पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो । शाक्य कुलको रीति अनुसार पाँचौँ दिनमा त्रिदेवले पारङ्गत १०८ ब्राह्मणहरूलाई निमन्त्रणा गरी भोजन गराई ती उपस्थित मध्ये सर्वश्रेष्ठ ब्राह्मणहरूबाट नामाकरण गराएका थिए । सबै मनोकामनाले पूर्ण गर्ने भन्ने अर्थमा ती ब्राह्मणहरूले यी बालकको नाम "सर्वार्थसिद्ध" राखे । यही शब्दको छोटकरीमा "सिद्धार्थ" नामले उनलाई पुकारियो ।[३]

राजश्री सुखसयलमा हुर्किएको हुनाले उनको बाल्यकाल सुखद नै रह्यो । जन्मने बित्तिकै आमा गुमाउनु परेपनि आफ्नी सौतेनी आमाको भरणपोषणमा हुर्किएका गौतम बुद्ध १६ वर्षको उमेर पुगेपछि उनको विवाह यशोधरा नामकी राजकुमारीसँग भयो । यशोधराबाट राहुल नामको एक पुत्रको पनि जन्म भएको थियो ।

बाल्यकाल देखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो । दैनिकीकै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे । उनले मानिस मरेको पनि देखे । यसबाट उन्म वैराग्य पैदा भयो । मानिस के कारणले रोगी हुन्छ ? के कारणले बुढो हुन्छ ? के कारणले मर्छ ? यस्ता प्रश्नहरूले उनलाई वैरागी बनायो । यिनै प्रश्नको समाधान खोज्न बाबुको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत पर्वाह नगरी २९ वर्षको उमेरमा उनी एक दिन राति सुटुक्क दरबार छोडेर निस्किए ।

संसारको निस्सारता महसुस गरेर आजित भएका गौतम बुद्धले यस निस्सारताबाट मुक्ति पाउन खोजे । उनमा संसार प्रति कुनै मोह बाँकी रहेन । उनलाई सबै कुरा क्षणभङ्गुरर लाग्यो । उनमा संसार प्रति वैराग्य उत्पन्न भयो । वैराग्यका कारण विभिन्न ठाउँमा भौतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गर्न थाले । तपस्या गर्दै गर्दा उनले बुद्धत्त्व प्राप्त गरे । उनी सांसारिक दुःखको जडसम्म पुगे र बुझे कि संसारमा आफ्नो भन्नु केही छैन । संसारमा दुःखको जड भनेको मान्छे आफैँ हो । संसारलाई अहिंसाको पाठ पढाउने गौतम बुद्धले इस्वी संवत् ४८३ को वैशाख पूर्णिमाको दिन ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरे ।

कलाकार[सम्पादन गर्नुहोस्]

निर्माण[सम्पादन गर्नुहोस्]

यो चलचित्रको निर्देशन प्रवीण दामलेद्वारा गरिएको थियो भने मनोज नन्दवानको जय विराट इन्टरटेनमेन्ट लिमिटेडले यसको वितरण गरेको थियो । यसलाई आधिकारिक रूपमा २६ जुलाई २०१३ मा भारतमा सार्वजनिक गरिएको थियो । सन् २०१९ मा यसलाई जोङखातिब्बती भाषाहरूमा सार्वजनिक गरिएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Budhha" [बुद्ध], द टाइम्स अफ इन्डिया, ६ जुलाई २०१३, अन्तिम पहुँच १९ जुलाई २०१३ 
  2. "Film on Buddha based on Ambedkar's book to be released on March 15" [आम्बेडकरको पुस्तकमा आधारित बुद्धको जीवनीको चलचित्र मार्च १५ मा सार्वजनिक गरिने], द टाइम्स अफ इन्डिया, १३ मार्च २०१३, अन्तिम पहुँच १९ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-१५ मिति
  3. अश्वघोष, भिक्षु, बुद्ध चरित, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान। 

बाह्य कडी[सम्पादन गर्नुहोस्]